fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कल्पनाकुञ्ज

[Please view other pages to see the rest of the postings. Total posts: 72]
PAGE: <<  1 2 3 4  
[VIEWED 24013 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 07-21-08 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । आफु भासिएजस्तो लाग्छ कुनै दलदलमा अनि पल प्रति पल जति निस्कन खोज्यो उति डुबे झैँ लाग्छ ।

 

त्यो दिन हाम्रो घरको Living room धेरै बेर सम्म तनावग्रस्त रहिरह्यो । म घोसेमुन्टो लगाएर उभिएको उभियै भएँ । घरि घरि आँखा उठाउन खोज्थेँ तर फेरि झूकाउनु परिहाल्थ्यो । बुवा आँशु भरिएका आँखाले मलाई हेरिरहनु भएको थियो । मलाई वहाँको अनुहार हेर्न मन लागेको थिएन अथवा भनौँ मैले आँखा जुधाउन सकिन । लोग्नेमान्छेको आँखामा आँशु ज्यादै दयनिय देखीन्छ । एकदम बिवश लाग्छन् मलाई लोग्नेमान्छेहरु रुँदा ! निरुपाय भएर मात्र रुन्छन् लोग्ने मान्छे , जहिले सम्म निकास देख्दछन् तबसम्म रुन जानेका हुन्नन् ! खोई के सुहाउँदैन के सुहाउँदैन ? तिँ माथि त्यो त मेरो आफ्नै जन्म दिने बाउको आँशु थियो त्यो पनि मेरो कारणले उब्जेको ,एउटि जवान छोरीको कारणले धेरै बेर मनमनैँ आँफैलाई धिक्कार्दै बित्यो ।

 

"जा सुरुचि सुत्न जा भोलि कुरा गरौँला !" लामो मौनता आखिरमा तोडियो त्यो कोठाको ! बुवाले फेरि पनि आफु धैर्यवान रहेको देखाउनुभयो आफ्ना शब्दहरुले। सँधै जस्तै आज पनि बुवा आमाले मलाई हकार्न सक्नु भएन ,कुनै नयाँ कुरा होईन ,यो वहाँहरु दुईजनाको बानिमैँ छैन । मलाई यो वहाँहरुको सबैभन्दा ठूलो कमजोरि लाग्छ , दुवैजना रिसाउन जान्नुहुन्न ।शान्त शालिन अनुहार मात्र देख्छु जहिले हेरे पनि ।

 

बाहिर निस्केँ ,कोठा तिर जान खोजे तर बुवा आमाको ढोका छोडेर जान मन लागेन ,के कुरा गर्नुहुने रहेछ एक आपसमाँ मैले सुन्नु थियो । प्यासेजमा बत्ति निभाइसकेको थिएँ म ढोका मैँ आड लागेर बसेँ ।

 

 

"के गर्ने त अब ?" बुवा निराश भएर होला सुस्तरि बोल्नुभयो । सँधै को जस्तो तेज थिएन । म वहाँको बोलिले नै वहाँको अवस्था चिन्छु ।

"हाम्रो पालन पोषण मा कमि भए जस्तो त लाग्दैन !तै पनि किन ? आखिर हामी नै किन ? " आमा एक्कासि भक्कानिनु भयो ।

"नरो न , अब रोएर मलाई पनि कमजोर नबना है सन्ध्या ! तँ छेस र त अझै पनि केहि भइहाल्ला कि भन्ने आशमा छु ।"

"मैले जागिर धेरै अघि छोड्नुपर्ने ,घर ब्यवहार मा सहयोग होला भनेर जारि राखेँ उ जन्मेपछि पनि ! जागिर नभएको भए समय त दिन सक्थेँ सुरुचिलाई !"आमा फेरि आफ्नै दोष निकाल्ने क्रम मैँ हुनुहुन्थ्यो ।

"अब भइसकेको कुरा छोड , तै पनि तेरो जागिर को के दोष ? खालि यसो उसो गर्यो आफैँलाई दोष दिन्छे ! बाउ आमा जागिरे भएकाका सबै छोराछोरी Addict भएका छन् र ? अब के गर्ने सोच ,लत छुटाउन सकिएन भने बिकराल हुन्छ यो समस्या त !"

" तै पनि उसका कुराहरु तँपाई भन्दा मलाई थाहा हुनु पर्ने नि त ! आखिर आमा हुँ उसकि ,साथि जस्तै नै ब्यवहार गरेकी छु ? किन लुकाई उसले कुरा ? अस्ति मेरो पर्स बाट पैसा हराउँदा त कतै हिसाब बिर्सेछु झै लागेको थियो ,हिजो उसको कोठामा त्यत्रो कुरा भेटिएपछि पो थाहा लाग्यो !"

"फेरि रुन थालि , नरो भनेको हैन सन्ध्या !" बुवा थोरै झर्किनु भयो ,वहाँ ले रिसाएको मैले देखेको छैन , आमाको हिकहिक यथावत थियो ,शायद आँशु पुछेर अब नरुने कोशिश गर्दै हुनुहुन्थ्यो तर सकिरहनु भएको थिएन ।

 

"ब्लड चेक चाहिँ पहिला गर्नुपर्ला ,के थाहा धेरै सिरिन्ज चलाएर !!!!!!!!!!!!!!!!!!!!!!!" आमा को रुवाई अचानक बढ्यो अगाडिका आँशु रोक्ने सम्पुर्ण प्रयास लाई असफल बनाउँदै ।

"हैन त्यस्तो त भएको छैन होला ! मेरो बिचारमा रिह्याब सेन्टर नै ठिक होला ,थोरै दिन सुधार्ने नै प्रयास गरौँ !"

"सबलाई थाहा हुन्छ त्यसो गरे त ! छर छिमेक मा कसरि मुख देखाउने ,को केटाले बिहे गर्छ यस्लाई ? "

"अहिले पनि थाहा हुन्छ ,त्यति राम्रा ठूला आँखा तलका छाला सबै  काला भइसके ,ओठ हेर न हाम्री छोरीको कत्ति कालो छ ,पहिला त्यस्तो थियो र ? हामीले नै खुट्याउन ढिलो गर्यौँ ,अब यहाँ भन्दा ढिलो गर्नुहुन्न  ! हो उ बहकिएकि हो गलत बाटोमा लागेकि हो , तर उसको भन्दा तेरो र मेरो बढि गल्ति छ हामिले पहिला नै पत्ता लाउन सक्नु पर्थ्यो ।  अब त रिह्याब सेन्टर लानै पर्छ ! अरु भन्दा त्यो कल्पनाकुन्ज ठिक छ भन्छ मेरो एउटा साथि ,त्यसको छोरालाई पनि तिन महिना त्यहाँ राखेको आजकल नर्मल छ अरे ।" बुवाले सान्त्वना दिनु भयो आमालाई !

 

म बिस्तारै आफ्नो कोठा तिर लागेँ ,मलाई मेरो परिणाम थाहा भइसकेको थियो ।आफ्नो बुवा आमा लाई म दोष दिन्न । अझै पनि सुधार्ने प्रयास गर्दै हुनुहुन्छ ।चुपचाप कोठा आएँ अनि सोचेँ म वहाँहरुको जे बिचार हुन्छ त्यहि गर्नेछु । सक्नु नसक्नु आफ्नो ढाउँमा छ तर आफ्नो तर्फ बाट सुध्रने सकेसम्मको प्रयास गर्नेछु ।

 

करिब दुई बर्ष अघिको गल्ति ले गर्दा म अहिले को ठाउँमा आईपुगेँ जहाँ मेरै आफ्नाहरु मन नलागि नलागि नै भए पनि मलाई आफुबाट अलग्याउँदै छन् ।कुनै घाउ लागेको आफ्नै अंग जस्तै जस्लाई नकाटे शरिर नै खानेछ । के म त्यो परिवार को रोग भएर निस्कि सकेको छु त ? म घर बाट अलग्गिन चाहन्न र लत बाट अलग्गिन सक्दिन । कोठा आएँ आज मेरो कोठा बिहानै सफा गरिएको थियो ,मैले केहि पाउने सम्भावनै थीएन कोठामा तै पनि धेरै बेर सम्म खोज जारि राखेँ नभेटेर गलेँ ,चिटचिट पसिना आएझैँ भयो हात गोडाहरु कामे जस्तै भयो ओछ्यान मा पल्टिएँ ,बिस्तारै मनमाँ उठेका भुकम्प हरु सेलाएझै भयो धेरै चोट दिएर हावाहुण्डरि थामिएझैँ लाग्यो ।

धेरै दिन पछि ऐना हेर्न मन लाग्यो । ऐना अघि उभिएर आफ्नो आँखा , ओठ हेरेँ । बुवा ले भने जस्तै काला भइसकेका थिए । कपाल त पहिल्यै कलर गरेर महिले खैरो बनाइसकेको थिएँ । म पहिला यति नराम्रि थिइन ।  अगाडि पछाडि सबै तिर नियालेँ नारित्व कतै हराएको थियो । मलाई आफ्नो पहिलेको स्वरुपमा फर्किन मन लाग्यो । रात भरि एल्बमका पुराना फोटाहरु हेरेर रुँदै बस्दै गरेँ । यो समस्याको कारण म थिएँ समाधान मा मैले पहल गर्नै पर्छ , म कल्पना कुन्ज जानेछु ।सुत्नु अघिको मेरो निर्णय त्यहि नै थियो । आँशु पुछे गालाभरि आँशुका टाटालाई यथावत राख्दै आफ्नो ओछ्यान मा पल्टिएँ ।

 

 

 

 

 

 

 क्रमश:


 
Posted on 08-17-08 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दश मा थिएँ म जब मैले स्कुलको ट्वाईलेटमा चुरोट शुरु गरेको थिएँ ।मलाई लाग्थ्यो केटाहरु खान्छन् मैले किन हुन्न ? उनिहरु त्यसबाट मजा लिन्छन् भने What’s stopping me ? केटि हुनु के सिमा मा बस्नु मात्र हो वा स्वच्छन्द आकाशमा उनिहरुको पनि हक हुन्छ ? होला मैले गलत बाटो लिएँ तर शायद मेरो सोच ठिक थियो । तर सबै साँचो कुरा सबैले बिश्वास गर्नुपर्छ भन्ने रहेनछ ।  

 

म एक छिन चुप भएँ बरण्डा बाहिर चरा छिरबिर चिरबिर कराईनै रहेको थियो उ त बोलि पनि त बुझ्दैन हाम्रो  , मेरो कथाको औचित्य के उसलाई ? फगत एउटा प्रदुषित ध्वनि न हुँ म उसको लागि त । सुधा पनि नजिकैको कुर्सिमा बसिनै रहेकी थिई परिवर्तन उसमा पनि थिएन उ उत्तिकै दत्तचित्त थिई मेरो कथा सुन्न र कथाको निष्कर्ष निकाल्न ! परिवर्तन त मात्र म मा थियो । लामो समय देखी चट्टान बनेर जमाएर राखेको आफ्नो मुटुलाई पगाल्दै थिएँ कोहि आफ्नो सुन्ने पाएर । म फेरि शुरु भएँ ।

 

मलाई तिम्रो जस्तो औँलामा नेलपोलिस लगाउन , थोरै खस्केको कुर्ताको सललाई पनि एउटा कला लाई मुर्तरुप दिए जस्तो गरेर आफ्नो ठाउँमा ल्याउन , चौडा निधारमा सानो टिका लगाएर आफूलाई पुर्ण बनाउन कहिलै आएन तै पनि साथिहरु भन्थे म रफ स्केच नै भए पनि पर्फेक्ट थिएँ , कलेजमा आएपछि मेरा फाटेका ,खूईलिएका जिन्स and a pair of sneakers को अलग नै मौलिकता थियो ,अनि मैले खोपेको ट्याटुको चर्चा बारम्बार भईरहन्थ्यो केटाहरुको सर्कल मा । जुन मेरो attitude सँग match गर्थ्यो रे !  हुन त मलाई आफु कलेज को सेलिब्रिटि बन्ने रहर थिएन तै पनि धेरै चिन्थे मलाई शायद प्रिथक भएर शायद बिग्रेकि केटी भनेर !

अनि ? मेरो निमेश भरको मौनता पनि सुधाले सहन सकिन । म थोरै हाँसे उसको ब्यग्रता देखेर !

 

सेकण्ड यियरको फेयरवेलको प्रोग्राम थियो , नकिन अन हेभन्स डोर मा As a guitarist play गरिसकेर म स्टेजबाट तल झर्दै मात्र के थिएँ कसैको हात मेरो अगाडि तेर्सियो ।

 

“you play guitar really well , कस्को थियो त हात ?

जस्ले शायद मलाई म सँग चिनायो उसैको , नाममा के राखेको छ र उसलाई तिमी उ नै भनेर बुझ न ! मेरो सम्पुर्ण कथाभरिको उ सम्बोधन उसकै लागि मात्र हुनेछ । उसले म सँग अटोग्राफ माग्दै हात बढाएको थियो । उ कमर्स बाट रहेछ मेरो संगत बाट टाढा  , म उसलाई चिन्दिनथेँ तर उसको नोटिसमा म धेरै दिन देखि परेको रहेछु ।

 

“sorry  , I don’t like unnecessary showing off  , मैले उसको हात पर सार्दै जवाफ फर्काएँ ।  मैले उ तिर ध्यान दिन जरुरि ठानिन केटाहरुको सबै केटिहरुलाई एउटै तराजुमा तौलने बानि मलाई पहिले देखिनै मन पर्दैन थियो ।

अनि ? सुधाको कौतुहलता कायम थियो , मैले एकछिन बाहिर हेरेँ ।  बाहिर आकाश कालो थियो । पर्खाल छेउको पारिजातको हल्का हल्का बासना मेरो बरण्डामा आईरहेको होला , किन उसलाई महकिनु पर्छ होला राति मात्रै ? फरक मानवमा र अन्य बाँचेका हरुमा यति मात्र छ  कि मान्छे जे गर्छ अरुलाई देखाउन मात्र गर्छ । जंगलको बिचमा फुल्ने फूलहरुलाई के मतलब उनिहरुलाई हेरिदिने कोहि छन् वा छैनन् भनेर , रातमा सुगन्ध छर्ने पारिजातलाई के मतलब उसको सुगन्ध कसैसँग पुगिरहेको छ वा छैन भनेर ।

बाहिर बरण्डामा निस्किने हो ? मलाई यहाँ उकुसमुकुस भयो । मैले प्रसङ्ग बदलेँ ।

“As u wish ! “

सुधाले नजिकैको दुईवटा कुर्सि बाहिर लिएर अघि लागि ! हामी बाहिर बरण्डामा बस्यौँ । गार्ड हाउसको धमिलो प्रकाश मेरो कोठाको बरण्डा सम्म आईरहेको थियो । मैले बाहिर बत्ति जलाउन आवश्यक ठानिन ।

 

भन न त कथा किन रोकेको ? सुधाले फेरि कथामा फर्कन आग्रह गरी ।

 

तर उसले हात हटाएन , उसको भनाईमा उ म सँग बोल्न खोजेकै करिब चार पाँच महिना भइसकेको थियो रे त्यतिबेला र सारै हिम्मत जुटाएर आएको थियो रे उ त्यतिबेला , मैले उसको अनुहार हेरेँ थोरै नै भए पनि सत्यता देखे ! म थोरै हाँसे अनि के जान्दछौ तिमी मेरो बारेमा भनेर सोधेँ , म सँग त्यो बाहेक उसलाई सोध्न अरु प्रश्नहरु थिएनन् । जे सोध ! उसले मेरो आँखामा आँखा मिलाउँदै जवाफ दियो । उसको आफु प्रतिको बिश्वास यति धेरै देखियो कि मलाई पनि उसलाई बिश्वास गर्न कर लाग्यो उ मेरो बारेमा सबै जान्दछ भनेर !

 

अनि ? यसपालि सुधा सुस्तरि बोली ।

मैले उसको हातमा अटोग्राफको सट्टा मेरो मोबाइल नम्बर लेखिदिएँ हाम्रो सम्बन्धलाई बढावा दिन मलाई लाग्यो उसका आँखाहरु विश्वास गर्न योग्य छन् , सबै केटीहरु जस्तै मैले पनि यहिँ गल्ति गरेँ ।

पहिलो भेटमैँ तिमी त्यति अघि बढ्यौ ?

म सम्बन्धहरु नापतौल गरेर बनाउँदिन जे गर्छु एउटा नशा मानेर गर्छु ,That’s Why I am an addict ! “

“ok ! अनि ?

सबै सम्बन्ध हरु जस्तै हाम्रो सम्बन्ध पनि चरमोत्कर्ष मा पुग्यो मैले उसलाई कहिँ पनि हामी बिचको लक्ष्मण रेखाको अनुभव हुन दिईन , coz I trusted him र यस्ता कुरामा हिच्किचाउनु मेरो स्वभावमा थिएन ! मैले उसलाई व्हिस्कि ,चुरोट देखी उसको बेडरुम सम्म साथ दिएँ ।

म एकछिन चुप भएँ ।

अनि एक दिन हामी विचको सानो misunderstanding मा He said I was cheap , If I can sleep so easily with him I can sleep with another guy too रे ! That created our break up ,मलाई पछि लाग्यो उ चाहन्थ्यो म उसको बाटो बाट हटुँ किनकि उसले चाहेको नै त्यहि थियो , मलाई थाहा छ केटाहरुको बिचारमा मेरो सोचका केटीहरु सँग जिवन गुजार्न सकिँदैन !

मलाई यो घटना ले केटाहरु प्रति बचेकुचेको बिश्वासलाई पनि चिहानमा गाड्यो ।

सुधा यसपालि चुप नै रहि , उसले केहि पनि बोल्न सकिन । मैले आफ्नो कथालाई निरन्तरता दिइराखेँ ।

 

उ सँग को बिछोड अरु कुराहरु सँगको सामिप्यताको कारण बन्यो शायद म चुरोट व्हिस्कि बाट एक स्टेप माथि चढे त्यहिँबाट ! जब घर परिवारको बारेमा सोचेँ ! म धेरै टाढा आइसकेको थिएँ , मेरो लागि कल्पनाकुञ्ज का ढोका खुलिसकेका थिए !

 

म रोकिएँ एकछिन सुधा मेरो नजिकै थिई कुर्सिमा ढल्किरहेकी म थोरै उठेँ ।

 

मलाई लाग्छ तिमीले कथा मात्र भन्यौ यो तिम्रो कथा तिम्रो मुटु हलुका बनाउनलाई मात्र थिएन ! तिमी मलाई अरु पनि केहि भन्न चाहन्छौ ! भन न प्लिज ! for gods sake ! “

 

धेरै पछि कल्पनाकुञ्जमा कोहि साथि जस्ति कोहि आफ्नि जस्ति तिमी भेट्टाएँ ! तर जब मैले तिमीलाई कोहि केटा सँग देखेँ मलाई मेरो अतित याद आयो । मलाई थाहा छ तिमी यस्लाई गलतम ठान्नेछौ ,तर म तिमी सँग यति जोडिएको छु आजकल कि तिमी सँग जोडिएका अन्यहरु देखी इर्ष्या लागेर आउँछ । मैले आफ्ना आँशुले भरिएका आँखाले सुधालाई हेरेँ सुधाले धेरै बेर मौनता को बिचमा मेरो हात सुम्सुम्याई अनि केहि नबोलि जुरुक्क उठेर बाहिर बिस्किई ।

क्रमश:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 
Posted on 08-18-08 2:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

...धेरै जसो केटाहरु बाहिरबाट ठिकै हुन्छन् ,आत्मा हो उनिहरुको कुरुप हुने ,केटिबाट हरदम एउटै आश ,केटिहरुमा हरदम एउटै नजर ,कहिले बुढिको रुपमा ,कहिले प्रेमिकाको रुपमा ,कहिले वेश्याको रुपमा ! चाहना केवल एउटा !  त्यो भन्दा भिन्न कुनै केटाले चाहँदैन ।...

a natural truth, which every gentleman tries to deny to some degree.

 

 ....बाहिर आकाश कालो थियो । पर्खाल छेउको पारिजातको हल्का हल्का बासना मेरो बरण्डामा आईरहेको होला , किन उसलाई महकिनु पर्छ होला राति मात्रै ? फरक मानवमा र अन्य बाँचेका हरुमा यति मात्र छ  कि मान्छे जे गर्छ अरुलाई देखाउन मात्र गर्छ । जंगलको बिचमा फुल्ने फूलहरुलाई के मतलब उनिहरुलाई हेरिदिने कोहि छन् वा छैनन् भनेर , रातमा सुगन्ध छर्ने पारिजातलाई के मतलब उसको सुगन्ध कसैसँग पुगिरहेको छ वा छैन भनेर । ....

wow this is a gift very few people have, i guess. सुरुचि जि को सोचाई को तह निक्कै माथिल्लो देखियो । great lines.., क्या लेख्यौ यार ।

 

 म सम्बन्धहरु नापतौल गरेर बनाउँदिन जे गर्छु एउटा नशा मानेर गर्छु ,That’s Why I am an addict ! “

 

...धेरै पछि कल्पनाकुञ्जमा कोहि साथि जस्ति कोहि आफ्नि जस्ति तिमी भेट्टाएँ ! तर जब मैले तिमीलाई कोहि केटा सँग देखेँ मलाई मेरो अतित याद आयो । मलाई थाहा छ तिमी यस्लाई गलतम ठान्नेछौ ,तर म तिमी सँग यति जोडिएको छु आजकल कि तिमी सँग जोडिएका अन्यहरु देखी इर्ष्या लागेर आउँछ । मैले आफ्ना आँशुले भरिएका आँखाले सुधालाई हेरेँ सुधाले धेरै बेर मौनता को बिचमा मेरो हात सुम्सुम्याई अनि केहि नबोलि जुरुक्क उठेर बाहिर बिस्किई ।

 

यस पालि निकै गहिरो खोतल्यौ, भाई । निकै गहिरो । जिवनका धेरै तथ्य हरुलाई राम्रो संग पल्टाईदिएका छौ । धेरै समय सम्म घोरिएर सोच्नु पर्ने बनायौ । कति सत्यहरु भएर पनि याद नगरिएका थिए तिमीले राम्रो संग कोट्टयाएउ । भाषा, प्रस्तुति र शैलि  सदा झै बेजोड छन् ।

you are still unfinished, यति खोतलि सकेको छौ, हतार गरेर अपुरो नपार है  । ढिलै भएपनि मेलो राम्रो संग सकाउनु, हामी पर्खम्ला ।

-somewhereondearth

 


 
Posted on 08-18-08 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो ज्यु,
देर आए पनि दुरुस्त आउनु भयो,तपाइ को लेखाइ को तारिफ गर्न शब्द छैन म सँग।

"सबै सम्बन्ध हरु जस्तै हाम्रो सम्बन्ध पनि चरमोत्कर्ष मा पुग्यो मैले उसलाई कहिँ पनि हामी बिचको लक्ष्मण रेखाको अनुभव हुन दिईन “

“अनि एक दिन हामी विचको सानो misunderstanding मा He said I was cheap , If I can sleep so easily with him I can sleep with another guy too रे ! That created our break up ,

वाह,म भए एक पान्ना लेख्थे होला सुरुची कुलत मा लाग्नु को कारण। तपाईं ले एत्ती मिठो तरिका ले ४ लाइन मा भ्याइदिनु भयो,बडा मजा लाग्यो। 

 सुधा लाई जस्तै मलाई पनि साह्रै कौतुहल भयो।
 सुरुची अरु के भन्न चाहन्छे त ?
एस्पाली अस्ती जस्तो देर नगरौ है प्रभो।
 


 
Posted on 08-18-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhere on d earth dai धन्यवाद यस्तो गहिरो गरि पढिदिनु भएकोमा । म यो कथा सिध्याउँदैछु । अब आउने भागमा पढेर चित्त बुझेको नबुझेको सबै खूलाएर लेखीदिनु है ! अनि कहिले हो त तँपाईको आउने ?
बिष्टेजि ,धन्यवाद , तँपाईको आग्रह शिरोधार्य प्रभु ! हेर्नुस् मैले यसपालि त्यति धेरै समय लगाइन है !

 
Posted on 08-18-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ओछ्यानमा पल्टिएँ , तन्नाका फूलबुट्टा हरुसँगै काँडाहरु पनि पोतिएछन् क्यार ! धेरै बेर सम्म सुत्न सकिन । केहिले घोचे जस्तो भईरह्यो । सुधाको अनुहार धेरै बेर आँखामा आईरह्यो । अनि सोचेँ उसको मौनताले नबोलिकन पनि धेरै कुरा बोलेर गयो ।

 

 

भोलिपल्ट

सँधैजस्तै म बरण्डामै थिएँ । साँझका सिरेटाहरु यथावत थिए । मलाई छोईरहेकै थिए शायद भित्र भित्रै म जलिरहेको ऊनिहरुलाई पनि थाहा थियो । सुधा बिस्तारै गेटबाट भित्र आई । सँधै भन्दा उसको चाल ढिलो थियो । मैले घडि हेरेँ उ करिब दश मिनट ढिला भइसकेकी थिई । छ बजे देखि उसको ईभिनिङ्ग सिफ्ट शुरु हुने गर्छ कल्पनाकुञ्जमा । सँधै उ पंक्चुउल नै हुन्छे बेलुका तिर डेटिङ्ग गएपनि । उ कामलाई नै धेरै प्राथमिकता दिन्छे रोहनलाई भन्दा जस्तो लाग्छ मलाई कहिलेकाहिँ ! उ भित्र छिरि , म पनि बरण्डा बाट भित्र छिरेर गिटार लिएर आएँ , बजाउन खोजेँ  । थोरै मेलोडिमा प्रोब्लेम आए झैँ लाग्यो , थोरै स्ट्रिङ्गस कसेँ एक छिन बजाउन खोजेँ । बजाउँदै जाँदा खासै रमाईलो नभए झैँ लाग्यो फेरि भित्र गएर गिटार थन्क्याईदिए अनि बाहिर राखेको चियरमा ढल्किएँ । हिजोका याद हरु यथावत थिए । चित्र बनेर मेरो वरिपरि घुमिरहेकै थिए ।

 

 

बेलुका रुटिन चेक अपमा सुधा भित्र छिरी । मेरो अनुहारलाई धेरै बेर सम्म हेरी ।

के हेरेकी ? मैले उसको आँखामा आँखा जुधाउँदै सोधेँ ।

थाहा छैन यार , अनडिसाईडेड भएकी छु ! उसले बाहिर हेर्दै जवाफ फर्काई , शायद उ मेरो आँखामा आँखा जुधाउन चाहन्न थी ।

मैले हिजो जे भने त्यसले प्रोब्लेम दिएको भने लिभ ईट ! एउटा साथि पाएकि छु अरु कारणहरुले गुमाउन चाहन्न ।

बाहिर बस्ने हो एकछिन ? सुधाले प्रसंग बदलि ।

जौँ न त त्यसोभए म कोठा मा भएका दुईवटा कुर्सि बोकेर बाहिर बरण्डा तिर लागेँ ।

 

 

बत्ति बालौँ ? मैले सुधालाई एक चोटि सोधि टोपलेँ ।

छोडदेउ ,के फरक पर्छ अँध्यारो र उज्यालो को तिमीलाई र मलाई ?

तिमी शायद मलाई केहि भन्न खोज्दैछौ !

त्यस्तै केहि ,कहाँ बाट शुरु गर्ने नै थाहा छैन !

भन न प्लिज !

हिजो यहाँ बाट हिँड्ने बित्तिकै रोहन को फोन आएको थियो ! सुधाले मलाई नियाल्दै भनी ।

अनि मैले कुर्सिको खुट्टाको रङ्ग नङ्ले कोट्याउँदै सोधेँ । कुर्सिमा रङ्ग लगाएको धेरै समय भईसकेको रहेछ । अलि अलि खुईलिन थालेको थियो ,अलि अलि उक्किन थालेको थियो । ऊक्किन लागेको लाई त कोट्याउने सामन्यतय जस्को उपस्थिति कमजोर देखिन्छ त्यसैमा त हो दुनियाँले प्रहार गर्ने !

आज भेट्नको लागि कल गरेको रहेछ !

भेट्यौ त ? मैले उसको कुरामा रुचि कौतुहलता देखाउन आवश्यक थियो । नभए उसले सोच्नेछे म उसको कुरामा ध्यान दिन्न भनेर !

उसैलाई त भेटेर आएकि बेलुका !

तिमी आज दश मिनट ढिलो थियौ ! मैले उसलाई नियालिरहेको जानकारि तेर्स्याएँ ।

मलाई थाहा छ तिमी बरण्डाबाट हेरीरहेकी थियौ । उसले म तिर नियाल्दै जवाफ फर्काई ।

 

 म थोरै हाँसे झैँ गर्न खोजेँ । आजकल बिवश भएको छु म उसको सामु । थाहा छ उ अरु कसैकी हो र उसको र मेरो बिचको भावनाको साटासाटको आयु लामो छैन । तै पनि आफ्ना मुटु र दिमाग लड्दैछन् उसका लागि । म चाहन्छु उसको र मेरो बिचको सम्बन्ध रहिरहोस् । र यो पनि थाहा छ थोरै दुरि आवश्यक पनि छ उसको र मेरो सम्बन्धको निरन्तरताको लागि । तै पनि किन किन मन अनायासै युध्द मचाउन पनि तत्पर हुन्छ उसको लागि । हिजो देखि उ सोचिरहेकि होली मैले उसलाई एउटा उत्तर नभएको प्रश्न दिएकी छु तर उसलाई के थाहा त्यो प्रश्न मलाई कति अघि देखी पिरोलिरहेको छ भनेर ! अझ म त तिरस्क्रित भईसकेकी केटी !

 

आज मलाई रोहनले पर्पोज गर्यो , उ मसँग बिहा गर्न चाहन्छ रे ! उसले चन्द्रमा नियाल्दै अघि रोकिएको गफलाई गति दिई । मैले केहि पनि बोल्न सकिन ।

 

तिमीकेहि पनि किन बोल्दिनौ ? सुधाले म तिर फर्किदै प्रश्न राखि ।

के भनौँ ? म स्वार्थि बन्न चाहन्न ।

खोई , कहिलेकाहिँ मनमाँ साँचेका सपनाहरु पनि पुरा नभइकन त्यसै बीहान भइदिओस् झै लाग्छ । रोहन को यो प्रस्तावलाई कुरेर म करिब तिन महिना देखि बसेकी थिएँ , आज उसको यो प्रस्ताव पछि पनि मैले मलाई दुई चार दिन समय देउ भनेर समय माँगे ।  किन थाहा छैन !

उसले आफ्नो आँखाको आँशु पुछि । मलाई उसको आँखाबाट आँशु पटक्कै कहिल्यै पनि नझरोस् झैँ लाग्छ ।

तिमीलाई पनि थाहा छ यो भावनाको आयु छोटो छ । मैले भित्रबाट रुमाल ल्याईदिँदै उसलाई भने ।

थाहा छ तर मनलाई बुझाउन सकिरहेकि छैन ।

तिमी भोलि नै गएर पर्पोज एक्सेप्ट गरिदेउ ! म पनि शायद यहाँ धेरै बस्दिन होला ,चिफले अब धेरै भए दुई तिन हफ्ता भन्दै थियो ।

मैले उसको अनुहार पट्टि पिठ्युँ फर्काएर जवाफ फर्काएँ , मलाई आफ्नो आँशु उसलाई देखाउन मन थिएन तर उ मेरो अनुहार हेर्न खोजिरहेकी थिई ।

 

उ बिस्तारै निस्किई । उसले भोलिपल्ट नै मैले भनेको मानेर पर्पोज एक्सेप्ट गरेको खबर रोहनलाई पनि दिई । मेरो निस्किने दिन को पर्सिपल्ट उसको बिहाको साईत तोकियो । म भने आउन नसक्ने उसलाई मैले जानकारि दिएँ । म हिँड्ने दिन उ मेरो कोठामा आएकि थिई । म धेरै बेर उसको काँधमा टाउको राखेर रोएँ । उसले मलाई अब फेरि कल्पनाकुञ्ज नआउने गरी निको भएर जाँदैछु भनेर वाचा खुवाई । तल बुवा आमा मलाई लिन आउनु भएको थियो । टाढा पुगुन्जेलसम्म कल्पनाकुञ्ज ,त्यसको पर्खाल र पर्खाल भीत्र थुनिएकि मेरी सुधालाई हेरिरहेँ ।

 

यो कथा यत्ति मैँ बिट मारेँ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 




 
Posted on 08-18-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह् वाह् फुचे
एउटा फरक बिषयबस्तु मा आधारित् जिबन्त कथा पस्किएको मा धन्यवाद छ , पहिले को कथा भन्दा धेरै सुध्रिएका उत्कृष्ट मध्ये यो पनि एक हो, सुधा को मनोबिज्ञान को राम्रो बिस्लेषण छ , त्यो भित्रका सम्बाद हरुको त कुरै नगरौ
 
Posted on 08-18-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे ज्यु,

धन्यवाद छिट्टै आउनु भको मा।  
बिचरी सुरुची बल्ल तल्ल सुधा लाई भेटेकी त्यो पनि जान लागि हाली,जे होस् सब्बै को राम्रो भयो  ,सुधा को पनि घर बस्यो सुरुची पनि ठीक भई। मलाई पनि आनन्द लाग्यो।
अत्ती सुन्दर ।

अब के सुरु गर्दै हुनुहुन्छ त एसो ट्रैलेर स्रैलर राखम न।


 
Posted on 08-18-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे को कहानी पढ्दा मलाई चै नारायण वाग्लेको शनिबार कान्तिपुरमा आउने लेख्को याद आउछ , फेरी नारायण वाग्ले सँग दाजेको हैन नि फेरि।। आफ्नै युनिक स्टाईल छ फुच्चेको कथा मिठो, रमाइलो हुन्छ, लौ अरुनी लेख्दै गरम है ।।
 
Posted on 08-18-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fuche!

timilaai kaha jaana hataar bhaako bhana ta? kasto chito sakaaecha!

ki sakyaa chhaina? chhaina holaa ...ajhai kehi parts baaki chha jasto laagyo malaai ..


 
Posted on 08-19-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए sss  कथा सकियो ?  

--म सम्बन्धहरु नापतौल गरेर बनाउँदिन जे गर्छु एउटा नशा मानेर गर्छु ,That’s Why I am an addict !---गज्जब छ,     अनी यो हरेक शब्द शब्द नापतौल  गरेर लेख्ने बिध्ये कता बाट सिकेको हो, फूच्छे?


 
Posted on 08-20-08 2:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thank you so much for sharing


 
Posted on 08-20-08 10:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuche, राम्रो सँग अन्त्य गर्यौ कथाको। हरेक भाग आफैमा पूर्ण थिए। पाठकहरुलाई सन्तुस्टी दिने खालको। पढुन्जेल पनि रमाइलो लाग्ने। छिटो नसिद्दिए हुन्थ्यो जस्तो लाग्ने। बधाई छ तिमीलाई।

अब अर्को कथा कहिले लेख्छौ? धेरै ढिलो चै नगर है।


 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters