Bhaute
Replies to this thread:

More by Bhaute
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

uptowngal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 SAJHA NEPALI GURU

[Please view other pages to see the rest of the postings. Total posts: 83]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 31939 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 02-08-06 8:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युनिकोडको बिकास पछि साझामा नेपाली भाषाको एउटा लहर नै चल्यो। कथा, कविता,गजल देखि लिएर स्थानीय लवजमा गरिएका सम्बादहरु यसको ज्वलल्त उदाहरण हुन्। यसै शिलशिलामा साझामा नेपाली भाषाको ब्याकरण सम्बन्धि छलफल चलाउने कुरा बेला बेलामा उठिराखेको हो। तर सायद कहाँ बाट सुरु गर्ने, कसरी सुरु गर्ने र कसले सुरु गर्ने द्विविधामै केहि दिनहरु बिते। ब्याकरणको बारेमा कसैले नेतृत्व गरेर पाठ-१, पाठ-२ गर्दै छलफल चलाउदै लैजान सायद असम्भव नै छ होला। पछि कसैले नयाँ धागोमा त्यसरी छलफल चलाउनु भयो भने त्यो हाम्रो लागि अत्यन्त खुशिको कुरा हुनेछ। नेपे जीले भने जस्तै नेपालमा (जस्तै केदार शर्मा जी) वा अन्य कतै नेपाली भाषा सम्बन्धि कुनै योजनामा आवद्ध महानुभावले यस सम्बन्धि केहि सोचिदिनुहोला भन्ने आशा गरौँ। तर तत्कालको लागि हाम्रो झिना-मसिना समस्या र कौतुहलतालाई एउटै धागोमा समेटेर छलफल गर्दै जाउँ भन्ने हेतुले यो धागो सुरु गरेको छु।

स्रोत र साधनको अभावमा धेरै उच्चस्तरीय छलफल असम्भवप्राय: नै छ। सायद त्यो हाम्रो अहिलेको आवस्यकता पनि होइन। सामान्य शब्दार्थ, वर्णविन्यास, शुद्धा-शुद्धि, ह्रस्व-दीर्घ , वाक्य बनोट जस्ता कुराहरुमा कसैलाई पनि जिज्ञासा भएमा यहाँ राख्नुहोला। मलाई विश्वास छ, साझामा लेख्ने तथा नलेख्ने शेरै भाषा विज्ञहरु हुनुहुन्छ। विज्ञ नै नभए पनि आफ्नो धारणा राख्न कसैले पनि हिच्किचाउनुहुनेछैन। यसै क्रममा एक-अर्काको त्रुटि औँल्याउन पनि नहिच्किचाउनुहुन मेरो अनुरोध छ।

देशप्रेम भाषाबाट सुरुहुन्छ। भाषा हाम्रो, भेष हाम्रो: त्यसैले त देश हाम्रो आउनुहोस पहिले आफ्नै भाषा सिकौँ।

यो धागो आफैमा नेपाली गुरु हो र हामी सबै यसका चेलाहरु। त्यसैले यसको नाम "साझा नेपाली गुरु" भयो। :-)

:-)
-भउते
 
Posted on 02-09-06 9:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लालेको कुरो मार्मिक छ ।

Keep rolling...
 
Posted on 02-09-06 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्वाट मोर जी,

सान्दर्भिक बहस । नेपाली भाषाको निर्धारित (standard) र वैकल्पिक (alternative) स्वरुपबारे म व्यावहारिकतावादीको सोचाई अन्यथा के हुनसक्छ- निर्धारित स्वरुप जरुरी र वैकल्पिक/विविध स्वरुप चाहिं स्विकार्य हुनुपर्छ, तिनको यथास्थान यथोचित प्रयोग हुने गरेर । यथास्थान, यथोचित भन्नाले प्राविधिक क्षेत्रमा 'निर्धारित' रुपको प्रयोग र प्रविधि-ईतर क्षेत्रमा विविधतालाई स्विकार गर्ने भनेको हो ।

निर्धारित भाषाको, खास गरेर नविन प्राविधिक शब्दहरुको आविष्कारको हकमा, हिन्दीको यथासंभव अनुकरण हुनु बढी व्यावहारिक होला भन्ने मलाई लाग्छ, दुवैले संस्कृतलाई श्रोत मानेकाले ।

हिन्दीबाट फरक पहिचान राख्नैको लागि हिन्दीमा प्रयोग हुने भन्दा अलग्गै किन्तु संस्कृतनिसृत नै शब्द आविष्कार गर्ने नखराको पक्षमा म छैन ।

त्यसको साटो, बरु उर्दुभाषीहरुले जस्तै अंग्रेजीकै तत्सम शब्द स्विकार्ने वा हिब्रुभाषीले जस्तो किञ्चित तत्भव बनाएर ग्रहण गर्ने पक्षमा छु ।

Television लाई दूरदर्शन नभनेर टेलिभिजन भन्न सक्नेले Computer लाई परिकलन यन्त्र नभनेर सांख्यिकी रे । नखरै बेसी ।

ल जारी रहोस्, कुराकानी ।

(मेरो ह्रस्व-दीर्घ र पंक्चुएशन चाहि खत्तम छ है)
 
Posted on 02-09-06 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चि, भउते हो अथवा भौते हो ?:) Gautamलाई नेपालीमा लेख्दा गउतम नभएर गौतम हुन्छ त्यसैले सोधेको अन्यथा नजाओस है त।
भउतेजी नामको पछि जी लागाउदा शायद डिका जोडेरनै दिनु पर्छ। ‘गलाबजी’ हुनुपर्ने मेरो विचारमा ।
अनि Bhoonte ji अक्छयर नभएर अक्षर पो हुनुपर्ने होइनर?
समाज मा सबैले एउटै किसिमले बोल्दैनन्। मानिस अनुसार शब्द निर्माण हुदा पनि भाषामा झन जटिलता आउन सक्छ।एउटा नियम को कुरा हो ब्याकरण। नेपाली भाषा कुनै जाती विशेषको मात्र होइन। जो कुनै भाषाका पनि आफ्नै विशेषता रहन्छन्। फरक यत्ति हो कि नेपालमा बोलिने अरु भाषाहरु भन्दा नेपाली भाषा तुलनात्मकरुपले बढि प्रयोग र अध्ययन भएको पाइन्छ। प्रसंगवस यँहा नेपाली ब्याकरणको कुरा चलेको हो।मेरो विचारमा नेपालका सबै भाषा नेपाली सम्पदा हुन ।
जहासम्म 'खाएर ल्याउँछ ' भन्ने जस्ता वाक्यको कुरो छ, यिनीहरु भाषिकाको रुपमा विकास भएका देखिन्छन, खास गरी नेपाली भाषा बोलिचालीको दोस्रो भाषा हुनेहरुका माझ।
 
Posted on 02-09-06 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्वाट-मोर जी
धेरै मार्मिक कुरा उठाउनु भो। तपाईँका धेरै कुरा सँग म सहमत छु। तर पनि केहि आफूलाई लागेका कुरा राख्न मन लाग्यो।

कुरा सुरु गरौँ तपाईँले भन्नुभएको "उच्च साँस्कृतिक" व्याकरण बाट। ब्राम्हण परिवारमा अझ भनौँ भने खस परिवारमा जन्मे हुर्के पनि मेरो नेपाली भाषाले तपाईँले भन्नुभएको "उच्च साँस्कृतिक" व्याकरणलाई कहिल्यै समाउन सकेन। भाषाको समस्या कुनै जात (समुदाय भन्न खोजेको हुँ, अन्य अर्थ नलागोस) वा सँस्कृति सँग मात्र सम्बन्धित होइन। नेपालको गाउँ नै पिच्छे आ-आफ्नै बोल्ने शैलि छ। तपाईँले भन्नु भएको "उच्च साँस्कृतिक" व्याकरण सायद कुनै पनि समुदायले सामन्य बोलचालको भाषामा प्रयोग गरिएको भाषा होइन जस्तो मान्छु। हामी स्याङ्जालीले "तिमीले भात खाइचौ ?' भन्नु, मनाङ गोर्खाका गुरुङ दिदीहरुले "ताईँले भात खायो भाइ?" भन्नु, काठमान्डुका बासिन्दाले " तिमीले भात खाएर ल्यायो ?" अथवा तराइको एकजना दाजुले "हजुरले भात खाइ लियो?" भन्नु उत्तिकै शुद्ध र सही भाषा हो। यी बिभिन्न शैलिहरुलाई भाषाको अशुद्धताको रुपमा होइन कि भाषाको गहनाको रुपमा लिएको छु मैले त। नाक छेँडेर च्यापु सम्म छोप्ने बुलाँकि लाउनु, हलचल गर्न नमिल्ने गरी घाँटीका मुँगाको माला लगाउनु, हिँड्न उछार नमिल्ने गरि काँधमा साडीको सप्को राख्नु, अनि निहुरिनै नमिल्ने गरि कम्मरमा पटुकी बाँध्नु सामान्य जीवनको लागि पक्कै पनि सहज कुरा होइनन्। तर यी सबैले हाम्रो आ-आफ्नै अमूल्य संस्कृति र मौलिकता बोकेका छन् नि हैन र?

यसै क्रममा मैले एउटा घटना सम्झेँ है। कुरो मेरो गाउँ नजिकैको एक हेल्थपोष्टको हो। एकजना स्थानीय गुरुङ दिदीले हेल्थपोष्टका हाकिम सा'प (एच ए) लाई "ताईँले भात खायो भाइ?" भनेर बडो मीठो पाराले सोध्नु भो। ती हाकिम भनाउँदा भर्खर सरुवा भएर त्यहाँ आएका थिए। उनले त्यो बेला सम्म सायद अरु समुदाय सँग त्यति हेलमेल हुने मौका पाएका थिएनन् क्यारे। गुरुङ दिदीको त्यो बोलिले उनले आफ्नो अपमान ठानेछन्। उनि त ती दिदी सँग मज्जाले बाझे। उनले दिदीको भाषाको लयलाई पक्रिन सकेनन्, मात्र शब्दलाई च्याप्प समाते र आफ्नो अहम सँग थुपुक्क दाँजे। त्यसैले सबै बोलिचालिका भाषा शुद्ध हुँदा-हुँदै पनि सबैलाई समेट्ने एउटा आधिकारिक र बैज्ञानिक भाषा हुनु नराम्रो कुरो होइन। यसो भएमा माथिको गुरुङ दिदी र बाहुन भाइ बीचको असमझदारी हट्थ्यो कि?

अब कुरो उठ्छ, कुन चैँ भाषालाई आधिकारिक रुप दिने भन्ने। हुन त नेपाली भाषाको बिकासक्रमका बारेमा मेरो जानकारी शून्यप्राय: नै हो। तर पनि मेरो आफ्नो सोँचाइले भ्याए सम्म नेपाली भाषाले एउटा मध्य मार्ग समाएको छ जस्तो लागेको छ। आधिकारिक मानिएको नेपाली भाषामा न त सम्भ्रान्त वर्ग मानिएकाले प्रयोग गर्ने गरेको " खाइसियो वा खाइ बक्सियोस " छ न त भाषागत हिसाबले पहाडिया वर्गले निकै छि: छि: र दुर दुर गर्ने तराइ शैलिको भाषा " खाइ लिएको छु " हालिएको छ। यसको अर्थ मेरो गोरुको बाह्रै टक्का गर्न खोजेको भने पक्कै हैन है। केहि कमि-कमजोरी छन भने बैज्ञानिक तरिकाले सुधार्ने भन्ने कुरामा म एकदमै सहमत छु। तर केवल सरलतालाई मात्र हेरेर भाषाको मौलिक शैलि र भावलाई नै मेटाउने किसिमले परिवर्तन गर्दा कतै "सबै अँग राम्रो र सही नाप भएको बेहुली वा बेहुलो खोज्दा उँट भेटिए जस्तो" हुने त हैन ?

उदाहरणको लागि सबै लिङ्ग र वचनलाई एउटै कृयापदले जनाउने तपाईँले नै भने जस्तो नेवारी (वा सायद अन्य केहि समुदायको पनि) शैलि, अनि सबै ब्यक्तिलाई एउटै सर्वनामको प्रयोग गर्ने गुरङ समुदाय लगाएत अन्य केही समुदायको शैलि (जस्तै ताईँले खायो र मुइले खायो) , अनि "गरेको छु , र खाएको छु" जस्तो लामो शब्दलाई छाडेर हामी स्याङ्जाली खसले प्रयोग गर्ने गरेको अति छुट्क्याइलो शैलि "गरिचु र खाइचु", यी सबैको समिस्रण हुने हो भने भाषा अत्यन्त छुट्क्याइलो त हुन्छ नै। तर कतै माथि भने जस्तै उँट त बन्ने होइन ?

त्यसैले म के भन्छु भने सबै समुदायमा बोलिने नेपाली भाषा शुद्ध छन्। तर सबैलाई समेटेर एउटा बैज्ञानिक भाषाको प्रयोग हुनु राम्रो कुराहो। एक समुदायको शैलिलाई अर्को समुदायले छि:छि: र दुर दुर गर्नु अज्ञानता हो। त्यसैले राष्ट्रिय भाषा भनेको केहि सरल, केहि बैज्ञानिक र केहिरुपमा सबै सँस्कृतिलाई समेट्न सक्ने खालको हुनुपर्छ भन्ने मेरो मान्यता हो। यति हुँदाहुदै पनि आ-आफ्नो समुदायमा बोल्ने नेपाली भाषाले बुलाँकी र घलेकले पाए जस्तै साँस्कृतिक सम्मान चैँ पाउनु पर्छ। ( अलिक आइडियल भयो कि ? :-) )। यहाँ नाम लिइएका केहि समुदायहरु केवल उदाहरणको लागि मात्र लिइएका हुन्। कृपया अन्यथा नलिनुहोला है, मेरो बिन्ति छ।

अनि सिरेदाइ, त्यो श र स लाई एउटै बनाउनु भन्दा त्यसको फरक के हो भनेर राम्रो सँग सिकाउन पाए यसो विदेश तिर आउँदा "Have your seat" को "Have your SH!T" हुँदैन थ्यो कि ?

मेरो लेखाइमा "अल्प बुद्धि भयंकरी" भएको छ भने क्षमाप्रार्थी छु है।

:-)
-भउते
 
Posted on 02-09-06 9:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजीको अलि पुरानो जिज्ञासा ।

उत्साहवर्धक
अध्ययन
उज्ज्वल (उद् + ज्वल = उज्ज्वल)
भउते जी (हिन्दीमा यस्तो भेटें, तर नेपालीमा जथाभावी छ)
 
Posted on 02-09-06 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-09-06 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपेजी धन्यवाद।

अनि मास्टर्नी नानी, भउते र गउतमलाई अंग्रेजीमा लेख्दा के हुन्छ नि ? :-)
 
Posted on 02-09-06 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी,
तपाईंका कुराहरुसँग म पनि धेरै सहमत छु । तर तपाईंले देखाउनुभा'को उदारता आधिकारिका रुपमै नआउन्जेल वा नेपालीको प्रयोगमा अलि लचकता नआएसम्म चाहिं अझै पनि धेरै गर्ने ठाउँ छ जस्तो लाग्छ है ।

एउटा उदाहरण दिन्छु है त । तपाईं भन्नुहुन्छ - "हामी स्याङ्जालीले "तिमीले भात खाइचौ ?' भन्नु, मनाङ गोर्खाका गुरुङ दिदीहरुले "ताईँले भात खायो भाइ?" भन्नु, काठमान्डुका बासिन्दाले " तिमीले भात खाएर ल्यायो ?" अथवा तराइको एकजना दाजुले "हजुरले भात खाइ लियो?" भन्नु उत्तिकै शुद्ध र सही भाषा हो। यी बिभिन्न शैलिहरुलाई भाषाको अशुद्धताको रुपमा होइन कि भाषाको गहनाको रुपमा लिएको छु मैले त।"

तर मैले "तिमीले भात खायौ ?" भन्न नसिकेको भए एस् एल् सि पास हुन्थें होला त ?

भाषिक माधुर्य र मिठासलाई नै निर्मुल गर्ने मेरो लक्ष पक्कै होओइन । अनि सरलता नै अन्तिम मापक र मापदण्ड हुनुपर्छ पनि भनेको हैन । त्यो त यसो गर्दा कसो होला भनेको । बैज्ञानिक हिसाबले अगाडि बढ्ने कुरामा सहमति भए पुग्छ अहिलेको लागि । तर राष्ट्रिय भाषामा धेरै भन्दा धेरैको सहभागिता चैं होस्, धेरै भन्दा धेरैलाई समाहित (shree5लाई साधुवाद यो शब्दको लागि) गर्न सकियोस् मात्रै होईन, गरियोस् नै भन्ने चाहिं मेरो रहर अवश्य हो ।
 
Posted on 02-10-06 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा भउतेजी (अन्यथा गैहाल्यो नि कुरो) रमाइलो कुरा भन्नु भयो ।भउते को अंग्रेजीमा मलाई भन्दा यँहालाई नै जानकारी होला ( भौते र भउतेमा द्दिविधा भयो के, के लेखू भनेर) । अंग्रेजी त उहिनै होला नि त दुबैको। गउतम को सवालमा जुनबेला लेख्न शूरु गरे मेरो नामको अन्तिममा गौतम झुन्डिएको छ। गउतम पहिलो पटक सुन्दैछु । हरेक शब्दको कुनै न कुनै अर्थ हुन्छ,क्षमाप्रार्थी छु गउतम को अर्थ मलाई थाह नै भएन। बरु अरु कसैलाई थाह भए जानकारी पाऊ ल!
:):):)
 
Posted on 02-10-06 1:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कुरालाई नेपे दाईले एक दम राम्रो सँग "आर्टिकुलेट" (लिपीबद्ध -?) गरिदिनु भयो,
प्राविधिक क्षेत्रमा 'निर्धारित' रुपको प्रयोग र प्रविधि-ईतर क्षेत्रमा विविधतालाई स्विकार गर्ने भनेको हो

यद्यपि मैले "प्राविधिक" शब्दलाई चाँहि speciality भने अझ राम्रो हुन्छ भन्ने थप्ने विचार गरेको, फेरि नेपालीमा भन्न आएन (विशिष्ट - ?)।

अनि what more जी को
फेरी ईन्टरनेट र कम्प्युटरको युगमा स्ट्यान्डर्ड-आइज गर्नु पनि त आवश्यक हुन्छ ।
भन्ने आग्रह झनै महत्वपूर्ण छ - यदि भाषा भनेको सँचार / अभिव्यक्तिको माध्यम हो भने - ढर्रा (शास्त्रीय - classical भन्न खोजेको है) शुद्धता र व्याकरणमा मात्र रोकिएर भएन जसले बोलिने र लेखिने को बीचमा अनाहकमा फाटो पारिरहेको छ । बरु लोक-लहर अनुसार नै तर सन्तुलित रुपमा ब्यवहारिक तथा सरल हुने गरी सामञ्ज्यस्ता ल्याईए त काईदा हुने थियो भन्ने ईच्छा राखेको । मदन पुरस्कार गुठीले विकास गरेको यूनिकोड र साझाकै Echoes जी ले विकास गरेको "कन्भर्टर" ले नै कत्रो impact पारेको छ यही साझामा - त्यही नै अनुपम उदाहरण होईन र ? मपु ले युनिकोड को बिकास नगरेको भए कमसेमक मैले चाँहि नेपालीमा टाईप गर्ने कल्पनै नै गर्ने थिईन ।

त्यसो भएर नै मैले अँग्रेजी को कुरा उप्काएको नेपे दाजीले भने जस्तै र मेट्रिक सिस्टम को कुरा गरेको what more जी ले भने झैँ ।

what more जीको अर्को आग्रह SLC पास हुने कुरा पनि कम्ति महत्वपूर्ण छैन । यो कुरा पनि नेपे दाईले भनेको जस्तै बिविधता कै पक्ष हो । साथीहरुले भन्नु भए झैँ नेपाली भाषा कुनै जात-विशेष को पेवा त हुँदै होईन तर त्यो कुरो लाई सँस्थागत र पक्का गर्ने हो भने दुई वटा बाटा हुन सक्छन् । एउटा melting pot नमुना - जस अनुसार नेपाली भाषा नै यति व्यापक वा आवश्यक वा आकर्षक वा लोभलाग्दो हुनु प-यो कि सबैले शास्त्रीय नेपाली भाषा जे जस्तो छ त्यही शास्त्रीय रुपमै प्रयोग गर्न लालयित हुनु प-यो । अमेरिकी जिवन-पद्धति वा अँग्रेजी भाषा जस्तो । दोस्रो बाटो भनेको salad bowl नमूना वा नेपाली सन्दर्भमै भन्दा "फूलको माला" जस्तो । अहिलेको हिसाबले पहिलो बाटो भनेको सिधै असम्भव भनि दिए अन्यथा नहोला । दोस्रो बाटोमा जानलाई सबैको कुरा सुन्न पनि प-यो, अरुको पनि लिन प-यो र आफ्नो पनि दिन प-यो - तर अराजक रुपमा भनेको होईन, सन्तुलित रुपमा ।
"प्राविधिक क्षेत्रमा 'निर्धारित' रुपको प्रयोग र प्रविधि-ईतर क्षेत्रमा विविधतालाई स्विकार गर्ने'
भने झैँ।
नेपालको ground reality के हो भने नेपाली भाषा नै मातृभाषा नहुने समुदायमा अझै पनि यो भाषा 'सिक्नै पर्ने भएर सिकेको बिदेशी भाषा' को रुपमा हेरिने दिन टाढा छैन । यसरी त भाषा सिक्नेलाई पनि त नमज्जा हुने नै भयो ।

मैले क्यानाडाका स्कूलहरुमा देखेको प्रथा पनि धेरै रमाईलो लाग्दछ । यहाँ पनि अँग्रेजी र फ्रेन्च सिक्नै पर्छ शुरु देखि नै, त्यस बाहेक अरु भाषा हरुमा पनि कम्तिमा एउटा चाँहि "सामाजिक शिक्षा" कै पढाईको रुपमा पढ्नै पर्छ - अलिक माथिल्लो कक्षा बाट - जस्तो ४, ५ कक्षाबाट । उनीहरुले छानेर स्पानिश, ईटालियन मात्रै होईन, चीनिया, पन्जाबी, अरबी आदि आदि आ-आफ्नो भाषा पनि सिक्न सक्दछन् र त्यही भाषामा "क्रेडिट" गर्न पाउँछन् - पास / फेल हुन पाउँछन् । नेपालमा पनि सुधारिएको नेपाली र अँग्रेजी लाई अलिक बढी जोड दिएर बाँकी सँस्कृत, हिन्दी, नेवारी, गुरुङ्, मगर, तीब्बती, चीनिया आदि भाषाहरु ऐच्छिक बनाए त कस्तो रमाईलो हुँदो हो भन्ने मेरो नितान्त ब्यक्तिगत ईच्छा नि ।

बाँकी फेरि गफ गरौँला ।

बरु डर पनि लाग्न लाग्यो, यो धागो "व्याकरण" को बारेमा शुरु गर्नु भएको भउतेले, मेरो कुरा भने धेरै असान्दर्भिक पो हुन लाग्यो, क्षमाप्रार्थी छु है ।

अनि साझामै बेला बेलामा आईलाग्ने सान दाईले लेख्नु भएको एतातिर हेर्नुस कत्तिको शुद्ध छ नि, यता हुनु पर्ने होईन र गुरुहरु ;)

Keep rolling...
 
Posted on 02-10-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दा भने जस्तो हुन्छ तर धेरै पढ्या बिद्वानहुरले नै नेपाली भाषागत अशुद्दीलाई उल्टै आफ्नो स्तर मान्ने गरेको देख्दा मुखाँ हान्दिम् जस्तो हुन्छ.

>नेपालमा पनि सुधारिएको नेपाली र अँग्रेजी लाई अलिक बढी जोड दिएर बाँकी सँस्कृत, हिन्दी, नेवारी, गुरुङ्, मगर, तीब्बती, चीनिया आदि भाषाहरु ऐच्छिक बनाए त कस्तो रमाईलो हुँदो हो भन्ने मेरो नितान्त ब्यक्तिगत ईच्छा नि ।


एकदम मुनासिब कुरो हो.
 
Posted on 02-10-06 4:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म यहाँ दादा गिरी को साथमा । हामि धेरै जात जाति बस्ने देस मा सबैले आफ्नो जाति र धर्म को बारे मा पढन पाउनु पर्छ साथमा नेपालि भाषा मा एकरुपता हुनुपर्छ । तिब्बति लाइ सँस्कृत, चाइनिज लाइ हिन्दी, मधेस मा बस्ने लाइ नेवारी, थारु लाइ गुरुङ्, पढाएर भन्दा त्यनि हरु कै भाषा पढन दिनु पर्छ । जसले गर्दा भाषा हराउने डर कम हुन्छ ।

फेरि नेपालि मा एक रुपता किन हुनु पर्छ , what more ले भने जस्तै तर मैले "तिमीले भात खायौ ?" भन्न नसिकेको भए एस् एल् सि पास हुन्थें होला त ? . मलाइ यहाँ एउटा उदारहण दिन मन लाग्यो जस्तो पर्वत मा आटि मा आटा छन र झापा मा बार्तलि मा पिठो छ मा धेरै फरक छ र सायद पर्बत को मान्छे ले झापालि भाषा नबुज्न पनि सक्छ यसैले गर्दा पनि नेपालि मा एकरुपता चाहिन्छ ।
 
Posted on 02-10-06 5:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sajhabusaima,

बार्तलीमा पीठो छ भनेको पर्वत का मान्छे सबैले बुझ्छन भो ;) मैले बुझेँ केरे । तेतैका जो हुनुहुन्च तपै कि र हो?

Keep rolling...
 
Posted on 02-10-06 7:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिश्री कुमारी नानीले भनेझैं अक्षरहोतर लेख्न नाआएकोले अक्श्यर लेख्ने ध्रीष्टता गरेको मात्र हो। यहां पनि तपाईले लेखेको नै प्रतिलेपन गरेर उतारेको मात्र हो तर प्रयाश जारी छ। कुरो के भने हिजो मात्र यस नेपाली Unicode ( एकरुपता लेखन प्रणालि) बिधुतीय सोधभर्ना ( download) गरेकोले धेरै कुरा त अध्ययन गर्न बाँकि नै छ।

अब जाँदाजाँदै एऊटा प्रश्न गर्छु।

धेरै पटक अक्श्यर व लाई उ ले स्थानान्तरण गरेको पाएको छु। जस्तै चुनाव नभनेर चुनाउ र एवंप्रकारले तनाव नभनेर तनाव।के यो सही हो? यस विषयमा राय जान्न पाए आभारी हुने थिएं।

उही राष्ट्र सेवक,

भुण्टे
 
Posted on 02-10-06 7:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तनाव नभनेर तनाउ हुनुपर्नेमा अन्यथा हुनगएकोले सच्याईएको छ ।
 
Posted on 02-10-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क‍ +् +ष‍ = क्ष
 
Posted on 02-10-06 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क‍ +् +ष‍ + ् ‌ य = क्ष हैन र ?
 
Posted on 02-10-06 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shree5 ब्रो धन्यबाद कमेन्ट को लागि तर मेरो मतलब यो थिएन कि सबै ले बुझ्दैनन् भन्ने यदि हो कि पुर्ब मा बोल्ने भाषा र पश्चिम मा बुझ्दैनन् जसले गर्दा हामि बिच मा एउटा एकरुपता को खाँचो छ किनकि यो नै हमि बिचमा एकता ल्याउने माध्याम हो।

मलाइ यहा एउटा कुरा लेख्न मन लाग्यो । हामि स्कुल मा पढदा चौधरि (थारु) साथि हरु थिए र बिचरा हरु लाइ नेपालि बोल्न आउदैन थियो राम्रो सँग र शिक्षक लाइ " सर तिमि ले देएको होमवर्क गर्न जान्नु भएन तिमि ले गर्देन " भन्थे शिक्षक हरु खुब रिसाउथे र बिचरा हरु सँग कुनै अरु उपाए पनि थिएन शिक्षक लाइ सम्झाउने ।
 
Posted on 02-11-06 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौतेजीले सान्दर्भिक धागो शुरू गर्नु भएको रहेछ, केही प्रतिक्रियाहरू दिइहालौं। सर्वप्रथम त नेपाली भाषा भौगोलिक विभाजन अनुसार फरक फरक तरीकाबाट बोलिने भएपनि एउटा औपचारिक मापदण्डको आवश्यकता अपरिहार्य छ। यो बिना भाषा गोठालो बिनाको भेंडाको हुल झैं यताउता भौंतारिन सक्छ। तर भाषालाई एकैतिर मात्र मोड्ने प्रयास गर्दा निरस र अनाकर्षक देखिन पुग्दछ। त्यसकारण, लेखन तथा औपचारिक कामका निम्ति 'स्टा्यान्डर्ड' नेपाली भाषा प्रयोग गर्ने र अरू प्रयोजनका लागि स्थानीय लवजलाइ समयोचित रूपमा प्रोत्साहित गरिनु पर्छ।

अनि सिरेले केही प्रयोगमा नआएका अक्षरहरूलाइ पूर्णत: अन्त्य गर्ने भनेको कुरा पनि केही हदसम्म ठीक हो तर यसमा अलि संयम अपनाउनु जरूरी छ जस्तो लाग्छ। प्रयोगमा नआएका सम्पूर्ण अक्षरहरू फाल्नु भन्दा केही प्रयोगमा नआएका अक्षरहरूलाइ प्रयोगमा ल्याउने कोशिश गर्दा बढी फाइदा हुन सक्छ। भौतेले भने झैं ‘s’ र ‘sh’ को फरक नेपालीमा असान्दर्भिक देखिएपनि अंग्रेजी र अरू भाषामा नभैनहुने अक्षरहरू हुन्, जुन बिना शव्दको अर्थमा आकाश पातालको भिन्नता देखिन आउँछ। अंग्रेजी, हिन्दी र उर्दू भाषीहरूसँग संगत गर्दा मैले नेपालीमा लेख्नमा प्रयोग हुने तर बोल्नमा नहुने केही अक्षरहरू फेला पारेको छु। जस्तै:
‘v’ --- वी
‘b’--- बी
‘bhi--- भी

‘s’--- स
‘sh’--- श

‘j’--- ज
‘g’--- ज
‘z’--- ?

‘ph’--- फ
‘f’--- ?

माथि ‘v’ सही ढंगले उच्चारण गर्न नसक्दा अंग्रेजी, उर्दू जस्ता भाषा स्पष्टसँग बोल्न सकिंदैन अनि बुझाउन अत्यन्त कठीन हुन्छ। यस्तो समस्या विदेशमा बसेका नेपालीहरूका लागि पक्कै पनि नौलो नहोला। ‘z’ लाइ पनि ‘ज’ नै भनी उच्चारण गर्नाले पनि समस्या उत्पन्न गर्छ। ‘giant’ र ‘zebra’ का शुरूका ‘ज’ अवश्य पनि फरक तरीकाले उच्चारण गरिन्छ। नेपाली भाषामा नभएको यौटा अर्को अक्षर ‘f’ हो जुन हामी ‘ph’ जस्तै ‘फ’ उच्चारण गर्छौं। यसरी नेपाली भाषामा कहीं आवश्यक अक्षर छैनन् भने कतै अक्षर भएर पनि आवश्यक रूपमा बोलिचालीमा प्रयोग हुन सकेको छैन। यस्ता अक्षरहरूको महत्त्व बुझेर सही स्थानमा समुचित प्रयोग गर्न सकेमा हाम्रो भाषाको रौनक केही मात्रामा भए पनि बढ्ने थियो कि?
 
Posted on 02-11-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा ब्याकरणीय जोक,

एक पटकको कुरा हो। ब र व को बवाल झगडा परेछ।
व ले भनेछ, "नेपाली भाषामा अव तँ विस्तारै विस्थापित हुँदैछस्। तेरो चाँडै अन्त्य हुँदैछ।"

ब पनि के कम? उसको पालो नेपाली भाषामा 'ब' को सट्टा 'व' मात्र राखेर पढ्ने हो भने के हुन्छ भन्नको लागि यस्तो वाक्य बनाएर सुनाएछ।
"काठमाडौं वाङ्गेमुढा वस्ने वलवहादुर वस्नेतले वनारस विश्वहिन्दु विश्वविध्यालयवाट विध्यावारिधि गरेको छ। उसको विध्योताको कदर नगर्ने हो भने त्यो प्रमाणपत्रलाई वाग्मतीमा लगेर वगाईदिए हुन्छ।"
 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters