[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कल्पनाकुञ्ज

[Please view other pages to see the rest of the postings. Total posts: 72]
PAGE: <<  1 2 3 4 NEXT PAGE
[VIEWED 24014 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 07-21-08 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठघरा मा दोषि भएर उभिँदा र सजाय नपाउँदा खुशि लाग्छ भनेर कसैले भन्छ भने म त्यसलाई सम्पुर्ण रुपमा गलत मान्नेछु । दोषि भएर पनि सजाय नपाउनु र त्यसको आत्मबोध आफुलाई हुनु जस्तो असहज केहि पनि हुन्न रहेछ । आफु भासिएजस्तो लाग्छ कुनै दलदलमा अनि पल प्रति पल जति निस्कन खोज्यो उति डुबे झैँ लाग्छ ।

 

त्यो दिन हाम्रो घरको Living room धेरै बेर सम्म तनावग्रस्त रहिरह्यो । म घोसेमुन्टो लगाएर उभिएको उभियै भएँ । घरि घरि आँखा उठाउन खोज्थेँ तर फेरि झूकाउनु परिहाल्थ्यो । बुवा आँशु भरिएका आँखाले मलाई हेरिरहनु भएको थियो । मलाई वहाँको अनुहार हेर्न मन लागेको थिएन अथवा भनौँ मैले आँखा जुधाउन सकिन । लोग्नेमान्छेको आँखामा आँशु ज्यादै दयनिय देखीन्छ । एकदम बिवश लाग्छन् मलाई लोग्नेमान्छेहरु रुँदा ! निरुपाय भएर मात्र रुन्छन् लोग्ने मान्छे , जहिले सम्म निकास देख्दछन् तबसम्म रुन जानेका हुन्नन् ! खोई के सुहाउँदैन के सुहाउँदैन ? तिँ माथि त्यो त मेरो आफ्नै जन्म दिने बाउको आँशु थियो त्यो पनि मेरो कारणले उब्जेको ,एउटि जवान छोरीको कारणले धेरै बेर मनमनैँ आँफैलाई धिक्कार्दै बित्यो ।

 

"जा सुरुचि सुत्न जा भोलि कुरा गरौँला !" लामो मौनता आखिरमा तोडियो त्यो कोठाको ! बुवाले फेरि पनि आफु धैर्यवान रहेको देखाउनुभयो आफ्ना शब्दहरुले। सँधै जस्तै आज पनि बुवा आमाले मलाई हकार्न सक्नु भएन ,कुनै नयाँ कुरा होईन ,यो वहाँहरु दुईजनाको बानिमैँ छैन । मलाई यो वहाँहरुको सबैभन्दा ठूलो कमजोरि लाग्छ , दुवैजना रिसाउन जान्नुहुन्न ।शान्त शालिन अनुहार मात्र देख्छु जहिले हेरे पनि ।

 

बाहिर निस्केँ ,कोठा तिर जान खोजे तर बुवा आमाको ढोका छोडेर जान मन लागेन ,के कुरा गर्नुहुने रहेछ एक आपसमाँ मैले सुन्नु थियो । प्यासेजमा बत्ति निभाइसकेको थिएँ म ढोका मैँ आड लागेर बसेँ ।

 

 

"के गर्ने त अब ?" बुवा निराश भएर होला सुस्तरि बोल्नुभयो । सँधै को जस्तो तेज थिएन । म वहाँको बोलिले नै वहाँको अवस्था चिन्छु ।

"हाम्रो पालन पोषण मा कमि भए जस्तो त लाग्दैन !तै पनि किन ? आखिर हामी नै किन ? " आमा एक्कासि भक्कानिनु भयो ।

"नरो न , अब रोएर मलाई पनि कमजोर नबना है सन्ध्या ! तँ छेस र त अझै पनि केहि भइहाल्ला कि भन्ने आशमा छु ।"

"मैले जागिर धेरै अघि छोड्नुपर्ने ,घर ब्यवहार मा सहयोग होला भनेर जारि राखेँ उ जन्मेपछि पनि ! जागिर नभएको भए समय त दिन सक्थेँ सुरुचिलाई !"आमा फेरि आफ्नै दोष निकाल्ने क्रम मैँ हुनुहुन्थ्यो ।

"अब भइसकेको कुरा छोड , तै पनि तेरो जागिर को के दोष ? खालि यसो उसो गर्यो आफैँलाई दोष दिन्छे ! बाउ आमा जागिरे भएकाका सबै छोराछोरी Addict भएका छन् र ? अब के गर्ने सोच ,लत छुटाउन सकिएन भने बिकराल हुन्छ यो समस्या त !"

" तै पनि उसका कुराहरु तँपाई भन्दा मलाई थाहा हुनु पर्ने नि त ! आखिर आमा हुँ उसकि ,साथि जस्तै नै ब्यवहार गरेकी छु ? किन लुकाई उसले कुरा ? अस्ति मेरो पर्स बाट पैसा हराउँदा त कतै हिसाब बिर्सेछु झै लागेको थियो ,हिजो उसको कोठामा त्यत्रो कुरा भेटिएपछि पो थाहा लाग्यो !"

"फेरि रुन थालि , नरो भनेको हैन सन्ध्या !" बुवा थोरै झर्किनु भयो ,वहाँ ले रिसाएको मैले देखेको छैन , आमाको हिकहिक यथावत थियो ,शायद आँशु पुछेर अब नरुने कोशिश गर्दै हुनुहुन्थ्यो तर सकिरहनु भएको थिएन ।

 

"ब्लड चेक चाहिँ पहिला गर्नुपर्ला ,के थाहा धेरै सिरिन्ज चलाएर !!!!!!!!!!!!!!!!!!!!!!!" आमा को रुवाई अचानक बढ्यो अगाडिका आँशु रोक्ने सम्पुर्ण प्रयास लाई असफल बनाउँदै ।

"हैन त्यस्तो त भएको छैन होला ! मेरो बिचारमा रिह्याब सेन्टर नै ठिक होला ,थोरै दिन सुधार्ने नै प्रयास गरौँ !"

"सबलाई थाहा हुन्छ त्यसो गरे त ! छर छिमेक मा कसरि मुख देखाउने ,को केटाले बिहे गर्छ यस्लाई ? "

"अहिले पनि थाहा हुन्छ ,त्यति राम्रा ठूला आँखा तलका छाला सबै  काला भइसके ,ओठ हेर न हाम्री छोरीको कत्ति कालो छ ,पहिला त्यस्तो थियो र ? हामीले नै खुट्याउन ढिलो गर्यौँ ,अब यहाँ भन्दा ढिलो गर्नुहुन्न  ! हो उ बहकिएकि हो गलत बाटोमा लागेकि हो , तर उसको भन्दा तेरो र मेरो बढि गल्ति छ हामिले पहिला नै पत्ता लाउन सक्नु पर्थ्यो ।  अब त रिह्याब सेन्टर लानै पर्छ ! अरु भन्दा त्यो कल्पनाकुन्ज ठिक छ भन्छ मेरो एउटा साथि ,त्यसको छोरालाई पनि तिन महिना त्यहाँ राखेको आजकल नर्मल छ अरे ।" बुवाले सान्त्वना दिनु भयो आमालाई !

 

म बिस्तारै आफ्नो कोठा तिर लागेँ ,मलाई मेरो परिणाम थाहा भइसकेको थियो ।आफ्नो बुवा आमा लाई म दोष दिन्न । अझै पनि सुधार्ने प्रयास गर्दै हुनुहुन्छ ।चुपचाप कोठा आएँ अनि सोचेँ म वहाँहरुको जे बिचार हुन्छ त्यहि गर्नेछु । सक्नु नसक्नु आफ्नो ढाउँमा छ तर आफ्नो तर्फ बाट सुध्रने सकेसम्मको प्रयास गर्नेछु ।

 

करिब दुई बर्ष अघिको गल्ति ले गर्दा म अहिले को ठाउँमा आईपुगेँ जहाँ मेरै आफ्नाहरु मन नलागि नलागि नै भए पनि मलाई आफुबाट अलग्याउँदै छन् ।कुनै घाउ लागेको आफ्नै अंग जस्तै जस्लाई नकाटे शरिर नै खानेछ । के म त्यो परिवार को रोग भएर निस्कि सकेको छु त ? म घर बाट अलग्गिन चाहन्न र लत बाट अलग्गिन सक्दिन । कोठा आएँ आज मेरो कोठा बिहानै सफा गरिएको थियो ,मैले केहि पाउने सम्भावनै थीएन कोठामा तै पनि धेरै बेर सम्म खोज जारि राखेँ नभेटेर गलेँ ,चिटचिट पसिना आएझैँ भयो हात गोडाहरु कामे जस्तै भयो ओछ्यान मा पल्टिएँ ,बिस्तारै मनमाँ उठेका भुकम्प हरु सेलाएझै भयो धेरै चोट दिएर हावाहुण्डरि थामिएझैँ लाग्यो ।

धेरै दिन पछि ऐना हेर्न मन लाग्यो । ऐना अघि उभिएर आफ्नो आँखा , ओठ हेरेँ । बुवा ले भने जस्तै काला भइसकेका थिए । कपाल त पहिल्यै कलर गरेर महिले खैरो बनाइसकेको थिएँ । म पहिला यति नराम्रि थिइन ।  अगाडि पछाडि सबै तिर नियालेँ नारित्व कतै हराएको थियो । मलाई आफ्नो पहिलेको स्वरुपमा फर्किन मन लाग्यो । रात भरि एल्बमका पुराना फोटाहरु हेरेर रुँदै बस्दै गरेँ । यो समस्याको कारण म थिएँ समाधान मा मैले पहल गर्नै पर्छ , म कल्पना कुन्ज जानेछु ।सुत्नु अघिको मेरो निर्णय त्यहि नै थियो । आँशु पुछे गालाभरि आँशुका टाटालाई यथावत राख्दै आफ्नो ओछ्यान मा पल्टिएँ ।

 

 

 

 

 

 

 क्रमश:


 
Posted on 08-06-08 6:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baburajan , thanx for the comments.

sheetlab जी , आफूले सकेसम्म राम्रो बनाउने प्रयास गरेको छु कल्पनाकुञ्जलाई !  मन पराई दिनु भएकोमा धन्यवाद

निरपेक्ष समय जि ,

गेस गर्दै गरौँ है कथा आँफै खूल्दै गईहाल्छ नितँपाईको अर्को कथाको प्रतिक्षामा छौँ हामी पनि

miss-me - त्यहि त भन्या त्यो मोरि सुरुचिको दिमाग मा पनि कत्ति कुरो आएको है ,मै लेख्दा लेख्दा हैरान भइसकेँ ।

दिपिका धन्यवाद ,अर्को पोष्ट गर्ने ढिला भो सम्बन्ध पनि मन लाग्दा लाग्दै पनि पढ्न भ्याएको छैन पढ्ने बित्तिकै कमेन्ट गर्छु ल

pjna 007 - thanx for such a sweet comment , how do u get such sweet words to make my heart गदगद whenever i read ur comments ?

pretty ,nepalko chhora-  thanx , I m posting the next part soon

dashaitihaar - Thanx ,our guess n win bonding  has come a long way hai ?

crazy - धन्यवाद ,आजकल कहाँ गायब हो ? नयाँ केहि पढ्न पाउन्नौँ हामी ?

stat- thanx for being such a true n regular reader of my posts , u have already penetrated the story , no need for any deflection and deviation ,जहाँ सम्म लामो ब्रेक को प्रश्न छ its all about the पापी पेट , म सकेसम्म चाँडो चाँडो पोष्ट गर्ने प्रयास गर्ने छु ।

माहिला दाई धन्यवाद ,आउँदै छ है आउँदै छ थोरै अण्तिम धैर्य धारण गरिदिनु पर्यो प्रभो !

बिष्टेजि धन्यवाद मैले सलाम स्विकारेँ अर्को भाग पस्किने जमर्कोमा छु !

 


 
Posted on 08-06-08 6:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुधा फर्केर आउन्जेल सम्म पनि म बरण्डामै थिएँ ,साँझ मा बरण्डामा चिसो हावा चल्दो रहेछ  । छोएर जाने हावा मध्ये कुनै न कुनै सिरेटोले म सन्चै भएको खबर  घरसम्म पुर्याइ दिने हो  कि झैँ लाग्ने रहेछ   " कन्ट्रि रोड टेक मि होम " घर बाट टाढा भएकाले मेरो अर्ध चेतन मनले नै होला त्यसका धुनहरुलाई बजाएको , औँलाहरु त आँफै नाचिरहेका थिए स्ट्रिङ्ग्समा ! धेरै समय बितिसकेको थियो आफ्नो गिटारसँग जिस्किँदै ! सुधा को अनुहार मा चमक हुनुपर्छ अहिले त धेरै ,मलाई पनि थाहा छ सन्तुष्टिको चमक कस्तो हुन्छ ! त्यो एउटा जीवन थियो जुन रमाईलो थियो ,आजकल त सम्झनाले पनि पोल्छन् र मात्र बाडुलि दिएर जान्छन् ।

 

"Boyfriend ?" मैले सुधा मलाई दवाई खुवाउन मेरो कोठा भित्र छिर्ने बित्तिकै प्रश्न गरेँ ।

"को ? कस्को ? " सुधाले मुस्कुराउँदै बुझ पचाई ।

"तिमीलाई थाहा छ को कस्को Boyfriend हो भनेर!" मैले बाहिर खुलेर हाँसिरहेको चन्द्रमा बरण्डाबाट नियाल्दै उत्तर फर्काएँ ।

उ फेरि हाँसि अनि केहि नभनि दवाई लिएर नजिकै आई ।

 

"के हो यो ? एन्टिडोज हो कि के हो ? सिरिन्ज बाट लिन मिल्दैन र ?सिरिन्ज बाट पानी नै हाल्न पाए पनि एकछिन को तलतल निको हुन्थ्यो जस्तै भइसक्यो !"

"तिमीले यस्तो कुरा गर्न सुहाउँछ ?भोलि देखि मेडिटेशन गर्न थाले पछि सब ठिक हुन्छ ,अनि तिमी गिटार एकदम राम्रो बजाउँदिरहिछ्यौ ! मैले बाटोमा आउँदै गर्दा सुनेको ! म भित्र छिर्ने बित्तिकै बन्द भयौ नि ?" सुधा एक छिन रिसाएझैँ गरी ।

"थ्यांक्स !त्यसले गर्दा बन्द भएको हैन !  त्यो केटाको बारेमा केहि बताईनौ ,आफुलाई  भने साथी जस्तो लागेर मात्र सोधेको है । " उसले कुरा बदल्न चाहेको थाहा पाउँदा पाउँदै पनि मैले प्रसङ्गलाई आखिरमा त्यहिँ डोर्याएँ ।

"खोई के हो के हो अहिले सम्म बुझ्नै सकेकि छैन  , नाम चाहिँ रोहन हो ! मलाई उ मन पर्छ । जहाँ सम्म लाग्छ उसलाई पनि म मन पर्छ । तर यो कुरा मैले भन्ने कुरै आएन , उ पर्पोज गर्ने नाम नै लिँदैन , कस्तो लाग्यो त तिमीलाई रोहन ?"

 

उसको अनुहार लाजले गुलाबि भयो ,गोलो ,गुलाबि लजाएको अनुहार पर्फेख्ट चन्द्रमा ! बल्ल बल्ल उसले सिध्याएकी थिई आफ्नो वाक्यलाई त्यति भन्दा पनि !

 

"मलाई त हरेक केटाहरु नाम मात्र फरक भएका एकै किसिमका जन्तु हुन जस्तो लाग्छ !" मैले आफ्नो नङ्गमा छिरेको मैलो सिंकाले झिकेर बरण्डाबाट  बाहिर फ्याक्दै जवाफ फर्काएँ ।

 

उ एकछिन चुप लागी , थोरै खीन्न भई जस्तो लाग्यो उसको अनुहार देख्दा ! म पनि कस्तो बुद्दु ! भख्खर सपना डुलेर आएकिलाई वास्तविकतामा फुल छेउमा धेरै काँडा हुन्छन् भनेर देखाएपछि त उ खीन्न नभएर के हुन्छे त ! म पो धेरै भोगेर दुख पचाउने भइसकेकि थिएँ ।

 

"परबाट हेर्दा राम्रो थियो ! तिमीलाई धेरै माया गर्छ जस्तो छ । "

"जहाँ सम्म लाग्छ एकदम धेरै !" उसले छिनमैँ आफ्नो खिन्नता बिर्सि , अघि हराएको गुलाबि मुस्कान फेरि कोठा भरि छरियो ।

"तिम्रो पनि त थियो होला नि हैन ?केहि sugest गर न म नयाँ नयाँ मान्छेलाई ! "

"के ? boy friend ? मलाई रोग पालिराख्ने शौक छैन , मैले धेरै पहिले त्यसलाई आफ्नो जीवन बाट काटेर मिल्क्याईदिसकेँ । " म फिक्का हाँसो हाँसे । उ केहि बोलिन ,शायद उसले म भित्रको घाउलाई देखी ! म उसलाई त्यो देखाउन चाहन्नथेँ तर उसले पर्दा भित्र पनि नियालि शायद !

 

"तिमी सकेसम्म सुत्ने प्रयत्न गर ! सकेनौ भने पुरानो उपाय छ एउटा १०० देखि उल्टो गन्ने ट्राई गर ! एकदम ईफेक्टिभ छ !" यति भनेर सुधा बाहिर निस्किई ! मैले ढोका को चुकुल लगाएँ अनि भोलि सुर्य पक्कै उदाउला भन्ने आशमा पल्टिएँ ।

 

...................................   ..................................  ......................................

एक हफ्ता पछि ,

 

योगाका कक्षाहरु एकदम झर्को लागेर आउँछ मलाई ! सँधै उत्तानो परेर घरि टाउको मा खुट्टा लगेको छ ,घरि एउटा नाकले सास लिएर अर्को नाकले फ्याकेको छ , घरि चट्टि मा सुतेको छ सिधा भएर ! सुत्नु नै छ त बिहान बिहान किन उठ्नु ? तर पनि एकहफ्ताको समयमा नै कल्पनाकुञ्जले मलाई बाँधेको छ ! के गुणले मलाई थाहा छैन तर कल्पना कुञ्जले मलाई बाँधेको छ । सुधा सानो समयमैँ मेरो मन मिल्ने साथी भई । उ सँधै रोहनका कुराहरु सुनाउँथि डेटबाट आएपछि , रोहनले एक्स्प्रेस गर्न सकेको थिएन ,सुधा त्यसैको प्रतिक्षामा थिई । म चुपचाप सुनिराख्थेँ उसको फक्रिन लागेको प्रेमका कथाहरु ! ,यता सुरेश भनेँ मेरो पछि लागिरहन्थ्यो , के को लागि मलाई थाहा छैन ,शायद म उसको लागि कल्पनाकुञ्जको सबै भन्दा इन्ट्रेस्टिंग केस थिएँ  अरु भन्दा प्रिथक , तर आआफ्नो स्वभाव र पछिल्ला घाउहरुले गर्दाहोला मलाई हरेक केटाहरु घिनलाग्दा लाग्थे । मलाई उसको नजिक जान मन लाग्दैन थियो ।

 

"तिमी एकदम राम्रो प्रोग्रेस गर्दै छौ ! " सुरेश मलाई धेरै बेर देखि योगा गरेको नियालिरहेको रहेछ । उसले मलाई गरेको तिमी सम्बोधन मलाई मन पर्दैन ! उसको लागि त म आजकल डिस्टिंक्सनको नम्बर भएको रिजल्ट जस्तो न हुँ । एउटा केटी जो एक हफ्तामै यती बदलिई । उसको राम्रो पर्फमेन्स देखाउने एउटा सर्टिफिकेट ! हेर्नुहोस् हामी कल्पनाकुन्जमा बिरामिलाई साथि जस्तो गरी ब्यवहार गर्छौ ! र त्यसको प्रोग्रेस उ हाम्रो प्यासेन्ट सुरुचिमा हेर्नुहोस् । तर वास्तवमै म राम्रो प्रोग्रेस गरिरहेको थिएँ आजकल मलाई चिटचिट पसिना आउन बन्द भएको थियो त्यसबाट ध्यान हटाउन खोज्दा पनि म सक्न थालेको थिएँ ।

 

"थ्यांक्स ! " म टावेलले पसिना पुछ्दै आफ्नो कोठा तिर फर्किएँ ।

"सुधा पनि तिम्रो कुरा गरिरहन्छिन् ! मलाई तिमी धेरै दिन कल्पनाकुञ्ज बस्लिउ जस्तो लाग्दैन ! " कोठा तिर लाग्दै गर्दा उ पनि मेरो पछि पछि आयो ।

"कति चाँडो खेदाउने बिचार गर्नुभएको ?"

"हामीलाई त जति चाँडो खेदाउन पाईयो त्यति राम्रो ! " उ मुस्कुरायो । मैले उसको मुस्कुराहट पनि याद नगरि आफ्नो कोठाको ढोका ढ्याम्म लगाएँ ।

 

.......................... ............................... ............................... ......................

 

नुहाएर आज रिल्याक्स मात्र भएर नजिकै को कस्मोपोलिटन पल्टाएँ एकै छिन । आजकल मेरो पनि शरिर सुन्दर भएको छ झैँ लाग्यो मलाई । अनुभुतिले मात्रै पनि मान्छेलाई सुन्दर बनाउँदो रहेछ शायद ।

"अबुई तिम्रो पाखुरामा ट्याटु पनि रहेछ ,मैले यादै नगरेको !" सुधा अचानकभित्र छिरी ।

"छ त ,जमानामा त हामी पनि हट थियौँ नि ,तिमी जस्तो नभए पनि ।" मैले नजिकै को सिरक मा आड लागेर जिउ थोरै ठड्याउँदै जवाफ फर्काएँ ।

"प्लिज .............. तिमी जहिल्यै आफ्नो सुन्दरतालाई मेरो सँग किन दाँज्छौ ? हरेक केटी सुन्दर हुन्छे !"

"तिम्रो अघि त म के नै छु र ? मलाई कता कता आफ्नो नारित्व कतै बिर्सिएर आफू खालि खालि भौतारिरहे जस्तो लाग्छ । " मैले उसको आँखा मा आँखा जुधाउँदै जवाफ फर्काएँ ।

"तिमी अनि तिम्रा कुराहरु , बुझेर कहिल्यै बुझि नसक्नु , आज रोहन सँग डेट छ ?राम्री छु भनेर त भनी हाल्यौ !  के ड्रेस लगाएर जाउँ भनेर सजेष्ट गर्छौ ? "

 

"जाउ न ,राम्रि भएर जाउ , बा आज चाहिँ रोहन ले पर्पोज गरी पो हाल्छ कि !"

"त्यहि कुरेर पो बुढो भईयो , तिमी केहि सिकाउँदिनौँ , आफ्नो एक्सपेरियन्स केहि शेयर गर्दिनौ अनि ?" सुधा झ्यालमा अडेसा लागेर मलाई जिस्क्याउँदै बोलिरहेकी थिई ।

"मलाई आज तिमिले बुझ्ने केहि कुरा भन्न मन छ , मेरो अतितको बारेमा मेरो बारेमा एकछिन बस्छौ ?" मैले आग्रह गर्दै उसलाई भनेँ , उ चुपचाप मेरो छेउमा आएर बसी ।

 

 

 

 

 क्रमश:


 
Posted on 08-06-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 फुच्चे,

 मोरी भने पनि दिमाग चै मोरो को नै होला नि 

'उसले मलाई गरेको तिमी सम्बोधन मलाई मन पर्दैन '---निकै स्वाभिमानी छिन जस्तो लाग्यो सुरुची, अलिक चाड चाँडो पढ्न पाए  नि हुने:)

Last edited: 06-Aug-08 09:11 AM

 
Posted on 08-06-08 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो ज्यु,
सुरुची को प्रोग्रेस देखेर त राम्रै लाग्यो तर कल्पना कुन्ज छडेर जाने बेला हुन लाग्यो भने त फेरी कथा को नि अन्त होला भन्ने पिर लाग्यो, खैर यो भाग पनि उत्तिकै रोचक छ्। अब सुरुची को अतित को बारे मा सुन्न मन लाग्यो,के ले एस्तो भएकी राइछ त सुरुची,छिट्टै आउनु होला।
 
Posted on 08-06-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि राम्रो लाग्यो। बरु मलाई पनि सुरुची को अतित को बारे मा सुन्न मन लाग्यो। नयाँ भाग चाडै पढ्न पाइयोस।
 
Posted on 08-06-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

intersting. arko chadai chahiyo yar

 


 
Posted on 08-07-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheji ko lekhai professional writer hune khalko chha ati paripakwa, I am enjoying it fucheji. :)
 
Posted on 08-07-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fuche timro lekhai ko ta ma aba kehi nabhanne bhaisake...

suruchiko ta nikai progress dekhina thalyo.....ani feri timro imagination...wow fuche..

sajha nagariko ujjwal tara, ghari ghari adhyaro banaaera lukchhau ra po aapat ta :) arko bhaag kahile ta? 


 
Posted on 08-07-08 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_me - thanx ,हो हो दिमाग त पक्कै मोरोको हो !

बिष्टेजि- सुरुचिले पक्कै पनि कल्पनाकुञ्ज छोड्नु अघि अरु दुई चार कथा छोडेर जालि नि त हैन ?

नेपालको छोरा ,ek@l ,prettyजि- धन्यवाद तर अब आउने भाग थोरै ढिलो होला जस्तो छ ,माफि पाउँ त्यसपछि रेगुलर हुने वाचा गर्छु ।

Dipika - thanx ,Actually I m flattered आज रात भरि निन्द्रा नलाग्ला जस्तो छ  कथा थोरै ढिलो हुने भो ।करिब दुई तिन दिन लाग्ला त्यसपछि रेगुलर हुन्छ । सम्बन्ध चाहिँ आज जसरि भए पनि पढ्छु ।

 

 

 


 
Posted on 08-08-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे सोम,

डरलाग्दो गैराको छ ल -- कोई बेला त जिरो प्वाईन्टबाट भेडेटार तिर झरीमा कुहीरो छिचोल्दै उकालो लागे झैं पो हुन्छ त -- कुनै कुनै मोडमा त झसंगै पनि हुन्छु।

लेखाई राम्रो छ। घच्चिको भन्छन नी हो त्यस्तै।


 
Posted on 08-10-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

anta malai aaju ali sancho bha ra  padheko thiye ki
baki ra ko birami pani bhagyo yar.
la la dami flow cha.
tara tyo keti ko nam chai sudha narakheko bhaye hunthyo kya.
kasto kasto huncha


 
Posted on 08-11-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब पुतला बनाउनु पर्‍यो फुच्चे लुच्चेको।

के गरेको यार? कहाँ ल्याएर ब्रेक हानेको? अरुलाइ त्यतिकै कल्पनाकुन्जमा अड्काइदिने?

अर्को भाग लिएर आउने कि नआउने?

नत्र......................


 
Posted on 08-11-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दौडाउँ फुच्चे पर्भु दौडाउँ, सकेसम्म छिटो छिटो दौडाउँ!

""उसको लागि त म आजकल डिस्टिंक्सनको नम्बर भएको रिजल्ट जस्तो न हुँ । एउटा केटी जो एक हफ्तामै यती बदलिई । उसको राम्रो पर्फमेन्स देखाउने एउटा सर्टिफिकेट ! ""

गजब!!


 
Posted on 08-11-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

justareader  ले भने जस्तै, मैले पानी मान्छे नकुटेको धेरै भाको च है त
अबा हाम्लाई  येस्तो बिच बाटो मा छोडेर आफु चै आराम संग  बस्ना त हुन्ना नि का कसो

ल ल छिटो  लेखु यार अर्को भाग, कति कुर्नु हो


 
Posted on 08-12-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo fuchche lai karbahi nagari bhaena aba..
 
Posted on 08-12-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फु के ज्यु कतै आँफै रिहाब म हिड्या त हैन,निकै बेर लाग्यो अर्को भाग आउनलाई एस्पाली।
 
Posted on 08-12-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy operation003 nai ho rechha bhanne pakka bho la, karbahi garne re fuchcheji lai. fuchcheji sachchai kata haraunubho?
 
Posted on 08-12-08 6:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा गजब को छ । यस्तै कथाहरुले नै हो मलाइ साझामा ३ बर्ष देखि कैदि बनाएका । तर यो क्रमश: ले अत्ति गर्ने के । त्यहि भ'र सके सम्म 'समाप्त' नदेखे सम्म नपढ्ने गरेको, कसरि कसरि झुक्केछु र पहिले नै शुरु गरेछु यस कथा ।

आकाशलाइ पर्दा र तारालाइ प्वाल भनेको कुरा ज्यादै रोचक लाग्यो, एक चोटि असिमित सिर्जनशिलताको अड्कल गर्न खोजेँ ।

 
Posted on 08-15-08 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo ko nam pathak haru ko sarbasamati ma alchhiketo banaiyeko cha - Taaliii prrrrrrrrrrrrrrrrrrrr!
 
Posted on 08-17-08 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया गरेर गालि गर्ने ,कमेन्ट पठाउने
सबै जनालाई अल्छिकेटोको नमस्कार , ढिलो भएकोमा भए भरको क्षमा याचना माँग्दै कथा पोष्ट गर्दै छु , कथा बिर्सिनु भएका हरुले रिकल गरेर भए पनि पढिदिनुहेछ भन्ने आशाका साथ ।

 



PAGE: <<  1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters