[Show all top banners]

daum
Replies to this thread:

More by daum
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

nepali_kanchho
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यो पढेर त NAS जी को कुरो सही
[VIEWED 5413 TIMES]
SAVE! for ease of future access.
Posted on 11-03-16 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

(Source: http://global.setopati.com/america/2191/)

यसकारण मुद्धा बनेको छ अमेरिकी स्वास्थ्य बीमा

यतिखेर अमेरिकामा राष्ट्रपति चुनावको रन्को छ। राष्ट्रपतिका उम्मेदवार भएका डेमोक्रेटिक पार्टीकी हिलारी रोधम क्लिन्टन र रिपब्लिकन पार्टीका डोनाल्ड जे. ट्रम्पबीच तीनपटकसम्म भएका प्रत्यक्ष बहसलाई संसारले हेरिसक्यो। अधिकांश समय कम्मरमुनिको भागमा बहस केन्द्रित भएपनि अमेरिकी जनताको समस्या, बाहिरी विश्वमा अमेरिकाको प्रभावका विषयमा पनि छलफल नभएको चाही होइन।

यसपटकको बहसमा दुबै उम्मेदवारले उठाएको सवाल छ–सहुलियतपूर्ण स्वास्थ सेवाको। वर्तमान राष्ट्रपति बाराक ओबामाले कार्यान्वयनमा ल्याएको हुनाले अहिले कार्यान्वयनमा रहेको ‘ओबामा केयर’ नाम दिइएको स्वास्थबीमा कार्यक्रमलाई विपक्षी पार्टीका डोनाल्ड ट्रम्पले ज्यादा प्रहार गरेका छन्। ट्रम्पले त ‘होरिबल’, ‘टेरिबल’ लगायत शव्दकोषमा रहेका भएजति सबै नकारात्मक शब्दहरुले ओबामा केयरलाई गाली गरिसकेका छन्।


हिलारीलाई संस्थापन पक्ष या वर्तमान राष्ट्रपति ओबामाकै उत्तराधिकारीका रुपमा लिइएपनि उनले समेत यसमा सुधार गर्नुपर्ने खाँचो रहेको कुरा सार्वजनिक रुपमा बताउँदै आएकी छिन्। डेमोक्रेटिक पार्टीकै बर्नी सेण्डर राष्ट्रपतिको उम्मेद्वार हुन सकेको भए संभवत यो ओबामा केयर नाम दिइएको स्वास्थबीमामा उथलपुथल आउनेथियो भनेर आशा गर्न सकिन्थ्यो। तर त्यो अध्याय यतिखेर बन्द भइसकेको छ।

केही साताअघि पूर्वराष्ट्रपति बिल क्लिन्टले समेत ओबामा केयरको बारेमा असन्तुष्टी जनाएको खबर सञ्चारमाध्यमहरुमा फैलिएको थियो। किनकी ओबामा केयरले अमेरिकामा वैध रुपमा बस्ने सबैले स्वास्थसेवा पाउनुपर्छ भन्ने जुन अवधारणा लिएको छ त्यो सही छ। अनि जसले धेरै कमाउँछ उसले बढी तिर्नुपर्छ भन्ने हदसम्म पनि ठीकै हो। तर न्यूनतम ज्यालामा काम गरेर त्यसबाट जीवन निर्वाह नभएका कारण ‘ओभर टाइम’ काम अन्त गर्न वाध्य वर्गलाई समेत ढाड सेक्नेगरि जुन प्रिमियम तोकिएको छ त्यसले गर्दा अत्यधिक रुपमा ‘चिटिङ’ हुन थालेको स्पष्टै देखिन्छ। पति–पत्नीनै काम गरेर जीवन सहज बनाउन खोज्नेहरुलाई समेत पासोमा पारेर ‘बरु काम छाड्न प्रेरित’ गरिरहेको देखिन्छ।

मसँग काम गर्ने थुप्रै अमेरिकनहरु छन्। हामी नेपालीलाई निर्धारित ८ घण्टाभन्दा बढी काम गरेर बढी कमाउन चाहन्छौं। तर जुन हप्ता ओभर टाइम गर्नुपर्ने वाध्यता हुन्छ नेपालीहरु ज्यादै खुशी देखिन्छन्। तर ओभरटाइम काम गर्नुपर्दा अमेरिकनहरुको अनुहारमा खिन्नता देख्छु म।

मैले एकजनालाई कारण सोधेँ। ‘ओभर टाइमबाट प्राप्त हुने आम्दानीमा बढी कर लाग्छ, योभन्दा पनि बढी समस्या ओभर टाइमबाट आउने पारिश्रमिकका कारण मैले प्राप्त गरिरहेको सहुलियतपूर्ण स्वास्थबीमा गुमाउनुपर्छ। छोराछोरीको बीमा गुम्छ, अस्पताल जाँदा मैले आफ्नो खल्तीबाट बढी तिर्नुपर्छ,’ उनको जवाफ सुनेर म आश्चर्यमा परेँ। धेरै ओभर टाइम हुने भयो भने उनी जागिरै छाड्ने सोचाईमा पुगिसकेका छन्।

अमेरिकामा सातामा ४० घण्टाभन्दा बढी समय काम गर्नुपर्दा त्यसलाई ओभरटाइम भनिन्छ। त्यसमा आउने पारिश्रमिक नियमितको भन्दा डेढ गुणा बढी हुन्छ।
ओबामा केयर नाम दिइएको स्वास्थबीमाले काम गर्ने मेहनतीवर्गलाई भन्दा पनि काम छल्ने, अल्छी गर्ने वर्गलाई बढी पक्षपोषण गरिरहेको बुझाई आम अमेरिकीको छ। जसले काम गर्दैन, जसले सरकारलाई कर तिर्दैन, जसले ‘चाइल्ड सपोर्ट’, ‘फुडस्टाम्प’ का नाममा सुविधा लिइरहेको छ, त्यही वर्गलाई भने सित्तैमा बीमा गरिएको छ। अनि परिवारमा रहेका बालबालिका र बृध्दबृध्दा बाहेक सबैले काम गर्छन। सरकारलाई मनग्ये कर तिर्छन त्यही वर्गले भने सबै सरकारी सुविधाबाट हात धुनुपर्ने अवस्थालाई धेरै अमेरिकीहरुले पचाउन सकेका छैनन्। राजनीति र कुटनीतिको भुटिभाङ केही नबुझेका अरबपती डोनाल्ड ट्रम्प रातारात रिपब्लिकन पार्टीमा उदाएर राष्ट्रपतिको उम्मेदवारसम्म हुनपुग्नुलाई यही विभेदको कारक मान्नेहरु धेरै छन्।


मसँग काम गर्ने ६०/६२ वर्षका बृद्धले दैनिक १० घण्टा उभिएर काम गर्छन। सरकारलाई कर तिर्छन। तर केही व्यक्तिहरु यस्ता पनि छन् काममा दुई दिनपनि टिक्न सक्दैनन्। काम गर्दैनन्। अनि सरकारलाई कर पनि तिर्दैनन्। निशुल्क बीमा, फुडस्टाम्प, चाइल्ड सपोर्टदेखि लिएर ठूलो रकम करफिर्ता लिएर मोजमस्ती गर्नेपनि तिनै हुन्छन्। खासमा डोनाल्ड ट्रम्पले उठाएको एउटा सही मुध्दा यो हो। तर उनको ढंग, बोल्ने शैली र हाउभाउ नमिल्दा मात्र उनलाई समस्या परेको हो। ट्रम्पभन्दा बाहेक अरु कोही यो स्थितीसम्म आइपुग्दो हो हो त हिलारीलाई यति सुविधाजन्य स्थिती पक्कै हुने थिएन।


अमेरिकीको मात्र होइन। नेपालबाट आएर यतै स्थायी बसोबास थालेकाहरुमा पनि यो समस्या बढ्दै गएको छ।
स्वास्थबीमाका लागि हरेक मासिक डेढसय डलर तिर्नुपर्ने भएपछि गत महिना एक नेपालीले पनि रामै्र कम्पनीबाट काम छाडे। पति–पत्नी दुबैले काम गर्दा सहुलियतपूर्ण स्वास्थबीमाको सुविधाबाट बंचित हुने अवस्था सिर्जना भयो। काम छाडेर ती युवक दुई महिनासम्म बेरोजगार बसे र पछि नगदमै तलब सुविधा पाइने भारतीयको ग्याँस स्टेसनमा काम गर्न थालेका छन्।
अर्को दृष्टान्त। बीमा क्षेत्रमै लामो समयदेखि कार्यरत एक नेपाली छन् अमेरिकाको टेक्ससमा। उनको आम्दानीले गर्दा परिवारको स्वास्थबीमा मासिक तीनसय डलरको हाराहारीमा तिर्नुपर्ने भयो। उनले यतिखेर पत्नीलाई रोजगारीका लागि भन्दा पनि कम स्वास्थबीमा रकम कम भएको कम्पनीमा काम गर्न पठाएका छन्।


धेरै भुक्तभोगीहरु भन्छन्–अमेरिकाको स्वास्थक्षेत्रमा ब्रह्मलुट छ।’ तपाई अस्पताल जानुस् अनावश्यक ल्याब परिक्षण गर्दै समय र पैसाको सत्यानाश गरिदिन्छन्। सामान्य अवस्थामा अस्पताल जाँदा पनि रगत परिक्षण, एक्सरे, सिटीस्क्यान जस्ता जाँच गरेर स्वस्थ व्यक्तिलाई समेत ‘मलाई त ठूलै रोग पो लागिसकेछ कि क्या हो?’ भनेर सोच्न वाध्य बनाइदिन्छन्। जसरी हुन्छ बढी बिल उठाउने ध्याउन्न अस्पतालहरुको हुन्छ।


पछिल्लो समयमा, अझ विशेषगरि दुई वर्षयता अनिवार्य गरिएको ‘ओबामा केयर’ नाम दिइएको स्वास्थबीमाले गर्दा धेरै नेपालीहरु चेकमा पारिश्रमिक आउने वा सिधै बैंक खातामा रकम जाने सजिलो काम छाडेर बरु शारिरीक परिश्रम बढी गर्नुपर्ने भएपनि जोखिमयुक्त ग्याँस स्टेसन, स्टोरमा काम गर्न थालेका छन्। कारण भारतीय, पाकिस्तानी, नेपाली, बंगलादेशी र केही अरबियनमुलका नागरिकले चलाएको ग्याँस स्टेसन, स्टोरहरुमा नगदमा पारिश्रमिक पाइन्छ। नगदमा पारिश्रमिक लिँदा सरकारलाई देखाइरहनुपर्दैन। कर छल्न सक्छन्।


नेपालीमात्र होइन। यो टिप्पणीकारले अमेरिकामा केही राज्यहरुमा रहँदा र बस्दा अनुभव गरेको तथ्य के हो भने–केही अपवादलाई छाडेर मानिसहरु काम गर्नुभन्दा नगरेरै बस्नुमा बढी फाइदा देख्ने प्रवृत्ति बढ्दो छ। काम गर्दा प्राप्त हुने निम्नतम पारिश्रमिक (जुन पारिश्रमिक कतिपय राज्यहरुमा प्रतिघण्टा ७ डलर ५० सेन्टको हाराहारीमामात्र छ) र त्यसमाथि लाग्ने फेडरल, स्टेट, सोसल सेक्युरिटी र मेडिकेयर जस्ता करले गर्दा हातमा पर्ने रकम भनेको ज्यादै थोरै हुन्छ।


थोरै पारिश्रमिकमा काम गर्नुको बदला कामै नगरि बस्दा प्राप्त हुने फुड स्टाम्प, चाइल्ड सपोर्टदेखि लिएर निशुल्क स्वास्थबीमाले गर्दा काम गर्ने परिपाटी कम हुँदै गएको छ। काम गरिहालेपनि कर छल्नेगरि नगदमै पारिश्रमिक लिनेगरि गर्ने पद्धती बढ्दो छ।


मेरा एक साथी छन्। दुबै जना काम गर्थे। उनीहरुको मासिक आम्दानी चारहजार डलरको हाराहारीमा थियो। उनकी पत्नी गर्भवती भइन्। गर्भवती भएपछि मासिक स्वास्थ परिक्षणका लागि डाक्टरकोमा जानुपर्ने भयो। उनीहरुको पारिश्रमिकका कारण सहुलियतपूर्ण स्वास्थबीमाको सुविधा पाएनन्। सहुलियतपूर्ण बीमाका लागि बार्षिक ४१ हजारभन्दा कम हुनुपर्थ्यो।
उनीहरु सामु दुईवटा विकल्प अघिल्तिर आए। पहिलो, डाक्टरलाई महंगो शुल्क तिरेर नियमित स्वास्थ जाँच गर्ने या दुईमध्य एकले जागिर छाड्ने। यो दम्पत्तीले दोस्रो विकल्प रोज्यो। महंगो शुल्क तिर्नुभन्दा बरु एकजनाले जागिर छाड्दानै फाइदा हुनेदेखिपछि अहिले लोग्नेले मात्र काम गर्छन्। ‘एकजनाले जागिर छाडेपछि बीमादेखि लिएर करफिर्तामा समेत राम्रो रकम आउनेभएपछि किन दुबैले काम गरेर टाउको दुखाउनु?’ अघिल्लो साता उनी भन्दैथिए।


व्यक्ति वा परिवारले गर्ने आम्दानी, परिवार संख्याका आधारमा स्वास्थबीमाको प्रिमियम कति तिर्नुपर्छ भन्ने तय हुन्छ। केही कम्पनीहरुले सस्तोमा बीमा गर्ने प्रावधान पनि राखेका हुन्छन् आफ्ना कर्मचारीका लागि। तर बीमा गरिसकेपछि बिरामी पर्दा लाग्ने खर्चको निश्चित रकमसम्म आफैले तिर्नुपर्नेहुन्छ। जसलाई ‘डिडक्टेबल’ का नामले चिनिन्छ। बीमा जति सस्तो भयो ‘डिडक्टेबल’ रकम उति बढी हुन्छ। अर्थात बढी प्रिमियम तिर्नेगरि बीमा गरिएको छ भने उपचारमा भएको खर्चको थोरै आफूले तिर्ने र बढी बीमा कम्पनीले तिर्छ। तर सस्तो प्रिमियमा गरिएको छ भने बढी रकम आफूले तिरेर कममात्र बीमा कम्पनीले तिरिदिन्छ।


यदी कसैसँग कार्यरत कम्पनी मार्फत स्वास्थबीमा छैन भने ओबामा केयर मार्फत सहज हुनसक्छ। किनकी स्वास्थबीमा नभएमा सरकारले जरिवाना लगाउँछ। त्यसो हुँदा जसरीपनि मेडिकेयर, मेडिकेड वा बालबालिकाको बीमा (चिप) लिनु अनिवार्य छ।


कम्पनीहरुमा काम गर्नेहरुले पनि ओबामा केयर लिनसक्छन्। तर आम्दानीको हिसाबले महंगो पर्न जान्छ।
डिडक्टेबल, आउट अफ पकेट जस्ता प्राविधिक शव्दावलीले बीमा रकम सस्तो र महंगो बनाइएको हुन्छ। अनि सबै बीमा सबै अस्पतालले लिँदैनन्। त्यसो हुँदा बीमा आफैंमा जसरी जटिल प्राविधिक विषय बन्दै गएको छ त्यसैगरि निम्नतम पारिश्रमिकमा काम गर्नेका निम्ति धान्न नसक्ने रुपमा विकास पनि भइराखेको छ।


यतिखेर आउँदो वर्ष २०१७ का लागि ओबामा केयरमा दर्ता हुन सुरु भएको छ। यतिखेर चर्चा छ– यसमा दर्ता हुनेले सन् २०१६ को भन्दा २५ प्रतिशत बढी रकम तिर्नुपर्ने गरि संशोधन भएको छ। ‘ब्लु क्रस ब्लु शिल्ड’ मा भारी परिवर्तन गरिएको समाचारहरु सञ्चारमाध्यमहरुले लेखिरहेका छन्।


अहिलेनै सहुलियतपूर्ण वा निशुल्क स्वास्थबीमा लिनका निम्ति त्यसका छिद्र खोज्दै हिडिरहेका छन्। हुँदाखाँदाको जागिर छाड्ने, नगदमा काम गर्ने प्रवृत्ति अहिलेनै बढिसकेको छ। अब स्वास्थबीमा रकम भारी बढ्ने हो भने त्यसले न्यूनतम पारिश्रमिकमा काम गर्ने वर्गलाई हतोत्साही गरेको ठहर्नेछ। त्यसले संभव भएसम्म नगदमा काम गरेर कर छल्ने र त्यसो गर्न नसकेमा स्वास्थबीमानै नलिने प्रवृत्तिमा बढोत्तरी हुनेछ। हुनतः बीमा नलिनेलाई वर्षको अन्तिममा जरिवाना लगाउने प्रणाली त छ। तर बीमाभन्दा जरिवाना सस्तो पर्ने भएकाले त्यतातिर पनि मान्छेहरु लाग्ने संभावना त्यत्तिकै छ।



 
Posted on 11-03-16 12:34 PM     [Snapshot: 219]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

This story delves much on my father said this,my father's aunt said this, my father's aunt's sister said this, my father's aunt's sister's dog said this. Heavy on primary account, selective on facts, for starters, people who worked in cash off the IRS's radar mostly qualified for state funded medicaid, long before ACA became law. For employer funded group plan, other than slight increase in premium brcause of ACA mandated 'better coverage', not much changed. For young healthy adult, working in small companies (less than 50 ft employees) and annually making more than certain factor of FPL, hence not qualifying for tax credit, are definitely affected. Those who had insurance pre Obama era had cheaper premiums because the benefits covered were far less and people who had pre existing conditions were either denied or had to pay ransom. Do I like ACA? ACA is step in right direction to rein in the corporate greed in favor of health of all citizens. State of healthcare is indication of a country's prosperity and affluence. But ACA is trying to achieve well being of the citizen and also protect health insurance companies. Time to rethink on this stand and move towards single-payer system. There is no need for health insurance compsny to be making billions. Time for health to be largely non profit, just like education is.
 
Posted on 11-03-16 12:47 PM     [Snapshot: 232]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Guess who are the die hard voters of Trump?
All those Deplorable are enjoying the Obama Care. Do they know it? 

Last edited: 03-Nov-16 10:42 PM

 
Posted on 11-03-16 1:39 PM     [Snapshot: 304]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

K ho taha chaina but after obama care, mero premium eakdam badhya cha. 2017 ma ta jhan 196 per pay check re, tyo ni with 500 deductible and 90%after deductible.
Last edited: 03-Nov-16 09:04 PM

 
Posted on 11-03-16 2:46 PM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Gorkhe is right.

I pay $400 per month premium and have $1000 deductible and $2500 out of pocket max. Still, I support ACA. Not all people can afford healthcare in the US. And it may not be their fault. If you do not have insurance you have to pay around $60 for a generic drug for a month, which probably cost less than a dollar to produce in India to a contract manufacturer. All the people who are condemning ACA, think this: what if you get gravely sick, can't work, you are waiting for the treatment, meantime your job status becomes inactive, and you lose your insurance? What do you do? ACA. Look at the broad picture.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
What stocks to buy -- Any recommendation
Vintage Pictures of Kathmandu
कोमल ओलि र धिरेन्द्र बिचको अफेयर
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Why does India turn a blind eye to rampant human trafficking and crime in red light districts
आहा के सारो राम्री हुन् यो नानी!!!
nepali kt pattaune idea.
sarai chada vaye keti haru
नाज ब्रो को भाउजु को फोटो अल्बुम भाग १ , जून ३ २०१६
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
is Rato Bangala school cheating?
Sisnu ko Scientific ra English bolchalma ke bhanchan?
BITCOIN and other Cryptocurrencies
Introducing the beautiful Shiwani Bishwokarma
Conservative discussions
Amby Writes:- My Caffeine Indulgence- I
How many phones can I bring to Nepal ?
UNDERWEAR
IT ले सम्बन्ध नै धराप मा पार्ला जस्तो भो
Nas and The Bokas: Coming to a Night Club near you
sarai chada vaye keti haru
नेपाल र अफगानिस्थानको टि पि एस रिडेजिकनेसन साथसाथै हने कुरो छ
is Rato Bangala school cheating?
विद्या तेरो सिन्दूर खोइ, केपी ओली तेरो पोइ ..
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters