[Show all top banners]

bimal_thapa_usa
Replies to this thread:

More by bimal_thapa_usa
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

undefined

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 gynendra and parash going jail soon

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 14974 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-23-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कभरस्टोरी

'दरबार हत्याकान्डमा सबैभन्दा पहिले मारिएका थिए दीपेन्द्र'
अन्य समाचार
पुरानो अंक

पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ७ साउन

2008-07-23,Wednesday


नारायणहिटी हत्याकान्डका एक 'प्रत्यक्षदर्शी'ले दीपेन्द्र शाहको नकाव लगाएका व्यक्तिले गोली चलाएर वीरेन्द्रको वंशनाश गरेको दाबी गरेका छन् । १९ जेठ २०५८ मा नारायणहिटीको त्रिभुवन सदन (घटनास्थल) मा ड्युटीमा रहेका तत्कालीन सैनिक हवल्दार लालबहादुर लम्तेरी मगरका अनुसार हत्याराले पहिलो गोली नै दीपेन्द्रलाई हानेको थियो ।
दरबार हत्याकान्डको तीन महिनापछि हत्याको अभियोगमा मुद्दा चलेर अहिले नख्खु कारागारमा रहेका लम्तेरी मगरले गत साता नयाँ पत्रिकासित लामो कुराकानी गरे । उनले यतिसम्म भने, 'दीपेन्द्रको ढाडमा ६ राउन्ड र बायाँ कन्चटमा एउटा ब्रस्ट फायर भएको हो ।'

आफूलाई नेपाली सेनाको तत्कालीन हवल्दार र दरबार हत्याकान्डका प्रत्यक्षदर्शी बताउने लालबहादुर लम्तेरी मगरको बयान
हरेक महिनाको अन्तिम शुक्रबार 'गुड फ्राइडे' मनाउने क्रममा त्यस रात (१९ जेठ २०५८) भोजमा सरिक तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका पाँचैजना र नातेदारको पनि हत्या भएको थियो । सरकारले पहिले स्वचालित हतियार पड्किएको बताएको थियो भने पछि दीपेन्द्रले गोली चलाएर आफ्नै बाबु, आमा, भाइ र बहिनी मारेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
दीपेन्द्रले गोली चलाएका होइनन्, षड्यन्त्रपूर्वक वंश नै नाश गरेर दीपेन्द्रलाई दोषी बनाइएको हो भन्ने चर्चा जनमानसमा भए पनि घटनाका कुनै पनि प्रत्यक्षदर्शीले दीपेन्द्र हत्यारा होइनन् भनेर बयान दिएका थिएनन् । 'दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले' गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो 'प्रत्यक्षदर्शी' हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । 'भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,' लम्तेरीले भने, 'केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।'
लम्तेरीले घटना हुँदा दीपेन्द्र आफ्नै खोपीमा रहेको पनि बताए । 'मलाई नै थाहा छ- दीपेन्द्र सरकार नसा लागेर खोपीमा सुतेका थिए, नकावधारीले पहिलो गोली त्यहीँ चलाएका हुन्, त्यसपछि चारैतिरबाट गोली चल्यो, मचाहिँ केराघारीमा ल्यान्ड पोजिसनमा बसेर बचेँ ।'

लम्तेरी मगरका अनुसार दीपेन्द्र आफ्नै खोपीमा मरेका हुन् । 'दुईजना एडिसीले लास उठाएर सैनिक प्रहरीको गाडीमा छाउनी पुर्‍याएका हुन् । दीपेन्द्र त्यतिबेलै मरिसकेका थिए,' उनले भने ।
वीरेन्द्र र नीराजनको लास आफूले पनि उठाएको उनले बताए । 'मैले पनि वीरेन्द्र र नीराजन सरकारको लास उठाएको हुँ,' उनले भने, 'वीरेन्द्र सरकारको लास लिएर सैनिक अस्पताल जानेमा म पनि थिएँ । सैनिक प्रहरीको गाडीमा म पछाडि बसेको थिएँ । बाटोमा वीरेन्द्रले सानो स्वरमा दुख्यो, दुख्यो भनेको मैले सुनेको हुँ । अस्पताल पुगेपछि के भयो थाहा छैन ।'

गोलीको वषर्ात्पछि सन्नाटा छाएको घटनास्थलमा पारस खालीखुट्टामै आएको उनले बताए । 'ल अब हस्पिटल लैजानुपर्‍यो भनेका थिए पारसले,' लम्तेरीले भने, 'पारस र उनका परिवारलाई केही पनि भएको थिएन ।'
खोपीमा सुतेका दीपेन्द्र त्यहीँ मारिएको देखेका लम्तेरीले पछि दीपेन्द्र नै हत्यारा हुन् भन्दै प्रतिवेदन आएपछि आश्चर्यमा परेको बताए । दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए । 'घटनाको साता दिनभित्रै जेठ २५ गते मसहित लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र एउटा सिपाही भएर दरबारको प्रमुख सचिवालयमा बिन्तीपत्र हाल्यौं,' लम्तेरीले भने, 'हामीले बेनामी बिन्तीपत्रमा दीपेन्द्रबाट घटना भएको होइन, यसको निष्पक्ष छानबिन होस् भन्यौं ।'
आफ्नो अभिभावकजस्तो मान्छे दीपेन्द्र मारिएपछि 'त्यतिसम्मको दुस्साहस' गरेको उनले बताए । तर 'कतैबाट पोल खुलेपछि २९ जेठमै आफ्नै हाकिमहरूद्वारा समातिएको' उनले बताए । 'पहिले दरबारमा आतंक मच्चाएको भन्दै समातियो, पछि एउटा होटलमालिकलाई मारेको भन्ने झुटो केस चलाएर मुद्दा हालियो ।'

आफू कलाकार पनि भएकोले दीपेन्द्रको प्यारो मान्छे भएको दाबी गर्दै उनले भने, 'म सांगीतिक क्षेत्रको मान्छे, बाजा बजाउन, नाच्न, गाउन र खेल खेल्न सधैं अघि सर्थें, त्यसैले पनि दीपेन्द्र सरकारका लागि म निकै प्यारो मान्छे थिएँ ।'
उनले दीपेन्द्रलाई मुड भएको बेला खोपीमै गएर गीत गाउने गरेको पनि बताए । 'गीत सुन्नुपर्‍यो भने त्यो डल्लुलाई बोलाऊ भन्ने हुकुम हुन्थ्यो । म खोपीमै जान्थें । गीत सुनाएर खुसी पार्थें,' उनले भने ।
उनका अनुसार संगीतकार प्रवीण गुरुङलाई गाडीले किचेर मारेको आरोपमा तत्कालीन राजा वीरेन्द्रले पारसलाई कारबाही गर्न खोजेका थिए । 'तर पारसको चुनौतीका कारण उनी (वीरेन्द्र) पछि हटे,' उनले भने । लम्तेरी मगरका अनुसार प्रवीण गुरुङ मारिनुअघि श्रुतिले चलाएको कारको ठक्करले दरबारभित्रै तनहुँ घर भएका पुरानो गोरखगणका सिपाही मारिएका थिए । 'ऊ ड्युटीमै उभिएको बेला गाडीको ठक्करले मर्‍यो । पछि बाहिर तालिमका बेला एम्बुसमा परेर मारियो भनेर परिवारलाई क्षतिपूर्ति दिइयो ।' पारसले आफूलाई भन्दा अघि श्रुतिलाई कारबाही गर्न वीरेन्द्रलाई चुनौती दिएपछि वीरेन्द्र मत्थर भएको लम्तेरीले बताए ।

दरबार हत्याकान्ड दीपेन्द्रले नगराएको भन्ने बिन्तीपत्र लेखेको चार दिनमा पक्राउ गरिएका लालबहादुर सोह्रखुट्टेस्थित आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या अभियोगमा जेल परेका हुन् । उनी जन्मकैदको सजाय नख्खु जेलमा बसेर भोगिरहेका छन् । 'म निर्दोष छु,' उनले भने, 'मलाई जेल हाल्ने कुनै आधार थिएन, तर म गरिबको छोरोलाई कानुनले पत्याएन ।'
उनको मुद्दा हेरेका अधिवक्ता भूमिनन्द चुँडालले पनि लम्तेरी निर्दोष रहेको जिकिर गरे । 'लालबहादुरलाई जेल हाल्नुपर्ने कुनै आधार छैन,' उनले नयाँ पत्रिकासँग भने, 'उनलाई हत्याको अभियोग लगाइएको छ, तर त्यसको कुनै पनि प्रमाण छैन । ऊ सफाइ पाउनुपर्ने मान्छे हो ।'
नख्खु कारागारका जेलर चन्द्रप्रसाद देवकोटाले लालबहादुर कर्तव्य ज्यान मुद्दामा जेलमा रहेको बताए । देवकोटाका अनुसार उनी २ भदौ २०५८ देखि जेल छन् । जेलको रेकर्डअनुसार लम्तेरी पुरानो गोरखगणका सैनिक हुन् । लालबहादुरले आफूलाई सैनिक प्रहरीबाट नक्कली कागजात बनाएर पुरानो गोरखगणमा सरुवा मात्र होइन, घटुवा गरेर जेलमा हालिएका बताए ।

लम्तेरीको बयान

म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ ।
म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । 'रोयल फेमिली'सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो ।
दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने ।
जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर 'गुड प|mाइडे' मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको 'हिजो आजका कुरा' कार्यक्रम आउँथ्यो ।

अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो ।
दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें ।

गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ ।
अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ । म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो, दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए ।
सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फक्र्यौं । त्यसपछि के गरियो थाहा भएन ।
मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्‍यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्‍यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं ।

हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् ।
बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो ।
मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।
एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो ।
दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो ।

२ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ ।
मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो । र, म जेल परें ।
म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ ।
तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन ।
यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।

 
 
 
 
Last edited: 23-Jul-08 06:17 PM

 
Posted on 07-23-08 6:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la raja badi haru comments gara aaba.ragat la polcha bhanchan.10 barsa pachi pani hattayara lai jail halnu parcha.

so we can get answer who kill them????????????????????


 
Posted on 07-23-08 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahah....a very bad story to save himself from being punished of his own crime...
 
Posted on 07-23-08 9:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Read this a$$'s article.  This contradicts:

http://newsfrombangladesh.net/view.php?hidRecord=205653

“Monarchy is over in Nepal ”. The same title is being used in fashionable ways by many media in this world—of course, only those who hold significant stake in Nepal . The biggest stake holder and the director of Nepal ’s devastation is Nepal ’s closest and sadistic neighbor, India . Even though the intellectuals are familiar with this direction, I would like to show why the world remains anonymous of this India ’s sponsorship of terrorism in Nepal . ......


 
Posted on 07-23-08 10:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नरसंहार से पहले ही हो गई थी दीपेंद्र की हत्या!

 
Jul 23, 06:21 pm

काठमांडू। नेपाली राजमहल में वर्ष 2001 के नरसंहार से जुड़े विवाद को एक नया मोड़ देते हुए एक नेपाली सैनिक ने दावा किया कि वह शुक्रवार रात को हुई इस घटना का प्रत्यक्षदर्शी है तथा इन हत्याओं का दोषी माना जा रहे युवराज दीपेंद्र निर्दोष थे, क्योंकि उसकी अपने परिवार के सदस्यों से पहले ही हत्या हो गई थी। हालांकि सरकार की ओर से इस खबर के बारे में अभी तक कोई प्रतिक्रिया व्यक्त नहीं की गई है।

लाल बहादुर लामतेरी ने नेपाली दैनिक नया पत्रिका को बताया कि तत्कालीन नरेश वीरेंद्र और उनकी पत्नी ऐश्वर्या की रात्रि भोज में गोली मार कर की गई हत्या से पहले ही एक जून 2001 को युवराज दीपेंद्र को मार दिया गया था। समाचार पत्र ने सरकारी जांच आयोग की रिपोर्ट पर भी सवाल उठाए हैं, जिसमें दीपेंद्र को हत्याओं का दोषी ठहराया गया है। अधिकतर नेपाली लोग भी सरकार के इस दावे पर भरोसा नहीं करते और उनका मानना है कि शाही परिवार को समाप्त करने के पीछे कोई साजिश थी, क्योंकि इस दुखद घटना के बाद नरेश बीरेंद्र की जगह उनके भाई नरेश ज्ञानेंद्र राजगद्दी पर आसीन हो गए।

इस दौरान नारायणहिती राजमहल में तैनात सेना के कनिष्ठ कर्मी लामतेरी ने दावा कि अपदस्थ किए गए नरेश का पुत्र एवं दीपेंद्र के चचेरे भाई पारस उस रात राजमहल के रात्रि भोज में एक व्यक्ति के साथ आए थे, जिसने दीपेंद्र से मिलता जुलता मुखौटा पहन रखा था। उसने दैनिक को बताया कि मुखौटा पहने व्यक्ति ने शाही परिवार के सदस्यों की हत्या से पहले दीपेंद्र को मार दिया।

लामतेरी ने दावा किया कि शाही परविार को मारे जाने से पहले उसने दीपेंद्र को अचेत अवस्था में उसके निजी कक्ष में देखा था तथा उसकी पीठ पर छह और बाएं हाथ पर एक गोली लगी थी। दैनिक की खबर के अनुसार लामतेरी ने दावा किया कि उसने अन्य सुरक्षा कर्मियों के साथ राजमहल को एक गुमनाम पत्र लिखकर यह सूचित किया कि दीपेंद्र निर्दोष है। लेकिन तीन माह बाद पदावन्नति कर उसे अन्य बटालियन में भेज दिया गया। इसके बाद उसे एक व्यापारी की हत्या के गलत मामले में जेल भेज दिया गया।

जांच आयोग की विवादास्पद रिपोर्ट के अनुसार शराब के नशे में दीपेंद्र ने नरेश बीरेंद्र, रानी ऐश्वर्या और शाही परिवार के अन्य सदस्यों की हत्या कर खुद आत्महत्या कर ली।

काठमांडू में आज इस खबर के कारण नया पत्रिका अखबार की बिक्री एकाएक बेहद बढ़ गई। एक समाचारपत्र विक्रेता के अनुसार महज एक घंटे के भीतर इस अखबार की 20 हजार प्रतियां बिक गई। कई जगहों पर पांच रुपये के मूल्य वाला यह समाचारपत्र ब्लैक में 25 रुपये में बिक रहा है।





 
Posted on 07-24-08 12:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

is this why paras & family left nepal?????
 
Posted on 07-24-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dont trust these news..............with the recent political turmoil in nepal.........may b india is fueling these news........who knows

I dont beleive this crap /.........lot of conspiracies goin on to ruin our country ............so WAKE UP

I am just worried about motherland ........


 
Posted on 07-24-08 11:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

similar post and I posted the credibility of this guy...........................THE guy to be alive is itself controversial when he had said the he had formely complained about the incident when PARAS AND KING GYANENDRA were in total command of Nepal.           OK first duty of an army official on guard duty is to respond to any threat to any royality with his own life...........AM I RIGHT??????.......he heard gun shots while guarding the palace..........and ran to hide in the garden.....ARMY???..how did he know it was not anyone else attacking another army man or the royal servants or the ROYAL FAMILY. an armed guard..Gorkhali ARMY.........instead of running towards the incident he decides to HIDE?????? and from his hidden place speculated how things were happening........LOL.....shivering.....lol.....pissing his pants.......coward.

 

YOU AS AN ARMY MAN MR. LAAM BAHADUR LAMTERI... GUARDING THE PALACE WAS SUPPOSED TO SHOOT AND FIGHT THE ASSAILANTS AND DIED IF NESSARY THAT IS YOU DUTY..............YOU LET THE KING AND HIS WHOLE FAMILY DIE.....IF YOU HAD RESPONDED  AFTER THE FIRST SHOTS WERE FIRED .....WHICH YOU CLAIM TO BE SHOT AT CROWN PRINCE....WOULD HAVE GIVEN YOU EVERY TIME TO REACH AND DEFEND THE OTHER ROYALS ....AND WERE THE OTHER ROYALS DEAF??? OR WERE THE GUARDS SLEEPING??? AFTER THE FIRST SHOTS WERE HEARD OUTSIDE THE PALACE...WHY WERE THE ROYAL FAMILY STILL EATING AND NOT RUNNING FOR THEIR LIVES .......................................WHY WERE THEY ALL IN THE SAME PLACE...........DONT MAKE UP STORIES.................SALA INDIAN RAW AGENT......DIVERSION IS WHAT YOU SEEK BECAUSE YOU FEAR THE KINGS COME BACK.


 
Posted on 07-24-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I also believe this is RAW consipiracy! Do not fall into this bullshit.

More about RAW:
http://en.wikipedia.org/wiki/Research_and_Analysis_Wing

 
Posted on 07-24-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RAW is trying to do everything  to further destablize ( already broken) nation. god save nepal!


 
Posted on 07-24-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1st thing first . people say monarchy oppress Nepalese for 240 years. If you think that then even Birednra is culprit. So how can you people say that an innocent Nepalese was killed on jestha 19th.

2nd thing,   Nepal is now republic therefore,  the killing of Dipendra or Birendra is no different than killing of innoncent nepalese. When Prachanda Burnt 40 innoncent Nepalese inclduing small children alive, then how come that killing be different than killing of Birendra. 

 

 


 
Posted on 07-24-08 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why people are just running behind Gyanendra and Paras? 

There need a lots of attention on different fields than just going behind them.'don't you guys thing that we need more attention to look other aspects of life in nepal.


 
Posted on 07-24-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

What a nonsense story!
 
Posted on 07-24-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bimal thapa usa...................where are you...support your theory.......Now that we have given ours
 
Posted on 07-24-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RAW thinks as long as Gyanendra is alive and free he possesses a threat to Indian puppets in Nepal. Some of the Nepalis are still behind the king and some are starting to realize that it was a mistake to take out monarchy (the institution not Gynendra). VP’s taking oath in Hindi and parties’ fighting over the posts have furthered their discontent.

So, RAW is trying to take out the king for good.


 
Posted on 07-24-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We can't just say that this is a total non-sense. We just don't give someone a benefit of the doubt and that's our problem. The guy may be telling the truth. What Nepal govt. needs to do is find out if everything he said is right or wrong. But, as we all know that is not going to happen. Our corrupt and coward politicians are not going to do anything about an ordinary man. They will let him rot in that jail.

By the way, Maddog, you said 'he heard gun shots while guarding the palace..........and ran to hide in the garden.....ARMY???"

I guess you missed this line "भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या"


 
Posted on 07-24-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BRO IN The ARMY You cant go around anywhere  while in duty...to Piss, have a good chat with your buddy or stray from your post....BRO I know army duty.....I come from Army Family and I knwo what is allowed..........dont tell me gun shots are not a reason enough for an army ON duty to respond......if the shots are fired from inside the palace........what if it was the maoists dressed as army who were doing the shooting??? huh how do you know who is shooting???..........What does gurading your post mean.??? A soldier in guard has every right to sound the alarm and run to defend The people he is supposed to protect in a case like that. There was two shootings..............one first....INTERVAL....and then another.......still this  ARMY coward  would think about not leaving his post because he might get into trouble  but will go hide in the GARDEN leaving his post???? think before questioning me.


 
Posted on 07-24-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

explorer ji yedi bhitra jana diyiyena bhane tesle kasari patta lagayo ko maryo ra kasle maryo......

durbar nikkai kada huncha kya ........... haina ta?

ok suppose prince dipendra was sleeping in his kothi and he knows he is innocent. and he: दीपेन्द्र निर्दोष हुन् भन्दै उनले दरबारमा बिन्तीपत्र पनि हालेका थिए ।...........yedi paras haru hatyara hun bhane, y cud not they kill this guy if they cud kill their whole family .........after all they had power at the time ....

and how come this news is out now after a long time when king has no pwer left .............. dont u think this is fishy ...........

ooralo lageko baagh lai bachole ni lakhetcha bhanthe hamra purkha le tehiho ..........

 

 


 
Posted on 07-25-08 2:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

there will be more stories like this coming out.


 
Posted on 07-25-08 2:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपेन्द्रले होइन, नकाव लगाएर उनको जस्तै अनुहार बनाएको हतियारधारीले' गोली चलाएको थियो भन्ने लम्तेरी घटनाको पहिलो 'प्रत्यक्षदर्शी' हुन् । उनका अनुसार नकावधारी तत्कालीन शाहजादा पारस शाहसँगै भित्र आएका थिए । 'भोज चलिरहेको बेला पारस गाडीमा बाहिरए,' लम्तेरीले भने, 'केहीबरेपछि त्यही गाडीमा दीपेन्द्रको मुखुन्डोधारी भित्र आएको हो ।'


This story maker is carp and probably watch a lots of bollywood movie.
Lol. I wonder where can we get such mukhundo that can deceive other person.   So far no such mukhndo has been invented  in the world that can deceive others because each person has different height , weight sizes and others.

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters