[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 101636 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 04-18-06 7:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन है यि दादा
क्यार्न रिसाका हुन त्यसरी

???????????????????????????
 
Posted on 04-18-06 7:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haha ha ha.......
dadalai ris uthyo


बहिस्कार : १
लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ११
जन गणतन्त्र: ०
राजतन्त्र (०४६ भन्दा अगाडिको): ०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०
:D
 
Posted on 04-18-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ नयाँ चौतारी नि बनिसकेछ आफुलाई त पत्तै थियन । रोल #६ ठुल्नानी हजिर मिस्
 
Posted on 04-18-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोट हाल ठूली (uptowngal) , भोट। हाजिर अरेर टाप कस्ने हैन। :p

:-) दादा, विपक्ष नै नभा'को पनि के चुनाउ, हैन त ? :-)

मास्टर्नी दिदीको रगत त कस्तो बिघ्न तात्दो रे'छ, मेरो भन्दा नि बढी। :-)
 
Posted on 04-18-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गुरु! नयाँ बर्ख कसोरी मनाइयो? जुरेलिलाइ भगा'र लगेसि अत्तोपत्तो छैन भन्ठानेको त फेरि चौपारिआँ देखा परो यो भउते बाजे।

पून्टे दाइले फर्कार् लग्लान् उन्कि प्यारि सालि लाइ, होस् अरम् होइ।

:-)>
 
Posted on 04-18-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहिष्कार गरौँ! बहिष्कार गरौँ!
यो चुनाउ बहिष्कार गरौँ!
लु गणक! त्यो बहिष्कार गरौँको लिस्टाँ बबेको नि नाम राखम् त । लु दादा, गाझाँ तान्ने सूर छ भने आऊ क्यारे! यस्ता गाम्लेको कुराँ लाएर नि कैँ हुन्च ?
 
Posted on 04-18-06 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, आज त बोप दाई नि गाँजा तान्दै चौतारीमा आईपुग्नु भएछ, त्यो नि बहिष्कारतन्त्रको नारा लाउँदै, कता हरा'को हो यत्रो दिन?

दादाले फेरी के भन्नु भएको त्यो?
>>>>>बेललाई काग पाक्यो, बिस्मात न हर्ख! <<<<<<
जानीजानी उल्टो पार्या हो कि, बिर्सेर?

ठूल्नानीले चैं 'हाटा' गरीजस्तो छ। आज त ईस्कूल नै बन्द छ, हडतालको कारणले, त्यसैले हाजिर नि हुन्न, हैन त मास्टर्नी दिदी?

भौतेजी ल अबिर किनेर ल्याउनु परो चाँडो। लौ, अब म भोट गन्दिन्छु।

बहिस्कारतन्त्र : २
लोकतन्त्र ( बहुदल + गणतन्त्र) : ११
जन गणतन्त्र: ०
राजतन्त्र (०४६ भन्दा अगाडिको): ०
प्रजातन्त्र ( छयालिस् साल पछि असोज् १८ अघि ):०
प्रजातन्त्र ( सेरेमोनियल अर्थात बेलायत/जापान जस्तो) :०
 
Posted on 04-18-06 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो बब दाइ को बहिस्कार
गाजाँ को ताल मा हो कि क्या हो?
मुन्छे पनि खालि गाजाँ बाहेक अरु कुरा गरेकै हैन?
 
Posted on 04-18-06 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकालका ठिटामिठालाई के था गाँझाओ कमाल? खाली केटीओ पछी लार हिन्ड्दैमा फुर्सद छैन, ए दादा लु भन्देऊ त मेरो रामकाहनी! उइले जमानाँ कस्तो थियो यो बबे भनेर ?
 
Posted on 04-18-06 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छु ख ईश्वर पासा ? गन छ ? मेल् स्वेय मखुला ?का फुर्सद पखे मेल छ्वा बिउ । :-)
नया बर्ख त छु ढेउ छु ढेउ यार। जुरेली मतिना नि गन वने गने । ;p
 
Posted on 04-18-06 8:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते लौ तपाईं ले भोट हल्नुस् भनु भो खै कस्लाई भोट हनुम सबै उस्तै हो । नजिते सम्म के के गर्छु भन्छ जिते पछी लुप्पा खुवाच। तेसै ले म त कस्लै भोत् हलुम् भन्दै सोच्दै बसेको नि।
 
Posted on 04-18-06 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भउते, मैजुको पछि लाग्या जस्तो छ, प्रगति राम्रो छ.
दुध दिने गाइको लात सहनु पर्छ यार. आफु त नदिने गाइको लात पनि सहिन्थ्यो.
त्यो रोगले मलाई पनि समात्या थियो एक जमानामा. २,४ कुरा त २३,२४ देशको भाषामा भन्दिन्छु.
 
Posted on 04-18-06 10:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, हिजो बिभिन्न कारणले चौतारीतिर आउना पाइया थेन; जे होस् भोट निकै झर्दै रहेछ।

यो दादाले चुनाब बहिस्कार गरेर के प्रमाण दिन खोज्या हुन्? जनमत संग्रह पनि बहिस्कार गर्न मिल्छ ? जनमत संग्रह बहिस्कार गर्नु भनेको आफ्नो उत्तरदायित्वबाट हात झिक्नु हो। लौ न, गाम्ले दाजुभाइ दिदीबहिनी हो, यिनलाई सम्झाइदिनु पर्यो। नामै त दादा गिरी, गाममा साँच्चीकै दादागिरी देखाउन थाल्ने भए।

अनि, बब दाइ र अपटाउन नानीले पनि बहिस्कार गर्न भएन भन्या! झन् बहिस्कारवादी निस्केलान भन्ने डरले एउटा रिमिक्स गीत टाँस्या थीं (थिएँ),---

लौ फेरि त्यही गीत फेरि पनि सुनम् ।

भोटहाल्न आउनुहोस,
आफ्नो तन्त्र आफैं छान्नुहोस् ।

नेतालाई गाली मात्रै गर्न भएन। १-२ जना खत्तम भए भनेर सबैलाई त्यस्तो सोच्न हुन्न भनेर उमेशले लेख्या रैछन् - http://www.mysansar.com/?p=248
 
Posted on 04-18-06 10:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नि आफु ले लेख्न जानिन्न, तर पढन नि कम मजा छैन तेसै तेसै मुठि बाटरेनि गाठे चौतारि का गजलकार , भाउते, नेपे, गोताय, बिर्खे बिरोदर हरु ले लेखे त हुने नि ।

-------------------------------
खुनकै खोलो तर्छु बरु
--------------------------------

खाली भए पेट नि होस्, ग्यास्टिकैले मर्छु बरु

जति सक्छस् ठोक् गोली म नै अघि सर्छु बरु ।

दिन-दिनको पिरलो यो कति मर्नु घरि-घरि

जति सक्छस् यैल्यै पड्का, मै विष्फोटमा पर्छु बरु ।

जनताको खुन चुस्ने उडुसै भो राजतन्त्र

यै उडुसलाई निखनेर फ्याँक्ने सन्देश छर्छु बरु ।

भोक-भोकै लडिराछन् घर-परिवार सहिदका

निर्मम हत्या किन भयो? विद्रोह म गर्छु बरु ।

एउटा टाउको फुटाली हेर् सयौं टाउको ठडिदिन्छन्

त्यही भीडमा म नि एउटा मेरो टाउको जोर्छु बरु ।

कांग्रेस-कम्निस्ट थाहा छैन, विद्रोह यो जन्ताको हो

विद्रोहको लक्ष्य चुम्न खुनकै खोलो तर्छु बरु ।

आइज पापी उठा तरवार सक्छस् भने छप्का टाउको

मै सहिद भै यो राजतन्त्र लोकका लागि फेर्छु बरु

मै सहिद भै नयाँ विधान लोकका लागि कोर्छु बरु ।

- विशाल सापकोटा

विराटनगर
 
Posted on 04-18-06 11:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहिस्कार गर्ने भनेको अर्कैहो .... हो ...खै कुरा बुझ्या ? ।दादागिरि गर्या होइन।त्यो बहिस्कार गर्ने त जनवादी गनतन्त्र हो :)
(अब दादालाई कति रिस ऊठ्नेहोला)

दादा हजूरको इमेल त हिजो पो देखे ।म रिप्लाइ गरुला है त दादा।कहा लेख्न सक्नु दादा ... हजुरले भने जस्तो.... भउतेभाइ :P(दिदी भनेसि त भाइ हुन्छ भाइ भए 'तिमी ' हुन्छ)ले भने जस्तै रगत मात्रै तात्ने हो मेरो त :)

गजल त निकै जोसिलो रहेछ तर जोस उठाएर मात्रै नि के गर्ने र??:(
 
Posted on 04-18-06 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सबै आन्दोलनमा जादा म मात्र किन स्कूल खोल्नु ह ठुल्नानी? मेरो स्कूल पुलिस आर्मीको जस्तो स्कूल हो र?बिदा छ आजभोलि। बरु बहिस्कार नगर चुनाव । बहिस्कार‍‍‌‌‌
‍‍भनेको त जनवादी गनतन्र हो :D
 
Posted on 04-19-06 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाको हिजोराति सपनामा माओबादि आएर तर्साए रे। त्यहि भेर जथाभाबि
फलाक्दै हिड्दैछन्।
चौतारो त मौकामा चौका हान्या हो मैले तर त्यस्को रिस पोख्नलै चुनाव
बहिस्कारै अर्न पर्छ त?
 
Posted on 04-19-06 12:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुन सुरमा लागेर भोटनै हाल्न बिर्सेछ फेरि।
मेरो भोट चाहिं जनगनतन्त्रलै हालम् कि क्या हो?

अं, हैन हैन, लोकतन्त्र लै नै भो ल।
 
Posted on 04-19-06 12:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि नेता भ्रष्टाचारी निक्ले भन्दैमा लोकतन्त्रको मतलबै छैन भन्नु त अहिलेको "ठोकतन्त्र"लाई भोट हाले बराबर हो।
धेरै नेताहरु ब्यापार-ब्यबसाय गरेर कमाउँछन्, कोहि लेखेर कमाउलान्, कसैले पहाडका जग्गा सब बेचेर आएर काठमाण्डुमा घर बनाएका छन्।
हामी नेपालीहरु, (विशेष गरी पढे लेखेका अनि बिदेश बसेकाहरु) नेता सधैँ झोले भईराखोस्,
कट्टु र चप्पलका भरमा जूलूशमा जाओस्, बेस्सरी कुटाई खाओस्, सके हाम्रा लागि मर्देओस् र हाम्रा लागि लोकतन्त्रल्याईदेओस् भन्ने सोच्छौँ।

यस बारेमा उमेशको अड्डामा एकजनाको घत पर्ने चिठ्ठी रैछ, पढुम् है गाम्ले हो!

- http://www.mysansar.com/?p=248#more-248
 
Posted on 04-19-06 1:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepesahila --->dhanyabad hai!:D
chautari ma basney fursad nabhaye pani hajur le samjheko dekhera khusi lagyo.

nepal ko condition ta abaa sabai lai thaha cha. ma ta kunai na kunai तन्त्र . afu lai ta kei thaha chaina tyasaile sabai jana snagha rish matrai utcha!euta matrai bhayeko bhayepo desh ko condiotion ramro hunthyo. kasaiko राजतन्त्र kasaiko लोकतन्त kasaiko प्रजातन्त्र ,kasailai गणतन्त्र chya yo तन्त्र le tantaa matrai bhitrairako cha!:s

nepal ko saathi lai sodheko ta , nun ko 90 rs /kg areh . ma jana lako belama yo dashaa kina lagnu parney!!!arrrghh. ma ta aba suitcase ma rakkheko saab lugaharu nikalera bhaye bhar ko aalu,kauli,banda govi, masu adi etyadi pack garera laney ki bhanera sochdai chu. kam se kam goli le marina bhanera nakhai nakhai ta mardina ki.
aru lai bachauney sur ma afai marchu bhaney darr!:s

dada,worldmap,gautamkwalwanki thito,pretty,birkhedai,poo da,omdai,uptown,miss ani sampurna chautari ko mahanubhau haru lai dhila bhaye pani naya barsa ko subhakamna. milyo bhane nepal bata pani bhet hola milena bhaney pani chautari falosh fulush ruIna ko subhakamna!:D

ruIna
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
Why Americans reverse park?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Morning dharahara
whats wrong living with your parents ?
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Another Song Playing In My Mind
Is this a progressive step?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters