[Show all top banners]

thukka

More by thukka
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

UnsungEpic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बैंक ठगेर
[VIEWED 5844 TIMES]
SAVE! for ease of future access.
Posted on 05-09-16 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैंक ठगेर विदेशिएकालाई इन्टरपोलमार्फत फिर्ता ल्याइँदै


विभिन्न बैंकबाट डेढ अर्बभन्दा बढी ठगेर विदेशिएको आरोप

नेपालमा बैंक तथा वित्तीय संस्था डुबाएर लामो समयदेखि विदेश भागेका भएका ६ जना बैंकिङ कसुरका ‘डन’ को फाइल प्रहरीले खोतलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर लागेपछि २०६८ सालयता फरार भएका तिनीहरूलाई इन्टरपोलको सहयोग लिएर नेपाल ल्याउने प्रक्रिया थालेको हो।  

नेपालमा बैंक डुबाएर भागी विदेशमा व्यापार, व्यवसाय तथा आनन्दको जिन्दगी बिताइरहेका अभियुक्तहरूलाई लामो समयपछि प्रहरीले खोजी थालेको हो। कतिपय अदालतबाट फैसला भइसकेका तथा कतिपय विचाराधिन रहेका बैंकिङ कसुरका ती व्यक्ति कोही भारत, अमेरिका तथा युरोपियन मुलुकहरूमा बसिरहेका छन्।

ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार बैंकिङ कसुरका ती ‘डन’का नजिक प्रहरी पुगिसकेको छ। ‘उनीहरू कहाँ के गरिरहेका छन्, हामी अध्ययन गरिरहेका छौं,’ सिलवालले सेतोपाटीसँग भने, ‘हामी चाँडै नै इन्टरपोलमार्फत नेपाल फर्काएर कानुनी दायरामा ल्याउँदैछौं।’

बैंक सञ्चालन तहमा कोही अध्यक्ष तथा कोही सीईओ रहेका उनीहरूले ठगेको रुपैयाँ हेर्ने हो भने अत्यधिक छ। यिनीहरूलाई झिकाएर दायरामा ल्याउन सके बैंक तथा वित्तीय संस्थाको डुबेको डेढ अर्बभन्दा बढी रकम उठ्नसक्ने अनुमान प्रहरीको छ। विभिन्न व्यक्तिले लिएको कर्जाबापतको रकम सिधै आफ्नो खातामा जम्मा गरेर बैंक डुबाएको आरोप उनीहरूलाई छ।

‘सोझासिदा मान्छेलाई हात लिएर कर्जाको रकमबाट कम्पनी पनि खोलेका छन्, तर त्यहाँबाट बैंकमा जानुपर्ने रकम आफ्नै खातामा पुर्‍याएको देखिन्छ,’ सिलवालले भने। उनका अनुसार ब्युरोमा दर्ता भई फैसला हुँदासम्म अभियुक्त फेला पर्न नसक्दा बैंकको अर्बभन्दा बढी रुपैयाँ उठ्न नसकेको र रकम जम्मा गर्ने व्यक्ति पनि फरार रहनुपर्ने अवस्था छ।

 यी हुन् बैंकिङ कसुरका ‘डन’

तत्कालीन किष्ट बैंक (हाल सिद्धार्थ डेभलपमेन्ट बैंक) का कमलप्रसाद ज्ञवालीलाई १७ करोड १४ लाख ८३ हजार चार सय सन्ताउन्न रूपैयाँ ठगेको अभियोग छ।

१५ जना व्यक्तिले जम्मा गरेको रकम लिएर उनी २०७० जेठदेखि फरार छन्। ब्युरोका अनुसार उक्त मुद्दा पुनरावेदन अदालत पाटनमा विचाराधिन छ।

तत्कालीन बुटबल फाइनान्स (हाल सिद्धार्थ डेभलपमेन्ट बैंक) का मधुसूदन सिलवालले १७ करोड १४ लाख ८३ हजार ४ सय ५७ रुपैयाँ ठगेको अभियोग छ। १५ जना व्यक्तिको पैसा ठगेर उनी ज्ञवालीसँगै फरार भएका हुन्। उनको मुद्दा पनि पुनरावेदन अदालतमा विचाराधिन अवस्थामा छ।

मञ्जु श्री फाइनान्स डुबाउने व्यक्ति हुन् नवराज थापा क्षेत्री। एक करोड ३४ लाख ८३ हजार ४ सय ५७ रुपैयाँ ठगेर उनी २०७१ भदौ महिनादेखि फरार छन्। अन्य एक जना सदस्यको पैसा कुम्ल्याएर फरार क्षेत्रीको मुद्दा पुनरावेदन अदालतमा विचाराधिन अवस्थामा छ।

राजीव भनिने कृष्णहरि थापाले कृषि विकास बैंक डुबाएका छन्। २०७१ असार महिनामा फरार भएका थापाले ३३ करोड ९३ लाख ३९ हजार ८ सय ७२ रुपैयाँ ठगेका छन्। अन्य ९ जनासमेतको रकम लिएर भागेका उनको पनि पुनरावेदन अदालतमा मुद्दा विचाराधिन अवस्थामा छ।

पवनकुमार कार्कीले क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्सको ४४ करोड २२ लाख रुपैयाँ ठगेका छन्। २०६८ भदौदेखि फरार भएका कार्कीविरुद्ध पुनरावेदन अदालतबाट मुद्दा फैसला भइसकेको छ। उनले ३८ जना सदस्यले जम्मा गरेको रकम ठगेको अभियोग प्रमाणित भइसकेको छ।

सिसम मल्लले हिमालयन फाइनान्सको ४८ करोड ३८ लाख ४४ हजार ५ सय ३३ रुपैयाँ ठगेका छन्। २१ जना सदस्यको रकम ठगेर उनी २०६९ माघयता फरार भएका थिए। पुनरावेदन अदालतबाट उनको विपक्षमा मुद्दा फैसला भइसकेको छ।  

‘सरसर्ती हेर्दा एकातिर एकदमै ठूलो परिमाणमा रकम डुबेको र अर्कोतिर सदस्यहरू पनि कालोसूचीमा परेर भाग्दै हिँडिरहनुपरेको अवस्था छ,’ सिलवालले भने, ‘त्यस्ता अपराधीलाई कानुनी दायरामा ल्याउने प्रयासस्वरुप हामीकहाँ फैसला भएर आएका तथा फैसलाको क्रममा रहेका मुद्दाका अभियुक्तलाई खोजी गरेका हौं।’ अधिकांश मुद्दा ब्युरोमा दर्ता भएर अदालतमा पुगेकाले अपराधीको अवस्था बुझ्न कठिन नरहेको सिलवाल बताउँछन्।

भारतमा लुकेर बसेका व्यक्ति नेपाल ल्याउन इन्टरपोल गुहारिरहनु पर्दैन। भारतमा अपराध गरेर नेपाल भागेका र नेपालमा अपराध गरी भारत लुगेका अपराधीलाई दुबै देशका सुरक्षा अधिकारीले आपसी समझदारीमा बुझाउने गर्छन्, त्यसैले नेपाल-भारत प्रक्रिया सजिलो छ। त्यसैले, प्रहरीले सुरूमा भारत लुकेका बैंकिङ कसुरका ‘डन’माथि नजर लगाएको छ।

अन्य देशमा भागेकालाई भने इन्टरपोलमार्फत नेपाल ल्याइने गरेको छ। सुपुर्दगी सन्धि हुन नसकेकाले अन्य देशबाट इन्टरपोलबाट ल्याउन प्रहरीलाई झन्झट पनि हुने गरेको छ। भारतसँग भने यो सन्धिबेगर समझदारीमा अपराधी ल्याइने लैजाने गरिएको छ।

 १९ अर्बबढी असुली

बैंक ठगेर भाग्ने बैंकर तथा ऋणी पक्राउको अभियानै ब्युरोले चलाएको छ। ब्युरोले यस्ता १०३ जना अभियुक्तलाई पक्राउ गरिसकेको छ। उनीहरूबाट कसुरअनुसारको बिगोबराबरको रकम माग दाबी गरिएको छ।

सिलवालका अनुसार हालसम्म १९ अर्ब ३८ करोड ९७ लाख २० हजार ८ सय ७१ रुपैयाँ असुली हुने रकम देखिन्छ। विभिन्न ३० वटा बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम ठगी भएको प्रहरीको भनाइ छ। ‘अधिकांश त बैंककै कर्मचारी बढी छन्, सदस्यसँग मिलेमतो गरेर बैंक डुबाउने भूमिका खेलेको देखिन्छ,’ सिलवालले भने।


http://setopati.com/samaj/46431/



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters