[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ६०~~

[Please view other pages to see the rest of the postings. Total posts: 620]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 185326 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 06-20-07 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-६०
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ६० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 60 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा




**********************************************************************
हाम्री भान्जी यहिँ बस्छिन् है यसपालीपनि

**********************************************************************






पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो

{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}

सास फेरें जस्तो लाग्छ, तर भन्छन् मरि सकिस
साली अब नताक् भउते जति गर्नु गरी सकिस्
सलहको भाग्य मेरो, बिहे गर्ने ठेगान छैन
खप्पर फुटे जोड्थें बरु तर मन के ले जोड्ने हो?

{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}


गोरी के हो काली के हो, पुन्टे-दा को साली के हो
हुन्न कि त भउते तेरो, घर्जम् यसपाली के हो?
चिल्लो तालु फोर्नी के हो, गुइँठे खप्पर भोर्नी के हो
खुट्टा भाँचे जोड्थेँ बरु तर पिरिम जोड्ने के ले हो?

{{{टेरे रेन्टेङ् टेरे रेन्ट्यङ् ट्याङ्ग्ग्ग्ग्ग्}}}


पोहर साल माइली ताक्दा, पुन्टेदाइले ढुंगा हाने
त्यहि साल साइँली ताकेँ, त्यै पुन्टेले टुप्पी ताने
यस्पाली त कान्छी ताक्छु, पुन्टे-दाले के के तान्नी हो







 
Posted on 06-23-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन यो ब्याँन देखुन धोक्नि कुरो कता'टि आयो भन्छु र !!

लौ तीनपाते दर्शन ठोके के रे,

आज सपनाँ नि सालि भेना जुध्या देखेर दीमाख खराब भो के रे, जस्तो देख्या तेस्तै बताओ भुने फेरि मेरो कपाल सपाल लुछ्देलान भन्नी डर लायो के रे ।
 
Posted on 06-23-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो सपना मैले देख्या भनेर लाईदिम्, चने। मेरो ता के कपाल सपाल लुछ्ने? दाम्मी सेफ! :D
 
हेत्तेरिका!!
Posted on 06-23-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाइ, दर्शन फर्काएँ है!!

अनि दुईटा भरेङ चडेर इन्टरनेटाँ उक्लिने भनेको के भो नि???
 
Posted on 06-23-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते है सप्पै लै ।
त्यो के जाति इन्टरनेठ मा सप्पैले जो हेर्न मिल्नि गरि बनाम्छन नि तेस्तै बनौनुभा'र छ के गौतमबाउले । हउर हुरलै हेर्न मुन लाउनी भए तल छ है

गौतमबाउको को मिठो शैळीसहितको अनुरोध पनि छ ''Sorry for disturbing!
When you have too much time to kill and have nothing to kill it with or when you need something pretty boring so that you can fall asleep easily, please visit my blog, which I started recently.
Being a newcomer, I haven't been able to write anything good and some postings have already appeared in sajha or other forums. Just wanted to pass you the link.
It is here;'
- http://gautambasanta.blogspot.com
 
Posted on 06-23-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बा, मैले त आज सम्म हेरेकै थिएन , म त चौतारीमा दर्ता भएको पो रहेछु , कहिले देखि हो भन्ने थाहा पनि छैन । दिनमा कम्तिमा ५ चोटि धाए होला चौतारि, कस्तो आँखा रै छ मेरो पनि।

क-कस्लाइ दिनु पर्ने हो दिएँ है धनियाँ को पात।
 
Posted on 06-23-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यहि दिनमा ५ चोटि धाएको हुनाले दर्ता भा'को हुनुपर्छ।

चौतारीको सप्पैले हउरलै जो स्वागत सहित धन्याद दिरा'छन चऔतारीमा आम्नु भ'हुनाले:)
 
हेत्तेरिका!!
Posted on 06-23-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मास्टर्नी दिदी नमस्कार!!

बिराले बन्धु, दर्ता भा भएपनि प्रवेश शुल्क तिरेन भने नाम काटिएला नि। धनियाँको पात चैं अरुलाइ दिएर फि चैं मलाई तिरे हुन्छ।
 
Posted on 06-23-07 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलासाँ गयेल हुने, जाँचमा पास हुने, - गरे हुँदैन ?

(खासमा गयेल त हुने होइन म, लास्ट बेन्चमा भ'र कसैले पनि न देख्ने हो । अनि म पनि चुपचाप )
 
Posted on 06-23-07 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

आज त धेरै जम्मा भैसक्या रैछन् , शनिवार भएनि! म नि चाँडै उठें हिजो तीनपाने धोके पनि।

चनादाइ, दुर्गे भाउजू, पून्टे दाइ, मास्टर्नी दिदी, हरी, बिरालो सबैमा जदौ!

अब गोतामे ज्यूको बल्खु(blog) स्थित घरमा प्रवेश गर्नुपरो!
 
Posted on 06-23-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि चित्रेभाइलै हातआँ आँचल ले'र नउस्ते अर्दै म लागे है त। बारिआँ घाँस बढेर मकैलै ढाकिसओ । यसो काट्न पर्यो :)
 
Posted on 06-23-07 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन आज त गजब नै भो बा ! यि अल्लारे ठिटाहुरु हिजा तिन पाने धोक्नु धेकेनि आज त सखारै जदौ भन्न आइपगे !!
हरिले तिन पाते चिया चै आफ्नै देशबाट बोकेरा आ हुन् कि के हो?
 
Posted on 06-23-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुर्गेमाता ! दर्शन भजन अर्न आको नि ।
मुइले तिनपाते खा'होइन है
 
Posted on 06-23-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन मिस ! गर्नुस गर्नुस बुढेसकाला दर्शन भजन नगरे के आर्नु त
 
Posted on 06-23-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो त नि, कुनै पनि शनिवार यतिका मान्छे जम्मा हुँदैन थे ।
 
Posted on 06-23-07 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिउनिकाँ जानि भुनेर तयारी अरि र'को, नुहाउनलै टेन्सन् भो। खप्पराँ साबुन लाए हुन्च? शेम्पु लाउनलै कपालै मरु! फस्ट ट्याम् था' पाईं।

मास्टर्नी नानी लै मेरो नि दण्डवत् है!

बिराले लै नि नमस्ते।

म्याऊ म्याऊ बिरालो, यता तिर आऊ
मेरो नाना काटनी मुसाहुर खाऊ! :D
 
Posted on 06-23-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जनाको आ-आफ्नै पलान ! आफ्नो भने केइ न केइ
 
Posted on 06-23-07 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन अरेँ है, पुन्टे दा' , बिराले, भावीज्यु, दुर्गेदिदी, ह्यारिश सोम, चित्रे सप्पैलाई।

दुर्गेदिदीको पिलान भएन रे ?
केही पिलान भएन भने म त दिन भरी सिरेकले मुख छोपेर सुत्छु। झ्यालमा पर्दा लगाएर सिरकले मुख छोपेपछि दिउशोको २ बजे सम्म अँध्यारै हुन्छ के रे। अनि पेटाँ गुरुरुरुरुरुरुरुरुर मुसा कुद्न ला' सि उठ्नी हो बल्ल।

साली फर्किइन के रे, आफ्नो त दिल खुश छ। आज त अर्कै फूर्ति आइरा'छ। शनिबार नि कलेज जाम जाम भै रा'छ।
 
Posted on 06-23-07 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ गाम्ले हो ! हउरहुरले कहिले बोक्रै सँग सुन्तला खानु भो ?
यहाँ त हामी नेपालीको गर्नु बेजेत गरेछन यार। अब कुइरेको टुप्पी उखेल्न पर्ने भो। जे पायो त्यै बोल्दै हिड्ने, पुन्टेदाइ भन्दा बढी हुन लागे ल कुइरेहुर।

 
Posted on 06-23-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ भउते यि खैर्या सन्तनले के सोचेका हुन् हाम्लाइ लौ न उपाए निकालम् यिनरकोनि टुपि तान्ने
 
Posted on 06-23-07 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै, त्यो काजकिस्तानको रास्ट्रपतिले वोराट को सिलसिलामा भने झै 'विज्ञापन भनेको राम्रो वा नराम्रो हुँदैन' भनेजस्तो हो भन्ने हो कि हामी पनि?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
lost $3500 on penny stocks !!!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Driver license help ASAP sathiharu
Is this a progressive step?
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters