[Show all top banners]

h1b
Replies to this thread:

More by h1b
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 फटाहा हरु
[VIEWED 4847 TIMES]
SAVE! for ease of future access.
Posted on 02-20-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजा आउ देश बचाउ रे? किन यो प्रस्न?राजा बिना यहाँ कसैको चुलो जल्दैन? बिकाशको दियो बल्दैन? राजा विना नेपालिले केहि सोच्नै सक्दैन?
अनि अर्कोलाइ चाहियो रे गणतन्त्र!
अनि अर्कोलाइ लोकतन्त्र! गालि गर्न पाउनु पर्यो रे सबले सबलाइ, के हो यो आँखिर।सबै मिलेर देश बनाउन मिल्दैन।के को झगडा।राजा दरवारमै बसोस,प्रचन्डे सिङ दरवार् मै बसोस।मिलेर देश बनाए त भैगो नि।विकाश्को काम चाहि केहि गर्नु छैन।ठुला ठुला गफ चुट्यो।एरपोर्टको नाम् फेरेर,बाटोको नाम फेरेर जनतालाइ भुलाएर हुन्छ।सक्छ भने रोजगार बडाउनु पर्‍यो,क्रान्तिकारि भूमिसुधार लागू गर्नु पर्‍यो।भ्रस्टाचारिलाइ कार्वाहि गर्नु पर्‍यो।खालि हावा कुरा गर्‍यो,दुनिया हसाँयो,फटाहाहरु।
कर्ममा विस्वास गर्नु छैन।खालि आफ्नो स्वार्थ।सबैलाइ एकै चोटि टुडिखेलमा लगेर,सिस्नो पानि लगाएर,नुन चुक दलेर,गाउँ गाउँमा कालो मोसो दल्दै घुमाएर अन्तमा राज् दरवारको कुर्सिमा एक एक चोटि बस्ने अवसर दिएर,निर्मल निवासमा लगेर ज्ञाने,पारसे अनि फटाहा सबैलाइ सँगै राखेर भुट्नु पर्ने।
 
Posted on 02-20-07 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूला ठूला काम् त परै जाओस,इ फटाहाहरुको दिमागले भ्याउँदैन।एउटा फोहोर तह लाउने तागत छैन व्यकुफहरुसँग,देश चलाउने रे इन्ले।माओवादिलाइ दिएको पैसा कसरि प्रयोग हुन्छ अर्थ मन्त्रीलाइ थाहा छैन रे।गफ चाहि मानौ यस्तो गर्छन कि सँसारका सबै समस्याको हल छ इनिहरु सँग। बिचरा नेपालि जनता,राजाको मुख हेर्‍यो हेर्दै डाका जस्तो छ,नेताहरु हेर्‍यो सबै चोरै चोर।
 
Posted on 02-20-07 6:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो साझा म साही कुरा गर्ने मध्य एक H1B ra and Bathroom coffee.
मोरा नेता कुकुर हरु को कहिले पुचरा सिधlहुन्छ ?
पाएको लोकतान्त्र पनि अब गफ र नाम परिवर्तनआ गरेर र राजा को खुट्टाअ तानदै म जाने भो
नेपाली हरु को र झन न i गृका स्माज भित्र लुकेर बसेक हरु को बुद्धीजिबी देखि अजहाँँएए दिक्क लाग्छ
१० महिना अघी मैले भ्नेको थे नेपाली हरु को हाल चोक्टा खान गएको बुढी झूल म दुबेर मरी हुन्छ
तेही हुँदै छ
साब चोर हुन , अब के गर्ने , सब सानो सानो चोर मेलेर ठुलो चोर लाई हटैएर ठुलै भागअ कहाँँउला बह्नेर सोछँदै छ
मन्त्री भको पनि १० महिना हुन लागि सक्यो
खै के काम गरेर देखा को ? कहाँँली यता नाम चेन्ज गर्छ त उता तेही हो नयाँँ नेपाल ? ?
नाम चेन्ज गराणाइ नै जनता ले चोर ा हरु लाई फेरी लाएको ? ?
कम्युनिष्टा हारु को त के करै भो , बाँडर हरु हुन १९९० को प्रजान्तन्त्र बिथोल्नै कोङ्रीस् भित्र र अफु भित्र झगडाअ लगाउनदै ठीक
नेपाल बन्धा को सुरु गर्ने चोर हरु देश को सत्रु नभे को ?
मिठो बोल्चना चोर हरु , once in a while ाई नै लेउन , कस्तो बोल्न आएको ? ?
प्रचन्ड लाई अब राजा बनेर छोड्नै भए गधा हरु!!
माले को र कांग्रेस को पनि राजा जस्तै दिन औछ भने कुरा म मलाईइ पुरा बिश्वास छ, हेर्दै गर्नु, हैन भने सबा कम्युनिष्टा हरु दाजु भाई बनी हो कि ?
एउटाअ कुरा मा म माओवादी लाई मन्छु,
डिमोक्रेसी मा बिश्वास गर्दैनोउ हामी भन्छ तर सात पार्टी माओवादी ले जोका गरेको भन्ठन्छ
अबा मिलेर देश अघी बदौनी भने हैन कसरी देश तटुक्राएर , प्रन्त को राज्य गन्रे भनेर सोछँदै chan ,

Once a monkey always a monkey- monking with our country!!!
 
Posted on 02-21-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालको माया जसलाइ छ उ न राजावादि हुन्छ न बाजावादि न खाजावादि।राजा आयो भने यो गरुला उ गरुला फेरि भ्रस्टाचार गरुला भन्ने मन्डले हरु राजा आउ देश बचाउ भनिराछन। अनि काङ्ग्रेस र कम्युनिस्टले शासन गरे भने फेरि कुम्ल्याउन पाइएला भनेर बडो लोकतन्त्रवादि भएर चर्का नारा दि राछन। नेपालि हुन चाहि कोहि पनि नचाहने?मैले भनि हालेनि विकाशको कुरा गरौँ न। चाहिया छ यु एस य को नगरिकता अनि कुरा चाहि ठुला ठुला? हरियो पात कसरि पाइछ?कालि सङ बिहे गरेर यहाँको नागरिकता लिन कति बर्ष लाग्छ? प्रस्न चाहि तेस्तो अनि वहाँ भने चाहि उनिहरुनै राजावादि रे माओवादि रे खाओवादि रे।कोइ चाहि डि भि परेर मात्रै यहाँ आउनु पर्‍या रे !नत्र त धर्ति माताको यस्तो माया लाग्थ्यो रे।नभरिकन पर्छ डि भि?बहाना बनायो,ठुलो ठुलो गफ हान्यो।नेपाल का नेताका चेला न परे कस्तो हुन्थे? मिलेर देश बनाए हुन्न?आफु चाहि आफ्नो स्वार्थ मात्रै हेर्ने,अनि हावा कुरा गर्ने?
 
Posted on 02-21-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said H1b, I agree with you. We all are selfish but also trying if we can do at least something helpful for the motherland. I mean not only the discussion. But it starts from a thought.
 
Posted on 02-21-07 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडा असली कुरा गर्नु भयो । अमेरिका, जापान अनि युरोप बस्ने अनि देशको बारेमा जम्बो गफ हाँक्ने बहुत छन ।
ग्रीन कार्ड न पाएको झोंक अनि गर्ल फ्रेन ले दिएको झापाड र कुण्ठा सब नेपाली नेता मा पोख्छन ।
नेपाल को धरातलिय अवस्था अनि ब्यबस्था बुझ्न नेपाली नगरिकता र पास्पोर्ट मात्र भएर पुग्दैन । नेपाल मै बस्नु पर्छ र तहाँ को समस्या झेल्ने गर्नु पर्दछ ।
कांग्रेस को कुन चाँहीँ फटाह ले घात गर्‍यो भन्दै माअ राजा बादी हुने, हिजो सम्म गगन थापा संग फोटो खिचाउदा गौरब लाग्ने र आज तराई जले पछि राजा आउ देश बाचाउ भन्ने जस्ता अनेक अबसरबादी चरित्रको भण्डार नै छ साझामा ।

पढे लेखेका बिद्वान् ठान्ने जति जम्मै डाक्टर् इन्जिनियर् न बनी, न बनाइ नहुने, अनि राजनीति गर्ने जिम्मा ब्याक् बेन्चर् लाई छोड्ने र अनि तिनले राम्रो काम् गरोस् भन्ने आश् गर्ने?
ज्ञानेको शासन कस्तो थ्यो त्यती बेला नेपाल मा हुने र त्यस्बाट प्रत्यक्ष प्रभाव परेकालाइ मात्र थाहा हुन्छ, ५-१० बर्ष देखि यहाँ ड्लर को खेती र काली केटी, अझ बखान गर्छ, अहिलेको भन्दा ज्ञानेको शासन राम्रो भनेर ।
झुठ्ठा आडम्बर् नेपाली को परिचय त हुन लागेन?
नेता को नाम सुन्यो कि भ्रष्ट्र्, बेइमान । ए बाबा सबै नेता त्यस्ता छन र । जीवन भरि लोकतान्त्र को लागि सर्बस्व अर्पण गर्ने कति छन कति ।
ल भैगो, नाम चलेका वा चलाइएका हरु चोर फटाहा छन । गाली गर्न अघी आफ्नो आङ पनि त हेर्नु पर्‍यो?
१० हजार तलब खाने का छोरा छोरी होइनौ? जागिरे का सन्तान हरु?
हजुर का बा आमाले तपाईंलाई महंगो स्कूल मा कसरी पढाए, थाहा छ? काठमाडौंमा कसरी घर बनाए थाहा छ?
दुखा गेरर भन्लाउ, जती दुखा गरे नि इमान को कमाइ ले महिना जसो तसो मात्र चल्छ ।तपाईंलाइ महिनाको १०००-३००० तिरेर १०+२ पनि पढाउन सकिंदैन मेडिकल र इन्जिनिररिङ्ग को त के कुरा?
फेरी अमेरिका मा जस्तो नेपाल का जागिरे हरुले ग्यस् स्टेशन मा का गर्दैनन । अनि सबैले गाढ धन भेट्टाउदैनन पनि ।
आफुले देश को लागि केही पनि नगर्ने? खाली यो भएन त्यो भएन, फलानो चोर् धिस्कानो डाका भन्दै आफ्नो दायित्व निर्बाह गरेको ठानेका छन्।
त्यसैले आफ्नो नक्कलि आँसु बन्द गर, देश को चिन्ता गर्नु छ भने नेपाली आंखाले हेर्ने गर। गहराइमा बुझेर कुरा गर्ने गर। अस्तु!
 
Posted on 02-21-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेहि त भन्या राहुलभाइ।आफ्नो आङको भैंसि नदेखेने अनि अर्काको आङको चाहि जुम्रा देख्न्ने भन्या जस्तो क्या हामि हरु।आफु चाहि यहाँ आएर मस्ति गर्ने अनि किबोर्डमा थिचेर मात्रै हुन्छ। नेपालिले अहिले चाहेको भन्या शान्ति होइन?तेसैले नेपालि जनता लाइ केहि फरक पर्दैन राजा रहोस या जाओस,प्रचन्डे मरोस कि बाँचोस,माधव,ओलि दरवारमा पोइला जाउन कि नजाउन।उनिहरु शान्ति चाहन्छन। राजा राखेर शान्ति हुन्छ भने राजा राख नभए नराख,उनिहरुको मर्जि।आफ्नो मत बाट देखाइ हाल्छन् नि।जनताको मत नलिकन इ आठ दलले फुर्ति गर्नुको पनि केहि अर्थ छैन।अघिल्लो चुनाव पछि बाग्मतिमा धेरै पानि बगिसक्यो।तेसैले इ फटाहाहरुले पनि जनताको नामम जे मन लाग्यो तेहि गर्नु त भएन नि।
 
Posted on 02-21-07 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त भन्या मैले पनि । राजा नि कमसेकम चुपालागेर बसे हुन्थ्यो नि । लोकसम्मती शाहवंशिय पराम्परा भन्ने ले लौ जनताहरु तिमीहरुले मलाई राखे राख्, न राखे जन चाहना भन्न सक्नु पर्‍यो नि । अनि राजानैतीक दल ल पनि संबिधान सभा मा मत माग्नु जानु पर्‍यो नि, होइन र भन्या ।
मैले त राजाको तानाशाह काल रात्री भोगेर आएको । लोकतान्त्र को पक्षमा लागेको बापत सरुवाको पुरस्कार पाएको मान्छे । त्यसैले त्यतिबेलाको धरातलिय यथार्थ बुझेको छु भनेको मात्र, मैले भन्दा बढी बुझ्ने नि होला । १५ बर्ष सम्म सरकारी नोकारी गरेको मान्छे म, आफ्नै निजी प्रयास मा बिदेशमा एम एस्सी गर्न गएं। आज फेरि अझ उच्च अध्ययन् गर्न बिदेशमा छु। सरकार् ले मेरो निम्ति केहि गरेन मेरो गुनासो छैन । सरकार र कर्मचारीको बाध्यता र बिबसता बुझेको छु ।
आफ्नो देश प्रती गर्न सक्ने सेवा गरेको छु र गर्न कति बाकी छ । बिदेश को रंगीन दुनियाँ म रंगिएर देश लाई गाली गर्ने धृष्टता गर्दिन ।
 
Posted on 02-21-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठिक भन्नु भो राहुलभाइ।जनताले जे भन्छन तेहि गर्नु पर्‍यो।त्यो पनि हामि बिदेशमा बस्नेले होइन कि उहिँ नेपालमा जस्ले भोग्नु पर्छ ति जनताले भनेको गर्नु पर्‍यो।राजाले पनि जनताको निर्णय स्विकार्न तयार हुनु पर्‍यो र बाँकि पार्टिहरुले पनि जनताको मत न आएसम्म बिकाशको काम बाहेक अरु हावादारिमा लाग्नु भएन नि।विकाशको काम चाहि केहि नथाल्ने,भ्रस्टाचारिलाइ कर्वाहि पनि नगर्ने,अनि बाटोको नाम फेरेरे,यरपोर्टको नाम फेरेर जनतालाइ झुक्क्याएर मात्र हुन्छ? माओवादिको हतियार जम्मा ४२०० मात्रै होला त? अझै पनि देशमा २ वटा सरकार छ जस्तो छ।हतियार लिएर सँसद पस्ने रे?जे मन लाग्यो त्यो गर्नु त भएन नि।जनता सामु जाउ जितेर आउ,अनि जे जे मन लाग्छ गर।
 
Posted on 02-21-07 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइ एम आइ जी ले भनेको कुरमा एउटा अझै थापाउन्: हाम्रो रहुल दाई पनि सटिक कुरा गर्ने मध्यका एक हुनुहुन्छ साझामा।
हुन त म पनि यहाँ बसेर किबोर्ड चलाऊने मध्य कै हु तर नेपालको स्थिती बारे राहुल दाई ले लेखेको कुरम सत प्रतिसत सप्पोर्ट गर्छु । स्थिती कस्तो बिग्रेछ नेपालमा भन्ने कुरा त्यही बसेर मात्र थाहा हुने रहेछ । यहाँ बसेर एस्लाई गाली गर्‍यो, उस्लाई गाली गर्‍यो, त्यस्को केही अर्थ लाग्दैन । पछील्लो महिना २ हफ्ता को लागि नेपाल पुग्दा थाहा भो । लाहानको घटना पछी को कोलाहलको दृश्य हरु आफ्नै आँखाले देख्दा लाग्यो " हामी ले बिदेश मा बसेर गफ चुटे जस्तो होइन"

अझ आफ्ना परिवार बाट लोकतान्त्रीक आन्दोलनको बेलाक कुरहरु सुन्दा त झन्!! H1B
ले भनेजस्तै, राजा आएनी, माओवादी आएनी, कांग्रेस, कम्युनिष्ट जो आएनी आखिर नेपाली लाई चाहीने शान्ति होइन र? खोइ त कहिले आउने नेपाल म शान्ति???
 
Posted on 02-21-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के गर्नु । देश चलाऊने हरु " गु " खाने घरमा बसेर शासन गर्न काटाकाट गर्छन ।मोरा " गु " खानेहरु । " गु " खाएर नै यिनी हरु " गु " जस्तै भएको होला । ( साभार : प्रधान मन्त्र लगयत एक दर्जन भन्दा सान्सद लाई एकै पटक जान्दिश )
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
TPS Renewal Reregistration
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali Passport Renew
Why Americans reverse park?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
whats wrong living with your parents ?
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
Shot Dead
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Facts showing how US is worse than Russia
TPS advance parole Travel document i-131, Class of Admission ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters