Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 206174 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-27-08 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल आफ्नै भाग पढि भ्याएं। अरुको भाग पढनै बाकि छ।
मैले जिन्दगीमा पानि पंधेरा गरेकी छु। गाग्रि बोकि टाढा देखिन पानि बोकेकि छु, तर त्यो कुंडो हाल्ने, भैंसी दुहुने काम् कहिले नि गरेकी छैन। जिमाल बाको त्यो अत्तिनै छर्लङिएको लेखाइमा मैले सबै गरेकी पाएं।


अरुको कमेन्ट पढ्न नि मज्जा आइ रा' छ।
हे हे कुम्लेले कसरि था' पाको नि दाइ त्यो मेरो रिसाहा क्युट अनुहार् देखि भुत्तुकै भाको कुरा? लोल।

 "अझ कुचोले ति चारै जनालाई चुट्दा झन कत्ति राम्री देखिनुहोला!"  
 
लु सकिएन हांस्न अब। म बसें पढन अर्को भाग हरु अनि लेखुला फेरि।


 
Posted on 06-27-08 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिम्माल ले काठमान्डौ बाट पुस्टकारि ल्याको रछ, अनी गुद्पाक र लाखामरी चै छैन, छ भने मलाई है फेरी राम्रो हुन्ननी दिएन भने चै।

 
Posted on 06-27-08 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्बाल को बखान नागरिकन भात खाको पच्दैन जस्तो छ-  
लेख्न पनि कती जानेको -
बखान त गर्ने ल - के भनेर गर्ने - शब्द नै छैन - कसैसँग
छ भने उधारो देउ मलाई - जती गरे पनि कम -
जिम्बाल यू रक - यो भाग राम्रो भन्यो - अनी अर्को भाग यो भन्दा
पनि धमाकेदार आउछ - एक से एक मात्र होइन - दुई से दुई - तीन से तीन सबै
 
Posted on 06-27-08 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरबा भाठाँs

मइँले जित्ने, तितौरीले जित्ने अनि हउरले जित्ने!

awwleee le le so cute  --  kati ramrolekhai hola.

and miss DD ko pani ustai ramro rehecha.


 
Posted on 06-27-08 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुरबा भाठाँs

मइँले जित्ने, तितौरीले जित्ने अनि हउरले जित्ने!

awwleee le le so cute  --  kati ramrolekhai hola.

and miss DD ko pani ustai ramro rehecha.


 
Posted on 06-28-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन नि, यि मर्न लाग्या जिम्माल बुढाले म नभा बेलाआ के के लेख्न भ्याएछन, अब पढ्नु परो, घच्ची मजा आउला जस्तो छ
 
Posted on 06-30-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल भन भान्जी, तिम्लाई रमैलो लाउने ठाममा जाम्, काँ जाने भन त?

हजुरबा भाठाँssssssss”

 

कस्तो स्वीट,

 

"हैन पैसो कमाउन कती गाह्रो छ, अझ म बाठो भयो रे - त्यो पनि तास खेलेर - खेल्या भेपो थाहा पाउथ्यो,
पहिले त खेल्न आउनु परो - हैन कती गार्हो काम छ यो तास खेल्नु पनि - थाहा हुनु पर्ने होनी -
ट्यार्ट्यार कुरा गरेर मात्र हुन्छ -"

 

सबै थाहा छ तिमीलाई कस्ले तास खेल्छ कस्ले खेल्दैन भनेर। तिमी जस्तो बार्ह मासे हो र? अरुलाई लुटि लुटि पैसा सोर्ने त्यो पनि आफ्नै ठुल्दाइ को पखन भाउजु आउँदै हुनुहुन्छ। ढाड्मा कुचोको डाम बसेपछी अनी थाहा पाउछौ, ठीक्क पर्छ


मिस दिदी कस्तो राम्रो। लौ अब हजुरले पनि सुरु गर्नु पर्‍यो।


 
Posted on 06-30-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका मैले लेख्या कस्तो स्वीट हो,
थ्यांक यू   

आइ लाइक इत 


 
Posted on 06-30-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद् माष्टरनी नानी। माष्टरनी नानीको कथा गजबको छ। हुन्छ अरु नि थप्दै जानुहोस तर छिटो छिटो है त?

लोल चेलि नानी, हो त, कुम्ले पहलवान हाहाहाहा। तर सान्नानीलाई सोध्न पर्छ पहलवान हो कि चंखे हो भनेर!

सान्नानी लोल! तितौरी माष्टटरनीकि छोरी रे!

हर्के, हो भयो मदनवाको नि एन्ट्री भयो, बजियाको कथा धेरै छ थप्दै जाउँला।

लहरे- खै होश कहिले आउने हो बिचरालाई।

पर्बते, मैच्याङलाई ल्याउन अलिकता सोच्दै छु च्याङ्बाको डरले।

रिट्ठे- के गर्छौ, अझै दुख पाउन बाँकि छ कि तिमिले थाहा छैन।

बिस्टे सम्धीज्यू- त्यो नाता साह्रै नै कम्प्लिकेटेड छ, फुकाउन गाह्रो भैरा छ।

कुम्ले- लोल! सफ्ट साइड देखिया छ, भाले थुन्चे भित्र सुरुवालले बाँधेको मरिसक्यो कि???

ठूल्दाई- त्यहि त, तर सोझो भएर निक्ल्यो भने हरिको भेट्न बेर लाउँदैन।

चेली नानी- त्यहि त क्या माया लाग्दो है?

रिट्ठे- दुख्छ नि किन न दुख्छु, हड्डि मात्रै हैन मुटु नि कुटु कुटु खान्छ तिम्ले दुख पा' देखेर।

कुम्ले- हो नि साना बच्चा बच्चिहरुको निर्दोशता, के भन्नु!!

हर्के- मिथुन त बुढो भएन र भन्या?? हुन त आए एम अ डिस्को डान्सर भन्ने बेला भन्दा बुढो भाए पछि हानेर मान्छे घुमाउन थाल्या छ मिथुनले पनि।

ठूल्दाई- ब्ल्याकमा तिर्ने भए कुम्ले संग टिकस लिनु सस्तो दिन्छ डिस्काउन्टमा।हाहाहा त्यहि सोचिराछु ठुल्दाई!

नेप्चि भाउजु- हो भाउजु मैले देखे सम्म त्यसैगरि दूध दुहुन्छन नि । हाहाहाहा चुट्ने नै हो त भउजु तपाइँले??

हर्के- लाखामरी छ जति सक्छौ खाउ मुख भित्रको तालु सकसक हुने गरि गुलियो खाऊ।

लहरे- पचाउ पचाउ खाएको पचाऊ! बरु हाजमोला चाहिन्छ???

प्रेरणा- हो नि बच्चा बच्चिहरु क्या क्युट कुरा गर्छन है??

झिल्के- खै त घच्चि मजा आउला जस्तो छ भन्छ टाप दिन्छ।

दीपीका नानू- त्यहि त, तर लहरेले मजाले सजिलो संग कमाएछ पैसा।


सबैलाई धन्यवाद। अर्को भाग सकेसम्म छिटो आउने छ।


 
Posted on 06-30-08 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-30-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को भाग---

 

शबुssss!!! ए शबुss!!!, कति सुतिरन्छे यो केटि??? उठ् छिटो, भैँसि करा कराएइ छ एक गाग्रि पानी लेरा झट्टै!!

मुखिनी बजैको कर्कश ध्वनी घरभरि गुञ्जियो।

शबुका आँखा एकछिन अघि नै खुलिसकेका थिए, बाहिरका कल्याङ मल्याङ खलबलहरुले। भैँसि कराइराखेको थियो, चराहरु चिरबिर गर्दै थिए र मुखिनि बजैको अशुद्ध कृष्ण भजनको गुनगुन चल्दै थियो र यि सबैकुराहरुले शबुको सपना अघि नै बिथोलेर उनलाई निद्रादेवीको काखबाट खोसिसकेका थिए। अघि नै झलमल्ल घाम लागिसकेको थियो। ओछ्यानमा नै पल्टेर टुलुटुलु माथि दलिन हेर्दै कहिले दाहिने खुट्टा तन्काएर बायाँ खुट्टा माथि राख्दै, कहिले बायाँ खुट्टा दायाँ खुट्टा माथि खप्ट्याउँदै बिहानीको अनुभव गर्दै थिइन्।

मुखिनि बजैको आवाज सुनेर एक पटक दुवैहात टाउको माथि पुर्याइन र हाई गर्दै सम्पूर्ण जिऊ तन्काईन्। जिऊ तन्काउँदा उनको कम्मर भन्दा माथि च्यापु सम्मको भाग धनुष्टङ्कार आकृतीमा ओछ्यानबाट अलिकता माथि बाङ्गिए। एकपलको लागि उनको दृष्टी आफ्नै बाङ्गिएको शरीरमा पर्यो र शायद अलिकता आफैँ संग लजाइन्।

उठिसकेँ आमाsss!”

उनले जिऊ तन्काई सकेपछि भनिन् र एक पटक फेरि बायाँ कोल्टे परेर ओढ्नेलाई दुवैहातले गुजुमुजु पारेर छातिमा च्यापिन र कम्मर अलिकता बङ्ग्याएर ढाड तन्काइन्। उनको बान्की परेको शरीर बिहानी अल्छिपना देखाउँदा अतुलनिय रूपमा सुन्दर देखिन्थे। कोठा, ओछ्यान, ओढ्ने , कोठाका दलिनहरु, वरिपरि छरिएका लुगाहरु, धमिराले खाएका खाटका खुट्टाहरु र यावत चिजहरु जुन कोठामा थिए, एकपलको लागि निकै कुरुप देखिए उनको सुन्दरताको अगाडि!

उनि फेरि उत्तानो परिन् र तत्कालै दुवै हातले छातिसम्म आएको ओढ्ने समातिन र तल कम्मर सम्म हुत्तत्याइन्। दुवै खुट्टा अलिकता उचालिन् र खुट्टाले बाँकि ओढ्नेलाई पर हुत्तत्याइन्। खुट्टा उचाल्दा उनले लाएको लामो गोलिगाँठा सम्म छोप्ने झम्फर घुँडाबाट माथि सरेछन्। उनले हत्तपत्त झम्फरलाई तल सम्म सारिन् र जुरुक्क खाटबाट उठिन्।

उनले झ्याल पुरै खोलिन् र बाहिर हेर्न थालिन्।

घमाइलो दिन  थियो र लाग्दथ्यो रातिको झरि थामिए पछि वातावरणमा जीवन भरिएको छ!

बाहिरको उज्यालो उनको मुहारमा छाउँदा, हल्का चियाको रंगको उनको दागबिहिन मुहार कुनै ज्योती झैँ चम्किएका थिए। रातभरिको निद्राले उनले राति बाँधेको केशरासी अलिकता फुस्केका र अलिकता अड्केका थिए। कपाल फुकाइन, एक पटक च्यापु अलिकता उचालेर दुबै हातले सम्पूर्ण कपाल समातेर पछाडिपट्टि लगिन् र मुजा बनाएर बाँधिन्।

 

शबुssss!!”

मुखिनी बजैको आवाज फेरि गुन्जियो!

हजूर…..आमा म निस्केँ बाइर!!

जवाफ दिँदै हतार हतार बाहिर निस्किइन्।

मुखिनी बजै बाहिर आँगनमा कसौँडीमा खरानि मुछेर लगाउँदै थिइन्, पुलुक्क छोरीलाई तल देखि माथि सम्म हेरिन् र भनिन्-

कति सुत्न सक्छेस?? छिटो जा पँधेरा गएर एक गाग्री पानी लेर आ, कुँडो पकाम्नु परो!

हस्!

यति भन्दै शबु आँगनको एक छेऊमा राखिएको खालि गाग्रि तिर बढिन्।

मुखिनी बजैका नजर एकछिन छोरीको हिँडाई तिर गयो।

शबुले गाग्री उचालिन् र कम्मरमा राखिन् र हिँड्न थालिन्।

मुखिनि बजै अझै छोरीतिर हेर्दै थिइन्।

ओइ पख् त!

मुखिनी बजैले छोरीलाई हेर्दै भनिन्।

शबु कम्मरमा गाग्री बोकेरै मुखिनि बजैलाई प्रश्नवाचक दृष्टीले निर्दोश आँखाले हेर्दै टक्क उभिइन्।

तँलाई न्वाउन नि पर्ला नि, लुगा लइस?

मुखिनी बजैले अझै एकटकले हेर्दै सोधिन्।

तेइ लिन जानला भित्र!

शबुले जवाफ दिइन्।

केइ होश छइन यो केटिलाई, गाग्रि क्यार्न बोक्न परो र अइलेई, पइला भित्राटी न्वाउने लुगा फाटा लेरा!

मुखिनि बजैको कुरा सुनेर शबुले ओठमा झिनो मुस्कान ल्याइन् र केहि सम्झे जस्तो गरेर गाग्रि भुइँमा राखिन् र भित्र गइन्।

त्यो मेरो खास्टो ओढेर जा पँधेरा, जइले नि हिँड्ने बेलाँ खास्टो ओढ् भनो कइलेइ लाग्दैन एल्लाई!

मुखिनी बजैले छोरी भित्र छिरेको हेर्दै स्वर अलिकता बढाएर भनिन् र कसौँडिलाई घोप्ट्याएर डेक्चीमा खरानी लाउन थालिन्।

लुगाको पोको बोकेर खास्टो ले छाती छोपेर शबु बाहिर निस्किइन् र गाग्रि उचाल्न थालिन्।

मुखिनी बजैले छोरीलाई हेरिन्, उनको मुहारमा अघिभन्दा केहि सन्तुष्टी देखिन्थ्यो। उनि शबु पँधेरा तिर गएको हेरिरहिन्!

 

शबु हिँड्दै थिइन्।

उनलाई आमाले खास्टो ओढ् भनेर सम्झाएकोमा रिस पनि उठेको थिएन तर राम्रो पनि लागेको थिएन। केहि समय देखि उनलाई मुखिनि बजैको व्यवहार अनौठो लाग्न थालेको थियो। बिना कारण उनिसंग झर्किन्थिन् र उनले गर्ने प्रत्येक कुराहरुमा यसो गर् उसो गर् भन्दै सम्झाउँथिन्।

आमाको व्यवहारसंग मात्र हैन, शबुलाई धेरै कुराहरुमा रिस उठ्न थालेको थियो! पँधेरामा आउने आइमाईहरुले उनलाई टाढाबाट हेर्दै गिज्याएको जस्तो लाग्थ्यो। कतै हिँड्दा आइमाईहरुले उनलाई हेरेर उनको बारेमा केहि बोलिरहेको जस्तो लाग्थ्यो र उनि पुग्दा सबै चुप लाग्थे।

उनि मनमा कुरा खेलाउँदै मुख नमिठो बनाउँदै हिँड्दै थिइन्।

बिगत केहि समयदेखि उनलाई सबै गाउँलेहरु नै परिवर्तन भए जस्तै लाग्दथ्यो। पहिला उनिसंग सबै हँसिलो भएर कुरा गर्दथे र सबैले माया गरेको जस्तो लाग्थ्यो। आजभोलि उनलाई सबैले रिस गरे जस्तो लाग्न थालेको थियो। पहिला हाँसेर मिठो बोल्ने केटाहरु र बुढाहरु उनलाई खाउँला जस्तो गरेर हेर्न थालेका थिए।

उनलाई आचम्म लाग्द्थ्यो।

सबै भन्दा अप्ठ्यारो र गाह्रो अनुभव उनलाई पँधेरा जान लाग्दथ्यो।

पँधेरामा आइमाईहरुले गरेको कुरा उनलाई पटक्कै मन पर्दैनथ्यो। सबै जान्ने हुन्थे मुखिनी बजै जस्तै!

नुहाउन खोज्दा यसरि र उसरी भनेर सिकाउन थाल्दथे मानौँ उनले कहिले पनि नुहाउन जानेकी थिइनन्। यस्ता कुरा सुन्दा उनलाई नुहाउन गाह्रो लाग्द्थ्यो र उनि सकेसम्म आफ्नो शरीर छोपेर नुहाउँथिन्।

कोइ नआउने ठाममा पँधेरा भ कति राम्रो हुँदो हो!!

मुहारमा हल्का रिस ल्याउँदै उनले मनमनै आफ्नो इच्छा व्यक्त गरिन् आफैँसंग।

उनलाई फेरि रिस उठ्यो।

बाइफाले बुडिहरु!!! तिनेरु भन्दा त जत्ति भने नि मिलार न्वाउँछु म! तिनका ज्यानाटि न्वाउँदा लुगा फुस्को भनेर डाढ गर्या होलान् नि!

उनी जवाफ त मजैले दिन्थिन आइमाईहरुलाई, तर कुरा हुँदै जाँदा उनलाई बोल्न नै लाज र गाह्रो हुने स्थितीमा आउँथ्यो र उनि चुप लाग्थिन्।

उनि हिँड्दै थिइन्।

पर पँधेरा देखियो।

दुईजना आइमाईहरु थिए।

आज आएनछ!!

उनले मनमनै पँधेरातिर हेर्दै भनिन्।

उनि अलि ढुक्क देखिइन्।

लाज नभा लबस्तरो! जइले नि क्वार्क्वार्ति हेरेर मर्छ!

उनको मुहारमा फेरि रिसका रेखाहरु देखिए। यसपटकको रिस अघि पँधेराका आइमाईहरु सम्झेर उठेको भन्दा अलि बढि थियो।

किन आउन पर्या हो नि दिपे असत्तिलाई जइले नि मइँले न्वाउन लाग्या बेलाँ!

उनलाई नुहाऊने बेलामा प्राय: दीप पँधेरामा आएर क्वार्क्वार्ती हेरेको याद आयो र रिस उठ्यो।

आइमाइले न्वाको नि हेर्न पर्नि बज्जेलाई!

उनको रिस बढ्दै थियो।

उनलाई राम्रै संग थाहा थियो, जहिले पनि दीप, उनी आउने समय पारेर पँधेरामा आउँथ्यो र एकोहोरो उनले गाग्रि भरेको, नुहाएको, लुगा फेरेको हेर्दथ्यो। उनी दीप संग नजर मिलाउन सक्दैनथिइन; शायद केहि लाज र केहि डर थियो! तर उनलाई रिस सधैँ उठ्दथ्यो। उनलाई उकुसमुकुस हुन्थ्यो र नुहाउँदा उनि केवल हात र खुट्टा मात्र राम्रो संग मिचेर नुहाउन सक्दथीन्।

आज आएनछ!, आनन्दै हुनि भो!

उनि अझ ढुक्क देखिइन र अघिको मुहारमा छाएको रिसका रेखाहरु हराउँदै थिए।

उनि पँधेरा नजिक पुगिन्।

पँधेराबाट दुवैजना आइमाईहरु गाग्रि बोक्दै बाटो लागेको देखिन्।

लौ हिँडे बाइफालेहरु! म मात्रइ एक्लै हुने भइँ आज त!

उनि पँधेरा पुगिन्। लुगाको पोका पँधेराको डिलमा राखिन् र गाग्री धारो निर भुइँमा।

उनि हल्का खुसि देखिन्थिन; शायद पँधेरामा एक्लै भएर होला।

अचानक उनि आत्तिए जस्तो देखिइन्।

मइँले एक्लै न्वाइरा बेलाँ दिपे बज्जे आयो भने क्यार्ने होला!!!

उनि हल्का डराइन्।

ओढेको खास्टो निकालिन् र एकपटक आफ्नो अगाडिको शरीर हेरिन्।

लुगाको पोको फुकाइन र एउटा रातो पेटिकोट निकालिन्। यता उता हेरिन्। कोहि थिएन।

पेटिकोटलाई टाउका बाट जिऊमा छिराइन र घाँटि मुनि लगेर बाँधिन्।

फेरि यता उता हेरिन्।

निकै कुशलता पूर्वक पेटिकोटलाई अडिग राखेर टुक्रुक्क बसेर भित्र बाट हात छिराउँदै चोलो फुकालिन्, चोलोलाई तन्केर लुगाको पोकोतिर फालिन् र उभिइन्। आज उनले नुहाएको हेर्ने कोहि थिएन!

उनि ढुक्क थिइन।

अलिकता झुकेर लगाइराखेको झम्फर फुकालिन् र त्यसलाई पनि लुगाको पोकोमा लगेर मिसाइन्।

दायाँ बायाँ हेरिन्। कोहि थिएनन्।

कपाल पखाल्ने मनशायले धारोतिर बढिन्।

आज आएन आनन्दै भयो!

मनमनै दीप नआएकोमा खुसि भइन्।

धारामा दुवै हत्केला राखिन्। चिसो पानीको धारले उनको हत्केरा भिजायो! उनलाई मिठो अनुभव भयो।

त्यत्तिकै मुसुक्क हाँसिन् र दायाँ हत्केलाले आफ्नै जिऊमा अलिकता पानि छ्यापिन् र खुलेर हाँसिन्।

तर किन नआ होला आज?

उनले आफैँलाई दीप नआएकोमा फेरि प्रश्न गरिन्। उनि हल्का अधैर्य देखिन्थिन्।

ss झन आनन्द त्यो बज्जे नआए त!

उनि हत्केलामै धारो थाप्दै सोच्दै थिइन्।

कपाल पखाल्ने बिचार गर्दै हल्का झुकेर अगाडि बढिन्।

फेरि कुन्नि के सोचेर दायाँ बायाँ हेर्न थालिन्।

माथि बाटोबाट दीप पँधेरातिर झर्दै थियो।

उनि झसंग भइन्। उनको मुहारमा एकैसाथ रिस र रोमांच भरियो। उनलाई जिऊमा पानी खन्याऊनु पूर्व नै जाडो लाग्न थालिसकेको थियो!!!!

 

-----

 


 
Posted on 06-30-08 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्बू त सोबर केटा खोज्दै हिड्छे भन्ने पो सुनेको? दीपे ले घुरान देको अनी पुराण सुनाएको पो रैछ गाँठे। अब के हुने हुन, राहुलभाइ लाई चाँही खोज्दै न आओस, त्यसइ त एक कुचो भ्याइ सकें।

 


 
Posted on 06-30-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दिप ब्रो मस्ती गरौ ।
 
Posted on 06-30-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे वाह, यो श्रिन्खला त बडो रोमान्च्क रछ।

सब्बु उठे देखी पधेराँ सम्म क्या सिन थ्यो, ठ्याक्क क्र्मस: दिरा ब्रो ले , ए ए सम्धी ज्यु ले :):)
अनी एुटो कुरो, सबु सबु भनेर भन्या सुन्या त थिए जम्का भेट चि हुन पाछैन, कता लागिछिन इ सबु भन्ने चिज,

अनी मुखिनी बज्यै नि अचेल हराइन कि कसो,कथा पढेर आउचिन कि?
लौ दिपे ओरालो झर्दै छ् अब केही हुने वाला छ्। ढ्यान टरयान।


 
Posted on 06-30-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेत्तेरिका यो भाग त २-३ पटकै पढु पढु लाग्ने रइछ नि
 
Posted on 06-30-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज अर्को भाग पनि-

 

होटलवाला निशान्त र झिल्केलाई होटलबाट निस्केको वाल्ल परेर हेर्दै थियो। उनिहरु निस्कनासाथ होटलवालाले निकै राहत महशुस गरेको थियो र एउटा ठूलो बोझ हटेको जस्तो हल्का अनुभव गर्दै थियो।

विगत ३ दिन देखि उसले टाढा काठमान्डुदेखि आएका यि दुई अचम्मका ठिटाहरुको कुरा सुन्ने, भनेको कुरा पुर्याइदिने र धम्कि सुन्ने बाहेक अरु कुरा सोच्ने फुर्सद सम्म पाएको थिएन। काठमान्डु बाट दुई दिन पुरा यात्रा गरेपछि पुगिने यस बजारमा पनि निशान्त र झिल्के काठमान्डौको आफ्नै टोल हाँडिगाउँकै रवाफ देखाउन सफल भएका थिए। आफू भन्दा निकै कम उमेरका केटाहरु, त्यसमाथि टाढा बाट आएका र साथसाथै होटलवालाको आफ्नै गाउँमा समेत उनिहरुले जे भन्यो त्यहि गर्नुपरेकोमा होटलवालालाई आफैँदेखि रिस उठिराखेको थियो। बिगत ३ दिन देखि उ एक्लै भएको बेलामा सोच्ने गर्थ्यो कि अब यि गुन्डा जस्ता देखिने परदेशीले केहि भने भने उसले मुखभरिको जवाफ दिनेछ र होटलबाट निकाल्ने छ, तर जब उसले निशान्तको आँखा देख्थ्यो भन्नु पर्ने सबैकुरा बिर्सन्थ्यो। उसमा एक किसिमको डर व्याप्त हुन्थ्यो र रिसलाई दबाएर दाँत देखाउँदै सेवा गर्न तत्पर देखिन्थ्यो।

भरिया लगाएर १ दिनको बाटो हिँडाएर ल्याएको बियर तथा चिसो पेय पदार्थ केवल दुईजना ठिटाहरुले अनवरत रूपमा खाएर लगभग सकाइदिएका थिए र बर्खा अझै बाँकि थियो। यो भन्दा पनि दुखको कुरा ठिटाहरुले यी सबै पेय पदार्थहरुको काठमान्डौकै मूल्य मात्र चुकाएका थिए र उसले बिरोधको झिनो स्वर पनि निकाल्न सफल भएको थिएन।  सुरुमा त होटलवालाले यहाँसम्म आइपुग्दा यि चिजबिजहरु कसरि महंगा हुन्छन भन्ने कुरा बुझाउन खोजेको थियो, तर पछि केटाहरुको नराम्रो बोलि र डरलाग्दो हेराइ देखेपछि, उ सुपथ मूल्यमा यि सेवाहरु प्रदान गर्न बाध्य भएको थियो।

फर्कन त फर्केलान नि ज्यानमारा गुन्डाहरु!!

होटलवालाले रुखस्याक बोक्दै टाढा पुग्दै गरेका निशान्त र झिल्केलाई हेर्दै मनमनै भन्यो, र कागजमा केहि लेखेर हिसाब गर्न थाल्यो।

सस्तोमा घिचे पनि घिच्न चाहिँ घिचेकै हुन बजियाहरुले!

बर्बराउँदै ऊ हिसाब गर्नमा व्यस्त देखिन्थ्यो।

खोला बढ्या होला हिजोको झरिले, दुबैजनालाई बगाएर सोत्तर बनएर लगिदिए नि हुन्थ्यो!

उसले पाप चितायो र पारी दोभानेमाथिको डाँडा हेर्न थाल्यो। डाँडामा हुस्सु लागेको थियो र कतै कतै हुस्सु फाटेर हरियो देखिन्थ्यो। माथी भन्ज्याङको चौतारी पनि हुस्सुले छोपेको थियो।

कसका पाउना होलान यिनेरु? गाममा त सपै राम्रै मान्छे छन्!

ऊ सोच्न थाल्यो।

पक्कै पनि पुन्टे बुढाका होलान्!

उसले रक्सिको खपत बिचार गर्दै निशान्त र झिल्केलाई पुन्टे बुढाको पाहुना भएको अनुमान गर्यो।

उतै मरेर गाडिए आनन्दै हुन्थ्यो!

हिसाब गर्न लागेको कलम बेसरी कागजमा थिच्दै फेरि फर्केर होटलमा आउलान् भन्ने डर र रिस मिश्रीत स्वरमा बर्बरायो र उठेर कोठातिर लाग्यो।

 

-----

 

खोलाको बगरै बगर हिँड्दै थिए निशान्त र झिल्के।

ओ झिल्के लास्टै थाकियो यार, एकछिन बसौँ ल!

निशान्तले रूकस्याख ढाडबाट झिक्दै हिँड्दै गरेको झिल्केतिर हेरेर भन्यो।

हो यार एक राउन्ड स्टिक पनि तान्नु पर्छ सोम, म त सिक हुन थालिसकेँ!

झिल्केले सहमतीमा आफ्नो रुखस्याख झिक्यो र बगरको एउटा बिशाल ढुङ्गा तिर लाग्यो।

दुबैजना ढुङ्गामा जिऊ ढल्काएर बसे।

पानी पर्दिएर र्याग भयोन्त, नत्र त हिजै पुगिसक्थ्यो हौ माथि गाउँमा!

निशान्तेले रुखस्याखको सानो गोजिभित्र दाहिने हत्केला छिराउँदै बोल्यो।

झिल्केले निशान्तले रुखस्याकको खल्तिमा हात छिराएको देख्यो र उत्सुक स्वरमा सोध्यो-

माल झिक्न लाग्या हो ब्रो?

निशान्तले खल्तिबाट सुर्य चुरोटको दुईवटा नयाँ प्याकेट निकाल्दै एउटा अगाडिपट्टि फुटेको दाँत देखाउँदै भन्यो-

खितखितखित्होटलवाला सुड्डा कोठामा गएको बेला पारि वरि मैले दुइ प्याक सुर्य झ्याप हान्देकोन्त!

हाहाहाहाहहाहा सुड्डालाई मुर्गा हान्देछ फेरि सोमले कोइ नपाएर!

झिल्केले हात बढाउँदै सूर्य चुरोटको एउटा प्याकेट समाउँदै हाँस्दै बोल्यो।

सुड्डाको फेस फेरि अत्ति के! कन्सटिपेसन भएको बेलामा ट्वाइलेट बसेको जस्तो फेस के खितखित्खित!

निशान्तले होटलवालालाई याद गर्दै उडायो।

झिल्केले सहमतीमा ठूलो हाँसो निकाल्यो।

ओइ झिल्के तँ माल बनाउँदै गर् ल, कन्सटिपेसनको कुरा आयो कि मलाई त बबाल ट्वाइलेट लाग्यो हौ!

निशान्तले पेट समाउँदै ढुङ्गाबाट तल ओर्लेर भन्यो।

घिच्ने बेलामा देकोsss छ देकोsss छ सोमले अन्त लागिहाल्छन्त!

झिल्केले बोकेदारि हल्लाउँदै हाँसेर भन्यो।

निशान्त तन्किएर उभिँदै फेरि पेट समातेर बोल्यो।

होइन हौ, राम्रो संग बस्न नि पाएको छैनन्त, मुला होटलको ट्वाइलेट कस्तो रड्डिज??!

झिल्केले दायाँ औँलाले बायाँ हत्केलामा कलात्मक तरिकाले चुरोटको सुर्ती  झार्दै भन्यो-

निस ब्रो, म हरिप आइडिया दिन्छु ल, खोलाहुँदि शिट बस्ने बेलामा कि तीनवटा ढुङ्गालाई टक्क लार मिलाएर राख् कि चुल्हो जस्तो, अन्त माथि टक्क बसेर दे न ब्रो! हरिप कमोडमा बसेको जस्तो हुन्छन्त!

ठिक भनिस यार, म त्यसै गर्छु, आइडिया चाहिँ हरिप आउने हो ल ब्रो लाई जे होस!

निशान्तले पुलुक्क प्रभावित भएको अनुहार बनाउँदै झिल्केलाई हेर्यो र हिँड्दै ठूलो ढुङ्गा पछाडि छेकियो।

झिल्केले चुरोटको सबै सुर्ति हत्केलामा झार्यो र खालि चुरोटको खोललाई ढुङ्गामा जतनसाथ राख्यो।

हत्केलाको सुर्तिलाई केहि सुर्ति मात्र च्यापिने गरेर औँलाले थिच्यो र हात हुत्तत्यायो। केहि सुर्ति उसका औँलाले चेपिएका थिए, बाँकि तल खसे। खल्तिमा हात हालेर एउटा प्लास्टिकको प्याकेट निकाल्यो। त्यसबाट अलिकता हरियो सुख्खा घाँस जस्तो चिज निकाल्यो र सुर्ती भएको हत्केलामा सुर्ती संग मिसायो र दायाँ हातले बायाँ हत्लेकामा मल्न थाल्यो। केहिबेर मलेपछि चुरोटको खालि खोल फिल्टरपट्टि मुखमा च्याप्यो र केहि झुकेर बायाँ हत्केलामा भएको सुर्ति र घाँसको मिश्रणलाई मुखले तानेर खालि खोलमा भर्न थाल्यो। कहिले मुखले तान्थ्यो र फेरि चुरोट हातमा लिएर औँलाले घुमाउँदै जान्थ्यो। यसैगरि चुरोट भरिन लागेको थियो, त्यहिबेला निशान्त हाँस्दै आइपुग्यो।

तेरो आइडिया हरिप हो यार!

झिल्केको आइडिया राम्रो भन्दै ढुङ्गामा आएर बस्यो र झिल्केले चुरोट भर्न सकाएर सल्काउने प्रतिक्षा गर्न थाल्यो।

झिल्केले रुखस्याखबाट लाइटर झिक्यो र चुरोट सल्कायो। निशान्त भोको बाघले जसरि झिल्केले धुवाँ उडाएको हेर्दै थियो र उसका हात अनायासै चुरोटतिर तन्केका थिए। झिल्केले आकाशतिर टाउको ठड्याएर दुई तिन सर्को तान्यो र धुँवाँ माथि छोड्यो! निशान्त अधैर्य देखियो र उसको हातले लगभग खोसेको जसरि झिल्केको हातबाट चुरोट तान्यो। निशान्त पनि टाउको ठाडो गरेर सर्को तान्न थाल्यो।

दुवैका आँखा भिजेका जस्ता देखिन थाले।

केहि बेर चुपचाप पालै पालो दुबैजना सर्को लगाउन थाले। चुरोट लगभग फिल्टर सम्म सकिँदा पनि उनिहरु सर्को लगाइरहेका थिए!

चुरोट सकिएपछि दुवैजना त्यहि ढुङ्गामा लम्पसार परे केहि बेर!

निस ब्रो अब जानु पर्छ यार! खोला तरिवरि गाउँ पुग्दा राति हुन्छ हौ फेरि!

झिल्के अल्छि मान्दै उठेर रखस्याख बोक्दै बोल्यो।

निशान्त झन अल्छि मान्दै उठ्यो र रुखस्याक भिर्यो।

दुवैजना चुपचाप बगरमा खोला तिर हिँड्न थाले। उनिहरुको चाल अघिको भन्दा ढिलो थियो।

उनिहरु खोलाको किनारमा पुगे। खोला पारि पट्टि हेरे। खोलाको माथिपट्टि उनिहरु भन्दा निकै पर पारि पट्टि दुइजना देखिए; शायद पारिबाट खोला तरेर यता आउन खोज्दै थिए।

जङ्घार त्यतै थियो।

निशान्तले आँखा आधि खोलेर एक पटक पारि पट्टिका दुईजना गाउँलेलाई हेर्यो र झिल्केलाई हेर्दै भन्यो-

ट्रिपको सुरमा यता आएछ सोम हामि, तर्ने ठाउँ ऊ उता छ जस्तो छ!

झिल्केले पारि हेर्यो। ती दुईजना खोला तर्नलाई कपडा खोल्दै थिए।

हो यार, हिन उतै जुम!

झिल्केले भन्दै खोलाको तिर तिरै माथितिर लाग्यो। निशान्त पछि पछि लाग्यो।

उनिहरु खोला तर्न लागेका गाउँलेको नजिक आउँदै थिए।

पारी दुईजना गाउँलेले एक अर्काको हात समातेको देखियो। उनिहरु अझ नजिक पुग्दै थिए।

हात समातेर दुवैजना गाउँले खोलामा पसे। निशान्तले उनिहरु हल्लिएको देख्यो;शायद खोला बलियो वेग संग बग्दै थियो। उनिहरु अझ नजिक पुगे।

पारिपट्टि बिस्टेबुढालाई खोलाको माथि पारेर भउतेले हात समाउँदै तार्दै थियो।

दुवैजना कम्मर सम्म डुबेका थिए।

खोलाको वेगले उनिहरु जति वारि तर्थे त्यो भन्दा पनि बढि तल तिर हुत्तिन्थे। यसरि उनिहरु निशान्त र झिल्केको झन झन नजिक आउँदै थिए।

निशान्त र झिल्के एकठाउँमा टक्क अडिए। उनिहरु एकटकले बिस्टे बुढा र भउते खोला तरेको हेर्दै थिए।

हात छोडिदियो त!!

झिल्केले बिस्टे बुढा र भउतेलाई हेर्दै निशान्त संग भन्यो।

निशान्तले नियालेर हेर्यो।

भउतेले समात्दा सामत्दै बिस्टे बुढाको हात फुस्किएको देख्यो।

बिस्टे बुढालाई बलियो भलले धकेल्यो। बुढा ढलमलाउँदै तेर्सिए र भउतेको जिऊमा ठोक्किए। भउते सम्हालिन खोज्दै थियो र बुढालाई समात्न खोज्दै थियो। बिस्टे बुढा अडिन जोड लाउँदै थिए। बुढाको खुट्टाले  भुइँ छाड्यो। भउते जसोतसो अडिएको थियो उर्लँदो भेलमा। बुढालाई भलले भउतेको अगाडि ल्याइपुर्यायो। भउतेले फेरि लम्केर बुढालाई समात्न खोज्यो। भउतेको हातले बुढाको हात छोयो, तत्कालै हात फुस्कियो। भउतेले फेरि हात लम्कायो। बुढालाई भलले भित्र लग्यो। भउते किर्कर्तव्यबिमूढ भयो, ऊ आफैँ पनि भल संग जुझ्न संघर्ष गर्दै थियो र बिस्टे बुढा तिव्र वेगका साथ कहिले सतहमा देखिँदै कहिले पानी भित्र हराउदै तल जाँदै थिए!

निशान्त र झिल्केका आँखा झिम्किएका पनि थिएनन्!

------

Last edited: 30-Jun-08 05:05 PM

 
Posted on 06-30-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

launa k huna lagyo katha ma!! Bista hajurba lai dibaune bhayo ki kya ho?  ki bachauchhan nishant ra jhilke le?

रुखस्याक Bhaneko k ho taaaaaa?


 
Posted on 06-30-08 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्केले सुट्टा क्या भरेको है, दामी गयो ल, अब के हुन्छ त, बिस्टे लाई साचिक्कै बगाउछ त ?

 
Posted on 06-30-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज नयाँ नयाँ इन्ट्री भएछन त
सब्बु आउने रैच र पो ठुल्दाइ अस्ती देखी एक्साइटेड हुनु हुन्थ्यो ए बिस्टे बुढालाई बगायो कि क्या हो? पिर नमान म भैन्जेल् केही हुन्न
जिम्माल ले जती थप्दै जान्छन उती सम्झना रिफ्रेश हुन्छ त अनी केही थपौ थपौ लाग्छ
भउते ले खोलो तारेको देखेर मलाई पनि याद आयो गाठे (हुन त यस्ता सयौ होलान तर यो चाँही रमाइलो के) 
एकदिन म पारी खेतमा घाँस काटेर खोलो तरेर वारी घर तिर आउँदै थिए । बाढि त थिएन तर खोलो तरिहाल्न पनि मुश्किल थियो । बल्ल बल्ल लौरो को सहायता ले तरी सकेको मात्रै के थिए दुई जना केटी नजिकै उभिएका रहेछन । मैले कस्ता छन हेर्न पनि नपाउदै 'दाइ, हाम्लाई पनि खोलो तार्दिनु न' भन्छन। एक मनले 'आफु त बल्ल बल्ल तरियो सक्दिन म त'  भन्न लाएको थिए केटीहरु ले भनेसी 'नाइ'  भन्न सकिएन। 'मामा कहाँ जान लाएको तार्दिनु न दाई, धर्मै हुन्छ' भन्न थाले । अब यस्तो पुरुषार्थ देखाउन जहिले तहिले कहाँ पाईन्छ भनेर डोको बिसाएर म पनि कसिएँ । ठुलि चाँही केटी त म भन्दा नि बलिइ रइछे खुरु खुरु गै,सानीले बिचमा पुगेपछी त ज्यानै पो छोडेर मेरो एउटा  खुट्टो पनि फुस्कियो, भगवान को नाम सम्झिदै बल्ल बल्ल सम्हालिएर पारी पुगे। एउटा हात थामेर झन उद्द्वार गर्दिन खोज्दा झन ज्यानै पो सुम्पिएर 'सङै जिउने सँगै मर्ने' भैएन । त्यहा देखिन  केटीले हात नजिकै ल्याए पनि सातो जान्छ थाम्ने त कुरै छोडिदिउ
 
Posted on 06-30-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बबाल गयोनित हो -
क्या सीन छ - सब्बु को इन्त्री त क्या रेछ -
३ पटक पढेर सकाये - जती पढे नि पढु पढु लाग्ने,  े
मलाई पढ्न भनेछी खुब मन्पर्ने क्या -  

फेरी दुई जना सोम हरु झ्याप भएर आएछनी हो -
सोम ले क्या जि भरेको नि त हो -

फेरी एकजना मान्छे को  प्रवोचण आएछ, दिन पनि
क्या दिने के - छत बाट हाम्फालेर ताप कस्ने, आप्रोच गर्न
जहिले नि फर्स्ट हुने अनी केटी को हात नजिक ल्याये नि सात्तो
जान्छ भन्ने - पर्वते मार्त्साब धेरै दिन छैन के रे - अक्टोबर
सम्म हो - हैन र भन्या  
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
lost $3500 on penny stocks !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters