Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 463170 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 10-30-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss me

गल्ती लेखेँछु अङ्रेजीमा चैं म फयल भाको दीप चैं नेपालीमा। लेखेका कुरा पढ्दा त Distinction नै ल्याएको जस्तो छ नि।



 
Posted on 10-30-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

miss me

गल्ती लेखेँछु अङ्रेजीमा चैं म फयल भाको दीप चैं नेपालीमा। लेखेका कुरा पढ्दा त Distinction नै ल्याएको जस्तो छ नि।



 
Posted on 10-30-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"गल्ती लेखेँछु अङ्रेजीमा चैं म फयल भाको दीप चैं नेपालीमा। "

ठिकै छ, म एक्लै फेल भा भे पो पीर। हामी दुईटै फेल रे, झन रमाईलो। अब ट्युसन पनि सँगै जानु पर्छ। कम्बो मास्टर खोज्नु पर्छ, अङ्ग्रेजी र नेपाली दुईटै पढाउने अनि त भै गो नी।

फेल पासको कुराले सम्झें --- परीक्षाको बेला थ्यो। दिन परेको थ्यो गणितको। परीक्षा सकेर गौशलामा एक दुई जना साथीहरु सँग यसो चिया तान्दै थिएँ, बानेश्वरको एउटा साथी आयो। उ निर्धक्क देखिन्थ्यो। चिया पनि मगायो, चुरोट पनि। पूर्णाङ्कलाई पछार्ने गरी गरेछ क्यारे हिसाब साथीले भनेर सोधें "आजको त भयंकर राम्रो गरीस जस्तो छ नी?" उस्ले लामो सर्को तानेर भन्यो "आजको त चिन्तै छैन, अरुमा चै भन्न सक्दिन, यो हिसाबमा चै ढुक्क भो।" "गज्जब गरीस?" मैले फेरी सोधें। "गज्जब नी, ३२ मा पास हुने, मैले २० जतिको गरेर आ छु? अब के को चिन्ता गर्नु?"

DeEp

(यो अग्लो "इ" चै दीपको ज्वाला हो है)

 


 
Posted on 10-30-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"गल्ती लेखेँछु अङ्रेजीमा चैं म फयल भाको दीप चैं नेपालीमा। "


 
Posted on 10-30-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"lol bange puran aayecha. Daami cha ."


 
Posted on 10-30-08 3:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"lol bange puran aayecha. Daami cha ."

के दामी हो? पुरान कि पण्डीत?

 

puran pani daami pandit  pani  daami. daami+ daami=  The daamiest..lol


 
Posted on 10-31-08 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबै,  अर्को बांगे पुरान पनि आईसकेच। एकै सासमा सकाए पढेर। हैन भन्या जे थियो बालुवाटार मै थियो कि के हो................उ बेलाँ पनि??

 

अनि आफ्नै सेक्सनका युबकहरुलाई चै ३ स (सम्मोहन, स्पर्शानुभुती, सहभाव) ले हुरुक्कै पार्ने गर्या थियो की? हे राम नी.....................

लैन प्रभो, के मर्जी भाको हो नि यस्तो, आफ्नै सेक्सनका त हामीलाई देखेकी भाग्थे  


 
Posted on 10-31-08 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए बाबै,  अर्को बांगे पुरान पनि आईसकेच। एकै सासमा सकाए पढेर। हैन भन्या जे थियो बालुवाटार मै थियो कि के हो................उ बेलाँ पनि??


 
Posted on 10-31-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

testari taruni raakhera matar saaikilaan saan dine laai ta haamle jaanyaathem...baataan killa chharera panchet banaaidinthem!

taruni raakhyo bhandaimaa bajje baange ko bhaau badni? matar saaikilaan tyo pani...khaakhaain raakhya bhe ni lou ta ni bhanum...baru, CG ho ki Bullet ho bajje ko? CM-fi em, XL-sek sel bhaa bhe chai lutnai parni ho bekoof laai...
 
Posted on 10-31-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

testari taruni raakhera matar saaikilaan saan dine laai ta haamle jaanyaathem...baataan killa chharera panchet banaaidinthem!

taruni raakhyo bhandaimaa bajje baange ko bhaau badni? matar saaikilaan tyo pani...khaakhaain raakhya bhe ni lou ta ni bhanum...baru, CG ho ki Bullet ho bajje ko? CM-fi em, XL-sek sel bhaa bhe chai lutnai parni ho bekoof laai...
 
Posted on 10-31-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जाम त टिप्सन पढ्न। दीपले चैँ सर खोज्नु म चैं सेतो कागज र कार्बन पेपर लिएर आउँछु।
उ बेलाँ बाले कोनी कस्ले हो बत्तिको पोल मुनी बसेर पढेको कथा सुनाएनन नत्र अहिले हामी नि पाडो  चडेर  हिम्थेम होला। अहिले या अङ्रेजीमा फयल भएर बस्नु पर्या छ।

बनेश्वोर्तिर बस्नेको गणित त्यती सारो राम्रो हुँदैन कि के हो? आफु पनि I. Sc. first year मा झन्डै गुल्टेको।

त्यो DeEp को E हलक्क बढेर होला आज हाम्रा शहराँ सार्है उजाल्यो भाको छ।
Last edited: 31-Oct-08 10:39 AM
Last edited: 31-Oct-08 10:50 AM

 
Posted on 10-31-08 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु जाम त टिप्सन पढ्न। दीपले चैँ सर खोज्नु म चैं सेतो कागज र कार्बन पेपर लिएर आउँछु।
उ बेलाँ बाले कोनी कस्ले हो बत्तिको पोल मुनी बसेर पढेको कथा सुनाएनन नत्र अहिले हामी नि पाडो  चडेर  हिम्थेम होला। अहिले या अङ्रेजीमा फयल भएर बस्नु पर्या छ।

बनेश्वोर्तिर बस्नेको गणित त्यती सारो राम्रो हुँदैन कि के हो? आफु पनि I. Sc. first year मा झन्डै गुल्टेको।

त्यो DeEp को E हलक्क बढेर होला आज हाम्रा शहराँ सार्है उजाल्यो भाको छ।

 
Posted on 10-31-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के सारो हेपेको हो --आम्मामामा!  कलेज त हामी नौ कक्षा पढदा देखि नै जान थालेको --


 
Posted on 10-31-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के सारो हेपेको हो --आम्मामामा!  कलेज त हामी नौ कक्षा पढदा देखि नै जान थालेको --

 


 
Posted on 11-03-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

....

ट्वाक र मैले हेरा हेर गरीम। दुईटैको एउटै प्रस्न थ्यो। "बांग्गे हैन त्यो?" त्यो भन्दा ठुलो अर्को प्रश्न थ्यो हाम्रो "अनि त्यो पछाडी बांगेलाइ च्यापेर बस्या तरुनी को नी?" ...

 

त्यो प्रश्नको उत्तर हामी सँग थिएन। पिच्च थुक्दै बाटो छेउ अलपत्र पर्या एउटा ईंटाको टुक्रालाई लात हानेर बाटो पारी पुर्याउँदै ट्वाकले भन्यो "त्यो बाङ्गे हैन जस्तो लाग्यो मलाई बुझिस।" उस्ले भन्न त भन्यो तर आफै उ आफ्नो भनाईलाई पत्याउँदैन कि जस्तो सुनिन्थ्यो। मलाई पनि बुझ्न त त्यही मन थ्यो, तर हामीले जे बुझे नी के र?

 

मैले भन्न त केही भनीन तर बाङ्गे सँग मलाई एकदम रिस उठिरा थ्यो।

 

"ह्या खुर्सानीबारी सुर्सानीबारी पनि जान मन लागेन मलाई त" ट्वाक फेरी झर्कियो।

 

"तँ किन झर्किरा नी? तेरै तरुनीले उस्ले लिएर गा जस्तो -- हाम्ले चिन्दै नचिन्या तरुनी बाङ्गे सँग गै त गै -- के भो त?" मलाई पनि चित्त त बुझ्या थिएन तै पनि ट्वाकको अगाडी फुर्ती गरें।

 

"त्यो बाङ्गे हुँदै होईन ल जा" ट्वाकले भन्यो।

 

"को त बांङ्गे नभए?" मैले सोधें।

 

"को हो को अब? मलाई के थाह--कति जनाले मोटरसाईकल चढेर हिन्छन सबैलाई चिन्या छ र मैले?"

उस्ले पनि मलाई नै सोध्यो।

 

"तैलें त्यसको अनुहार देखिस?" ट्वाकले फेरी सोध्यो मलाई।

 

"को त्यो तरुनीको?" मैले तरुनीको अनुहार सम्झिन खोज्दै भनें।

 

"काँ तरुनीको? त्यो मोटरसाईकल चलाउनेको नी --" उस्ले भन्यो।

 

"अनुहार त कहाँबाट देख्नु नी त्यसको -- कालो सिसा भाको हेल्मेट ला देखिनस?" मैले उस्लाई सोधें।

 

"त्यो मोटरसाईकल बाङ्गेकै हो त? नम्बर प्लेट त्यै हो?" ट्वाकले अर्को प्रश्न गर्यो।

 

"कस्ले हेरीरहयो र नम्बर प्लेट? झिमिक्क गर्दा मोटरसाईकल गै हाल्यो -- त्यसमा पनि तरुनी बस्या मोटरसाईकलाँ तरुनी हेर्न छोडेर कस्ले हेर्यो र नम्बरप्लेट?" मैले भाको कुरा भनें। नम्बरप्लेट हेरेकै भए पनि के र? त्यै अस्ति एक चोटी चढ्या हो त्यो मोटरसाईकल त्यसमा पनि कस्ले घोकीरह्यो र नम्बर?

 

"त्यो बाङ्गे हैन।" ट्वाकले ढुक्क भन्यो।

 

"किन त्यस्तरी हर्न बजाएर गयो त मोटरसाईकल हाम्लाई देखेर?" मैले ट्वाकलाई सोधें।

 

"आधा बाटो ढाकेर त हामी हिनीराथेम, अनि बजायो नी -- त्यै पनि हर्न बजाउन कारण चाहिन्छ र? एक एक छिनमा यसै पनि बजाईरहनु परेन? बानी त हो नी --" उस्ले भन्यो। म चुपचाप थिएँ। उस्ले थप्यो "त्यो बाङ्गे भएको भए हर्न मात्रै बजाएर जान्थ्यो? रोक्दैनथ्यो के त? त्यो तरुनी हाम्लाई देखाउँदैन थ्यो? बाङ्गेलाई तैले पनि राम्रै चिन्या छस मैले पनि -- त्यसरी उस्लाई च्यापेर बस्या तरुनी हाम्लाई देखाउने मौका मिल्या बेला बाङ्गेले छोड्थ्यो?"

 

कुरा त ट्वाकले भएकै गर्या हो। बाङ्गेले हामी धुलो उडाउँदै बाटाँ त्यसरी हिनीरा बेलाँ, उ मोटरसाईकलाँ एक्लै भएको भए त "के छ भिखारी हो? सुकेनास लाग्या खुट्टा माथि अन्याय गर्दै कता नी? " भन्दै पेच हान्न रोक्नु पर्ने हो। झन त्यसमाथि उस्लाई च्यापेर तरुनी बस्या बेलाँ, हाम्लाई बेबास्ता गरेर रोक्दै नरोकी जानु भनेको अचम्मकै कुरा थ्यो।

 

"त्यसले हात सम्म त उठाएन -- न त फर्केर नै हेर्यो --त्यो तरुनीले पनि फर्केर हेरीन --" ट्वाकले आफ्नो तर्कलाई अरु बलियो पार्यो।

 

हो त -- उस्ले पछाडी फर्केर हेरेन -- उ बाङ्गे भै दिएको भए त हेर्नु पर्ने -- उस्ले नहेरे पनि त्यो तरुनीलाई हामी प्रति सन्केत गर्दै हामी कति खत्तम मान्छे हुम, उस्ले हाम्लाई सुधार्न कति मेहनत गर्यो र पनि सकेन --हामी अरु बिग्रिम--त्यस्ता कुरा पक्कै भन्नु पर्थ्यो। त्यसो भने पछि, तरुनीले फर्केर नहेर्ने कुरै थिएन हामी जस्तो खत्तम भैसक्या मान्छेलाई--- तर तरुनीले हेरीन फर्केर।

 

"साँच्चै बाङ्गे हैन कि क्या हो यार त्यो?" मेरो पनि स्वर तंग्रेको जस्तो भो।

 

"काँ बाट हुनु नी -- म त उहीले देखी भनीरा छु नी --त्यो बाङ्गे हैन भनेर --" ट्वाकको स्वर झन चम्कियो।

 

"यत्तिकै बेक्कारमा --" मैले पनि भने।

 

"झिक अघिको शिखर --" ट्वाकले भन्यो। त्यै सडकको बिचाँ उभिएर चुरोट सल्काईयो।

 

"सार्है मजा आयो यार तानेको" उस्ले भन्यो।

 

"धुवाँ पनि बेला बेला त क्या मिठो हुने है?" मैले पनि भनें।

 

उस्ले मलाई र मैले उस्लाई हेर्दै हाँसीम र बाटो काटेर लागिम खुर्सानीबारी तिर। तर मनमा कता कता त्यो बाङ्गे नै हो जस्तो चै लागिराथ्यो। ट्वाकको मनमा पनि त्यो लागेकै हुनु पर्छ। तर न त उस्ले केही भन्यो न त मैले नै।

 

पछि खुर्सानीबारीबाट लाजिम्पाट पुगेर त्यो फ्रेन्च एम्बेसी नेर चिया र चुरोट तान्दै मैले भनें "कुरा घुमाएर बाङ्गेलाई सोध्नु चै पर्छ"

 

म तिर पुलुक्क हेर्दै लामो सर्को तानेर ट्वाकले भन्यो "त्यो त कुरै छैन नी --"

 

....

 

 


 
Posted on 11-03-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-03-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,
Very Good
Arko part kahile aaunchha?
sathi ali chado chado post garum na ho
 
Posted on 11-03-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep,
Very Good
Arko part kahile aaunchha?
sathi ali chado chado post garum na ho
 
Posted on 11-04-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nakkali108,

"हैन भन्या जे थियो बालुवाटार मै थियो कि के हो................उ बेलाँ पनि??"

थियो हैन थिई हो क्या। तर भएर के र? न जग्गेमा बस्न पाईयो उ सँग न नै उस्काँ जन्ती जान पाईयो।

Poonte,

estari taruni raakhera matar saaikilaan saan dine laai ta haamle jaanyaathem...baataan killa chharera panchet banaaidinthem!"

हो प्रभो---अब आफुले नी मोटरसाईकलाँ राखम भने थिएन होला --मोटर बिनाको साईकलाँ फसमा त बस्नै नमान्ने होला तरुनी-- बसीहाले पनि त्यो बालुबाटारको उकालाँ मधेस तिर उकालोमा रिक्सा तान्या जस्तो गरेर आफु साइकलबाट ओर्लेर उस्लाई डण्डी की क्यारीअरमा राखेर तान्न पनि बोरै हुने -- बरु अरुको मोटरसाईकल पन्चट पार्दियो--आनन्दै।

nAyAni ,

"दीपले चैँ सर खोज्नु म चैं सेतो कागज र कार्बन पेपर लिएर आउँछु। "

सेतो कागजाँ चै लेटर लेखेर मलाई दिने अनि कार्बन पेपर चै सरको मुखाँ दल्दिने हो कि क्या हो?

pjna007,

 

नपत्यार हाँस्या ?
बिद्यानस हामी त नौ कक्षा देखि नै कलेज जान थाल्या। पछि जान एस एल सी पास गर्नु पर्छ --त्यो भन्या अब के हुन्छ के हुन्छ बरु अहिलेइ गएर रहर पुर्याउदै गरम भन्ने सल्लाह भो साथीहरु सँग अनि त --

nepali man6e ,

"Arko part kahile aaunchha? "

अर्को भाग आउन भनेर बस चढीसकेको रे -- पून्टे ब्रोले मोटरसाईकलाँ आउनेले टोलका तरुनी बहकाए भनेर बाटा भरी छरेका किलामा परेर त्यो अर्को भाग चढ्या बस पन्चट भएछ। नत्र त अघि नै आईसक्ने। अब एउछिन ट्याम लाग्ला जस्तो भो।


 
Posted on 11-04-08 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters