harikancha
Replies to this thread:

More by harikancha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालमा नयाँ आर्किमिडिज

[Please view other pages to see the rest of the postings. Total posts: 81]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 49595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 10-26-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


What do you say about this news and his theory? I don't fully know the arkimidis theory. If any physicist are here in sajha they can clear the issue here. But as far as i understand (limited physics), to float, object wil displace water equivalent to the mass of that object that is floating. part of it may be submerged.

Source: नयाँ पत्रिका


काठमाडौं, ८ कात्तिक


२३ सय
वर्षअघि आविष्कार भएको आर्किमिडिज सिद्धान्तलाई गलत भन्दै एक नेपाली
विद्यार्थीले नयाँ तथ्य प्रस्तुत गरेका छन् । नेपाली विद्यार्थीको यो
दाबीले अन्तर्राष्ट्रिय मान्यता पाए भौतिकशास्त्रका संसारभरिका पाठ्यक्रम
नै परिवर्तन गर्नुपर्नेछ ।


इशापूर्व
२८७ मा जन्मिएका गि्रक वैज्ञानिक आर्किमिडिजले सामथ्र्यको सिद्धान्त
प्रतिपादन गरेका थिए । आर्किमिडिजको सिद्धान्तअनुसार तरल पदार्थमा उत्रने
वस्तुको तौल र सो वस्तुले त्यतिवेला विस्थापन गरेको तरल पदार्थको तौल
बराबर हुन्छ ।


तर,
नेपाली विद्यार्थी भविन्द्र कुँवरले उत्रने वस्तुले अनुभव गरेको उध्र्वबल
र त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल बराबर हुन्छ भन्ने
आर्किमिडिजको सिद्धान्त बनावटी र त्रुटिपूर्ण भएको दाबी गरेका छन् । उनले
नेपालका तीनवटा कलेजका प्रयोगशालामा आफ्नो दाबी पुष्टि गरेर 'पेटेन्ट
राइट'का लागि उद्योग विभागमा निवेदन पनि दिएका छन् ।


'कुनै
वस्तु तरल पदार्थमा उत्रँदा वा डुब्दा त्यस वस्तुले आफ्नो तौलभन्दा घटी वा
बढी जति पनि तौलको तरल पदार्थ विस्थापित गर्छ,' गणित विषयमा स्नातकोत्तर
पढ्दै गरेका कुँवरले नयाँ पत्रिकासित भने ।


उनले
काठमाडौं मेडिकल कलेज, युनिभर्सल कलेज र हेराल्ड इन्टरनेसनल कलेजमा आफ्नो
दाबीलाई प्रयोग गरेर देखाएका छन् । आफ्नो नयाँ प्रयोगले सतहमा रहेको
पानीबाट धेरै विद्युतीय ऊर्जा निकाल्न सहयोगी हुने दाबी गरेका छन् । उनको
सिद्धान्त अन्तर्राष्ट्रिय प्रयोगशालाबाट पुष्टि भए नेपालका नदीनालाबाट ८३
खर्ब मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न बाटो खुल्नेछ ।


उनले
आफ्नो प्रयोगबारे भने, '२० ग्राम पानी भएको भाँडोमा तीन सय ग्रामको गिलास
राखियो भने सजिलै उत्रन्छ । विस्थापित पानी २० ग्रामभन्दा कम छ भने
गिलासको तौल ३०० ग्राम छ । त्यसैले विस्थापित पानी र उत्रने वस्तुको तौल
बराबर हुनै सक्दैन ।'


कुनै
वस्तु तरल पदार्थमा उत्रँदा वा डुब्दा त्यस वस्तुले आफ्नो तौलभन्दा घटी वा
बढी पानी विस्थापित गर्छ, त्यसमा दूरी प्रमुख कारण हुन्छ भन्ने कुँवरको
दाबी छ । उनले भने, 'भर्टिकलमा प्रयोग गर्दा दूरी कम हुन्छ र बढी तरल
पदार्थ विस्थापित हुन्छ । तर, दूरी धेरै भयो भने कम तरल पदार्थ विस्थापित
हुन्छ ।'


उनले
आफ्नो प्रयोगले कम तरल पदार्थमा धेरै ऊर्जा उत्पादन हुने दाबी गरे । उनका
अनुसार कम तरल पदार्थ विस्थापित गराएर धेरै ऊर्जा उत्पादन गर्न सकिन्छ ।
यही आधारमा उनले नेपालमा ८३ खर्ब मेगावाट विद्युत् उत्पादन गर्न सकिने
दाबी गरेका हुन् ।


हेराल्ड
इन्टरनेसनल कलेजका फिजिक्स टिचर बालविक्रम खत्रीले कुँवरको प्रयोग हेर्दा
आर्किमिडिजको सिद्धान्त त्रुटिपूर्ण देखिएको बताए । 'हाम्रोमा उपलब्ध
सामग्रीबाट प्रयोग गर्दा आर्किमिडिजको सिद्धान्त फेल देखियो,' खत्रीले
भने, 'यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन थप प्रयोग गर्नुपर्छ ।'


कुवरले
उद्योग विभागमा 'सामथ्र्यको सिद्धान्त र त्यससँग सम्बन्धित उध्र्वचापमा
आधारित ऊर्जा प्रविधि'को पेटेन्ट दर्ताका लागि आवेदन दिएका छन् । १६ माघ
०६५ मा द.नं. ७३९ मा आवेदन दर्ता गराएपछि उद्योग विभागले सम्बन्धित विषयका
विज्ञसँग छलफलसमेत गरेको छ ।


के हो आर्किमिडिजको सिद्धान्त ?


कुनै वस्तु तरल पदार्थमा डुब्दा त्यस वस्तुले अनुभव गरेको ऊध्र्वचाप -upthrust_ वा घटेको ताैल त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको ताैलसँग बराबर हुन्छ । (स्रोतः अक्र्सफोर्ड डिस्क्टनेरी अफ फिजिस्क)


उदाहरण :
तरल पदार्थले भरिएको कुनै भाँडोमा कुनै एउटा वस्तु डुबाउँदा त्यसको घटेको
तौल १०० ग्राम छ भने त्यसले विस्थापित गरेको तरल पदार्थको तौल पनि १००
ग्राम नै अर्थात् बराबर हुन्छ ।


कुँवरले दाबी गरेको सामथ्र्यको सिद्धान्त:


कुनै वस्तु तरल पदार्थमा डुब्दा त्यस वस्तुले अनुभव गरेको उध्र्वचाप -upthrust_ वा घटेको तौलसँग त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल -weight of the liquid displaced_ घटी वा बढी जे पनि हुन्छ ।


उदाहरण:
दुईवटा पेपरगिलास लिऊँ । एउटा पेपरगिलासमा १०० ग्राम पानी छ । तर, १००
ग्राम पानी भएको गिलास २५ ग्राम पानी भएको अर्का गिलासमा राख्यो भने सजिलै
उत्रन्छ । यसबाट तैरिने वस्तुको १०० ग्राम तौल नै घटेको हुन्छ । तर
विस्थापित तरल पदार्थ २५ ग्रामभन्दा कम हुन्छ ।


नयाँ सिद्धान्तबाट लिन सकिने फाइदा:


यो
सिद्धान्त अन्तर्राष्ट्रिय प्रयोगशालाबाट समेत पुष्टि भई मान्यता पाए २३
सय वर्षअघिको सिद्धान्तका कमजोरी पत्ता लागी भौतिकशास्त्रमा नयाँ सत्यको
उद्घाटन हुनेछ । यसले ऊर्जाका क्षेत्रमा नयाँ अध्यायको थालनी गर्छ ।
जस्तो : नेपालको कुल विद्युत् उत्पादनक्षमता ८३ हजार मेगावाट भनिएकोमा यो
सिद्धान्तअनुसार ८३ खर्ब मेगावाटभन्दा बढी हुन्छ । विद्युत् उत्पादनका
लागि बेलायतबाट आरम्भ भएको टर्वाइन प्रणालीबाट अहिलेसम्म बिजुली उत्पादन
भइरहेकोमा यो सिद्धान्तअनुसार त्योभन्दा कम खर्चमा बढी ऊर्जा उत्पादन गर्न
सकिनेछ ।



 
Posted on 10-27-09 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली हरु ले किन बिकाश नगर्या भन्या त एस्तो पो रहेछ | संसार कहाँ बाट कहाँ पुगी सक्यो नेपाली हरु अझै गिलाश जोड्दै बसी रा छ  ! ARCHIMIDES को principle ले गर्दा कत्रो कत्रो ship हरु बन्य छ !  अब यो फुचे ले दुइ ओटा गिलाश जोड्यो भन्दै मा wrong  भन्ने !


Let me give you one example. I had similar thought while i was doing +2 in Nepal.   We have one physics question........

" If somebody in the boat drinks the water from the lake does the height of the lake decrease of increase?" ------- The answer we read was that the level of water wont' change because the amount of water he drank will displace same amount of water.      .........I used to think how this can be true.   What if  he drinks all the water from the lake. ..................................After several thought i got the answer.....................................................

..................................... You only displace water equal to weight. अब मुनि को गिलाश ( वा river  ) मै enough  वाटर नभए पछि भुत्रा को equal  displace  गर्नु!


अब Einstien कै ठोरी अनुसार सप भन्दा FAST speed  of  light  भन्छ !  तर speed  of  light  भन्दा waveguide  मा RF signal फस्ट कुद्छ ! त्यसलाई चाही के भन्ने नि ?

US  र Europe क scientist  हरु  ले चाहे एस्तो pinciple हरु मा जति पनि flawed  निकाल्न सक्छ ! 


World has moved ahead in time.  Whatever research is done should be be based on current trend of technology.


His flaw is evident when he says putting 100gm in 25gm of water. SORRY IT IS IMPOSSIBLE TO PUT 100GM WEIGHT IN 25GM WATER  AND KEEP IT FLOATING.  EITHER......

1. You need to hold the top glass........which means you are applying some force that makes the weight less than 100 gm

2. or  weight is not only  taken by the water but even the surface of the bottom glass.  Even when you put 100 gm glass.........the actual weight in glass becomes less than 25gm because the weight is distributed around the bottom  glass.
Last edited: 27-Oct-09 09:55 AM

 
Posted on 10-27-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-27-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Here's the moron:


 



 
Posted on 10-27-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aafno beijjat garna ajha photo pani chhapaaechha? kati aat gareko?


Here are my list of Nepali morons over last few years:


1. The guy who proved Einstein wrong


2. The guy who proved Archimedes wrong


3. The guy who claimed he was first to work in NASA after doing MS from a dakota university

4. The man who discovered the medicine for AIDS

Repeated researchers: i.e. the fundamental thing in science is not to waste time in doing the same research done long ago, or at least not cash in it. Here are some who managed to dupe our gullible public:


5. Kids who made airplane in Nepal and even got 10 lakh or so from govt. (Planes were made 107 years ago in Ohio. No novelty except for lab experiment aspect of it. Thank you for not doing the research already done!!)


6. The guy who repeatedly claimed to have made electricity out of gobar, potato etc. (Oh, yea. You can do that by following any instruction in a kid's science book. Faraday made it centuries ago.)


And here is a glory list:


A kid got bronze in International Math ho ki Physics Olympiad in Mexico last year--I wish someone had advised the kid to go to Harvard or MIT, but he went to India, I have heard, for his undergraduate study. Kudos to small but appreciable achievement like that.

Last edited: 27-Oct-09 11:15 AM

 
Posted on 10-27-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire: You missed the guy who claimed to cure AIDS.
 
Posted on 10-27-09 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-27-09 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

And there was a kid who participated in NASA open session conference for public (anybody can register and participate) and claimed he was invited by NASA

 
Posted on 10-27-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I really worry because these people provide a really bad role model for other kids to follow. It was already worse that our political young leaders hasn't proven to be worthy men to follow--but the retard journalists and delusionary kids have jointly conspired to take us a step lower into abyss: of ignorance and shame. We are country of 3 karod people, and someone really should vigorously oppose such cheap claims from being propagated.


--------------------------


अर्को एउटा उदाहरण सुम्निमा सिंह पनि हुन। उनी साच्चै टाठि र एसएलसी बोर्ड फर्स्ट भएकि केटि हुन्, तर फुर्ती अति गर्नु पर्ने। बर्षै पिच्छे एउटा किताब लेख्ने र नोबेल पुरस्कार् जित्ने (त्यो पनि तिनवटा रे)। उनीप्रति सर्हिदयी हुदाहुदै पनि उनिलाई के भन्न मन लाग्छ भने पकिस्तान्को युनिभर्सिटि टप गर्दैमा कोहि ठुलो हुदैन, संसारमा दस हजार् युनिभर्सिटि छन्। अर्को कुरो विद्वानहरुले म नोबेल पुरस्कार् जित्छु भनेर हिड्दैनन्, विद्या ददाति विनयम् भन्छन् नि। फेरि वर्षै पिच्छे किताब लेख्नु पर्दैन, फेमस हुन एउटै किताब काफि हुन्छ। आफ्नो काममा शुरुसुरु लागेर दस विस वर्ष पछि संसारले आहा भन्ने भए भएन र, किन ठुल्ठुला गफ गर्दै हिड्नु पर्‍यो। आफ्नो कामलाई पो बोल्न दिने हो।


 
Posted on 10-27-09 12:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sumnima Singh bhannale ko ho?
 
Posted on 10-27-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी जन्तुहरु र नेपालका नेताहरुमा केहि फरक छैन । झुक्किएर नेता बन्नु पर्ने यि जन्तुहरु कापी च्यापेर कलेज गएकोले यि "साइन्टिफिक भाषण" दिदै हिडेका छन ।


लिष्टमा थप्नै मन लाग्यो अर्को पनि । भट्टजीको जस्तै अर्को गफ:


यि ठीटाहरु मास्टर्स गर्दा डिपार्टमेन्ट मार्फत अनिवार्य रुपमा गर्नु पर्ने इन्टर्नशीप गर्न फ्राउनहोफर इन्स्टिच्युटमा गए र यिनको गफ तल छ । हुन सक्छ यिनलाई त्यहा कसैले पत्याएर मास्टर्स थेसिस वा अझ धेरै गर्लान त्यो ठाउंमा तर यिनिहरुले अहिले गर्ने भनेको त्यहांका प्राविधिकहरु संग नया विषयमा सिक्ने हो न कि शोध गर्ने । र यिनिहरु जस्ता धेरैले २-३ महिने यस्ता इन्टर्नशीप त्यस संस्थामा गरिसकेका छन । त्यसमा यिनिहरुको गफ भट्टजीको जस्तै "पहिलो नेपाली" रे ! कति गफ दिन पर्छ यिनलाई, पछि लाज हुन्छ भनेर सोचे पनि हुन्थ्यो नि ! २ सेमेस्टर पढेर जर्मनीमा शोध गर्ने !


काठमाडौं, साउन १८ (नागरिक)- नवीकरणीय उर्जा व्यवस्थापनसम्बन्धी अध्ययन गर्न जर्मनी गएका दुई नेपाली विद्यार्थीले उत्कृष्ट नतिजा हासिल गरेका छन् । फ्रिम्वर्ग विश्वविद्यालयमा स्नातकोत्तर गर्दै गरेका विराटनगरका दिपक कडुवाल र नवलपरासीका सुवर्ण सापकोटा उत्कृष्ट ठहरिएका हुन् ।

पहिलो र दोस्रो सेमेस्टरमै राम्रो परिणाम ल्याएसागै दुवै सौर्यउर्जासम्बन्धी विश्वप्रसिद्ध फाउनहोफर इन्सिच्युट (आइएसई) मा शोध अध्ययनका निम्ति छनोट भएका छन् । उक्त संस्था सौर्य उर्जासम्बन्धी विश्वकै सबभन्दा प्रमुख अध्ययन केन्द्र मानिन्छ ।


नविकरणीय उर्जाका क्षेत्रमा 'नासा' मानिने उक्त संस्थाले सबभन्दा प्रभावकारी सोलर सिलिकोन बिकास गरेको छ ।

'पहिलो र दोस्रो सेमेस्टरमै राम्रो गरेकाले हामी -उक्त संस्थामा) सहायक शोधार्थीका रूपमा चुनिएका छौं' कडुवालले उत्साहित हुादै सुनाए, 'यो अवसर पाउने हामी प्रथम नेपाली भएका छौं ।' दुवैले सोमबारदेखि पूर्णरूपमा सहायक शोधार्थीका रूपमा काम सुरु गरेका छन् ।

पूर्वाअञ्चल क्याम्पस धरानबाट एगि्रकल्चरल इन्जिनियरिङमा स्नातक गरेका दुवै गत वर्ष नवीकरणीय उर्जा अध्ययनका लागि पि|mवर्ग भर्ना भएका थिए ।
दुवैले आइएसईमा सस्तो मूल्यमा अर्गानिक सोलार सेल निर्माणसम्बन्धी शोध गर्नेछन् । उक्त संस्थाका वैज्ञानिकहरूले नै अहिलेसम्मकै सबभन्दा बढी क्षमताको त्यस्तो बनाइसकेका छन् ।

'नेपालजस्तो देशमा यसको अध्ययन र निर्माणले ग्रामिण विद्युतिकरणमा ठूलो फाइदा पुग्नेछ' अध्ययन सकेपछि नेपालमै आएर सौर्य लगायत नविकरणीय उर्जा क्षेत्रमा क्रियाशिल रहने सोच बनाएका दुवै विद्यार्थीले भने । अर्गानिक सोलार सेल उत्पादन सस्तो हुने उनले बताए ।

यसैबीच अर्का नेपाली सञ्जिभ गौतमले प्रख्यात म्याक्स प्लाङ्क इन्सिच्युडमा अध्ययन गर्ने अवसर पाएका छन् । जर्मन सरकारको पूर्ण छात्रवृत्ति रहने प्रतिष्ठित 'फेलो अफ जर्मन एक्सलेन्स' अन्तरगत उनी त्यहाँ अध्ययन गर्न गएका हुन् । भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट मोलिकुलर मेडिसिनमा स्नात्तकोत्तर गौतमले प्लाङक्मा ल्युकेमिक (घातक क्यान्सर) को उपचारका लागि प्रयोग हुने रक्त कोष विकास र प्रत्यारोपणबारे अध्ययन गर्नेछन् ।

Last edited: 27-Oct-09 12:55 PM

 
Posted on 10-27-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"A little knowledge is a dangerous thing"


 


And from Journalists to so called inventors and 'first Nepali', we have bunch of masters with that 'little knowledge'.


 
Posted on 10-27-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I just had a chat with one of my university professor and he said that his experiment is fundamentally flawed essentially missing out 3 forces .  I don't know why our newspaper is publishing such rubbish and arn't there any physics genius in Nepal who can guide this guy. 

1. To determine Archimides principle they fill the liquid upto top level. So when any object is immersed the liquid displaced in by the object is collected in another jar.

   However, in his experiment liquid is not only  being diplaced but it is also raised in height (in between the cups).Clearly lower glass is not fully filled but only filled upto 25 grams. So energy is lost in raising the height of liquid.  Raising the height is determined by the potential energy.  energy is lost in raising the height of liquid  like in barometer.  Infact the loss of is very significant.  Imagine when you put your thumb on the tap and feel the force of water.


2. In archimedes principle the container is very big compared to the object immersed. Just like the ship in the sea. By using both the container of almost same width other factors become significant. Like the liquid in between two glass has the cohesive forces . Imagine putting liquid in a ballon and try pressing it.  This force is neglible in the ship sailing in the sea.


3. When both the cups are of same size chances are the cups might be touching each other at some point.. Weight of liquid is also shared by the cups.


4.   If you immerse 100 gm it does not necessarily mean 100 gm displace. Archimides principle says when you put 100 gm object  there will be an apparent loss in weight of  the object you immerse. That apparent loss of weight is equal to volume of water displaced.






 
Posted on 10-27-09 2:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

No_queiro: Yo timile ke garyau bro.. Professor ko agadi desh kai ghanghor beijjat...
 
Posted on 10-27-09 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No_Quiero, ouch..what did you do man? deshkai beijat.. aba sara sansarle thaha paune ...


Nepali:


Totally agree. मैले पनि जर्मन बन्धुहरुको हावादारी गफ पढेको थिए। तिललाई पहाड बनाएर केहि काम गर्नु अघि नै के के न गरें भन्दै हिरो बन्न खोज्नेहरुको मुर्खताले अरु कति नेपालीलाई सस्तो लोकप्रियता खोज्न र मेहनत भन्दा गफ, फुर्ति दिन इन्करेज गर्ने हो सोच्दा अफसोच हुन्छ। फेरि यो स्कुलमा इन्टर्नशिप् पाए भनेर गाउघरतिरको आफ्नो प्रेमिकालाई फुर्ति लगाएको जस्तो पत्रकारको अगाडि फुर्ति लगाउनेहरुले भविष्यमा फर्केर हेर्दा आफ्नो फेस कसरी हेर्छन् होला? कति लाज हुनेहोला आफ्नो विगत प्रति यिनीहरुलाई?
अझ केहि वर्ष अगाडी एकजनाको युवामन्चमा कभरमै हो क्या रे फोटो थियो, जर्मनीको कुन विश्वविद्यालयबाट पाच सय डलरको पुरस्कार पाएपछि गएर ठुलोठुलो गफ दिएछ सोमले।
कत्राकत्रा युनिवर्सिटिमा चुपचाप बसेर काम गर्ने पनि नेपाली छन, तर यि हावाहरुको कुरोले पत्रिका भरिन्छ, के भन्ने।


newlynew,
सुम्निमा सिं एक जमानामा एसएलसि बोर्ड फस्ट हुन्। उनि बोर्ड फस्ट भएपछि उनले र उनका बुवाले के भने भन्दा उनीहरु अब बर्षै पिच्छे एउटा किताब लेखेर गिनेज बूकमा नाम लेखाउने रे। मैले मनमनै के सोचेको थिए भने ए बाबा फेमस हुनलाई के पचास वटा किताब लेख्नु पर्छ? टोल्स्टोयका पाच किताब फेमस छन्, तर धेरै जस्तो लेखकको सम्झन योग्य एउटा मात्र किताब हुन्छ, देवकोटाकै पनि कति किताब सम्झिइन्छ र? सुम्निमा पछि पाकिस्तान गएर मेडिकल पढेर त्यहा टप गरिन्। हजुर, नेपालमा यो कुरो पत्रकार वरिपरि राखेर नभन्ने त कुरै छैन। फेरि शुरु भयो उनको छ सात भाषामा किताब लेख्छु, तिनवटा नोबेल पुरस्कार जित्छु भन्ने श्रूंखला। पढेलेखेको टाठि मान्छेले तेस्तो हावा कुरो गरेको कस्तो सुहाउदैन, तर भनिदिने कसले?फेरि पाकिस्तानको विश्वविद्यालय भनेको थोडा इण्डिया र चाइनाको टप विश्वविद्यालय हो र थोडा, खास कुन चाहि पकिस्तानीले नोबेल पुरस्कार पाएको छ र? (एकजनाले छ क्या रे)
फेरि नेपालमा यस्तो कुरो गर्‍यो भने पढ्ने मान्छेलाई इन्करेज गरेन, इर्ष्या गर्‍यो भनिदेलान् भन्ने पिर। तर हावादारी गफ् अति भो।


 
Posted on 10-27-09 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

https://www.youtube.com/watch?v=eQsmq3Hu9HA


 
Posted on 10-27-09 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

another baal abiskarak re

Trying to register his name on Guenese book.

नेपालमै सोलार कार





























दीलिप
पौडेल, बाग्लुङ,कात्तिक ११-बाग्लुङस्थित अमृत आदर्श उच्च माविमा कक्षा १०
मा अध्ययनरत १६ वर्षका कुशल केसीले सम्भवतः देशमै पहिलोपल्ट सोलारबाट
चल्ने कार बनाएर गुडाएका छन्। उनले न कुनै तालिम लिएका छन्, न कुनै वैज्ञानिक वा प्राविधिकको सहयोग। उनले आफैं दिमाग लगाएर सोलारबाट चल्ने कार बनाएका हुन्।


उनले अध्ययन गर्ने विद्यालयको प्रांगण सोमबार विद्यार्थी, अभिभावक,
सञ्चारकर्मी, सर्वसाधारणले खचाखच थियो। ढाकाटोपी र दौरा सुरुवालमा सजिएका
बालकले 'कुशल सोलार कार, सेभ द वर्ल्ड' लेखेको सेतो रङको कार हर्न बजाउँदै
ल्याउँदा सवै अचम्मित भए। उनले बाग्लुङ बजारमा कार हुँइक्याउँदा सडकको
छेउछाउ बसेका सबैले ताली बजाएर स्वागत गरे।


सौर्य उर्जाबाट इन्धन आपूर्ति गर्ने भएकाले कारको नामै सोलार कार
राखिएको हो। 'विश्वव्यापी रूपमा बढ्दो वायू प्रदूषण र तापक्रम न्यूनीकरण
गर्न सोलारबाट चल्ने कार बनाएको हुँ,' केसीले सञ्चारकर्मीसँग भने, 'यो
पहिलो परीक्षण हो, पाँच वर्षभित्र पेट्रोलबाट चल्ने कारले जति गति लिन्छ,
त्यहीअनुसारका कार बनाउँछु।' अहिले सोलार कार ६० किलोमिटर प्रतिघण्टा
दौडिने उनले बताए। चार घन्टा चार्ज गरेपछि यो ५० किलोमिटर दौडन्छ।


'पहिलो पटक अक्सफोर्ड विश्वविद्यालय लन्डनका विद्यार्थीले सोलारबाट
चल्ने कार बनाए थिए,' केसीले भने, 'तर, उनीहरूले बनाएको कार दिउँसो मात्र
गुड्थ्यो। तर,यो कार रात र दिन जुनसुकै समय पनि गुडाउन सकिन्छ।'


कान्छो उमेरमा सोलारबाट चल्ने कार बनाएकाले उनले गिनिज बुकमा नाम दर्ता
गराउन सबैसँग सहयोगको आग्रह गरेका छन्। 'सबैभन्दा सानो उमेरमा नयाँ
आविष्कार गरेको छु,' उनले भने, 'गिनिज बुकमा नाम लेखाउन नेपाल सरकार र
सबैको सहयोग आवश्यक छ।' प्रिन्सिपल महेशचन्द्र प्रधानले कुशलको कामलाई
विद्यालयले सहयोग गर्दै आएको बताए। 'नयाँ परीक्षण भएको छ, गिनिज बुकमा नाम
लेखाउन पहल गर्छौं,' उनले भने।


केसीले ब्याट्री, मोटर र सोलार जोडेर कार बनाएका छन्। कारको अगाडि, छत
र पछाडि २० वाटका ६ वटा सोलार प्यानल जडान गरिएको छ। सोलारबाट संकलन
गरिएको ऊर्जा ब्याट्रीमा जडान गरेर चार्ज गरिन्छ। घाम लागेको समयमा भने
ब्याट्रीको ऊर्जासमेत प्रयोग नगरी कार गुड्छ। बिजुलीबाट समेत चार्च
गर्नमिल्ने व्यवस्था मिलाइएको छ।


कारमा तीनवटा पांग्रा प्रयोग गरिएको छ। अगाडि एउटा र पछाडि दुईवटा। कारको अगाडि ड्राइभरसहित तीनजना बस्नमिल्ने सिट राखिएको छ।


कार बनाउन आवश्यक सामग्री उनले चीन र भारतबाट किनेका थिए। उनले करिब ४०
दिनमा कार बनाएका हुन्। यसअघि उनले हेलिकप्टर बनाएर पोखरा र काठमाडौंमा
प्रदर्शन गरेका थिए।


कार बनाउँदा करिब ६ लाख रुपैयाँ खर्च भएको बाबु भीम केसीले बताए। यसका
लागि नास्टबाट १० हजार र विद्यालयले आयोजना गरेको सांस्कृतिक
कार्यक्रमलगायतबाट करिब २ लाख रुपैयाँ संकलन भए पनि अन्य रकमको जोहो गर्न
मुस्किल परेको उनका बाबुले बताए।

राष्ट्रकै शिर उचो बनाउने काम भए पनि कुनै निकायले सहयोग गरेको
छैन,' बाबुले भने, 'ऋण काढेर भए पनि आवश्यक सामग्री जुटाएको हुँ। छोरोले
राम्रो काम गरेकाले गर्व लागेको छ।' केसीको परिवार अहिले बाग्लुङ
सदरमुकाममा बस्दै आएको छ।
उनको प्रतिभा हेर्न उनको जन्मस्थानबाट एक
दिन लगाएर काका, काकी, छिमेकीसमेत सदरमुकाम आएका थिए। उनलाई मंगलबारै
विद्यालय तथा विभिन्न संघसंस्थाले अभिनन्दन गरेका थिए। बधाइ दिनेको घुइँचै
थियो।

 
Posted on 10-27-09 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब यो खबर हेर्नु भयो भने यसमा राम्रा र नराम्रा दुबै पक्ष छन। गाउँको केटोले यसरी सोचेर , शायद भारत र चिन बाट सामान ल्यएर सोलार कार एसेम्बल गर्‍यो (बनायो त हैन)। त्यो अति राम्रो कुरो हो, यसरी गाउँ गाउँ मा बच्चा हरुले दिमाग लगाउने बानी लगाए राम्रै हुन्छ। तर त्यसपछि त्यो आर्टिकल अति तिर गयो, फुच्चेले ठुला डिं हान्न थाल्यो। गिनिज बूकमा नाम लेखाउने आदि कुरो गर्नु, बाउले र पत्रकारले अप्रत्यक्ष्य रुपमा पैसाको सहयोग को याचना गर्नु हासोउठ्दो कुरो हो।

अब यस्तो रिपोर्टिङ् किन मुख्य खबर जस्तो गर्नु, ग्रामीण समाचार मा राखे भैहाल्यो नि। बच्चाले गाडी बनाए, भिड हेर्न आयो भनेर सकिदिएको भए हुने,  गिनिज बूक् र ठुलाठुला कुरो नगरि।

 
Posted on 10-27-09 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I praise the courage of the boy to invest such a big amount to build
something, which we most of the time do not think about. But i agree
with pire. this video explains similar car. I sajha don;t allow me to
embed video but this video talks in detail about such one homemade
solar car. its interesting to watch and know some basics. Search " Infinity Miles Per gallon: Art Haines and the Solar car". You will get the video.

sunnev dot com here is the link to the website of that solar car builder and actually he is selling it now as a kit. its quite interesting to know.
Last edited: 27-Oct-09 11:31 PM

 
Posted on 10-28-09 6:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-28-09 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I could not stop laughing when I read the news of "First SOLAR CAR" and Guinness Book dream.

Don't they know there is GOOGLE to tell them what is going on in the rest of the world? Just check the news on "Solar Car", they will find tonnes of information. OK, if they have done some technical advancement on their own, that would be of interest, otherwise spending money to assemble parts from India and China does not make them inventor.

Just 2 days ago, Japanese Solar car won a racing competition in Australia running more than 3000 kms on solar power. MIT, Univ. of Michigan, Univ. of Minnesota and many other universities are famous for leading research on Solar cars (http://solarcar.engin.umich.edu/) (http://www.svp.umn.edu/index.php). They have various kinds of events like  Formula Sun Grand Prix for solar cars. 


Someone need to suggest them to visit Sajha.com (if they can not GOOGLE) before making such flawed-claims.

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
lost $3500 on penny stocks !!!
Changing job after i-140 approval
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters