[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 462805 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-25-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ki ali jhur story lekhnu paryo Deep, teso bhaye 'Deep ko katha third class ko hunchha' bhanera paddai napadi basiinthyo, ra arko episode kahila aaula bhanera kurnu pani pardainathyo. Ramro pani lekhne and eti dherai ber samma jhulai dii rakhne hamilai? arko episode lamo samaya samma kurnu parda turture hunchha hamilai bhanne kura khai bujheko Deep le? 
 
Posted on 11-25-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ki ali jhur story lekhnu paryo Deep, teso bhaye 'Deep ko katha third class ko hunchha' bhanera paddai napadi basiinthyo, ra arko episode kahila aaula bhanera kurnu pani pardainathyo. Ramro pani lekhne and eti dherai ber samma jhulai dii rakhne hamilai? arko episode lamo samaya samma kurnu parda turture hunchha hamilai bhanne kura khai bujheko Deep le? 
 
Posted on 11-25-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुरलाई निशिन्ताले समातीसकेकी थिई। अर्कि चै सिरक तरुनी मुस्कान बाण अधरका धनुषमा पुरै खिंचेर उभिएकी थिई, मेरो नजिकै त्यो पनि मलाई नै ताकेर। ....


 
Posted on 11-25-08 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुरलाई निशिन्ताले समातीसकेकी थिई। अर्कि चै सिरक तरुनी मुस्कान बाण अधरका धनुषमा पुरै खिंचेर उभिएकी थिई, मेरो नजिकै त्यो पनि मलाई नै ताकेर। ....

त्यै बेलाँ बाउ चै छिरे कोठामा। अघि सम्म ज्ञानी भएर बसेका ठिटाहरु सोफाँ चढेर के आँट्या हुन बुझेनछन क्यारे, त्यसमाथि छोरीहरुलाई समेत ठीटाहरुले आफ्नै घराँ दर्शक बनाईसकेछन भनेर झस्के पनि कि कुन्नी -- उनको अनुहार थानकोटाँ घर भाको केटोले पैसा चोरेर सुन्दरीजलाँ पिउनिक पार्टी दींदाहुँदी बाउ सँग त्यहीँ पिकनिकाँ भेट हुँदाको जस्तो थ्यो।

सोफामाथि बाटै बाङ्गेले पैले छ्यास्स निशिन्ता तिर अनि उस्ले समातेको कुकुर, त्यस पछि बाउ चैं तिर हेर्दै आफ्नो बयान दियो "त्यो कुकुरले झण्डै पिंडौलामा चारवटा इन्जेक्सन देको --माथ्ला दाँतका दुईटा-- तल्ला दाँतका दुईटा"

ठिटीहरु हाँसे। बाउ चैंले पनि कुरा बुझेछन क्यारे, हाँसे। हामी सोफाबाट ओर्लिम। बाउ चै ले प्रस्ताब राखे "अब यहीँ खाना खाएर जाने आज" त्यहाँ बाङ्गेको निउँमा पुग्या मान्छे। आमन्त्रित मुख्य ब्यक्ति बाङ्गे थ्यो। उस्को तर्फबाट मैले बोलिहाल्न भएन। तुरुन्तै "हैन, अब घर जानु पर्छ" भन्ला भनेको , बाङ्गे चुपचाप। निशिन्ताले पस्केर देली भनेर चुप लाग्या होला, "हुन्छ" भन्न बेर छैन भन्ने सोचेर मैले शिस्टाचारपूर्बक प्रस्ताब अस्विकार गरें। बाउले अरु बल गरे। बाङ्गेले अझै प्रतिकार गरेन। मौका पायो कि निशिन्ता तिरै हेर्दै थ्यो। मैले नै नाई भनें। निशिन्ता अर्कि ठिटी कोठाबाट निस्के कुकुर लिएर। अनि बल्ल मेरो कुरामा सहमत हुँदै बाङ्गेले पनि जाने कुरा उठायो।

बाउ चैं भातको राग अझै गाउँदै थिए "फेरी अर्को दिन आउँला नी खाने गरेर" बाङ्गेले खानेमा भन्दा आउनेमा बल दिएर भन्यो। हामी सोफाबाट उठीसकेका थिएम। बाउ अघि कोठामा छिरे देखि बसेकै थिएनन, हामी उठेर ढोका तिर लागे पछि उनी पनि पछि लागे।

त्यस पछि त्यो बिदाईको दृष्यमा आमा चैंको होला नी अब प्रबेश भो। उनले फेरी भात राग गाईन। बाउ चै तानपुरामा जसरी साथ दिँदै थिए। आमा चैँ सँग तरुनीहरु पनि थिए। ती तरुनीहरुले चै केही बोलेका थिएनन तर तबलामा साथ दिँदै थिए। त्यै तबला पनि हाम्रै मुटुमा बजाएर। मैले नै धेरै बोल्नु पर्यो। दशैमा च्याँग्रा घिच्याएको जस्तो गार्हो भो मलाई त्यहाँबाट बाङ्गेलाई ल्याउन।

बाटाँ उस्ले भन्यो "तैलें बोरै गरीस, बुझीस"

 

मैले सोधें "किन?"

 

"घराँ गएर नी त्यै भात खाने हो, यहाँ खा भे पनि त्यै भात। घरको भात सधैं खाकै हो नी, तरुनीको घराँ भात खाने निम्तो त्यो पनि बाउ चैं को, आमाले पनि सही थपेकै थिईन त्यस्तो मौकाँ पनि जाडाँ न्वा भन्या जस्तो गरेर नाईँ नाईँ भन्ने हो ?" बाङ्गेले असन्तुष्टी पोख्यो।

 

"तँलाई पैलो चोटी पुगेकै दिन भात गोदीहाल्नु पर्यो ?" मैले भनें।

 

"फेरी मौका पर्छ पर्दैन अनि?" उस्ले भन्यो।

 

"ससुराली भन्या हैन यो घरलाई?" मैले उस्लाई सोधें।

 

"भन्या हो नी, भनेर के हुन्छ? बे गर्नी माधुरीलाई नी भन्या हो नी, भो ?" उस्ले पनि सोध्यो।

 

"को माधुरी?" मैले सोधें।

 

"को अब? दीक्षित नी" उस्ले सुनायो।

 

"ह्या त्यो हावा कुरो नगर --- अब ससुराली नै बनाउने भए पछि, आजै भात खाने के हतार? फेरी आउने बाटो भो नी। अर्को चोटी बेलाँ चै बजाईदिने भोजन, बुझिनस?" मैले भनें।

 

", बाङ्गे, त्यो निशिन्ता सँगैकि मेरी तरुनी को हँ?" मैले आफुलाई मनमा लाग्या कुरा सोधें।

 

"के मेरी मेरी भनीरा? कस्की कस्की अब -- " बाङ्गे झर्क्या जस्तो गर्छ बा!

 

"के निशिन्ता चैं मेरी ?" मैले फेरी सोधें।

 

"आउलास अर्को चोटी देखि मेरा ससुराली तिर" उस्ले भन्यो।

 

हामी दुईटै हाँसीम।

 

"आज राशीफल हेर्या भए "भोजन" लेख्या थ्यो होला है? जता गयो उतै भोजनको निम्तो आयो।" बाङ्गेले भन्यो।

 

कुरा गर्दा गर्दै टोलाँ पुगीहालियो। बालुवाटारबाट हाडीगाउ कुन त्यस्तो टाढा हो ? रात परीसक्या थ्यो। ट्वाक अरुहरुलाई भेटने तिर कुरो पुगेन। बाङ्गे मेरो घर तिर लाग्यो, घरैमा छोडदिन्छु रे भनेर।

 

"रात परी सक्यो, तेरो बाउ आईसके होलान घराँ। मोटरसाईकल लिएर हिन्या भनेर किचकिच गर्दैनन?" भन्या, "बानी परी सके" भन्यो।

 

मलाई ढोकैमा छोडेर बाङ्गे गयो भोली आउँछु भनेर।

 

त्यस पछि चार पाँच दिन सम्म बाङ्गे सँग भेट भएन। कहाँ आयो। नै उस्काँ जाँदा भेट भयो।

 

बिहानै जाँदा नी "बाहीर" भने राती जाँदा नी "आईपुग्या छैन" भने। दिउँसो झन के भेटिन्थ्यो। ट्वाक, सुपारी, छ्याक सबै "खोई बाङ्गे?" मात्रै भन्ने। भेट्या देख्या कसैले हैन।

 

बाङ्गेले केही केही पक्कै गर्दैछ। कसैलाई शंकै थिएन। मलाई समेत माईनसमा पारेर काममा लाग्या भने पछि माम्ला तरुनीको हो भन्नेमा दुई मत थिएन। तर बाङ्गेले मलाई त्यसरी हापेर हिन्या देखेर रीस उठीराथ्यो मलाई।

 

अघि बजे पछि बाङ्गे कहाँ जाँदा पनि घरमा छैन भने। उल्टो "सधैं तैं सँग हुन्थ्यो, अचेल के गर्दै हँ?" भनेर मलाई नै पो सोधे।

 

केही केही आफ्नो तर्फबाट पनि गर्दै गर्नु पर्यो। मैले राती सुत्दा खेरी सोचें।....


 
Posted on 11-25-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दनक त मलाई देकै हो। ctal ले त झन घुमार। हक पनि लाग्छ त्यसो त।
 
Posted on 11-25-08 3:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दनक त मलाई देकै हो। ctal ले त झन घुमार। हक पनि लाग्छ त्यसो त।
 
Posted on 11-25-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै बाङ्गे पछी लागेछी यस्तै हुन्छ, माइनस मा गयो हैन - भात बजाको भए प्लस मा हुन्थ्यो होला - जान्ने भएर प्वाक्क बोल्नु पर्छ नाइ भन्दै - अझ, खुब पिर पर्या होला दिप लाई है -
 
Posted on 11-25-08 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै बाङ्गे पछी लागेछी यस्तै हुन्छ, माइनस मा गयो हैन - भात बजाको भए प्लस मा हुन्थ्यो होला - जान्ने भएर प्वाक्क बोल्नु पर्छ नाइ भन्दै - अझ, खुब पिर पर्या होला दिप लाई है -
 
Posted on 11-25-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

... "फेरी अर्को दिन आउँला नी खाने गरेर" बाङ्गेले खानेमा भन्दा आउनेमा बल दिएर भन्यो। bejod gai rachha ho... Suvekshya (a.k.a. Sirak, uhi ta holi ni) ko kura ajhai teti bhai sakya chhaina, katha ta sakina sakina lageko ho ki bhanne aavash milyo ta. katai Deep le katha lai bit marna lagya ta hoina arko episode ma?
 
Posted on 11-25-08 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

... "फेरी अर्को दिन आउँला नी खाने गरेर" बाङ्गेले खानेमा भन्दा आउनेमा बल दिएर भन्यो। bejod gai rachha ho... Suvekshya (a.k.a. Sirak, uhi ta holi ni) ko kura ajhai teti bhai sakya chhaina, katha ta sakina sakina lageko ho ki bhanne aavash milyo ta. katai Deep le katha lai bit marna lagya ta hoina arko episode ma?
 
Posted on 11-25-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta prashamsha gareko ho pravo, ani pravo le bujhera pani bujh pachayeko pani ho, sojho manchhe sojhai kura. je bhaye pani pravo ko lekhan style ati uttam, tes mathi pani katha haru ko content (allare haru ko teenage ka dinharu) ajhai man parchha malai. ma ta die hard fan hu ni pravo ko, last 3-4 years dekhi euta pani katha nachhutai kana padeko chhu maile ta. bhako kura bhandeko hai.
 
Posted on 11-25-08 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile ta prashamsha gareko ho pravo, ani pravo le bujhera pani bujh pachayeko pani ho, sojho manchhe sojhai kura. je bhaye pani pravo ko lekhan style ati uttam, tes mathi pani katha haru ko content (allare haru ko teenage ka dinharu) ajhai man parchha malai. ma ta die hard fan hu ni pravo ko, last 3-4 years dekhi euta pani katha nachhutai kana padeko chhu maile ta. bhako kura bhandeko hai.
 
Posted on 11-26-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 26-Nov-08 09:23 AM

 
Posted on 11-26-08 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 26-Nov-08 09:23 AM

 
Posted on 11-26-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही केही आफ्नो तर्फबाट पनि गर्दै गर्नु पर्यो। मैले राती सुत्दा खेरी सोचें।----

 

भोलीपल्ट बिहानै ट्वाक कहाँ गएँ। बाङ्गे काँ फेरी जान मन लागेन। कत्ति खोज्न आईरा जस्तो। ट्वाकलाई पठाएँ जा बुझ बाङ्गे कि घरमा भनेर।

 

चैं बाङ्गेको घरको छेउमा उभीरहें। एक छिन पछी ट्वाक आयो। "अन्तर्ध्यान भै सकेछ।" उस्ले सुनायो। "कस्लाई सोधिस?" मैले ट्वाकलाई हेरेर भनें। एक मन लाग्यो, बाङ्गे घरमै छ। बहाना बनाईराछ। किन चै थाह छैन।

 

"अरु सुन्छस?" ट्वाकले तिर हेर्दै हाँसेर भन्यो।

 

"के?" मैले सोधें।

 

"बाङ्गे काँ गा रे भन्न?" ट्वाकको अनुहारमा हाँसो फैलदो थियो।

 

"काँ?" मैले सोधें।

 

"ट्युसन रे" भो अब? ट्वाकको हाँसो पुरै फुस्कियो यस पटक।

 

"त्यै ---त्यै बाँकि अब ---अरु को बाङ्गे जान्छ ट्युशन पढन" मैले भनें।

 

"त्यसको आमाले भन्या त्यै हो --बिहानै त्यै ट्युशनको बारेमा कुरा गर्न गयो रे" ट्वाकले भन्यो।

 

"त्यसमाथि सबै दिन छोडेर अब शनिबारको दिन जान्छ त ट्युशन पढ्न --" मैले भनें।

 

ट्वाक हाँस्यो मात्रै। पत्याउने कुरो भए पो पत्याउनु।

 

 

बाङ्गे ट्युशन स्युसन पढने मान्छे हैन। चिनेकै हो। तर के चैं गर्दैछ, त्यो बुझिएन।

 

हामी सुपारीको घर तिर लागिम। बाटामा मैले हिंजो राती सोचेको कुरा ट्वाकलाई सुनाएँ। अनि सोधें "पत्ता लगाउन सक्छस?"

 

पैले उस्ले जिस्केको ठानेछ क्यारे, हाँस्यो मात्रै तर पछि बुझेछ मैले साँच्चै भनेको हो भनेर अनि "किन नसक्नु?" भन्यो। अनि सोध्यो "मार हान्ने नै हो ? कहिले?"

 

"पैले हतियारको बन्दोबस्त गर्न, अनि हान्नु पर्छ मार।" मैले हाँसेर भनें।

 

"बबाल चैं बबाल हुन्छ होला" उस्ले पनि हाँस्दै भन्यो।

 

"चेतोस " मैले भनें।

 

सुपारीकाँ पुग्या चिया खाएर बसिरा रे छ।

 

"बाङ्गे अझै बेपत्ता ?" सुपारीले हामी सँग बाङ्गे नदेखेर होला सोध्यो।

 

"अब झन शनिबार शनिबार ट्युशन पनि थाल्यो रे -- बेपत्ता हुने नै भो नी।" ट्वाकले भन्यो।

 

सुपारी छक्क पर्यो। "बाङ्गेले ट्युशन पढाउने?" उस्ले सोध्यो।

 

"पढ्ने मान्छे भेटे पढाउँथ्यो पनि होला नी? तर को पढ्ने सँग?" मैले भनें।

 

"सबै मान्छे कुन्नी तर तरुनीहरुले पढ्ने भने देखि चै पढाउँथ्यो बाङ्गेले" सुपारीले भन्यो। 

 

"तरुनीहरुले पढ्ने भने पनि पढाउने भने पनि तयार भै हाल्थ्यो नी" ट्वाकले थप्यो।

 

"के एक्लै च्या सुरुप सुरुप गरेर बसीरा? जा भन हाम्लाई पनि" मैले भने पछि सुपारी भान्छा तिर लाग्यो। चिया खान थाले पछि फेरी उही हो -- ट्वाकलाई सोधें मैले -- "?"

 

उस्ले अलि उदास स्वरमा भन्यो "छन , तर छान्ने छैन"

 

सुपारीले थप्यो, "स्वाद छान्ने नभएकैमा आउँछ---"

 

हामी निस्किम घरबाट सत्तेनारनथान तिर लागिम। त्यो ठाउँ बडा रमाईलो थ्यो, हाम्रो लागि। सक्रान्ती देखि बाहेक त्यता त्यस्तो चहल पहल हुँदैन थ्यो, ढुङ्गेधारा सम्म चै मान्छेहरु आउने जाने गरीरहे पनि मन्दिर सम्मै चै थोरै मात्रै पुग्थे।

 

त्यो मन्दिरको बरीपरी, धोबीखोलाको डिल सबै हाम्रै थिए।

 

मन्दिर भित्र छिर्या मात्रै के थिम, छ्याक र झ्यालिन्चा त्यैं भेट भो। सत्तेनारन अगाडीको कालो गरुड बस्या खम्बा सँगै उभिएर चुरोट तानीरा। छ्याक चै तान्दै थ्यो, झ्यालिन्चा चै छ्याकले तान्दै गर्या चुरोट हेर्दै। "खै झिक हाम्लाई नी" छ्याक तिर हेर्दै मैले भन्या उस्ले "यही एउटा , झ्यालिन्चा मैले पालै पालो तानीरा --" भन्यो।

 

झ्यालिन्चाले यसो यता उती हेरेर सोध्यो "खै बाङ्गे?"

 

"ट्युशन पढ्न गयो रे तेरो बाजे" ट्वाकले भन्यो।

 

"शनिबार?" झ्यालिन्चाले छक्क पर्दै सोध्यो।

 

"अब नपढ्ने ट्युशन जुन दिन पढे नी के भो ?" मैले भनें।

 

झ्यालिन्चा अलमलियो। त्यै अलमलको फाईदा उठाएर छ्याकले दुई सर्को तानेछ, झ्यालिन्चा जंगियो "--छिम्मा --छ्याकपालम्पा भन्या हो हैन? दुई दुई सर्को तान्छस?"

 

दुई चार दिन बाङ्गे नहुँदा हाम्रो त्यस्तो हालत भैसक्या थ्यो। पान्सेपचपन्न पुरै खिल्ली तान्ने हामीहरुलाई, त्यस्तो बिपत आईलागेको थ्यो। बाङ्गे तरुनी सँग गए केही थिएन तर हाम्लाई पनि मार्का पार्नु भएन नी -- त्यसै बिचार गर्या हो र?

 

छ्याकले चुरोट झ्यालिन्चालाई दिए पछि खम्बामा घुँडा टेकेर बस्या गरुड तिर हेर्दै भन्यो "यत्तिका बर्ष सम्म यसरी घुँडा मारेर नमस्ते गर्या गरेई गर्दा नी केही बन्दोबस्त नभए पछी जानु नी उडेर -- "

छ्याकले गरुडलाई त्यो उपदेश निक्कै गम्भिर भएर दिएको थ्यो। "सडकिन लाईस कि क्या हो छ्याक?" ट्वाकले सोध्यो।

"ल झिक -- लामो कुरा गर्ने हैन" मैले ट्वाकलाई हेर्दै भनें।

"के?" उस्ले सोध्यो।

"कस्तो के? अघि

 
Posted on 11-26-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कस्तो के? अघि छान्ने नभाको भन्या हैन? त्यै"

ट्वाकले झिक्यो चुरोट। झ्यालिन्चा छ्याकले एकै स्वरमा भनें " हेर रैछ  चुरोट आफै सँग, अझ हाम्रो मागीरा अघि" हामी सबै हाँसीम। ट्वाकले सल्कायो चुरोट, लामो सर्को तानेर भन्यो -- हुन सुपारीले भन्या कुरा पनि हो चुरोट छान्ने नभएको नै तान्न मजा आउने  --"

"त्यै चुरोट छ्याङ्ग पनि छानेर खान्छ कसैले" झ्यालिन्चाले थप्यो।

शनिबारको दिन, पशपती जानै पर्यो। त्यतै बाट धोबीखोला तरेर लागियो कुतुबाहल तिर। ....


 
Posted on 11-26-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-26-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deep jyu ko katha ta dublayechha sarai, dublaye ni k bho ra padhiyo hamle ta!! :)

 
Posted on 11-26-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye feri usual shape ma aaisakechha!!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Alert: Turbo Cancers: A Rising Global Threat
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters