ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 काठमाडौँमै काम दिन्छु भनेर kidney लुट्ने गिरोह सक्रिय
[VIEWED 64107 TIMES]
SAVE! for ease of future access.
Posted on 12-29-16 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौंमै ‘सर्जिकल अट्याक’ गरेर यसरी किड्नी लुटियो !

गौशालामा बेहोस बनाएर भारत पुर्‍याइयो, अनि किड्नी निकालियो


१४ पुस, काठमाडौं । गोरखा मुचोकका दीपक नेपाली रोजगारीका लागि पोखरामा बस्दै आएका थिए । मजदुरी काम गर्ने १९ वर्षका उनको भेट कास्कीका भीमप्रसाद न्यौपानेसँग भयो ।

dipak-nepali-kidneyराम्रो जागिर लगाइदिन्छु, मेरो प्लाई उद्योग छ भन्दै गत साउनमा न्यौपानेले नेपालीलाई काठमाडौं ल्याए । उनले विकास भन्ने बिनुबहादुर तिमल्सिनासँग भेट गराइदिए । उनले काम दिलाउँछु भनेर प्लाई कम्पनी घुमाए ।
त्यसपछि दीपकमाथि सर्जिकल ढंगबाट आक्रमण भयो । भारतको अस्पतालमा होस खुल्दा उनको अप्रेसन भइसकेको थियो ।

‘कम्पनी सबै घुमिस्, अब काममा जानुपर्छ भनेर होटलमा खाजा खुवाउन लगे,’ दीपक सम्झन्छन्, ‘रक्सीमा ट्याब्लेट हालेर खुवाएर मलाई इण्डिया पुर्‍याए ।’

बेहोस बनाएर दीपकलाई रातारात भारतको गाजियावाद पुर्‍याइयो र, त्यहीँ उनको मिर्गौला झिकेर बेचियो । उनी होसमा आउँदा आफूलाई अस्पतालको बेडमा पाए । आफ्नो दायाँ कोखामा चोट देखेर उनी छक्कै परे ।

विकासको समूहले उनलाई अँध्यारोमा तँलाई गुण्डाले चक्कु हान्यो र बेहोस बनायो, त्यसैले उपचार गर्न ल्याएको भने ।

झण्डै दुई महिना उपचारपछि उनी ठीक भए । नेपाल आउने बेलामा उनका हातमा २८ हजार राखिदिए । ‘सर किन पैसा दिएको’ भन्दा ‘तँलाई हामीले उपचार गर्दिहाल्यौं’ भन्ने जवाफ दिए ।

भारतबाट नेपाल आएको केही समयमै उनी बिरामी परे । र, चितवन मेडिकल कलेजमा जचाउन गए । त्यसक्रममा चिकित्सकले तिम्रो त एउटा किड्नी नै छैन भनेपछि उनी छाँगाबाट खसेझै भए ।

दीपककै उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले विकाससहित किड्नी तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे महादेवस्थानका विकास सहित दोलखा भीमेश्वरका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपानेसमेत छन् ।

bikash-prakash-vim-prasad

प्रहरीको अनुसन्धानका क्रममा मृगौला बेचविखनमा विकासहित ५ जनाको समूह सक्रिय रहेको पाइएको छ । दुईजना भने अझै फरार छन् । नारायण नेपाली र अमृत गुरुङ र डल्ली गुरुङ फरार छन् । डल्ली भट्टी चलाउने महिला भएको बताइएको छ ।

प्रहरीका अनुसार काठमाडौंमा बिकास र प्रकाशले ग्राहक खोज्थे । भीम न्यौपानेसँग मिलेर विभिन्न स्थानबाट जागिरको प्रलोभनमा परेर काठमाडौं ल्याउने काम गर्दै आएका थिए ।

यसरी ल्याइएका मानिसहरूलाई कामका लागि भनी स्वास्थ्य परीक्षण गरेर ब्लड ग्रुप पत्ता लगाउने गरेका थिए ।

उनीहरूले अहिसेसम्म ५ जनाभन्दा बढीको किड्नी झिकेको अनुसन्धानबाट खुलेको छ । किड्नी तस्करीमा संलग्नमध्ये भीमले करिव तीन वर्ष पहिले पैसाकै लागि आफ्नै किड्नी बेचेको पाइएको छ । त्यसपछि उनले यसलाई तस्करीको पेशा नै बनाए ।

प्रहरीका अनुसार यो समूहले ५ देखि ७ लाख रुपैयाँसम्ममा किड्नी बेच्ने गरेको पाइएको छ ।

२०७३ पुष १४ गते १७:०७ मा प्रकाशित

http://www.onlinekhabar.com/2016/12/520811/

 
Posted on 12-29-16 10:34 AM     [Snapshot: 106]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I watched one documentary regarding human organs buy and sell in India. some of the sellers were from Nepal because of their Hindi accent, now that gang is  moved to Nepal
Last edited: 29-Dec-16 11:21 AM

 
Posted on 12-29-16 11:00 AM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.dailymail.co.uk/news/article-3155817/Nepalese-village-sold-kidneys-organ-traffickers-buy-house-destroyed-devastating-earthquake.html
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
whats wrong living with your parents ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Now Trump is a convicted criminal .
Why Americans reverse park?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
TPS Renewal Reregistration
" अनि ग्रिन कार्ड बन्यो त ?"
Morning dharahara
Nepali Passport Renew
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters