[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७५

[Please view other pages to see the rest of the postings. Total posts: 336]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 199119 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 02-01-10 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७५ ~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७५औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?

सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सोसधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens

, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 175 edition

Last edited: 01-Feb-10 09:58 AM

 
Posted on 02-01-10 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-10 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रमाण सहित को बोर फस को क्लेम !

 

-भवदिय

रिट्ठे राज रायमाझी  

Last edited: 01-Feb-10 12:21 PM

 
Posted on 02-01-10 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीवन हाम्रो सङ्लो पानी हो
सलल दाजै खोला झै बगौं सलल


सोमबारे जदौ सबै गाम्लेहरुलाई। बिजी, ब्यस्त, बेफुर्सदी र हालै आएर अस्वस्थ भएको कारणले हाजिर गर्न नपाएको जानकारी गराँउदछु। हप्ता दिन भो गाँठे प्रतिकृयाबादीहरु आफ्नो जिउमा पसेको। आज हाटा गरी ३:३० बजे डाउँडरकाँ जान लागेको। हाम्रै मदनवालाई देखाम् भनी हेल्थपोस्ट गाको, लरकी खोज्न भनेर मंसिर देखी नै देहात भागेको रहेछ बज्जे।


अनी बोर फसको कुरामा के झगडा गरिरहेको? खुरुक्क मलाई बोर फस नदेर हाम्रा नेताहरु बाज्या जस्तो कती बाज्या हो। चुनाव हारेर माकुने प्रम हुन पाउँछ भने ९:५४ मा कसैले प्रथम इन्ट्री मारेको चौतारीमा १२:२० तिर हाजिर गरेर मैले पनि बोर फसको स्थान पाउनु पर्छ पर्छ पर्छ।            


 
Posted on 02-01-10 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रातै ! चिप्ले सरकार को नि सवारी चलेछ आज ! अनी कस्तो खाल्को प्रतिकृयावादी ले डेरा जमाको हो शरीरमा?


भनेसी बिधिवत रुपमा काम चोर्ने काम सुरु गरियो आज बाट? हा हा


 
Posted on 02-01-10 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे सरको पनि बोर फसकै दावी? जालसाजी भो है, मान्यता त मेरै बार्हबिसे पोस्टिङ्ले पाउनु पर्छ।


प्रतिकृयाबादी त कस्तो भन्नु खोइ, नाके भाईरसकै जटीलता जस्तो देखिन्छ, हेरम् के भन्छ डाँउडरले। अब बिधिवत नै भन्नु पर्ला काम चोराई पनि। धेरै चोर्न पाइएला जस्तो देखिन्न। ठुल्दाइले भने जस्तो के गरिस् भन्दा चौतारीको पोस्टिङ् देखाउन भएन साहूलाई।        


 
Posted on 02-01-10 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


चिप्ले सर को नि सवारि भे छ । बोर्ड फस मामला निकै षड्यन्त्र भाको जस्तो देखिन्छ । पुरे नि यस्तो ??



बोर्ड फस बिबाद सम्बन्धी चौतारी अदालत को अन्तिम फैसला।



चौतारी संख्या १७५ गठन हुंदा बोर्ड फस को भन्ने बिबाद देखियो । एकै समयमा बिर्खे जिम्माल र रामपुरका रामे दुबै  ले हाजिर जनाएकोमा  रिट्ठे ह्याण्सी समेत ९.५४ को कुसाइट मा उपस्थित भएको सबूद प्रमाण देखिए पछी अब यो बिबाद त्रिपक्षिय हुनगएको स्पष्ट देखिन्छ ।


साक्षी, प्रमाण र परिस्थिती बुझ्दा बोर्ड फस कल्लाई बनाउने भन्ने बिषयमा चौतारीका निर्माता पुरे प्यारे लाल निश्पक्ष भूमिका नखेलेको देखिन्छ । हस्तिनापुर भ्रमनको बेलाको माछा को सोझो गर्न निज पुरे प्यारेलाल ले बिर्खे जिम्माल लाई बोर्ड फस बनाएको स्पष्ट हुन्छ। यसैले माथिका प्रमाण, विद्वान अधि-वक्ताहरुको बह्स पैरवी समेत सुनी बुझी यो चौतारीको बोर फस रद्द गरी त्यसपछी को सर्बप्रथम हुनेलाई बोर्डफस घोषणा गर्नु गर्नु भनी यस सम्मानित  अदालत प्रतिवादी वादी दुबैको नाम मा पर्मादेश जारी गर्दछ ।


साथै चिप्लेकान्त चापागाइ को माग सम्बन्धी बिचार  गर्दा निजको मागमा दम नपुगेकोले यसै फैसलाद्वारा निजको माग समेत खारेज गर्दछ ।



यस फैसला चित्त बुझे पनि नबुझे पनि कुनै पनि अदालतमा पुनराबेदन नलाग्ने भएकोले अर्थ खर्छ गर्नु अनर्थ हुन जाने छ ।


सरोकारवालाले यस फैसलाको प्रतिलिपी रीतपूर्बक माग गरेमा लाग्ने दस्तूर लिइ प्रतिलिपी दिनु ।


मिती 02/01/2010 


सम्माननिय न्यायधिश
राहुलभाइ रायमाझी ।


 
Posted on 02-01-10 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-01-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

pin drop silence chha raicha

ma ta nahune bor fas laharele bahiskar garchha feri.
 
Posted on 02-01-10 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ को निर्णय सर आँखो पे !


तर मैले त प्रमाण शाहीत् को दाबी बिरोध पेस गरेको छु ! तेस्को के हुन्छ ठुल्दाइ? अदालत ले त प्रमाण मात्र हेर्नु पर्ने हैन?


खुशी बुइनी, नडराउ नडराउ ! बोर फसको लागि निवेदन देउ परेको म बेहुरुला ! 


 
Posted on 02-01-10 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी । लहरे ले बहिष्कार गर्दैन अहिले, आँफै बहिष्क्रित छ ।


रिट्ठे, त्यही सबूद प्रमाण बुझेरै बोर्ड फस रद्द गरी दिएको । न रहेगा बाँस , न बजेगी बाँसुरी । मखुला ??



प्रमाण हेरेर निर्णय गरेको भए पुरेले , यस्तो बिबाद हुँदैनथ्यो। प्रमाण को साटो प्रणाम हेर्‍यो । त्यसमाथि जिम्मालेको माछो सम्झ्यो।


 
Posted on 02-01-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!


लोलेकुम सलाम!


 
Posted on 02-01-10 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजै बिजी भेर ल्याको बेलाँ कस्तो कस्तो अपगाल दिएछन नि के भन्नु र, सोझो साझो बालख म बिचरोलाई कस्तो हेप्या होला त, सोझो साझो निमुखा जनता मलाई किन देखी नसह्या बुझेर बुझ्न सक्या छैन ल मैले, बुझे भे त्यो लहरेको खप्पराँ चिर्पटले बजाउथेँ।

हस्तिनापुर गएर त्यो माछो के खा कस्तो देखी नसह्या हुन भन्या, अ जिम्मालबा ल सप्पैलाई लगेर चखाइ दिउम त। म बिचरोले जे देखेँ तेइ भन्या हो केरे, तर त्यो रिट्ठेले काइदाको जोडेर ल्यायो बै! मुन्छे चाइँ हेर्दा जस्तो भे पनि अली अली खुबिलियत चाइँ रेछ है, भनेर बैरेले भन्न लाको मलाई
 
Posted on 02-01-10 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा जताततै मुटु घोच्ने संक्रमण आएको जस्तो छ है, साथी हो। सतर्क रहनु।


अब यो संक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा कम्पाउडर मदनवा महतोले स्पष्ट पारिदिनु भए हुन्थ्यो।


 
Posted on 02-01-10 3:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम परमात्मा क्रेजी



साझा मा मुटु घोच्ने संक्रमण भाको पक्का हो। सिरिष दाई भन्दा बुज्रुक कबि- गजलकार आएकै हो। भन्छन नि नयाँ मुल्लाहले प्याज धेरै खान्छन र त्यही प्याज डकार्छन् ।


 
Posted on 02-01-10 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै अगाडीको कुरा हो हाम्रो टोलमा स्वयमसेवकहरुको बिगबिगी थ्यो। स्वयमसेवकहरुको तलब आउने जागिर थिएन तर कामै नभएको चै होईन। जागिर खाएर तलब ल्याउनेहरुले भन्दा चर्को काम गर्थे हाम्रा स्वयमसेवकदाइहरु।  बिहानै झिसमिसेमा काम सुरु गर्थे, अनि रातको दुई तीन बजे सम्म लागि परेका हुन्थे। रीले भोक हडताल भने जस्तो उनीहरुको काम पनि त्यै रीले आदर्शले प्रेरीत थ्यो। तर कोई कोई कामको निरन्तरतामा समर्पित थिए।


 


के गर्थे स्वयम सेवकदाईहरु? धेरै थियो काम। जस्तै-- झिसमिसेमै उठेर चुरोट सल्काउँदै ठीटीहरु अलि धेरै हुने ठाउँमा दर्शन गर्न जान्थे--उनीहरु भन्थे ठीटीहरु भनेको आगो हुन। आगो भन्या बल्या बेलाँ हो ताप्ने। स्वयम सेबकहरु दार्शनिक पनि थिए। भनेको कुरा सधै बुझाउँदैन थिए। आफै बुझ्नु पर्थ्यो।


 


मन्दिरतिरको कार्यक्रम पछी उनीहरु भिमसेनथानमा छेउको पर्खालमा कोई टुक्रुक्क बसेर कोई ढल्केर कोई पलेटी मारेर कोई अढेस लाग्दै ग्वाटेमालामा को राष्ट्रपति भो, बुरुण्डीको प्रति ब्यक्ति आय कति हो, श्रीदेबीले बोनी कपुर संग किन बिहे गर्या हो जस्ता अन्तराष्ट्रिय ज्ञान आदान प्रदान गर्थे। स्वदेशको बारेमा सबैलाई एउटै कुरा थाह थ्यो। "खत्तम्" । स्वदेशको बारेमा यै एउटा शब्दले काम पुर्याउँथ्यो।


 


दिनभरी सडकाँ भाका बत्तिमा तारो हान्थे, अनि मध्यरात तिर भट्टी हुँदी बाट नागबेली हान्निदै आउँदा एकातिर ढलमा जाक्किन्थे अनि भन्थे यो चोर नगरपालीकालाई आगो लाउन नपुग्या -- साँझैमा यस्तो केई देखिदैन -- झन रात परेसी के गर्ने?


 


दिनभरी सड्क निरीक्षणमा हुन्थे। काँ हिन्या दाई? भन्यो "यत्तिकै" भन्थे--कैले बानेश्वरमा भेटीन्थे कैले बालाजुमा कैले कुपण्डोल तिर पुग्या हुन्थे। त्यता तिर उनीहरु गएका होईनन, पुगेका हुन्थे। अनि साँझ तिर कैले थाकियो भन्दै कैले जाडो भो भन्दै भट्टी तिर छिर्थे। उनीहरु निस्किदा भुस्याहा कुकुरहरुको सा रे ग म सुरु भाको हुन्थ्यो। स्वयम सेवकदाईहरु पनि स्वरमा स्वर मिलाउँथे। कति जाँड खाए त्यो उनीहरुले गीत बाट थाह हुन्थ्यो, नेपाली, हिन्दी, नेवारी, अंग्रेजी सबै खाले गीत गाउँथे। एउटाको लयमा अर्को भाषाको गीत पनि सजिलै गाईदिन्थे। त्यस्तरी राती को एक दुई बजे सम्म बसेर सांगीतिक कार्यक्रम पेश गर्दा पनि बिचराहरुले जस भने पाउँदैन थिए। श्रोताहरु बेला बेला बरु झ्यालाँ आएर सराप्थे। तै पनि स्वयम् सेबकहरुको हौसलामा कुनै कमी हुँदैनथ्यो।


 


त्यो स्वयम सेबकदाईहरुमा एउटा दाई थिए। धुर्बदाई। उनी मसिनो बोल्थे तर मात्रा पुर्याएर। उनी जाँड खाएर अर्कै टोलमा गीत गाउन जान्थे रे। हामी स्कुल जाँदा भिमसेन थानमा चिया र चुरोट तान्दै हुन्थे। स्कुलबाट फर्किदा नी त्यै हुन्थे। कुरा गर्न खप्पीस थिए।


भिमसेन थान अगाडी चिया नास्ता पसल थियो। अरु स्वयम् सेवकहरुको खाता धमाधम बन्द हुँदा पनि उनको चै खुलेकै थियो।


 


१०० रुप्या उधारो पुगे पछी, उन्ले १० रुप्या साहुजीलाइ दिदै भनेछन, साहुजी यो चै ब्याज हो है। सय रुप्या त म डक्कै तिर्छु। यो साउँमा नघटाउनुस। १५० रिन पुगे पछी २० रुप्या ब्याज तिरेछन। साउँ त छदै छ। ५०० रिन पुर्याए पछी १०० रुप्या
ब्याज तिरेछन धुर्बदाइले। ५०० त साउँ हो म ड्य्याक्कै तिर्छु साउजी भने छन। साउजी पनि दंग। ब्याजैले साउँ तिर्न आँटीसक्यो भन्थे रे दंग पर्दै। पछी पछी धुर्बदाई पसल भित्रै गहकिला चिज पनि खाँदै गरेका देखिन थालेका थिए।


 


एउटा शनिबार दिउँसो म पनि त्यै साहुजी कहाँ पाउरोटी किन्न गाको, साहुजी त बहुला कुकुर जस्तो भाका रे छन। एक छिन केही नबोल्ने, घोरीईरहने, फेरी एक्कासी जाई लाग्ने। धुर्बदाईले रिन तिरेनछन भन्ने बुझ्न मलाई केही समय लागेन। सधै देखिने धुर्बदाई थिएनन वरीपरी त्यो दिन। साहानुभुती त दिन मन थ्यो साहुजीलाई। ध्रुबदाईले डुबाए हो साहुजी भन्दै कुरा सुरु गरम की जस्तो नी नलाग्या त होईन, तर फेरी त्यै पाउरोटी काट्ने स्याङीले तिघ्रा रेटलान भनेर केई नभनी निस्कें।


 


बाहीर भिमसेनथानमा अरु स्वयम् सेवक थिए। त्यहाँ गएर, धुर्बदाइले साउँ नतिर्ने भए जस्तो छ नी हो दाई? भनेर एउटालाई सोधेको, उन्ले लामो सर्को छोडदै झर्केर भने "आफुलाई ह्याँ क्या ट्र्याजीडी परीरा बेलाँ ---" "


के भो दाइ?" मैले ती स्वयम सेबकलाई सोधें।


"धुर्बेले बुढाको छोरी लिएर हिन्देछ--त्यै एउटी थिई" उनले फेरी लामो सर्को ताने।
------


अस्ति एक्कासी धुर्बदाईलाई यहाँ एउटा ठुलो पसलमा भेट भो। "धुर्बदाई हैन?" मैले सोधें।


उनले यसो एकछिन नियालेर "ल हेर ---" भन्दै दरो सँग हात मिलाए। भलाकुसारी भो। "स्कुले झोला बोकेर हिन्या देख्या तिमीलाई--- कति बर्ष भो कति नी है--अनि तिमी यतै हो? " उनले सोधे।


"हो दाई म यहीँ नजिकै छु। अनि दाई नी?" मैले सोधें।


म त भरखर हो यता सरेको , पैले उता तल भर्जिनिया तिर थिएँ -- यता टाउनहाउस किन्या छु, आउन --- ल हिन अहिलेई हिन -- पुराना दिन सम्झाएउ तिमीले बुझेउ भाई?" उनले दङ पर्दै भने।


 


यत्तिकैमा एउटी उमेर ढल्केकी दीदी र बैंसमा चम्केकी ठीटी आए अनि धुर्बदाई सँगै उभिए।


उनले श्रीमती र छोरी चिनाए, मैले नी चिने। नहेरम भन्दा भन्दै पनि छोरी चैंलाई धेरै हेरीईछ।


"ल त है भाई" उनले बिदा माग्दै हिने।


 


"घर जाने भन्या हैन त दाई?" मैले नी त्यान्द्रो भए पनि किन छोडीहाल्नु भनेर सोध्या "म फोन गरम्ला" भनेर हिने।


 


फोन त अब उनले मलाई छोरीको बिहे अघि गर्या गरेइ हो।


 


****************


 


स्वस्ती गरें है सबैलाई।


 


 


 


 


 
Posted on 02-01-10 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल दीप प्रभो! प्रणाम गरेँ, सुरु मै तेस्तरी हेर्न नहुनी, घर सम्म त पुग्नलाई कुर्न पर्थ्यो नि, धत्तेरिका
 
Posted on 02-01-10 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनुभव प्रभु अनुभव! अब धुर्बदाईले तेत्रो उमेरसम्म बटुल्नु अनुभव बटुलेपछि के गर्थे त फोन अब छोरिको बिहे नहुन्जेल! आफ्नो फिल्डको नलेज धेरै रेछ धुर्बदाईलाई!


 


 


 
Posted on 02-01-10 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ति दीप । 

यो अस्ताउने बेला भएपछी मात्र आउने बानी बदल्न पर्‍यो ....... बिहानिपख नै आए दिनभरी स्वाद ली लि पढिरहन हुन्थ्यो ......





"साँझैमा यस्तो केई देखिदैन -- झन रात परेसी के गर्ने ?" .......... साँच्ची यिनिहरुको मध्य रात चाँही कतिबेला हुने रहेछ ........... खान नपाएको बेला होला ......... 

आफु पनि एही स्थिती बाट गुज्रेको हो .................. 

हिजो भर्खर जिम्माल सँग कुरा भएको थियो ..... आफ्ना पालका कुरा हरु .....

श्वोर्खुट्टे बाट बालाजु पुल हुँदै म्येह्पी तिर हीन्दा, दिउशै नै रात परेको थियो ...... अनी देबी, भागवती, पार्वती, मेनका, उर्बशी हरुको दर्शन गर्दै हिंडेका थियो ...... उनिहरुले थाहा पएको पनि आवास थियो हामीलाई .......

 
Posted on 02-01-10 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

koi chha , chha bhane sunam hai yo geet mitho chha...




 
Posted on 02-01-10 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा, क्या ब'बाल गीत। धन्यापात हर्के, म छु अरु नि राखुम् केरे!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
TPS Work Permit/How long your took?
Travelling to Nepal - TPS AP- PASSPORT
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters