[Show all top banners]

SSK
Replies to this thread:

More by SSK
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 घिरौला आतंक !!
[VIEWED 7767 TIMES]
SAVE! for ease of future access.
Posted on 08-02-20 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्ने केहि कुरा छैन, वा भनुम लेख्ने कुरा धेरै भएर नि लेख्ने बातावरण छैन ।

घरै घिरौला, बनै घिरौला, ससुराली गए बाह्र हाते घिरौला । घिरौलाको मौसम रैछ जता ततै घिरौला । एक जना दाजुले FB मा लेख्नु भाको थियो , " जिन्दगि खुसि संगै चलि राको थियो अचानक फल्न थाल्यो घिरौला "। बिचरा वहा नि घिरौला पिडित हुनु हुदो रैछ , भाउजुले हरेक alternate छाक तरकारी पकाउनु हुदो रैछ घिरौला । यो घिरौला फले पछि येति धेरै फाल्ने रैछ कि जता ततै घिरौला नै घिरौला । तुन्द्रुङ्ग तुन्द्रुङ्ग जता नि झुन्डिएको छ घिरौला।

किसनको छोरो नपरे पनि आफु पर्यो किसनको बाऊ ,( मेरो हुने वाला सन्तानले मलाई मेरो बाऊ नम्बरी किसन हुनुहुन्थियो भनेर सम्झियुन भन्ने चाहना छ ) । परिस्थिति मिलेर येस्लापी देखि aggressive खेति किसानी गरियो । spring मा खुब काक्रा फल्यो, ९०% काक्रो किराले खायो, १० % सग्लो पनि येति धेरै भयो कि कुरै नगरम । तेस्पछि लगतै मकै र फर्सिको मुन्टा फल्यो । मकै चै फले पछि खरायो र मृगको आहार बन्यो फर्सिको मुन्टा चै खुब खाइयो ।

ऐले साला घिरौलाको season रैछ , जता हेर्यो घिरौलाकै फुल घिरौलाकै चिचिंडा येत्र तत्र सर्बत्र । बालक घिरौला देखि लक्का बयस्क घिरौला, घिरौला नै घिरौला । ए आमा होउ, कत्रो कत्रो घिरौला । शिव लिङ्ग लाई चुनौती दिने खालको घिरौला, बोट बाट खसेर टाउकोमा लाग्यो भने पानि माग्न नपाइने खालको घिरौला । कति चाडो बढ्ने घिरौला, आज ३ इन्च, पर्सि हेर्न जादा १७ इञ्च बन्ने घिरौला । बाबा ठाकुरे के खाएर येति छिटो बढ्छ घिरौला ? किराले नि नखाने घिरौला, खरायो, मृगले खान नसक्ने घिरौला ।

आफ्नो मेहेनतले फलेको घिरौला देखेर मन त ज्यादै प्रफुल्ल हुन्छ , तर के गर्ने हो येति बिना घिरौला ? नखाऊ भने दिन भरि को सिकार खाऊ भने कान्छो बाऊ को अनुहार भएको छ घिरौला । अस्ति एउटा टिपेर तरकारी बनाको ४ छाक भयो घिरौला । तैबिसेक केटि भए त अरु कुनै बैकल्पिक उपाएको लागि प्रयोग गर्न सकिन्थ्यो होला यो घिरौला , केटा मान्छेले के गर्नु येति सरो घिरौला ? लौका भए जुस बनाएर खायिन्थियो यो घिरौला ।

धेरै लाई जस्तै मलाई नि nausea हुन्छ यो घिरौला । pregnant आइमाई लाई मसलाको गन्धले वाकवाकी लाउने जस्तो बनाउछ मलाई घिरौला । घिरौला र मेरो दोस्ती चै स्कुलमा हुदा होस्टेलको दिनहरु देखिको हो । कम्ता दुख गरिएन होस्टेलमा हुदा । बिहान ५ बजेर उठेर ओछ्यान A1 तरिकाले मिलाउनु पर्ने, अनि चिया र ४ ओटा बिस्कुट खाएर डेड घण्टा PT खेलेर आउनु पर्ने तेस्पछि line लागेर भात अचार अनि कैले कहिँ season अनुसार तरकारीमा उन्ही घिरौला । थुक्क, उल्टी आउला जस्तो हुन्थियो कैले कहिँ , २ जिउकि आइमाई लाई बरु के nausea हुन्छ र हामीलाई तेस्तो हुन्थियो बिहान बिहान खादा भात र घिरौला । फेरी नियेम एस्तो कडा भने भात नखाना नि नपाइने फाल्ननि नपाइने । सब भन्दा मन नपर्ने math teacher, अनि उसकै जिस्काउने नाम नै थियो घिरौला, उसको नाकै थियो घिरौला ।

कैले कहिँ घर जादा बारीमै फली राको हुन्थियो घिरौला, टिपेर झट्टारो हम्दिम जस्तो हुन्थो शिवलिङ्गे घिरौला । होस्टेल छोडेको नि १४ १५ वर्ष भएछ, तेस्पछि खासै दर्सन भेट भएन घिरौला । अचानक ऐले आफ्नै बारी भरि लटरम्म फल्यो घिरौला । जीवनमा जुन चिज देखि सदा भागियो तेही चिज आज फेरी घर भरि फली राखेको छ, मेरो घरको शोभा बनेर फली राखेको छ घिरौला । मैले रोप्छु भनेर रोपेको होइन घिरौला , एक जना छिमेकिले दिनु भाको । के के थियो सबै एकै चोटी छरियो , कतै फर्सि फल्यो, कतै सिमि अनि कतै घिरौला । मलाई जिस्काउन मेरो दैलो आगाडी आइपुग्यो घिरौला ।

आस्चर्येको कुरा १५ बर्स खाको घिरौलाको स्वाद पैलेको जस्तो नमिठो थिएन, ठिकै लाग्यो वा भानुम राम्रै लाग्यो । सायद आफ्नै मेहेनत परेर होकी वा मेरो उमेर संगै स्वाद परिवर्तन भाको हो । होस्टेल, घर ,बारी, math sir , आमा सबै लाई एकै साथ सम्झन दिलाउने कडी बनेको छ घिरौला ।

छ्या घिरौला, वा घिरौला, हर्स र बिस्मात एकै साथ झल्काउने घिरौला । दसैँ आगमनको पूर्व अनुअन लगाउने घिरौला । नेपालमा बिताएका पल पल झल्काउने घिरौला ।
 
Posted on 08-02-20 12:36 PM     [Snapshot: 231]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Since you talk about Ghiraula, here's my Lauka from 8 years ago.

"Lauka"!!

I never cooked Lauka before but I had a craving of lauka tonight. Loved the way mom used to cook it with sukuti in it. So here I’m stir frying the pork chops. You know, why?? Ghanta paunu sukuti bhanya belama….excuse my language…that’s post "Loot" effect. It looked red and all that . I went on put some potato just to give extra gravy… potato turned red and soft and finally it was all about lauka. Had a perception that lauka tend to be soft and soggy... so waited till last moment just like they waited to promulgate the constitution. But I was sure that my lauka will work unlike the country’s lauka aka constitution. I knew my lauka wont give me dokha. So everything was looking good. So I threw about 15-20 lauka chops into the semi cooked pork & potato dish and started stirring and cooking. 5 minutes into it. Lauka stayed strong… I’m like "Okay…!!! Turned up the heat… potato gave up…lauka still looking strong..even the pork chops started saying ,"dude...whats up with the heat?? I’m sweating like a pig." I said, "Okay hang on pig…stay strong." Lauka started sweating but that was about it. Added little water and turned the heat at maximum. The gravy started erupting like a volcano but lauka stayed calm. I tried to poke the lauka with the stirrer, the sucker was still hard. So pork chops started yelling at me, "Macchhiis... tero lauka pakdaina..mooji lai nikalera falde. " Then it was too much for the pork chops & it started to do dead man walking out of the pan, but I told him, " hang on.. you stay there..let me find the solution." So I took out all those lauka chops…jaatha haru still in cubical shape…and put aside and heat up oil in pressure cooker..threw them into the cooker…I told them. "Now show me what you got?" As the oil started getting into the lauka’s ass, I can see the lauka’s pain… started smiling and told them ..here comes camel under the hill…gave the lauka 2 sittthhi… those son of bitches melted like cheddar cheese… so the lauka became what it was supposed to be and I put it back to my sukuti and aalu gravy... stirred a little bit in medium heat. The dish was ready. It looked just fine. However, It took me almost an hour to to cook it. Tasted a little bit. Not bad! It will never ever become like the one my mom used to cook it. But hey, I had my lauka ready and we ate it . I didn’t disappoint myself and others unlike our country’s lauka.

Mangale,

Last edited: 29-May-12 09:38 PM
Last edited: 30-May-12 10:33 AM
 
Posted on 08-02-20 8:42 PM     [Snapshot: 593]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मंगले सरले गज्जब लेख्नु भाको रैछ लौका पुराण धेरै वर्ष पहिले ऐले सम्म दृस्टी परेको थिएन पढेर धेरै खुसि लाग्यो । मलाई लौका र घिरौला दाजु भाई जस्तो लाग्थ्यो जुडुवा, कुम्भको मेलामा छुटेको जस्तो, अनि कुन चै लौका हो कुन चाई घिरौला छुट्टाउन धेरै गारो हुने गर्थियो ।
 
Posted on 08-02-20 9:50 PM     [Snapshot: 633]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

SSK bro, thank you for your Ghiraula anecdote. While in Nepal, we used to cook Ghiraula with Mula (daikon in the US). It makes the Ghiraula tastier. Hope you will try it someday!
 
Posted on 08-04-20 10:59 AM     [Snapshot: 1253]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठमेल साउ, मूला लाई म पनि तरकारीको राजा मान्छु, जे संग मिसायो तेइ मिठो बनाई दिन्छ मुलाले । लोकल कुखुराको मासुमा मूला हालेर खुवाएको थियो एउटा गाऊमा हाम्लाई धेरै पहिले, तेस्पछि मैले यो recipe लाई follow गर्ने गरेको छु कैले कहिँ, तर मूलामा २ ३ ओटा गोलभेडा हाल्नु पर्छ । तपैले भने जस्तो लौका र मूला को चै "भेटै नहुने, खोला पारी निरमाया, वारी म रुने " भने जस्तै । यी दुइ फरक season मा फल्छन, मूला winter मा लौका हार्ड summer मा, तैपनि ये दुइको भेट भयो भने एक दिन पकाई दिन्छु ।

धन्यवाद
 
Posted on 08-04-20 11:33 PM     [Snapshot: 1409]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

“ तैबिसेक केटि भए त अरु कुनै बैकल्पिक उपाएको लागि प्रयोग गर्न सकिन्थ्यो होला यो घिरौला.....” एसो भनेर lawsuit हल्ला है भाई कसैले । काक्रो जस्तो दरो हून्न घीरौला , केही गरी भचियो भने ......:)
 
Posted on 08-05-20 5:25 PM     [Snapshot: 1660]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो क्रिश्ने ब्रो, यो नाथे घिरौला न लौरो न हतियार , न सुकुटी बनाउन मिल्ने न गुन्द्रुक हाल्न मिल्ने।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters