[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 200]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 98758 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-30-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९८ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !

 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 198 editions.

Last edited: 30-Jul-10 09:59 AM

 
Posted on 07-30-10 10:22 AM     [Snapshot: 89]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ नेप्चे
आज्कल निक्कै रोमान्टिक भर आछौ नि के हो चाला माला
बैरे के हुँदै छ, माछा मार्न हिन्या हो फेरी।
हैन रिट्ठे काइदाको भाछ। गज्जप देख्या छु मैले त।
लौ ठुल्दाइ को यात्रा पढ्न हिंडे म त।
 
Posted on 07-30-10 10:25 AM     [Snapshot: 95]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामे को नि ट्यान्टर म्यान्टर गर्ने बेला भा हो


अरु केही हैन कत्ती गाना र सायरी गएर बस्छौ।


 ट्यान्टर म्यान्टर सब गाना बन्द हुन्छ।


 
Posted on 07-30-10 10:34 AM     [Snapshot: 101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaja ritthe ko raashi maa .. samanyaa chot patak lekhyaa jasto chha hera ta .. Maile bihaan aafno heryaa satru ko binaash lekhyaa thiyo
 
Posted on 07-30-10 10:46 AM     [Snapshot: 106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे,



रामेको र्‍याइँ र्‍याइँ , ट्याम मै झ्याइँ नहुँदा लाग्ने मानसिक रोगको लक्षण हो । रोगको सुरुवाटी लक्षण भाकोले निको हुने संभावना छ नै । तर त्यसको लागि एउटी लाई मात्र लाइन मार्ने गर्नु पर्दछ । बजार मा हजार ठाउमा मन डोलायो भने सम्झ काल ले बोलायो ।


 
Posted on 07-30-10 10:46 AM     [Snapshot: 106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे,



रामेको र्‍याइँ र्‍याइँ , ट्याम मै झ्याइँ नहुँदा लाग्ने मानसिक रोगको लक्षण हो । रोगको सुरुवाटी लक्षण भाकोले निको हुने संभावना छ नै । तर त्यसको लागि एउटी लाई मात्र लाइन मार्ने गर्नु पर्दछ । बजार मा हजार ठाउमा मन डोलायो भने सम्झ काल ले बोलायो ।


 
Posted on 07-30-10 10:53 AM     [Snapshot: 111]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ओहो नेप्छे ब्रो बबाल गयो नि कबिता ! हन कस्री लेख्ने हौ यस्तो कबिताहरु?


बैरे - मैले त मेरो राशी ब्यानै हेरेर आइसके ! "संयमता अपनाउनु नै बेस" भनेर लेख्या भएर आज लाई बचेँउ बाओ ! बरु तिमीले आर्काको राशी हेरेउ होला तिम्रो राशी त कन्या हुनु पर्ने अनी कन्या राशीमा आज "होस् नगरे दुई तीन कोश नाङै दौडिनु पर्ने" भन्ने लेख्या छ !


 
Posted on 07-30-10 11:01 AM     [Snapshot: 118]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तर त्यसको लागि एउटी लाई मात्र लाइन मार्ने गर्नु पर्दछ" :- सोरै डलर सही कुरो गर्नु भो ठुल्दाइ दुइमत छैन


यसरी
यसरी हैन


कि एसो गर्दा नि हुन्छ :-ठुल्दाइ को काइदा, तर त्यो चै झ्याइ पेरिसअकेपछी मात्र अपनाउनु।


"अनी कन्या राशीमा आज "होस् नगरे दुई तीन कोश नाङै दौडिनु पर्ने" भन्ने लेख्या छ: - लोल रिट्ठे लोल।


 
Posted on 07-30-10 11:35 AM     [Snapshot: 141]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चे ब्रो को कबिता कती राम्री ।



हैन यस्ती कबिता सबिता सँग हामीले पनि संगत गर्न पाए कती राम्रो हुन्थ्यो है रिट्ठे ?


 
Posted on 07-30-10 12:29 PM     [Snapshot: 164]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पनि, एस्ती कबित सबिता त तपाईं को जिग्री हरु हो नि हैन,बरु हाम्लाई नि चिनाइदिनु हुन्थ्यो कि
हसुरियो बालुवा पाउरोटी( चिप्ल्या भाषा)
हन चिप्ले कता गो हँ अचेल,कसैलाई था छ् अत्तो पत्तो।
ल आवो केटा हो एक राउन्ड जावस न त।
 
Posted on 07-30-10 12:43 PM     [Snapshot: 174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौका साथमा तारेमाम।



चिप्ले गुरु बेपत्ता भाको धेरै दिन भो, बिर्खे रोग सर्‍यो कि क्या हो ? आखिर हस्तिनापुरका छिमेकी हुन क्या रे , सर्न आइतबार लाग्दइन। मखुला ??


 
Posted on 07-30-10 1:23 PM     [Snapshot: 192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


कहिले यता कहिले उता खोजी हिड्छु तिम्रै छायाँ जता तता 
आखिर मलाई एक्लै पारी निष्ठुरी तिमी कता भयौ बेपता?
लाखौंको भिड छ वरिपरी तर पनि भएको छु एक्लो म ता
ह्या झ्याउ नै लागिसक्यो आउदिनौ तिमी भने ल्याउँछु त्यही काली कबिता।


 


 
Posted on 07-30-10 1:31 PM     [Snapshot: 197]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा जिते वाह् ।


गज्जब को गयो नि कबिता , सबिता रमिता रिसाउलिन फेरी , कबिता पट्टी लाग्यो भनेर ।


 
Posted on 07-30-10 1:33 PM     [Snapshot: 195]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी नदीका दुई किनारा हाम्रो सँगम असम्भव छ
ता पनि मीलनको आशामा जीवन गुमाउन मन्जुर छ


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
आज खुब मेरो कुरा भैरहेको बेला परेछ, केही स्पष्टिकरण दिइहालूँ है.


बिष्टे, बालुवा पाउरोटी होइन, बालुवा बोक्सी चाहीं हो।
ठुल्दाइ, रोग सर्न त रोगीसँग संपर्क पनि हुनु पर्‍यो नि, मखुला? फोन सद्दे हुँदा त नउठाउने मान्छे चर्पीमा खसालेपछि त झनै अस्वम्भव।
जीते, रिट्ठे, र बैरेलाई पनि तारेमाम। कता मरे अरु?   


सप्ताहन्तको योजना ककस्को के के छ त? 


 
Posted on 07-30-10 1:49 PM     [Snapshot: 210]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चिप्ले काजी ।


धन्न चिप्ले काजी ले हस्तिनापुर बासी को नाक राखी दिएको छ । बधाई छ । अब सम्पर्क भएर संसर्ग भएर सर्‍यो कि भन्ने आशन्का थियो । अब रहेन ।


 


हामी नदी का दुई किनारा.............
रेडियो नेपाल मा बडा गुन्जिन्थ्यो यो गीत ।


 सुदेश राज शर्मा को स्वर, संगितकार चै त्यसइको बाउ चन्द्र राज शर्मा। गीतकार धनेन्द्र बिमल हो कि हो कि जस्तो लाग्छ । 
 


 
Posted on 07-30-10 2:00 PM     [Snapshot: 219]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यो साझा मा चौतारी बासी को आफ्नै संसार छ् |ल बधाई छ् सबै चौतारी सद्श्य ज्यु हरुलाई |फल्दै फुल्दै फक्रदै गर्नुस् |झर्नुस् चै म् भन्दिन |
 
Posted on 07-30-10 2:44 PM     [Snapshot: 232]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चिप्ले गुरु
कता हराको हो एस्तरी एत्तिका दिन।
एह हो हो बालुवा बोक्सी भन्या बालुआ पाउरोटी भनेछु। अनी के छ् हस्तिनापुर नगरि तिर को खबर,उद्ण्ड गर्मी होला हैन।
सप्तान्त को खासै केही छैन अहिले सम्म भोली आँफै बन्ला
जिते ब्रो तारेमाम।
हामी नदिका दुई किनरा ।।।दिउसो को दुई बजेतिर को याद आउछ पुरानो काठमान्डौ को।
धनेन्द्र दाई त हाम्रा छिमेकी हुन नि ठुल्दाइ
पर्भात बुरो के छ्,खै दुई चार दिन भो कबिता सबिता पढ्न पाइया छैन नि,सिम्पल केटो खै त ?
 
Posted on 07-30-10 3:01 PM     [Snapshot: 243]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, के संपर्क र संसर्गको कुरो गरिरहनु भएको? नभन्दै तपाईंको कुन्नी के भिटी हो उत्कर्षमै पुगेको जस्तो छ नि।
पर्भात ब्रो, छु ख?
बिष्टे, गर्मी त प्रचन्ड भन्नु कि मातृका यादव भन्नु, छन चाँही बेस्सरी छ। तर अहिलेसम्म १०० काटेको (हिट इन्डेक्स नजोडी) पुगेको छैन। जोड्दा त १०५ जती पुगिरहन्छ। रचनाकार बिष्टेको छिमेकी परेछन्, गायक चाँही आफ्नो टाढाको नातेदार पर्छन्। ज्ञानेश्वरतिरका हुन् केरे। २ बजे हो र अनुरोध संगीत आउने? २ देखि २:३० लोकगीत, २:३० मा समाचार अनि ३ बजे अनुरोध संगीत जस्तो लाग्थ्यो। खोइ फेरि समाचार आधा घण्टा लामो भए जस्तो त लाग्दैन। २ बज्नु अघि चाँही स्कुल प्रसारण भन्ने आउँथ्यो केरे, हैन? खोइ बिर्सिन थालीएछ।                   
 
Posted on 07-30-10 3:15 PM     [Snapshot: 245]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम प्रभात ।


चिप्ले ले पुराना दिन याद गराइ दियो ।



फरमाइस गीत को कार्यक्रम भन्थ्यो क्या रे ।


 एक दिन हाम्रा टोलका दाई पर्ने ( उहां ३५ बर्ष मै माथि जानु भयो) ले फर्माइस गीतमा तिम्रो पनि नाम बज्छ आज २ बजे रेड्वा सुन्नु भन्नु भयो । न भन्दै काठामाडौ गणेशस्थानबाट ठुल्दाइ सान्दाइ भान्दाइ को नाम फुक्यो रेड्वा बाट । दङ्ग । अर्को गीत मा पनि फेरी गणेश स्थान बाट ठुल्दाइ........


 । त्यो दिन को ४-५ गीत सबै मा हाम्रो नाम नि बजे । त्यो क्रम १५ दिन सम्मा चल्यो । पाण्डव सुनुवार  क्लासमेट रहेछ दाई को । नाम टिपाइ दिनु भाको रहेछ । फर्माइस कम हुने, कम देखाउन न हुने अनी भे जती नाम दोहर्‍याइ तेहार्‍यै भन्ने रहेछ ।
   


 
Posted on 07-30-10 3:32 PM     [Snapshot: 252]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, अनि प्राय: सुनिरहने नामहरु:
बिरगंज गहवाबाट फुरमान हवारी, रहमान हवारी, बेगम ताज्मा हवारी
मकवानपुर करौंचेबाट बिचारमान, काजीमान।
नागधारा कालिङ्पोङबाट अनुमा राई। (कस्ती होली त्यो मोरी भनेर संधै कौतुहलता जाग्थ्यो) 
 
Posted on 08-02-10 8:45 AM     [Snapshot: 297]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।
ए उठ हो जाग हो कती सुतिरहेको .........

घाम डाँडा माथि आएर पून्टे बुढाको तालु टल्की सक्यो ....... ए उठ हो उठ .......
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters