[Show all top banners]

nozzs
Replies to this thread:

More by nozzs
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालमा photoshop ले दिलौछ, सगरमाथा आरोहणको सक्कली आधिकारिक प्रमाणपत्र ! Photoshop Expert तु चहियो!!
Keywords associated with this thread

photoshop india nepal everest
[VIEWED 38631 TIMES]
SAVE! for ease of future access.
Posted on 07-04-16 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सगरमाथाका नक्कली आरोही

माधव बस्नेत/प्रदीप बस्याल

पर्वतारोहीहरूलाई हिमाल आरोहण गराउने व्यवसाय सञ्चालन गर्दै आएको मकालु एड्भेन्चर प्रालिले ६ जुन (२४ जेठ)मा एउटा पत्रकार सम्मेलन गर्‍यो । त्यहाँ भारत, महाराष्ट्रका दिनेश राठोड र तर्केश्वरी राठोडले सगरमाथा शिखरमा पाइला राख्ने आफूहरू पहिलो भारतीय दम्पती भएको दाबी प्रस्तुत गरे । राठोड दम्पती भारत, महाराष्ट्र पुलिसका कन्स्टेबल हुन् । यस जोडीले २३ मे अर्थात् १० जेठको बिहान ६ बजेर ३० मिनेट जाँदा आफूहरू सगरमाथा शिखरमा पुगेको प्रमाण पेस गरेका थिए । राठोड दम्पतीको यो दाबी जसै आरोहीहरूबीच पुग्यो, भारतकै अर्को जोडी प्रदीप साहू र चेतना साहूले सगरमाथा शिखरमा पुग्ने पहिलो जोडी उनीहरू नभई आफूहरू भएको जिकिर गरे ।

सगरमाथा शिखर चुम्ने भारतको पहिलो जोडी आफूहरू भएको दाबी गर्ने साहू दम्पतीले १९ मे (६ जेठ)मा सगरमाथा आरोहण गरेको प्रमाण पेस गरेका छन् । रोचक के भने सुरुसुरुमा सगरमाथा आरोहण गर्ने आफूहरू पहिलो भारतीय दम्पती भएको दाबी गर्ने यस जोडीले समय बित्दै जाँदा राठोड दम्पती शिखरमा नपुगेको जिकिर गरिरहेका छन् । साहू दम्पतीले राठोड दम्पतीविरुद्ध भारत सरकारसमक्ष मात्र होइन, नेपालकै पर्वतारोहण संघ, सगरमाथा आरोही संघ र पर्यटन विभागमा समेत मौखिक उजुरी दिएपछि राठोड दम्पतीको आरोहण विवादमा तानिएको हो ।

महाराष्ट्र पुलिसमा कार्यरत राठोड दम्पतीले सगरमाथा आरोहणको प्रमाणपत्र पाए र सगरमाथा आरोहण गर्ने पहिलो भारतीय दम्पती हुन पुगे । त्यो कीर्तिमान कायम गरेकाले उनीहरूलाई त्यहाँको सरकारले एक करोड भारतीय रुपियाँ र घर बनाउनका लागि जग्गा दिने घोषणा गर्‍यो

 


यो कीर्तिमान राखेको प्रसंग सार्वजनिक भएपछि नै राठोड दम्पतीको आरोहणबारे आशंका उब्जिएको हो । तर, मकालु एड्भेन्चरका निर्देशक मोहन लम्सालले राठोड दम्पतीअघि कुनै पनि भारतीय जोडीले सगरमाथा शिखर चुमेको दाबी सार्वजनिक गरेका थिएनन्, न त कुनै सञ्चारमाध्यममा नै यस्तो समाचार आएको थियो । उनको एजेन्सीबाट गएका राठोड दम्पतीले आफूहरूको जोडी नै पहिलो भारतीय जोडी भएको प्रमाण पेस गरेपछि पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनको चार दिनपछि मात्र राठोड दम्पतीले मन्त्रालयबाट सगरमाथा आरोहण गरेको प्रमाणपत्र पाएका थिए । “सगरमाथा आरोहण गर्दा कुन–कुन चरण पार गर्नुपर्छ । कस्तो अवस्था झेल्नुपर्छ, शिखरमा पुगेर खिचेका फोटा कस्ता हुन्छन् भन्ने बुझेकै अधिकारीहरू प्रमाणपत्र दिने निकायमा छन्,” लम्साल भन्छन्, “राठोड दम्पतीले प्रमाणपत्र पाउँदासम्म विवाद मन्त्रालयमा पुगिसकेको थियो । त्यसैले मन्त्रालयका अधिकारीहरूले केही नबुझी त पक्कै प्रमाणपत्र दिएनन् होला !”

आरोहण गरे/नगरेको प्रमाणित गर्ने काम आरोहण दलको प्रमुख, क्लाइम्बिङ (सहयोगी) शेर्पा, आरोहण पूरा गरेको फोटो वा भिडियो, आधार शिविरमा रहने सम्पर्क अधिकृत एवं मन्त्रालयको हो । यस आरोहण दलका प्रमुख दिनेश राठोड आफैँ थिए भने क्लााइम्बिङ शेर्पामा फुर्तेम्बा शेर्पा र फुर्वा शेर्पा थिए । राठोड दम्पती र क्लाइम्बिङ शेर्पा दुई गरी आरोहण दल चार सदस्यीय मात्र थियो । मन्त्रालयले यस समूहको सम्पर्क अधिकृतका रूपमा गणेश तिमिल्सिनालाई खटाएको थियो । सम्पर्क अधिकृत आधार शिविर (५ हजार ४ सय मिटर)मा नै बस्ने भएकाले आरोहण दलको नेता, उनीहरूका सहयोगी शेर्पाले जे भन्छन्, त्यही विश्वास गर्नुपर्ने बाध्यता हुन्छ । तिमिल्सिनाका अनुसार टोली नेता राठोड, उनकी पत्नी र क्लाइम्बिङ शेर्पाद्वयसहित समूहका चारै जनाले आरोहण सफल भएको बताए र शिखर चुम्दाको फोटो पनि देखाए । त्यसैका आधारमा उनीहरूलाई प्रमाणपत्र दिइएको हो । राठोड दम्पतीको आरोहण विवादमा आएपछि मन्त्रालय र एजेन्सी दुवैले शेर्पाद्वयसँग पनि पटक–पटक सोधपुछ गरेका थिए । तर, उनीहरूले आरोहण गरेकै जिकिर गरिरहेका छन् ।

आफूहरूले पहिले आरोहण गरेको दाबी गर्ने भारतीय दम्पतीले फोनबाट उजुरी गरेका तर लिखित उजुरी भने प्राप्त भइनसकेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखाका ज्ञानेन्द्र श्रेष्ठ बताउँछन् । श्रेष्ठ आफैँ पनि आरोही हुन् । पाँच वर्षअघि निजामती कर्मचारीको समूहबाट उनले पहिलोपटक आरोहण गरेका थिए । यसपटक पनि उनी सुरुदेखि अन्तिमसम्मै आधार शिविरमा थिए । उनका अनुसार आरोहण नगरेकाले आरोहणको प्रमाणपत्र नपाऊन्, विवाद नआओस्, उजुरी नपरोस् भनेरै प्रमाणपत्र दिँदा तथ्य–प्रमाणहरू दोहोर्‍याइ–तेहर्‍याइ हेर्ने गरिन्छ । तर, फोटोको सत्यता जाँच गर्ने उच्च प्रविधिचाहिँ नेपालमा छैन । युरोप र अमेरिकामा मात्र उपलब्ध छ । साहू दम्पतीले राठोड दम्पती ४ मे (२२ वैशाख)मा मात्र आधार शिविरमा पुगेको बताएका छन् । जसलाई मकालु एड्भेन्चरका निर्देशक लम्साल पनि स्वीकार्छन् । अझ आधार शिविरमा उनीहरूलाई भेट्ने एक आरोहीलाई उद्धृत गर्दै यतिसम्म पनि भनिएको छ कि, २८ वैशाखसम्म उनीहरूले खुम्बु आइसफल नै छोएका थिएनन् । ती आरोहीका अनुसार उनीहरूले बेसक्याम्पमै हिउँका ढिक्कामा हुने सामान्य अभ्यास पनि सुरु गरेका थिएनन् । अनुभवी आरोहीहरूसमेत उचाइसँगको अनुकूलता मिलाउन एक महिनाअघिदेखि नै आधार शिविरमा बसेर खुम्बु आइसफल, क्याम्प–१, क्याम्प–२, क्याम्प–३ र क्याम्प–४ मा ओहोरदोहोरको अभ्यास गरिरहन्छन् । राठोड दम्पती त्यहाँ पुग्दा अधिकांश आरोही त्यो चरण पार गरेर चुचुरोतर्फ लम्कने साइत कुरिरहेका थिए । राठोड दम्पतीको नाम गुगलमा खोज्दा उनीहरूले आफ्नो सफलताको समाचार आरोहणको झन्डै दुई सातापछि मात्र दिएका छन् । एक त यामको अन्त्यतिर आरोहण गर्नु र अर्को समाचार ढिलो सार्वजनिक गर्नुले पनि अरूको नजर नपरोस् भन्ने मनसाय देखिन्छ ।

राठोड दम्पतीको आरोहण व्यवस्थापन गरेको मकालु एड्भेन्चरले भने समय उचित भएको दाबी गरेको छ । उसका अनुसार उनीहरूले अघिल्लै वर्ष आरोहणको अनुमति लिएका थिए । गत वर्ष आरोहण गर्न असम्भव भएपछि यस वर्ष गरेका हुन् । जसका लागि उनीहरू २२ अप्रिल (१० वैशाख)मा काठमाडौँ आइपुगेका थिए । त्यसकै भोलिपल्ट लुक्ला पुगे । त्यहाँबाट आधार शिविरसम्म गए । आधार शिविरबाट २९ अप्रिल (१७ वैशाख)मा हेलिकप्टरमा काठमाडौँ फर्किए । त्यसपछि, आरोहण अनुमतिपत्र लिएर फेरि १ मे (१९ वैशाख)मा लुक्ला पुगे । लुक्लाबाट ४ मे (२२ वैशाख)मा आधार शिविर पुगे । र, चारवटै क्याम्पको ‘अल्टिच्युड’सँग अभ्यस्त हुँदै २३ मे (१० जेठ)को बिहान शिखर आरोहण गरेको प्रमाण उक्त टिमले आफूहरूलाई दिएको निर्देशक लम्साल बताउँछन् ।

समय लम्बिँदै जाँदा राठोड दम्पतीप्रति शंका अझ गहिरो बन्दै गएको छ । त्यो कसरी भने, ८ जेठमा चुचुरोमा पुगेका भारतीय आरोही सत्यरूप सिद्धार्थले आफ्नो फोटो चोरेर राठोड दम्पतीले प्रयोग गरेको दाबी गरेका छन् । उनले आफ्नो फेसबुक स्ट्याटसमा लेखेका छन्, ‘अचम्म छ ! उनीहरूले चुचुरोको मेरो तस्बिरलाई फोटोसप गरी आफ्नो बनाएछन् । र, प्रमाणपत्र पनि पाएछन् । कता जाँदैछ आरोहण ?’ उनले पुष्टिका लागि आफ्नो ‘वास्तविक’ फोटोसमेत सेयर गरेका छन्, जसमा राठोड दम्पतीले अनुहार मात्र आफ्नो जोडेका छन् । सिद्धार्थले आफ्नो तस्बिर चोरिएको पुष्टिका लागि भिडियो पनि सेयर गरेका छन् । 

राठोड दम्पतीजस्तै अर्का एक भारतीय आरोहीको आरोहण पनि त्यस्तै शंकास्पद पाइएको छ, उनी हुन् सेभेन समिट्स ट्रेकबाट आरोहणमा गएका नरेन्दर राव । रावको शिखरमा खिचेको तस्बिरलाई नियाल्ने हो भने पनि शंका गर्ने ठाउँ प्रशस्तै रहेको आरोहणका जानकारहरू बताउँछन् ।

शंका लागेमा तस्बिरहरू जाँच गर्न सकिन्छ । भिडियो फुटेज मगाएर पनि हेरिन्छ । तर, तस्बिर सक्कली वा नक्कली कस्तो हो भनेर पत्ता लगाउने साधन नै छैन । त्यसैले फोटो क्रप गरेको हो/होइन जाँचेर हेरिँदैन । फोटोलाई आँखाले हेरेका भरमा, टिम लिडर, क्लाइम्बिङ शेर्पा, एजेन्सी, सम्पर्क अधिकृतले आरोहण गरेको भनेका आधारमा प्रमाणपत्र दिने गरिएको छ । पर्यटन विभागका श्रेष्ठ भन्छन्, “उजुरी पर्‍यो भने अवश्य नै छानबिन हुन्छ ।”

यसअघि पनि भारतबाटै एउटा उजुरी परेको थियो । तर, नक्कली आरोहण हो कि होइन पत्ता लाग्नै सकेन । कारण, फोटो, भिडियो जाँच गर्ने प्रविधिको अभाव । त्यसैले अहिलेसम्म कसैको प्रमाणपत्र पनि खारेजी भएको छैन । यसपटकको घटनाबाटचाहिँ आरोहण गरेको हो/होइन, छानबिन गर्ने समिति र आधुनिक प्रविधि भित्र्याउन दबाब मिल्ला कि ?

प्रकाशित: असार १९, २०७३



http://bit.ly/29eKBKP
 
Posted on 07-04-16 9:52 PM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dhoti jimu haru thagna ma world champion
 
Posted on 07-05-16 12:08 AM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

That's the identity of DHOTIES. Fake and scams is all they know. This has to be #1 fake and cheap behave in the world of Fake history. Hope this Dhoti faces all the worst possible things for this cheap approach. People may blame Internet or take this as funny stuffs but this is worst scam and the dhoti needs to be punished.

Scam at the top of the world! Now world, know what Indians r about?
Last edited: 05-Jul-16 05:14 AM

 
Posted on 07-05-16 6:18 AM     [Snapshot: 271]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How about the intelligence of nepalese officials who gave a fake certificate? Is money involved here? Do the officials have the habit of giving certificates without the fact checking?
 
Posted on 07-05-16 9:46 PM     [Snapshot: 557]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तस्बिर सक्कली वा नक्कली कस्तो हो भनेर पत्ता लगाउने साधन नै छैन । त्यसैले फोटो क्रप गरेको हो/होइन जाँचेर हेरिँदैन । फोटोलाई आँखाले हेरेका भरमा, टिम लिडर, क्लाइम्बिङ शेर्पा, एजेन्सी, सम्पर्क अधिकृतले आरोहण गरेको भनेका आधारमा प्रमाणपत्र दिने गरिएको छ ।
येसतो त छ पारा! photoshop नि खुट्याउनी प्रबिधी र ज्ञान् नभाको त पक्कै होइन होला, तेसो गर्नी जागर चै नभाको हो। फेरि इन्दिअनहरु पैसा खुवौन माहिर हुन्छन् अनि नेपाली अधिकारीलाई चाहियेको पैसा। फेरि trek company, guide, sherpa लाई नि गोजि भर्देसी त हो माथी हो थपी हाल्छन। यो एउटा मत्र येस्तो केस होइन रैछ, थुप्रो इन्दियेन हरु ले येस्तै गरेको सन्का रैछ। साला सबको certificate check गर्न पर्नी डाक्टरको जस्तै ।
 
Posted on 07-06-16 6:04 AM     [Snapshot: 648]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैसा भएर मात्र पुगेन छ, दम्पतिलाई! नाम कमाउने जाँगर चलेछ हाम्रा राठोर ब्रो र भाउजुलाई! धोतिहरु नक्कली प्रमाण पत्रका माहिर छन्. कहिले डाक्टरको नाक्कली प्रमाण पत्र, कहिले पर्वतारोहीको नक्कली प्रमाण पत्र!

धोति: क्या क्या बन्न चाह था, बेमान बन गया हो यारो!
धोतिनी: इस लोफरसे शादी कर्के बर्बाद हो रही हु. इससे अछा तो नेपलिसे शादी कर्ता तो एवेरेस्ट हि अपना होता!
 
Posted on 07-06-16 6:49 AM     [Snapshot: 770]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I certainly dont mind if somebody claims they reached to the top of Everest with fake or real picture.

Climbing Everest or any other big stone somewhere has no any intrinsic value in society and it does not affect peoples life and society in any way.

The problem is not who climbed Everest or any other peaks, the problem is why we should give so much attention on this shit works? If some body pays money and claims he climbed Everest with out climbing then he should be given even better certificate as he got his ego nourished with out damaging the environment of Everest.

Lets promote virtual Everest climbing!
It is better for environment, its safe, and does not discriminate physical conditions as well!
 
Posted on 07-06-16 11:10 AM     [Snapshot: 1789]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paradox, I am not sure whether you are just trolling or trying to get an attention but do you realize what you are talking about?
 
Posted on 07-06-16 6:39 PM     [Snapshot: 2506]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL Sajhamitra,
I am not trolling et al. LOL. But i dont give a shit who climbed which peak whether it is everest or any other.


 
Posted on 07-06-16 8:34 PM     [Snapshot: 2777]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

for adventurers who are drawn to Everest, the mountain's top is a lifelong dream that inspires intense preparation and a deep sense of reverence.
but it looks like u @paradox don't have any respect towards it. for some ppl its their achievement of life. It represents the ultimate, the pinnacle for many people.
I think Everest is a magical mountain with magnetic qualities. It's like a light to bugs that attracts people once they hear about it.
Conquering Everest isn't that easy, and so many ppl lose their lives trying that. Those ppl risk their lives for it bcoz they know its worth it and its worth for their one life for them. so I respect all those mountaineers who got that incredible will, passion and guts that I don't have, that u don't have dear paradox.
so learn to admire and show some respect for others.
 
Posted on 07-07-16 6:29 AM     [Snapshot: 6212]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If some body pays money and claims he climbed Everest with out climbing then he should be given even better certificate as he got his ego nourished with out damaging the environment of Everest.
- seriously?

Don't associate this with environment. I totally agree with saving the Everest part. But I couldn't fathom your opinion on corruption. I guess, you represent the part of our society who think corruption is normal. Paradox, your reasoning on this thread and on "Meena Singh Khadka" reflects corrupted people are normal; everyone else is not.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters