[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 462845 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 11-10-08 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपदाको हुलिया त्यस्तो?


 
Posted on 11-11-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तरुनी तरुनी भन्थ्यो के गरेछ त बाङ्गेले? म सोच्दै थिएँ बाटामा ---


 
Posted on 11-11-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तरुनी तरुनी भन्थ्यो के गरेछ त बाङ्गेले? म सोच्दै थिएँ बाटामा ---

हामी एक हुल ग्वारग्वार भुतेस्वरबाट बाङ्ग्या घर (घर पनि छडके छडके पर्या थ्यो त्यसो ) तिर लाग्दै गर्दा पुडकेले सोध्यो "काँ जान ला हँ?" हामी फटाफट हिन्दै थिएम अनि ब्ल्याक बेल्ट ट्वाक पनि सँगै थ्यो। कता झगडा परेछ क्यारे अनि हामी फाईट खेल्न जान ला जस्तो बुझ्या हुनु पर्छ उस्ले। पनि पछि लाग्यो। "हँ दाई?" उस्ले फेरी सोध्यो। उस्ले दाई भनेर कसैलाई सम्बोधन गरेको थिएन जस्ले जवाफ दिए पनि हुन्थ्यो। छ्याकले झर्केर सोध्यो "के?"

 हाम्रो हुलबाट छ्याक झर्किनु अनि हाम्रो  हिंडाईको चाल पनि दर्हो हुनु देखेर होला पुडकेले स्वर निक्कै मसिनो पारेर नचिलाएको हुँदो हो त्यै पनि टाउको कन्याउँदै भन्यो " हैन केही हैन -- " तर पछि लाग्न छोडेन।

पुडकेले झ्यालिन्चा तिर सरेर सोध्यो "ज्ञानेश्वरको केटाहरु हो दाई?"

ज्ञानेस्वरको केटाहरु हो भनेर उस्ले सोध्या सुन्ना साथ बाटाँ अलपत्र परेर बस्या अरु दुईटाको कान ठाडो भो।

"काँ ज्ञानेश्वर? समात्यो रे क्या तेरो बाउ लाई उता -- जाकिरा रे" झ्यालिन्चाले चिबाहलतिरबाट किस्नदाईको घर निस्किने गल्ली छिर्दै भन्या के थ्यो ति अघि कान ठाडो पार्नेहरु पनि मिस्सिए। पुडकेले आफ्नो बाउलाई घरमै देख्या भएर हो कि जाक्किए जाक्किओस भनेर हो वा झ्यालिन्चाको कुरा बुझेर हो चिन्तित देखिएन बरु ति मिस्सीने दुईटा मध्ये एउटाले सोध्यो "कस्लाई हँ?"

 चिबाहल भित्र छिर्ना साथ तिनटा भुस्या कुकुरहरु पनि टोक्ने नै हुन कि  झै गर्दै भुक्दै आए। एउटालाई अघि त्यो "कस्लाई हँ" भनेर सोध्नेले कसेर एकलात ठोके पछि बाँकि भाका दुईटा पनि तितर बितर भए। "कस्लाई हालेछ खोरमा?" अर्को ले चुरोट सल्काउँदै सोध्यो। सल्काएर चुरोट एक सर्को ताने पछि झ्यालिन्चा तिर वढायो त्यस्ले। झ्यालिन्चाले चुरोटलाई नाईँ भन्ने कुरो भएन। जिन्दगीको अन्तिम सर्को हो कि झै गरेर ताने पछि चुरोट फिर्ता दिदै उस्ले भन्यो "बाङ्गेलाई हनुमान ढोकामा कोचेछ"

"तँलाई था कोच्या नकोच्या?" मैले झ्यालिन्चा तिर हेर्दै सोधें।

"जे पायो त्यै नभन्न झ्यालिन्चा, अहिले हैन रे भने?" सुपारीले नी सम्झ्यायो।

"अब गुम्बेले भन्या त्यै हो क्यारे -- मैले भन्या हैन -- आफ्नै आँखाले देख्या मैले बाङ्गेलाई पुलिसले हनुमानढोकाँ लग्या भनेर भन्थ्यो--मैले सुन्या कुरा भन्या--मलाई के भन्छस?" झ्यालिन्चाले उस्ले अघि दिएको समाचार अनि भरखर तानेको चुरोट दुईटैको रक्षा गर्न खोज्यो।

गल्लीबाट निस्किदा घोर्पा एउटा भुस्याकुकुरले घाँटी कन्याको हेरेर बसीरा रे --हाम्लाई देख्ना साथ भन्यो "यो कुकुरको घाँटीमा लुतो लागेछ एस्स्सीमा!-- खाली कन्याको कन्याको --"

ट्वाकले घोर्पा तिर हेरेर भन्यो "तैले सारेको त होला नी।" घोर्पा देब्रे कुहिनो कन्याउँदै थ्यो दाहीने हातले ट्याक्कै रोक्यो। ट्वाकले भन्या भएर होला उस्ले प्रतिबाद गरेन। हामी सबै हासीम। "कता नी? बोसहरु?" उस्ले सोध्यो। यस पटक पुडकेले जवाफ दियो "बाङ्गेलाई थुन्यो रे हनुमानढोकामा।"

बाङ्गेलाई नचिन्ने को नै थियो होला टोलाँ? "हो र? ल खत्तम! हनुमान ढोकामा साफ चुटछ यार" भन्दै छ्याक पनि पछि लाग्यो।

हाम्रो टोलाँ कतै केही होला हेरम्ला भन्नेहरुको ग्याङ्ग भयंकर ठुलो थ्यो। अरु बेला भए हामी पनि त्यै ग्याङ्गमा हो। टोलमा कतै टेलिफोन जडान गर्न लागे भने, कतै ढल खन्न थाले भने, झगडा पर्ला पर्ला जस्तो लाग्यो भने, साईकलले हाँस किच्यो भने, मोटर चढेर कोही आयो भने, मातेको जड्याँ सडकाँ धेरै अंग्रेजी अलि थोरै हिन्दी एकदम कम नेपाली बोल्दै लर्बराउँदै गर्या भने, राम्रा नराम्रा जस्ता सुकै हुन तरुनीहरु हिने भने टक्क अडिएर हेर्ने चलन थ्यो। अब घराँ आएर कम्पुटर गेम खेलम्ला भन्ने थिएन। घराँ देख्यो कि कि होमवर्क गर भन्थे, कि उपदेश दिन्थे। त्यस्ता कुराहरुमा हाम्रो मन अडिदैनथ्यो। जे मनोरन्जन गर्नु थ्यो बाहिरै गर्नु पर्थ्यो।

हामी बाङ्ग्या घर छेउ तिर पुग्दा हाम्रो हुल निक्कै ठुलो भैसक्या थ्यो। हुलमा गफ गर्नेहरुको कमी थिएन। "बाङ्गेलाई पुरा हतकडी सतकडी लाएर हनुमान ढोकामा थुनीरा छ रे" "के मान्छे सान्छे मारेछ की क्या हो?" "पुलिसले मुन्ट्याउँदै लगेको रे -- गुम्बेले देखेछ" "मोटरसाईकल कुदाउँथ्यो कत्ति न कुन चै लाई चेप्ट्यायो होला अनि" "सधैं घरैमा चोर्थ्यो क्यारे अब बाहिर फेर पनि सुरु गर्यो होला नी त सोम ले" "बाङ्गे ठुलै मुद्दामा पर्छ भनेर त मैले त्यस्लाई चिने देखी भन्ने गर्या हो नी -- ल हो कि हैन रे छ?" "बाङ्ग्या बाउलाई चिन्या छैन तिमीहरुले? पुलिसले केही गर्न सक्दैन बाङ्गेलाई" "बाङ्गे हरीप त हरीप छ यार, कसै संग डराउँदैन" "मान्छेको फेला पर्या छैन अनि डराउँदैन नी" "तँलाई त एक हुक दियो भने ढलमा गुल्टाईदिन्छ--कुरा गर्छ मान्छेको फेला पर्या छैन रे" "हतकडी नै लाएर लग्या भनेसी त --" "काँ घरैबाट लग्या रे?" यस्ता अनेक थरी कुरा हुँदै थिए पछाडी। ती कुराहरुको छिनोफानो गर्ने समय थिएन। हामीलाई छिटो बाङ्गेको घर पुग्नु थ्यो। अब हल्लाले हाडीगाउँ हल्लिने पक्का थ्यो। भोली सम्म बाङ्गेलाई सडकाँ नदेखे "बाङ्गेलाई ज्यानमारा मुद्दामा नक्खु लग्यो रे" भन्दै उस्लाई नक्खुमा देखेको भन्नेहरु प्रसस्तै भेटीन्थे।

हामी बाङेगेको घर पुग्नु अघि रोकिएम। को जाने भित्र? सबै हुल जाने कुरा त भएन। ट्वाकले "तँ जा--कुरा बुझ्नु पर्ने हो कि बुझाउनु पर्ने हो" भन्यो। यसो हेर्या हुल निकै गतिलो भैसक्या रे छ। बाङ्ग्या घराँ त त्यस्तो नौलो भए जस्तो केही थिएन। ढोका बाहीर हुल गर्ने पनि कोही थिएनन। अचम्म लाग्यो।

म उस्को घरको बाहिरी पर्खालमा राख्या त्यो ठुलो ढोका खोल्न अघि बढदै थिएँ। भित्र बाटै ढोका खुल्यो। बाङ्गे पो निस्किन्छ बाहीर त। हामी त हेर्या हेरेई भएम। उ पनि छक्क पर्यो। हुलमा पनि गाईंगुईँ भो।

"के हो यस्तो? मेरो बे नै छिन्या छैन तिमीहरु जन्ति जान आईसक्या?" उस्ले हामीहरु तिर हेर्दै भन्यो।

"के भन्ने के?" म त अलमलमा परें।

"ह्या बाङ्गे त घरमै रे छ --बेक्कारमा" हुलबाट एउटाले भन्यो।

"यस्तै नचाहिने हल्ला गरेर त हाँडीगाउ नसुध्रेको नी -- चाईने कुरा गर्नु छैन--तातो न छारो--" अर्कोले थप्यो।

"तँलाई त हनुमानढोकामा थुनीराछ रे भनेर बुझ्न आ हामी त" मैले भनें।

"मलाई हनुमानढोकाँ थुन्या भे हनुमानढोका नगएर यहाँ के खान आ त ?--अनि यो हल्ला फिजाउने को नी?"" उ जंगियो।

त्यै बेलाँ बाङ्गेको बाउ आयो मोटर लिएर। बाङ्गे पनि भित्र छिर्यो। भिड तितर भयो। भित्र छिर्दा छिर्दै बाङ्गेले म तिर हेरेर भन्यो "मलाई तँ संग कुरा गर्नु छ"।

भरखर बाउ आएको-- बाङ्गे तुरुन्तै बाहिर आउने कुरै थिएन। हामी पनि लागिम बाटो।

"झ्यालिन्चाले भेटने भो अब दनक" सुपारीले हाँसेर भन्यो।

"मैले के गर्या छ र? गुम्बेले हो क्यारे --त्यै गुम्बेलाई घिसारेर ल्याउन जान्या छैन र मैले?" झ्यालिन्चाले भन्यो। उस्को फुर्ती तर घट्या थ्यो।

"म चै सोच्दै थिएँ, के भन्नु रे छ त उस्को मलाई?" .....


 
Posted on 11-11-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो नछाहिने हल्ला - हात्ती आयो हात्ती आयो फुस्सा - केही न केही
बरु बाङ्गे को लोप सप पर्या जस्तो छ है मलाई त -
फसियो जस्तो छ बाङ्गे सँग -
 
Posted on 11-11-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो नछाहिने हल्ला - हात्ती आयो हात्ती आयो फुस्सा - केही न केही
बरु बाङ्गे को लोप सप पर्या जस्तो छ है मलाई त -
फसियो जस्तो छ बाङ्गे सँग -
 
Posted on 11-11-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji sabai jana laam lagera gako sune pachhi chai maile ta bange gharma raichha bhane chai khani vo daro danak gumbe ra jhalinchha le bhanthaneko thiye tara guess chai milechha tara aaba kura garna baki nai chha yeha sanga.


 
Posted on 11-11-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji sabai jana laam lagera gako sune pachhi chai maile ta bange gharma raichha bhane chai khani vo daro danak gumbe ra jhalinchha le bhanthaneko thiye tara guess chai milechha tara aaba kura garna baki nai chha yeha sanga.

K ber na kanda machhayera aaiskeko po ho ki gharma bau ko sifaris le.......

Aarko bhag ko pratikshya ma.....


 
Posted on 11-11-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुम्बे लाई छ्दाउनु पर्‍यो,नचाहिने हल्ला फिजाएर,खै न बाङे कै काम हो हल्ला फिजाउन लाउने के भर,
किन फिजिएछ त हल्ला?
टेलिफोन जडान गर्न लागे भने, कतै ढल खन्न थाले,साईकलले हाँस किच्योभने .............
यो चाइ हुन्थ्यो हाम्रो टोलाँ पनि हे हे।
लौ प्रभु अर्को भाग कहिले हो त।
 
सान्नानी
Posted on 11-11-08 12:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto thyakkai utareko tyo hul jamma bhaera bangeko gharma gako scene. bange chahi kasto calm ni feri hul nai ghara pugda pani janti ko kuro garne? pakkai policele samatekai ho ani bau le chhutako ho la.
 
Posted on 11-11-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep da

hajurko yo lekhai sajha ma matrai ho ki ??? yeslai kunai book ko rupma nikalne b4r ni cha??? lekhai sarai ramro cha yeso time nikaler book ko rupama rakhe ramro hunthyo??? aakhir Bangeta gharma nai raicha Mamale ni mamaghar lagna nasakeko hai ??? nice writting thankx bro..


 
Posted on 11-11-08 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-11-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त केही भाको रहेनछ नि, बेकाराँ टोलका मान्छे बटुलेर। काही नभएको जात्रा हाँडिगाउँमा भन्या
यही हो

 
Posted on 11-11-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त केही भाको रहेनछ नि, बेकाराँ टोलका मान्छे बटुलेर। काही नभएको जात्रा हाँडिगाउँमा भन्या
यही हो

 
Posted on 11-11-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry double post

Last edited: 11-Nov-08 01:41 PM

 
Posted on 11-11-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry double post

Last edited: 11-Nov-08 01:41 PM

 
Posted on 11-12-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाले फेरी बाङगो तिङगो मोड लियो .......... जे होश झन झन इन्तेरेस्तिङ हुँदै छ............ लौ दीप ब्रो छित्तो छित्तो थपुम्
 
Posted on 11-12-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथाले फेरी बाङगो तिङगो मोड लियो .......... जे होश झन झन इन्तेरेस्तिङ हुँदै छ............ लौ दीप ब्रो छित्तो छित्तो थपुम्
 
Posted on 11-12-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*~Spring~*,

"tei ta k garyo bange le...."

गर्नु गर्यो नी --

RajaHarischandra,

"तपाईं हाम्रो खप्परमा लेख्ने बेलामा बिधाताको मसी सकिएको रहेछ कि क्या हो ।"

हैन प्रभो -- मसी सकिएको के हुन्थ्यो--टोनर सक्क्या बेला पर्या होला -- लेख्न त हरीप हरीप लेखेको रे लेख्ने ले-- तर खप्पराँ प्रिन्ट हुने बेलाँ टोनर पुरा लो रे छ अन्त चाईने जति छाप्पीएनछ नचाईने जति चै प्रस्टै। भो की? यस्तो के प्रभो --"तिमीहरुको भागाँ तरुनीहरु लडीबुडी हुन" भनेर लेख्या रे लेख्ने रे - टोनर लो भएर "लडी" चै छापिएन छ अन्त --"तिमीहरुको भागाँ तरुनीहरु बुडी हुन" रे -- यस्तै यस्तै उदाहरणले भरीपूर्ण भएर -- बबालै भो नी।

Poonte,

प्रभो--रास्ट्र ब्याङ्क र चाईनीज एम्बेसी बिचाँ पर्ने त्यो कालो ढोका भा घराँ त हेर्ने गर्या थिएन त? त्यहाँ त फस मैले रिजाप गर्या हो है प्रभो।

miss_ me ,

"तर नि , के भन्च रे , त्यो के जाति -  बिधानास , धरो धर्म, मरिजाम, ए राम  भन्ने शब्दहरुको त्यति भरोसा हुदैन के।   "

किन हुन्थ्यो त? अब ए राम! भन्ने केटाको भरोसा गरेर त के गर्नु? ए सीता भन्ने केटा भए पो --

sky ,

"तरुनिको पछि लाग्ने रैछन्त बाङ्गे ..."

तरुनीको पछि नलागे कस्को पछि लागोस त नी?

pjna007,

aa bichara bangey kina jail gaecha.

 

बिचरा रे? यो खबर सुनाईदिनु पर्यो बाङ्गेलाई। खडेरी लाग्न लाग्यो भन्थ्यो बादल लाग्दै छ भन्दिन्छु।

Stat,

"धेरै तिर आँखा डुलाउन भएन प्रभो.."

धेरै तिर डुलाउँदा त यस्तो छ प्रभो ---

kHusHii ,

ail ma gayo re bange? haina hola bange janchha aba jailma kahi napara.

 

त्यै त -- हो ब्यारे --

cheli,

eep lai pani lagyo jasto chha police le!!

 

महिला पुलिसले लगे त हुन्थ्यो नी --

सान्नानी ,

" teso bhae ta jailma lekheko kathaharu padhna paine bho ta deep ko? "

 

पाडो पाए नी पाडी पाए नी गोठालालाई बिघौती भन्या यही होला ---हेर न हाँस्या अझ --

miss_ me ,

"दिपदा पनि जेल मा गको रे? "

यो हल्ला फिजाउने मान्छेहरु कस्ता होलान जस्तो लाग्थ्यो देखियो पनि।

RajaHarischandra ,

"साथी भेट्न गएका दिप लाई पनि पोल लाइदिएछन बिचरा ऐले त दीप पनि हनुमानढोकमा नै छन भन्ने हल्ला चलेको छ टोलभोरी। "

त्यै त प्रभो -- हाम्रो भेट त्यैं भा हैन त? मलाई पुलिसले प्रभोलाई गरेको गाली अझै सम्झिन्छु "तेरीमा साले -- नाम चै हरिशचन्द्र? -- हाम्रो साला इन्स्पेटर सापको छोरी सँग जैसीदेबलमा के गर्दै थीइस भनेर अहिले सम्म सत्र चोटी भो सोधेको अठार वटा फरक फरक जबाफ दीइसक्यो--साला कुन चै साँचो हो कुन चैं" --

serial ,

"कस्तो नछाहिने हल्ला -"

त्यै त बेक्कारमा--

amiran ,

"tara guess chai milechha tara aaba kura garna baki nai chha yeha sanga."

के कुरा होला कुन्नी? ल गरम न त --

बिस्टे,

"गुम्बे लाई छ्दाउनु पर्‍यो,नचाहिने हल्ला फिजाएर.."

मैले नी भन्या त त्यै हो प्रभो तर खै कुरो के हो के हो?
आफुलाई मैजुबाहल जान मन लागेर भनेको हिजो देखि फेरी-- के भाको के ---

सान्नानी,

"bange chahi kasto calm ni feri hul nai ghara pugda pani janti ko kuro garne?"

त्यो त बाङ्गेको गुण नै हो नी -- काम हुने --अग्रेजीमा पनि नेपाली/संसक्रितमा पनि।

nepalibabu101,

"yeslai kunai book ko rupma nikalne b4r ni cha??? nice writting thankx bro.."

जय होस प्रभो --तर आफ्नै पैसाले किताब निकाल्यो पछि फेरी बिक्रि सिक्री हुँदैन अनि आफैले  किन्न थाल्यो -- अलि अलि भा पैसा पनि त्यसरी मास्न थालेर हुन्थ्यो के त?

nAyAni ,

"हुन त केही भाको रहेनछ नि, बेकाराँ टोलका मान्छे बटुलेर।"

हाम्ले बटुल्या हो र?

लौ मैले माथि आँखामा (A A) गाजल पनि लाई दें --यसै गाली खानु पर्छ उसै गाली खानु पर्छ। जे जे पर्ला पर्ला।

popeye ,

"कथाले फेरी बाङगो तिङगो मोड लियो .......... "

हाँडेगाउको बाटै त्यस्तै थ्यो प्रभो -- के गर्ने?


 
Posted on 11-12-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-12-08 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yi halla haru hun hami le suneka kasai sanga bange jail ma gakochaina po raicha. lol
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters