[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १९८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 200]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 98731 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-30-10 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~  चौतारी १९८ ~


आउनुहोस् आउनुहोस् आगामी केही हप्ता मा सम्पन्न हुनलागेको चौतारीको दोश्रो शतवार्षीकीको समारोह भब्यताका साथ मनाउन सहयोग गर्नुहोस्

 

 

हाँसो, ठट्टा,  खुसी बाँड्दै र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १९८ औं संस्करणमा आइपुगेका छौं । अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ ।  सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात, धर्म्, लिंग, राजनिति, भाषा, ब्यक्तिगत रिसिबि जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रमाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपलले हार्दिक स्वागत गर्दछ !

 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा,chipledhunga-चिप्ले , Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी,ramronepal- रामे ,Geology Tiger - जिते perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 198 editions.

Last edited: 30-Jul-10 09:59 AM

 
Posted on 07-30-10 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-30-10 8:55 AM     [Snapshot: 2]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म नि उता छनो लाउन मात्रा बाँकी थ्यो
एता रिट्ठे ले जग हाल्या नि रईन्छ।

 
Posted on 07-30-10 8:55 AM     [Snapshot: 2]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे,



नयाँ चौतारीमा नयाँ तारेमाम साथमा धन्यवाद ।


 
Posted on 07-30-10 8:55 AM     [Snapshot: 2]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma 2nd

praNaam

 
Posted on 07-30-10 8:58 AM     [Snapshot: 7]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोरो भे पछी एउटा घर बनाउनै पर्छ, घर त के एउटा चौतारी पनि बनाउन पाए छैन ठुल्दाइ भन्यो रिट्ठेले ।


अनी मैले नि बनाउ रिट्ठे बनाउ, परेको म बेहुरुंला भनेको, बनाए छ बज्जे ले छानो बिना ।



 


 तारेमाम पुरे ।


 
Posted on 07-30-10 8:59 AM     [Snapshot: 8]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गएको १९७ चौतारी को केही झलक....


नेपथ्य बाट


ठुल्दाइ आएर ढोका खोल्नु हुन्छ...




















































[Subscribe]

Posted on 07-30-10 8:13 AM     [Snapshot: 1663]     Reply | Notify Admin
Rate this Post:     0 Like       0 Flag         Fix Unicode
 


तारेमाम गाम्लेहरु !



शुक्रबारे झम्झमाउदो जदौ ।



बिस्टे काजी बाटइ मा देख्याथें, आउँदै होला। ध्रुब्या पसलमा चिया ओर्डर गरी आए हुन्थ्यो ।


 



बिस्टे

[Subscribe]

Posted on 07-30-10 8:24 AM     [Snapshot: 1666]     Reply | Notify Admin | Edit
Rate this Post:     0 Like       0 Flag         Fix Unicode
 

तारेमाम ठुल्दाइ
त्यता नि झम्झमे हो,एता नि झम्झमे जस्तो होला भनेर छाता किन्न रोकिया त्यो अमृतमान को पसलाँ तेही देख्नु भा होला,बोलाउनु पर्थ्यो नि सँगइ आउनु हुन्थ्यो। ल जाउ त जाउ धुर्ब्या पसला,भैसी ले दुध दिएन भन्दै थ्यो बज्जे ले हिजो त,आज नि तेइ डेरीको मा बनाउने होला।

 



rahulvai

[Subscribe]

Posted on 07-30-10 8:39 AM     [Snapshot: 1676]     Reply | Notify Admin
Rate this Post:     0 Like       0 Flag         Fix Unicode
 


तारेमाम बिस्टे काजी ।




अमृतामान को पसलमा देख्या होइन।



भात्क्या घर निर, झरी मा परि ट्वाँ परी  हेरी राख्या लाई के डिस्टर्ब गर्नु भनी हिड्या म त ।



चिया चिया नै हो , डेरी होस् या............. को होस् । 


 



ritthe

[Subscribe]

Posted on 07-30-10 8:39 AM     [Snapshot: 1676]     Reply | Notify Admin
Rate this Post:     0 Like       0 Flag         Fix Unicode
 


जदौ !



बिस्टे काइसाप र ठुल्दाइ लाई यो सोझो रिट्ठे को जदौ तथा तारेमाम !



माथि नेप्चे ले हसाएछ हिजो एक्छिन



सपना म मातिन्छु तिम्रो माया को रक्सी खाइ,
तर किन बिपना मा झस्काउन आउछ तिम्रो दाई?
तिमी मेरो सपना मा काउकुती लाउन न आउ
ब्युझिए म, देख्छु मेरो छेउ मै लाठा लिएर बसेको तिम्रो बाउ।।



लोल !




अनी नि बिस्टे, धुर्ब्या पसलाँ जाने भये च्या स्या त चाइन्न बरु मलाई नि त्यो डल्ली भुइसी को बाक्लो मोइ एउ गिलास ल्याइ पठाम है !


 


रिट्ठे र बिस्टे चौतारी खन्न थालछन ....


 
Posted on 07-30-10 9:01 AM     [Snapshot: 12]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो सान्दाइ ले मलाई किन देखी नसया हँ,केही इडिट गर्न नि दिदैन भन्या
ठुल्दाइ लाई था छ केही काइदा ..
 
Posted on 07-30-10 9:03 AM     [Snapshot: 19]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अघिको कन्टिन्यु


उभिदा सोझो अनी सधैं ह्यान्सम रिट्ठे लाउ जदौ।


ठुल्दाइ नि क्या थापाउने भन्या,झरीमा बाटो पारी हेरिरा कल्ले देख्लान त भन्यात बुढा बाटो पारी आँफै नि परी हेर्न ब्यस्त रछन अनी मलाई के बोलाउथे। जे होस् ठुल्दाइ ले इलाहाबाद मा चै धेरै सिकेर आउनु भाछ।
एउटा किलास सुरु गर्नु पर्‍यो ठुल्दाइ 'इलाहाबादी काइदा,सब्लाई फाईदा'
त्यो किलास लिन त आउँलान नि परी हरु नि,म र रिट्ठे नि आउछम।
बरु साइन बोर्ड तयार गर्दिम।
हाम्रो दिप ब्रो ले नि एउटा किलास लिदिउला भन्या छन।


 
Posted on 07-30-10 9:15 AM     [Snapshot: 26]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात चौतारी!



ल रिठ्ठु चाडै छाना चढाउ चौतारीमा, बर्खाको बेला छ नत्र त सबै औतारीहरु निथ्रुक्क भिज्लान्,


तारेमाम ठुल्दाइ, बिस्ट काजी, पुरे, आदी इत्यादी चौतारीका बरिष्ठ औतारिहरुलाई!


कस्तो अल्छि लाग्दो दिन हो आज, गएर पानीमा झ्वाम्म् हामफालु जस्तो!


 
Posted on 07-30-10 9:17 AM     [Snapshot: 28]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ रिट्ठे बिस्टे काजी पुरे बाघे

लौ मलाई बधाई छ बोर्ड फर्स्ट भएको मा

फेरी पनि पुन एक पटक बोर्ड फर्स्ट भएको छु मा क्यार्ने आदत से मजबुर

 
Posted on 07-30-10 9:32 AM     [Snapshot: 40]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




प्रणाम है सबैलाई ।
म पनि त्यो क्लास लिने भन्न मात्र आएको हो है ....

अहिले क्लास मा बिजी छु ......








आहा ........ आज त शुक्रबार ....
Last edited: 30-Jul-10 09:32 AM

 
Posted on 07-30-10 9:59 AM     [Snapshot: 51]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुक्रबारे घमाइलो बिहानी को जदौ जम्मै गाम्ले लाई,
नयाँ चौतारी बनेछ, सधैं झै first अनी second  हुन लाई दौडा-दौड चलेछ। बिस्टे माथी बाट अनी लहरे तल बाट बोर फस भको मा बधाई छ। 
Last edited: 30-Jul-10 09:59 AM

 
Posted on 07-30-10 9:59 AM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभ प्रभात जिते,लहरे,रामे
एक हुल आए हल्ला गरे गए
एक्छिन एउटा थालो मा भन्या टिक्न नसक्ने के भा हँ ई गाउले लाई। कती गाउ चाहर्न सक्छौ।
अनी के छ् त सप्तान्त को पिलान सबैको
आज त म्:म: बना बना भनी राछ वेदर ले नि।
अस्ती लहरे आ बेला को म;म; त झुरै भा थ्यो।
 
Posted on 07-30-10 10:01 AM     [Snapshot: 68]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo Ritthe le banaako chautaari ni conf jasatai chha adhi akshar haru kehi dekhinna ..


lau pranaam gare sabai lai ...


 
Posted on 07-30-10 10:03 AM     [Snapshot: 63]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारीमा पाल्नु हुने सबै औतारिहरुमा यो सोझो रिट्ठेको फेरी एक पटक जदौ तथा तारेमाम !


केही फरक रुप दिन खोजेको हाम्रो साझाको पेज सेटअप नै नमिल्या जस्तो छ ! आफुले एउटा बनायो अर्कै देखिन्छ टाँसिसकेपछी !


बिस्टे, लहरे, ठुल्दाइ, नेप्चे, रामे, जिते, पुरे सबैलाई ह्याप्पी फ्राइडे ! 


 
Posted on 07-30-10 10:11 AM     [Snapshot: 73]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Yo Ritthe le banaako chautaari ni conf jasatai chha adhi akshar haru kehi dekhinna ..


तिम्रो फुलो पर्या आँखा ले मात्र देख्दैन ! अरु सबैले देख्छन तिमीले मात्र देख्दैनौ डाकु


 
Posted on 07-30-10 10:12 AM     [Snapshot: 76]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नेप्चे ,  बैरे , लहरे , जिते , रामे ।


नयाँ नेपाल को यात्रा भाग १५ ( झन्डै अन्तिम भाग ) , बजार मा आयो।


 
Posted on 07-30-10 10:14 AM     [Snapshot: 79]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

घमाइलो शुक्रबारे बिहानी को अभिनन्दन सँगै एक पुरानो टुक्रा.....

तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।

सबै को दिन सुखमय रहोस। 

 
Posted on 07-30-10 10:22 AM     [Snapshot: 87]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे काजी ......... सप्ताहन्तको कार्यक्रम के नै हुनु र ...... उही हो ........ कसैको आँखा को नशा भुल्न लाई कसैको प्यालाको नशा मा भर परीन्छ ..... भनौ एक्छिनलाई नशा मा जिउन खोजिन्छ वा जिउन्दै नशा मा डुबिन्छ .... लाग्छ नशा र जिन्दगी को लामो सम्बन्ध छ, र नशा तिम्रो पर्ययेबाचि भएको छ .  ..........

हुनत कहाँ तिम्रो मुस्कान भुल्न सकेको छु  .... र छ नै नशा भुल्न लाई ...... सबै जिउने बहाना मात्र त रहेछ नि .....

नेप्चे ले भनेको जस्तै ........
"तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।"
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters