[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 एक हात तेस्तै भो --

[Please view other pages to see the rest of the postings. Total posts: 56]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 23378 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 09-07-07 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक हात तेस्तै भो --

दिन भर बाङ्गे आएन। शनिबारको दिन ब्यानै आउँथ्यो। के भएछ जस्तो लाग्यो र साँझ तिर उस्को घर पुगें। कुबेरले ढोका खोल्यो। फु गर्दा ढ्ल्छ कि झैं लाग्ने बल बहादुर भने झै त्यो हरी तन्नमको नाम के जुरार हो कुबेर राख्देछन। मलाई देख्ने बित्तिकै कुबेरले माथ्लो तला तिर हेर्यो। बाङ्गे उस्कै कोठामा रे छ क्यारे। छ्यास्स मनमा बिरामि भएर पातकी ढलेछ क्यारे भन्ने लाग्यो। सिङ्ग मरमरको घुमाउरो भर्याङग चढनै के लाग्या थें बाङ्ग्या बा आईलागे हवात्तै। उनी सङ्ग मेरा गरह दशा तेती राम्रो मिल्दैनथे- बाझ्थे। हुन त नातेदार थिए उनी हाम्रा मामाघर तिरका तर मेरा भने दुश्मन।

"के हो?" म तिर हेरेर गर्जिए।

के के हो? परेबा पुर्ने एकादशी तेस्तो के हो भन्या भे पन्डीतलाई सोध्नु -- बार के हो भन्या भे सनिबार -- ब्यान दिउँसो के हो भन्या भे साँझ, मैना खोज्या भे माघ, गते १६, साल सम्म त याद होला नी? भन्दीम कि जस्तो नलाग्या त हैन तै पनि मधुरो स्वरमा भनें "केई न केई"।

बा गर्ज्या सुनेर होला बाङ्ग्या आमा आईन। ए बाबु, के छ तेरो हालखबर? आईज आईज -- माथि नै जा न कोठामा भनीन। बाङ्ग्या बाउको जुँगा मात्रै ठुलो हो हैकम आमाकै चल्छ भन्ने जग जाहेर थ्यो। ओभर राईड भा बा तिर हेर्दा पनि नहेरी भर्याङग चढें।

कोठामा बाङ्गे लम्पसार परी रा रे छ।

बुढानिलकण्ठ पोजमा किन नी तँ? सोधें।

बोलेन बरु ढोका लाउने इसारा गर्यो। लाईदिएँ।

"मैले भाग्ने बिचार गरें" म तिर यस्सो हेरेर आँखा झ्याल बाहीर फ्याल्दै भन्यो।

म त एक छिन अलमलिएँ अनि सोधेँ "काँ?"

"यहीँ भनेर भन्न लाई त काईं जान ला हो र? भाग्ने भन्दैछु -- जता जता हुन्छ तेतै अब" झर्केझैं गरी भन्यो।

"भागेर के गर्ने? तँ र म नी कुबेर हुने?" मलाई भाग्ने कुरो मन परेन।

भाग्या भागेई गर्ने हो त?

अनि के त?

पछी धुई धुई खोज्छन आइज बाबु आइज भन्छन अनि आउने नी --- भाउ बढ्छ के -- एइले त किच किच गरेरै मार्न लाईसके।

भाउ बढने कुरा चैं मलाई नी राम्रै लाग्यो। भाउ त घराँ दुई पैसाको थे न हाम्रो।

बाङ्गेले त पैसाको बन्दोबस्त गर्न सक्थ्यो तर मैले के गर्ने? भनेँ म सँग त गाँठ छैन अनि काँ भाग्ने नी?

"गाँठ साँठ छैन भने पस्पती तिर भाग -- तीँ पस्चिम ढोका बाहीर दुई चार मैना बस कचौरा राखेर अनि पैसा उठेसी अन्त भाग्नु --" बाङ्गे रिसायो।

तेरो कोठामा नी गतिलो एउटा रेडियो त छ त -- भागे पछी त्यो रेडियो तँलाई के काम? सोध्यो बाङ्गेले।

हो एउटा रेडियो त छ स्टेरियो -- तर मेरो हैन त्यो स्टेरियो मात्रै के भन्या थें "सबै थोक आफ्नै भा भे के खानलाई भागी रनु पर्थ्यो?" झर्कियो फेरी।

सल्लाह भो। बाङ्गेले सक्दो हाईज्याक गर्नी अनि मैले नी स्टेरियो बोकेर हिन्नी। तेई सुन्धारामा बेच्ने स्टेरियो अनि चढ्नी बस जताको मन लाग्छ उतैको।

रातभरी निन्द्रा लागेन। सब भन्दा बढता मायाँ तेई स्टेरियो को लाग्न थाल्यो। जति हेर्यो उती प्यारो।

जाडो को छुट्टी चल्दैथ्यो।

ब्यानै देखी मन एक तमासको भो। भाग्न मन लाग्न छोड्यो तर बाङ्गेलाई भनी सक्या छ। मैना दिन जतिमा त आखिर आउनेनै हो भाउ बढार -- तेतीन्जेल था पाउन न घरमा पनि कस्तो हुँदो रे छ म नहुँदा -- चेतुन न सधैं बिग्र्यो बिग्र्यो भन्या रागले के गर्दो रे छ भन्दै मन बाँधे।

भात सात खाएर अलि ठुलो झोलामा स्टेरियो अनि एक दुईटा लुगा हालेर बाङ्गे काँ पुगें। बाङ्गे हिनी सकेछ।

"तेत्रो झोला बोकेर काँ हिँड्या?" बाङ्ग्या आमाले सोधिन। के भन्ने के भन्ने भो "काई न काईं" भनेर छिटछिटो हिनें।

सुन्धारामा स्टेरियोको भाउ मिलेन। पैला त कोई किन्नै नखोज्ने। कोई चोर जस्तो गर्ने कोई किन बेच्न ला भन्ने नकिन्ने। किन्ने भेट्या एक दुई जना बेपत्ता थोर दिन्छु भन्ने। आफुलाई नी बेला बेला नबिके नी हुने जस्तो पनि लाग्न थाल्यो माया लागेर।

लगातार बेपार तिर लाग्दा फेरी चिन्या जान्याले देख्लान भनेर बेला बेला छेउ लाग्दै च्या चुरोट तान्दै थिम्। छोटा दिन ढलकी हाले।

चिसो बढ्न थाल्यो। घराँ भात पाक्न थाल्यो होला -- भात सात खाएर सिरकाँ गुटुमुटु सुत्न छोडेर जस्तो लाग्न थाल्यो। बाङ्गे चैं गाहाकी ल्याउँदैछ।

मैले छोडदे बाङ्गे भन्या उ किन मान्थ्यो। अब चार जना गाहाकी ल्याउँछु किनेनन कसैले भने म सँग गाँठ छ टिकट किन्ने जाने -- स्टेरियो आफैलाई सुन्न हुन्छ भन्न थाल्यो।

साँझ पर्यो। मन अरु छटपटाउँदै थ्यो।

पछी फन्दामा परेको खण्डमा मैले पनि रेडियो बेचे पछी बदमास उ एक्लै कहलिदैन थ्यो तेसैले म सित्तैमा भागुम्ला भनेर मेरो रेडियोको दुस्मन भाको हो बाङ्गे जस्तो नलाग्या हैन मलाई। नभए उ सँग कति छ पैसा त्यो मलाई भनेकै थिएन। मेरो रेडियोको भरमा उ भाग्दैन थ्यो। मैले उस्लाई नचिनेको हैन।

चार जना ल्याउँछु गाहकी चार जना-- गनी राख भन्दै पस्चिम तिर लाग्यो बाङ्गे। तेस पछी बाङ्गेले ल्याको पैलो गाहकि नै अन्तिम गाहकी भो।

हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी।
 
Posted on 09-10-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक् दुईटा जोगीलाई न इनै हुन कि मादेब भनेर घुर्दा हुँदी आँखा झिम्काउँथे ती जोगी त --

 
Posted on 09-10-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभो।। बत्ताम अब ... लास्टाँ आएर बाङ्गे नि सुत्नी भो बुढानिलकण्ठ पोजाँ लमतन्न परेर्..........बेपत्तै हुइकाम ल।।। मेरो भन्नु यत्ती हो रे क्या
 
Posted on 09-10-07 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपजि प्रशंसाको निम्ति उपयुक्त शब्द मैले भेटाउन सकिन प्रभु !!

हजुरको भक्त - स्याटेलाइट
 
Posted on 09-10-07 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss_ me ,

गर्यो नी बाङ्गेले गर्नु गर्यो। फुपाजुलाई भेटेसी मन त धामी बसी हाल्यो नी।

guesswho,

खै के गेस गराई भो र अब-- था छैन पर्भो खै को को? तेई आँखा झिम्काम्ने मध्धेकै त होईन होला नी? की--?
राम राम राम।

jira,

के कुरो गर्या जिरा दाई -- दशै आउन लायो त्याँ कालोपुल छेउमा भिउँट लिन जाने हैन?

SateLite,

शब्द नभेटे कैई छैन -- गरह नछेत्र अलि मिलाई दिन मिल्ने भा नी हुन्थ्यो। पर्भो स्याटेलाईट भा भे र कनेक्सन छ के भनेर --- यो कैले शनी कैले राहु कैले भ्रामरी लागेर हैरान -- ठीटी दशा हुन्न रे छन नत्र लागेनी रमैलो हुन्थ्यो होला -- अस्ती सम्म एलिना लाग्या थी -- ऐले सुनीता र भावना लाग्या छन -- इनीहरु सक्केसी स्विटी लाग्छे अरे अढाई बर्षलाई --- भन्न मजा आउथ्यो नी-- खत्तम भो।
 
Posted on 09-10-07 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.thanks god yo pahilo page mai raichha, padhne mauka paaiyo. jati padhe ni manai nabharne aru ni jawas.
 
Posted on 09-10-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नबोलम्, क्यारी नबोलाम्? बोलम्, जत्ति बोलेनि पुग्दैन! ठ्यास्नि बाङ्ग्याऽ काब्यले त मुटु किटिक्कै पारेर पैताला सम्मुन् झार्दिनि! २० बर्ष पुरानो जिन्दगीको सम्झनाले भुतुक्कै पार्नि!

एउबाजी बाटाँ ईस्कुल बस कुरि रा'की तरुणी तिर आँखा गाढ्दा हुँदी, बिजुलीको पोलमा ग'र साईकल डड्याम्म बजारिया थे। कन्चेट कस्सो फुटेन, साईकल को अघिल्तिरको पाङ्ग्रा र सिधै तिर्पट्!

टंगाल ने'र हुँदो हो। बाटो पारिऽट एक हुल गुन्डाहुरले घुरे। "मु** अर्काऽ टोलाँ आ'र साईड हान्नि बज्जेलाई ठोक!" भन्दै एउटो हुत्त्या' थे मै तिर। अर्काले, "भो भो, दैवले किरिपा गर्दि सके तेस्का, हाम्लाई थप कष्ट किन?" भनेर उम्काईदिए।

हुत्तिनि बाङ्गे, स्यार्नि दिपे हुन् कि जस्तो नि लाउँच कैले काईं त।

वर्णन गर्न नि लाजै लाग्छ, परभो, जत्ति गरेनि नपुग्नि डरले! बेफुर्सदीको बेलाँ अरुकेई हेर्न नभ्याएनि, बाङ्ग्याऽ कथा चईं सास रोकेर भे' नि पढिन्छ! जय होस्!


 
Posted on 09-11-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty,

अभिबादन।

Poonte,

टङाल गणेश पुर्ब, बिशालनगर-धुम्माराई दखिन, चाबेल-सिफल पस्चिम, अनि मालिगाँउ उत्तर बृहत हाँडीगाउ हो भन्छु म चै। अब ति सिमाभित्र अनगिन्ती समय बिताईया छ तर धेरै जसो उजुरी गर्दै -- यसो उसो गर्यो कुईया ठाम भन्यो पिच्च थुक्यो -- हुन नी कुनै कुनै हाडीगाउले गल्ली त डुङ् डुङ्ग्ती नै गनाउँथे -- भिटामिन सि (अमिलो के--ढुसी पर्या जस्तो) टन्नै तर भिटामिन डि (घाम के त घाम) निमिट्यान्नै भा का ति गल्लीहरुको मायाँ पनि आज त मनमा अटाई नअटाई छ। हरेक चोटी मन उदास हुँदा खुसुक्क उसलाई हाडिगाउ लान्छु। दङ्ग पर्छ।

हो हो तेइ टङ्गालाँ ठीटी हेर्दा हेर्दै साईकल खम्बे जैसी खडी है पट्टाखेकी लडी है भनेर खम्बाँ म्वाई खान पुग्दा निस्ठुरी मायाले झै तिरपट पार्देकी सम्झिन्छु -- अनि त्यो साइकला सबार भाको सोम उछिटीदा एक मुठा कपाल पनि उछीटेर छेउको मन्दीराँ पुग्या थ्यो जुन अद्यापी छदै छ र अचेल पनि बालेस्वरलाई सनिबार सनिबार कपाल चढायो भने पलाउँछ रे झ्याप्पै भनेर भिड लाग्छ। चाईने ठाममा खुईलिए नचाइने ठाममा फैलीए हे नारन भन्दै भजन गाउनेहरु पनि प्रसस्तै हुन्छन भन्ने सुन्छु।

कुरो तेस्तै हो--

पुन्टेब्रो, प्रोत्साहन र हौसला समेटेका सदभाबहरुको लागि मेरो हार्दिक आभार।
 
Posted on 09-11-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baangya ko katha lay mala ni ti tangaal wara para ko din samjhawucha jhwaat jhwaat..teti sense of direction nabhayeni purba pakkichhim..uttar dakkhin dhaakya hunthyo lai bari lai bari gardai ...tyai Vitamin D naawuni galli galli hoondai baraaa oralo jharera bhatkya pool ko baluwa lai khutta chadhayera aachmani lawunda doonga ganayeni ukalo chadhdai ganesthaan haannida ko ramailo arkai thyo..

pheri khairo dhoti laaka sodasi haru dekhda 'ye her ta etadi ni jaanda raichhan ni Pk ta" bhandai huna naskay ramilo lai yaak churote ko dhunwa ma woodawunda ko ananda arkai pheri....poonte ko cycle thokkinda nadekhya jhain garni ma ma ni parchu rey kya...

jai prabho..mera ni anginti katha chhan parabhu..tara aaphulai milara lekhna awudaina...bhutoon ra jaand paye mattai milaara khaani baani..aru kuro ma testo milawuna naaai...lekhdai garam kyara...sajha awuni baato..purano eso koi dekhiyye aam aam laagni..naya lay ta chindainun kere!!
 
Posted on 09-11-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baangya ko katha lay mala ni ti tangaal wara para ko din samjhawucha jhwaat jhwaat..teti sense of direction nabhayeni purba pakkichhim..uttar dakkhin dhaakya hunthyo lai bari lai bari gardai ...tyai Vitamin D naawuni galli galli hoondai baraaa oralo jharera bhatkya pool ko baluwa lai khutta chadhayera aachmani lawunda doonga ganayeni ukalo chadhdai ganesthaan haannida ko ramailo arkai thyo..

pheri khairo dhoti laaka sodasi haru dekhda 'ye her ta etadi ni jaanda raichhan ni Pk ta" bhandai huna naskay ramilo lai yaak churote ko dhunwa ma woodawunda ko ananda arkai pheri....poonte ko cycle thokkinda nadekhya jhain garni ma ma ni parchu rey kya...

jai prabho..mera ni anginti katha chhan parabhu..tara aaphulai milara lekhna awudaina...bhutoon ra jaand paye mattai milaara khaani baani..aru kuro ma testo milawuna naaai...lekhdai garam kyara...sajha awuni baato..purano eso koi dekhiyye aam aam laagni..naya lay ta chindainun kere!!
 
Posted on 09-11-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

baangya ko katha lay mala ni ti tangaal wara para ko din samjhawucha jhwaat jhwaat..teti sense of direction nabhayeni purba pakkichhim..uttar dakkhin dhaakya hunthyo lai bari lai bari gardai ...tyai Vitamin D naawuni galli galli hoondai baraaa oralo jharera bhatkya pool ko baluwa lai khutta chadhayera aachmani lawunda doonga ganayeni ukalo chadhdai ganesthaan haannida ko ramailo arkai thyo..

pheri khairo dhoti laaka sodasi haru dekhda 'ye her ta etadi ni jaanda raichhan ni Pk ta" bhandai huna naskay ramilo lai yaak churote ko dhunwa ma woodawunda ko ananda arkai pheri....poonte ko cycle thokkinda nadekhya jhain garni ma ma ni parchu rey kya...

jai prabho..mera ni anginti katha chhan parabhu..tara aaphulai milara lekhna awudaina...bhutoon ra jaand paye mattai milaara khaani baani..aru kuro ma testo milawuna naaai...lekhdai garam kyara...sajha awuni baato..purano eso koi dekhiyye aam aam laagni..naya lay ta chindainun kere!!
 
Posted on 09-11-07 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एक् दुईटा जोगीलाई न इनै हुन कि मादेब भनेर घुर्दा हुँदी आँखा झिम्काउँथे ती जोगी त"

he he he.
 
Posted on 09-11-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिरादाई,

के गर्ने काम थेन -- कैले सत्तेनारनथान तिर आयो चुरोट तानेर धोबीखोला घुर्यो पछी खोला तल आफु माथी तिर हुरुरु दौडेको देखेसी आँखा हटायो -- तेतै बाट उक्लियो मरीच दाईको घर तिर हुँदै लाग्यो बाटो जान ला चै काँही हैन -- कसैले ख्वाक खोके नी हेर्यो -- बुर्जामा कोई आए तेतै ताक्यो केइ भै हाल्छ की भन्यो फेरी बाटो लाग्यो --- कतै कसैले फोन राख्न लायो -- कतै ढल खने भने दिन तेतै बित्थ्यो।

कैले धुम्माराई तिर त्यो रुख मुनी को मन्दीर (धुम्र बाराहीको) अगाडीको लेभल नमिल्या चौरमा सिमेन्टीको टिटि बोर्डमा ईटा भेटे इँटा नभए चप्प्पल राख्यो नेट भनेर खेल्यो -- हिन्ने बेलाँ त्यो बोर्ड फुटाउन सकिन्छ कि भन्यो कोसीस गर्यो।

बिशालनगर देखी बालुबाटारको बाटो ओरो दोरो गर्यो --थुप्रा ठीटीहरु थे तेता हुँदी -- आज एउटीलाई भोली अर्कैलाई हेर्यो मेरी भन्यो घराँ आयो भात खायो एक्लै सुत्यो।

मङ्गलबार ब्यान टङगाल गणेशमा मडारियो साँझ चाबेलमा दुई पैसा काम नलाग्नी कुरो गर्यो भौतारियो।

शनिबार ब्यानै पसपती पुग्यो -- लाईनमा भा राम्रीहरु बुक गर्यो सीढीबाट ओर्लिन्छन चन्दन माग्न पुग्यो -- कैले काई त निदार नै तेर्साईन्थ्यो -- कैले रीत्तै हुन्थ्यो कैले लाईदिन्थे पनि।

अध्यारैमा सानो गौचर पुग्यो -- पन्चट भ र ब्लाडर फेरया तिरपट बल चिसीदै गएर ४ किलोको हुन्थ्यो तेई ठोक्यो -- पेलेको कुरो गर्यो -- टङ्गाल स्कुल छेउमा आएर चिया डाईट खायो लाग्यो बाटो।

तेस्तै थ्यो पर्भो।

Kevin_ekstrom ,

आरामै?
 
Posted on 09-11-07 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो, जिरा ब्रो को नि दर्शन भो -- जय शम्भो - प्रभो

त्यो टंगाल को नि के कुरा गराई भो महाप्रभू हरु -- नाम मात्र टंगाल, तरुणीको अकाल भन्थ्यो कुनचाहिं ले -- जमानामा -- त्यस्तो अनिकाल भा ठाममा नि पूंटे दाईले कोल्लाई देखेर साईकल जोत्न लग्या हो बिजुलीको खम्भा मा ??? बिजुलीकै कुरा गर्ने हो भने त, बिजुली हेर्न कि त पद्मकन्या कै अगाडी बस्नु पर्छ, हैन भने किन्गस वे नै धाउन पर्छ प्रभू, टंगाल-संगाल धाउन थाले कंगाल भईन्छ।

दीप ब्रो ले साउनी को छोरी को कुरो चुहाई हाल्यो -- आफ्नो लागि त त्यही बिजुली थिई -- त्यल्लाई हेरेसी अरुलाई हेर्नै नपर्ने -- अचेल त मिनिस्कट लाएर हिन्छे रे कलंकि चोकाँ -- कसैलाई नलाग्या बैश त्यसैलाई लाग्या छ भन्थे साथीहरुले -- उ जमानामा पानीट्यांकी मुनि बसेर शिखर ट्याप लाउदै साउनीकि छोरी झ्यालकुमारी लाई दर्शन हान्ने मै मात्रै थिए -- अहिले त बाटो मा कम्मर हल्लाउदै हिड्या साउनीकि छोरी हेर्न झ्याल कुमार हरुको लाईन लागछ रे -- प्रभू, सुनेरै मुटु च्वास्स हुन्छ।।
 
Posted on 09-11-07 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब जमाना अनुसार चल्नु पर्यो नी त बिचरी साउनीकी छोरीले पनि -- पैला पैला कलङ्कीब्रोलाई खुट्टाको औलामा लाको नङ पालीसैले पुग्थ्यो अरे -- ब्रो चल्देछ सुटुक्कै अनि बिचरा के गरोस -- अचेल त अब वान्स मोर वान्स मोर भनेर केटाहरुले मिनिस्कर्टमा पुर्याईसके अरे भन्ने मैले नी सुन्या हो। अझै ट्याम छ पर्भो भ्याईन्छ भने हैन भने दुर्जोधन र दुसासनले दर्ता गर्लान-- पछी फेरी बेलाँ सल्लाह दिने कोई भनन भन्ने सुन्न नपरोस।
 
Posted on 09-11-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टंगाल कंगाल रे? हाँरो पालाँ त थिए लटरम्मै, टंगाल निरै नभ'नि, वरि परि। आफू परियो माराजगन्जे। साईकल चढेर शहर लाउन पानी पोखरी, लाजिम्पाट, लैनचौर हुँदै सिधै बाटो थ्यो।

तालीम केन्द्र नेर पुगे‍सि, आफू सिधै हाँक्न खोज्थिम्, साईकल आफैं टेंढो टेंढो भ'र बालुवाटार तिर लाउनि। बज्रंग बलिको पाठ गरेनि केई नलाउनि, परीहुरको रापले तान्दो हो आफूलाइ भन्दा नि साईकललाई नै!

प्यारा ब्यारेक पछिल्तिर, शिवपुरी ईस्कुलको ठ्याक्कै साईडाँ पुगेसि आफ्नो नि मन पग्लेर साईकललाई कर लाउनि दम हट्थ्यो। तेईं ने'र थिई एउटी निचोर्दै गुलाफ फक्रेला झैं राता राता गाला भ'कि। गोरो मुखाँ। दर्शन पाईए घुटुक्क थुक निल्यो, नत्र अलि पर पवित्र वर्कशपको मोड ने'र थिए अर्की दिदी बईनी। कोई केटाहुर दिदी भन्थे, कोई बईनी। आफू चईं पाए त दुईटैलाई भित्र्याईदिम् मान्थें।

कंगाल एरिया कै कुरो अर्नि हो भने तो रसियन दुतावास देखि मुनि राष्ट्र बैंकको गेट सम्म हो। कि त झन्डा फराउने कालो मटर, कि साधारण करमचारीहुर लखर लखर। त्याँ त दाँया बाँया नजर नलाई हुईंकाईन्थ्यो एकै सासाँ मुनि पुग्ने अरि। बैंकको गेटऽट चईं सिधै जाम कि दायाँ मोडम्, धर्म संकटाँ परिन्थ्यो। जुन बाटो लाएनि दुवैतिर फलेका थिए लटरम्मै। करसाप, जरसाप कि छोरीहुर, हरियो जिपाँ अर्दली ड्राईभर राखेर यता उति गर्थे। बाटो छेकम् छेकम् त लाउनि, तर ठिक्दियो भने बज्जेले भन्नि डरले आँट नआम्नि। बिशालनगरको त कुरै नगरम्। दुईदुईटा जोडीका साथ हुन्थे। भए जति सबै दिदी-बईनी प्याकेज जस्तो!

पुलिस हेड्क्वार्टरले त पालेका थिए गाडि, पछाडि, दाँया, बाँया चारैतिर देख्दा नि पुन्ने होला जस्तै परीहुर। मालीगाउँको बयान गरेर साध्य छैन। हरेक मोडमा यता हेरुम कि उता हेरुम्। गौचर पुगेसि त फाईनल डेस्टिनेशन स्वर्गै तेईं थ्यो नि! ईस्कर्ट माथि चोलो पहिरेका ग्रुप ग्रुपमा खित्का छोड्नि, भुतुक्कै पार्नि, जिउन नि बल्ल रहर जगाउने खाल्का।

दिल्लीबजार सम्म मस्ति हुन्थ्यो, पुतली सडक पुगेसि बल्ल झस्याङ्ग भईन्थ्यो। शहरै पुग्या छैन, घर फर्कने बेला भईसक्थ्यो। अब, तेई बाटो फर्कन रहर त हुँदो हो नै, तर फेरि भोलि ब्यान मत्रै घर पुगिएला र बाउको बुट चाकाँ बजारिएला भन्ने डरले मेन रोड नै भ'र फर्किईन्थ्यो। लाजिम्पाटको उकालो आएसि चईं फेरि झिनो आशा जाग्थ्यो, भानुभउत मेमोरियलकी कोई साँझको ट्युशन स्युशन पढेर बल्ल पो घर तिर लागेका कोई देखा पर्थे कि भनेर। "लुकिङ् फर ए राईड, सुईटी?" भन्न अमरिका आएसि मत्र सिकियो, नत्र तेई बेलाँ उनेरुले नि माने त सर्कसमा जस्तो गरेर बारोटी एउटै साईकलाँ झुन्डार, पानीपोखरी अम्रिकन दुताबास आगाडि, "तेरो भिसा सिसा नि चाईन्न, हाम्लाई य्हईं मस्ति छ!" भनेर पिच्च थुकिन्थ्यो होला।

कुरो तेस्तै हो। भिसा सिसा लिएर पर्देशिएको भो झन्डै दुई दशक!


 
Posted on 09-11-07 6:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लुकिङ् फर ए राईड, सुईटी?" भन्न अमरिका आएसि मत्र सिकियो, नत्र तेई बेलाँ उनेरुले नि माने त सर्कसमा जस्तो गरेर बारोटी एउटै साईकलाँ झुन्डार, पानीपोखरी अम्रिकन दुताबास आगाडि, "तेरो भिसा सिसा नि चाईन्न, हाम्लाई य्हईं मस्ति छ!" भनेर पिच्च थुकिन्थ्यो होला।

poonte lay hasayo

अब हाम्रा पाला सप्पै ह्याँ रेछन मलाई नि हान्न मन लायो अलिक्ता गफ
भन्न त हुन्न तर साह्रै चैनी नचैनी काम गरिया थ्यो, कलेज बन्द भेसी जाँच सकिय जस्तो हुन्थ्यो...

जाँच कैले भनेर सोध्नी हरु सत्रु जस्ता लाग्थे.. जता नि लखर लखर गर्दै पुग्यो.. बाटो हिन्दा सोध्नी कोइ लाई काँ जान ला भन्द्यो कोइ लाई काँ जान ल भन्द्यो... दोरार देख्यो भने नदेख्या जस्तो गर्द्यो... ठिटी देखे एस्सै बसमा छिर्नि.. दुइटा पिकेका केटी देखे टङ्गाल जान ला मान्छे पाटन को बस मा छिर्द्यो...

Boney M ko "cool daady" सुन्दा 'चिरी अप्पा चिरी अप्पा' जस्तो लाग्नी अनी पुलौको बास्ना सूङ्ह्दै ब्या घर खोज्न लाग्नी... केटी नि हेर्न पैनी मिल्यो भने खान नि पैनी....फेरी ब्या ताका त सधैं गु जम्नी गल्ली नि मगमग बास्ना औनी

घाम अस्ताएसी शिवरात्रीको रलपल हेर्न पशुपती गैद्यो आगा अगिल्तिर बस्स्या नागा बाबा हेर्यो फर्क्यो...एस्तै थिए ति दिन हरु... सम्झ्यो भने रुनरुन औछ केरे
 
Posted on 09-11-07 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई आरामै छ दाइ,
पुन्टे ब्रो, जीरा दाइ र तपैको सन्स्मरण, हो कि के भन्छन् नि, ले, आफ्नै गाम्ठाम् र तेइ उमेरां पुरैरा छ मलाई, अनी म त तेसै रद्द भैरा' छु यहाँ।
अरु नि जावोस् भन्छु के रे, अब। सारै रमैलो लाग्यो।
 
Posted on 09-12-07 12:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नतमस्तक दिपज्युको लेखन शैली प्रति !
बेजोड छ अरु नि जाओस ।
मनै प्रफूल्ल भो ! क्लाइमेक्समा अट्टाहास रोक्नै सकिएन । ल्याब-मेट हरु घुरेर हेर्दैथे, "खुस्क्यो !" भन्ठान्या होलान् !
 
Posted on 09-12-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टङ्गाल ईलाकाँ ठीटी थेनन भन्नु भट्टीमा जड्याँ थेनन भने झैं हो। कलङ्कीको कुरो सुनेर नी हुन्छ काईं। लङ्गुर बुर्जाँ टाट भएसी पुलीस आयो भनेर खेल भाँडने सोम हो यार कलंकी त।

पुन्टेब्रोले सलिड कुरा झिक्या हो ल। माराजगन्ज अब टिचीङ्ग बाट लागम दखिन हैन -- हेरी प्यारा साईड मा आम्त उता तालिम केन्द्र तिर हैन -- अनि त्यो प्यारा नाघेर दाईने तिर तालीम केन्द्रको अघि राख्या ट्याम्पु ट्याउसीलाई बाल नदिए नी एउटी न एउटी मनले खा की जस्ति लाग्ने सधैं जस्तो के हो की कस्लाई हो पर्खेर बस्या देखिने -- मैलाई हो भन्ने चै कैलेई भएन नी नारन।

जे होस त्यो प्यारा अघिबाट देब्रे मोडिम -- शिबपुरी नआउँदै ती ठुल ठुला रुख छेउ बाट बायाँ तिर पिच नगर्या बाटो अघि जान्थ्यो तेता हुँदी नी मन लड्या थे एक् ताका हरे! सेन्टी बनाउने दुईटी थे।

अनि देब्रे तिर शिबपुरी स्कुल अनि दिर्घ राज कोईरालाको घर पास गर्दै अघि लागेसी पबित्र बर्क सपको चिन्ह थ्यो हेरी तीँ बाट सिधै ओरालो लागेर रण बहादुर साहको घर् हुँदै तल टुँडालदेबी पस्चिम तर्फका फांट तिर ओरालो लाग्दा नी मनमा काउकुती लाउने गोटा चारेक सम्झिन्छु। बज्या यो मन अझै मच्चिन खोज्छ ए। के भन्ने।

त्यो ओरालो नलागी अघि बढेसी भने खास केही थिएन आफ्नो लागि। रस्सियन एम्बेसी थ्यो बायाँ तिर अलि तल राष्ट्र ब्याङ्क दायाँ तिर।

बालुवाटार पुगेसी भने फेरी थे मन रेट्नीहरु --- लौ नसकिने भो कुरा गरेर --

जिरादाईले बास्सादाईको कथा लेख्छु भन्थे लत छोडे -- त्यो मित्र पार्क अघिको ओरालोमा भाको सी ए लेख्या घर तिरको कथा छ एउटा भन्थे त्यो कुरो नी तेइ दाउरा डिपो जसरी हरायो --- जिरादाई ल त्यो लामपोउखरी छेउको पिपलबोटाँ साईकल त घुमा होला नी? ल जाम फेरी तेई बाटो -- चाबेल गणेस देखी तेई पिपल बोट घुम्दै साईकलमा हरर अनि जयबागेस्वरीमा--- थाह छ हैन कुन घर?

Kevin_ekstrom,

के गर्ने आफ्नो गाम ठामको माया लाग्दो रे छ। झिकम न गफ -- सम्झिम पुराना दिनहरु मरेसी त यही सुमसुम्याको ज्यान नी लान सक्किन्न रे के नी?

rhishi,

खुसी लाग्यो गफ मन परेछ -- रिशीलाई नी अप्सराहरु आउँदा होलान नी हाउ भाउ कटाछे गर्न? की ठन्डाराम?
 
Posted on 09-12-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehe haamro punte dai ni saano gauchar samma pugyaa rechha ni.
 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling on TPS advance travel document to different country...
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
Are you ready to know the truth?
lost $3500 on penny stocks !!!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
Guess how many vaccines a one year old baby is given
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters