[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निर्मला को भयो विवाह

[Please view other pages to see the rest of the postings. Total posts: 63]
PAGE:   1 2 3 4 NEXT PAGE
[VIEWED 49625 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 01-24-15 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गर्जेनी दुर्घटनाका दस वर्ष
  • दुर्घटनामा बाँचेकी बेहुली



Behuli

माघ १० -  

-निर्मला अधिकारी

अजभन्दा दस वर्षपहिले २०६१ साल माघ ८ गते शुक्रबार दाङको देउखुरी सोनपुरबाट बेहुली लिएर गएको बस प्यूठानको गर्जेनी भन्ने ठाउँमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा बेहुला, उनको घरपरिवार र जन्ती गरी ४१ जनाभन्दा बढीको मृत्यु भएको थियो । त्यो भयानक दुर्घटनाको समाचार नेपाली पत्रपत्रिकामा छ्यापछ्याप्ती आएका थिए । अहिले धेरैले त्यसलाई भुले पनि मैले बिर्सकी छैन । किनभने त्यो दुर्घटना प्रत्यक्ष भोगेर बाँचेकी बेहुली म नै हुँ ।

दुर्घटनापछि मलाई कोहलपुर शिक्षण अस्पताल लगेर उपचार गराइयो । बेहुलाको ज्यान गइसकेको थियो । केही समयअगाडि मेरो सिउँदोमा परेको सिन्दूरलाई टाउकामा परेको चोटबाट बगेको रगतले बगाएर शरीरभरि लत्पत्याएको थियो । एक महिनाभन्दा लामो उपचारपछि म घर र्फकन त सकेँ तर बाहिरी चोट ठीक भए पनि भित्री चोट कायमै थियो । बिहे गरेर अन्माएकी छोरीचेली आधा बाटोबाटै विधवा भएर र्फकेकाले माइतीघरमा पनि एक वर्षभन्दा लामो समयसम्म त्यो पीडा अनुहारमा देखिन्थ्यो । उता प्यूठानको टारी गाउँले त सबै पुरुषलाई दुर्घटनामा गुमाएको थियो । पछि सुनेँ, तत्कालीन बेहुला लोकराज रिजालकी आमालाई गाउँमा बस्न दिएन रे समाजले । उनले एकैचोटि श्रीमान्, छोराहरू, देवर, भान्जा, भतिजालगायतकालाई गुमाएकी थिइन् । पुरातन र अन्धविश्वासी समाजले अन्तत: ती पीडित नारीमाथि दोष थुपार्‍यो । र, उनी आफ्नो घरबाट विस्थापित भएर छोरीकोमा गएर बस्न बाध्य भइछन् ।

त्यसो त, उक्त दुर्घटनापछि मलाई पनि समाजले धेरै लान्छना र दोष लगाएको मैले अप्रत्यक्ष रूपमा सुनेकी छु । तर मेरै अगाडि वा मैले सुन्ने गरी चाहिँ कसैले केही पनि भनेन । मात्र मलाई हेरेर च्व, च्व... र हरे दैव भन्दै सुस्केरा हाल्ने काम आफन्तले गरेका थिए ।

दुई दिन अघि उक्त दुर्घटनाले दस वर्ष व्यतीत गरेको छ । आज मैले खाटा बसेका ती घाउलाई कोट्याएर फेरि नयाँ पीडा ओकल्न खोजेकी हैन । तर, हाम्रो नेपाली समाज कतिसम्म अन्धविश्वासी र आडम्बरी छ भनेर यी दस वर्षका मेरा अनुभव बाँड्न मात्र खोजेकी हुँ ।

उक्त दुर्घटनामा गम्भीर घाइते नभएर मलाई सामान्य घाउचोट मात्र लागेको थियो भने मैले के दुर्दशा भोग्नुपर्दथ्यो होला ! म कल्पनासम्म गर्न सक्दिनँ । दुर्घटना भएको दस वर्ष भइसक्दा त क्ताकति मेरो स्वाभिमानमा आँच पुग्ने खालका र मलाई दोषी ठान्ने कुराहरू सुन्दै आएकी छु । त्यस्ता कुरा सुन्दा मलाई चित्त दुख्नुको सट्टा नेपाली समाजको स्तर देखेर दया लाग्छ । यस्तै हो भने हाम्रो समाज रूपान्तरण कहिले हुन्छ भन्न सकिन्न । त्यो दुर्घटनापछि नेपाली समाजमा रहेको अन्धविश्वास र परम्परावादी सोच कस्तो छ ? यहाँ मेरो जीवनसँगका तीनवटा उदाहरण प्रस्तुत गरेकी छु ।

उदाहरण १

गर्जेनी दुर्घटना भएको १५ महिनापछि २०६३ वैशाख २४ गते मेरो दोस्रो विवाह भयो । श्रीमान्‌को स्थायी घर इलाम भए पनि उहाँ काठमाडौँलाई कार्यस्थल बनाएर बसिरहनुभएको रहेछ । उहाँसँगको मेरो बिहेको समाचार सोही दिन बेलुका कान्तिपुर टेलिभिजनले दृश्यसहित प्रसारण गरेको थियो । भोलिपल्टको कान्तिपुर दैनिकले अग्रपृष्ठमै फोटोसहित समाचार प्रकाशन गरेको थियो । थोरै आफन्त बोलाएर गरिएको भए पनि मेरो बिहेबारे धेरैले थाहा पाए । बिहे भएको एक वर्षपछि इलामका एकजना चिक्तिसक खेम कार्की प्यूठान गएछन् । एक गैरसरकारी संस्थामा कार्यरत डा. कार्की मेरो श्रीमान्को साथी पनि हुन् । गर्जेनीस्थित उक्त दुर्घटनास्थल पुगेपछि उनले गाडी रोकेर केही फोटो खिचेछन् । र, स्थानीयसँग दुर्घटनाबारे सामान्य कुराकानी गरेछन् । स्थानीयवासीले 'त्यो बेहुलीले गर्दा त्यत्रो दुर्घटना भयो, सबै मान्छे त्यसैको कारणले मरेका हुन्' भनेछन् । उनले मेरो दोस्रो बिहेको बारेमा उल्लेख गर्दा स्थानीवासीले जे भनेछन्, त्यो सुन्दा मलाई अचम्म लाग्यो । उनीहरूले 'अँ त्यो केटीले दोस्रो बिहे गरेकी थिई रे, तर बिहे गरको केही महिनामै उसको लोग्ने मर्‍यो रे ! त्यस्ती अलच्छिनी पो रहिछे त्यो केटी त !' भनेछन् । उनीहरूको कुरा सुनेर डा खेम पनि छक्क परेछन् । उनीहरूलाई भनेछन्, 'त्यो केटीको श्रीमान् मर्नु भएको छैन, उहाँ मेरो साथी हो ।' तर पनि उनीहरू पत्याउन तयार भएनछन् ।

उदाहरण २

२०६८ कात्तिकमा मेरो श्रीमान् धुलिखेलमा मोटरसाइकल दुर्घटनामा पर्नुभयो । एउटा कार्यक्रमबाट काठमाडौँ र्फकंदै गर्दा तातोपानी खासा जाँदै गरेको मालबाहक कन्टेनरले उहाँको मोटरसाइकललाई हिर्काएछ । शिक्षण अस्पताल महाराजगन्जमा दुई साताभन्दा बढी राखेर उपचार गरेपछि उहाँलाई ठीक भयो । उहाँले नै माइतीघर दाङ र हाम्रो घर इलामतिर आफन्तलाई तत्काल खबर नगर्न भनेकाले मैले कसैलाई पनि फोन गरिनँ । 'दुर्घटना भएर अस्पताल पुर्‍याएको र डाक्टरले खतरामुक्त भनेपछि बेकारमा अरूलाई पिरलो हुन्छ । सबै हाँपझाँप गर्दै आइपुग्छन्, किन दु:ख दिनु' भन्ने उहाँको सल्लाह थियो । त्यसैअनुसार मैले दुर्घटनाको केही दिनपछि मात्र आफन्तलाई फोन गरेँ । त्यसको एक वर्षपछि दसैँमा हामी इलाम गएका थियौँ । श्रीमान्को एकजना आफन्तले मोटरसाइकल दुर्घटनाको सूचना पाएका रहेछन् । भेटमा भनेछन्, 'तँ त मोटरसाइकल दुर्घटनामा परेर धन्न बाँचिछस् । त्यतिबेला हामीले त्यो बुहारी नै उस्ती रहिछे, पहिले पनि गाडी दुर्घटना भएर ऊ मात्र बाँची, अहिले पनि भाइ मर्ने भो भन्ने पो सोच्यौँ ।'

उदाहरण ३

श्रीमान् कामको सिलसिलामा अहिले देशबाहिर हुनुहुन्छ । त्यहाँको नेपाली दूतावासमा उहाँको गत असारमा प्यूठान टारीगाउँका एक व्यक्तिसँग भेट भएछ । नेपाल सरकारको उच्च ओहोदाको ती कर्मचारी उहाँ तालिमको सिलसिलामा त्यहाँ गएका रहेछन् । मेरो श्रीमान्सँगको परिचयका क्रममा उनले जन्तीको गाडी दुर्घटना भएर सबैजसोले ज्यान गुमाएको गाउँ आफ्नै भएको बताएछन् । उनले त्यो दुर्घटनाबाट बाँचेकी केटी बिहे गर्ने मान्छे भनेर मेरो श्रीमान्लाई चिनेका थिएनन् । कुराकानीका सिलसिलामा गर्जेनी दुर्घटना र त्यतिबेलाको अवस्थाबारे पनि चर्चा भएछ । तत्कालीन बेहुली अर्थात् मेराबारेमा पनि कुरा भएछ । ती कर्मचारीले भनेछन्, 'त्यो केटीको पनि पूर्वतिरै बिहे भएको थियो । तर अहिले त छोडपत्र भइसक्यो रे !' उहाँको कुरा सुनेर मेरो श्रीमान्‌ले हाँस्दै भन्नुभएछ 'ए कहिले भएछ नि छोडपत्रचाहिँ ? अनि किन छोडपत्र भएको रहेछ, तपाईंलाई थाहा छ ?' ती कर्मचारीले सामान्य रूपमा जवाफ दिएछन्, 'बिहे गरेको केही समयमै भयो रे । त्यस्ती केटीलाई कसले राख्छ र !' त्यसपछि श्रीमान्‌ले हाँस्दै भन्नुभएछ 'ती बेहुलीलाई मैले बिहे गरेको हुँ । उनी मेरी श्रीमती हुन् । हामीले सम्बन्धविच्छेद गरेका छैनौँ । हाम्रा दुईजना छोराछोरी छन् । तपाईंले गलत सुन्नुभएछ ।' त्यसपछि उनले धेरैपटक मेरो श्रीमान्सँग माफी मागेछन् । 'तपाईंले जे सुन्नुभयो त्यही बताउनुभयो । यसमा तपाईंको केही दोष छैन,' श्रीमान्ले जवाफ दिनुभएछ, 'दोष त हाम्रो समाजको छ । जहाँ कान नछामीकन हामी कागको पछाडि दगुर्छौँ ।'

यी तीनवटा उदाहरणले के स्पष्ट हुन्छ भने हाम्रो नेपाली समाजको बनोट परम्परावादी र संकीर्ण छ । यहाँ कुनै व्यक्ति विशेषको सबाल मात्र उठाएको होइन । नेपाली समाजले महिलालाई हेर्ने दृष्टिकोण र विभेदपूर्ण नीतिमाथि चर्चा गरिएको हो । यही विभेदले गर्दा नभएका कुराको दोष पनि महिलामाथि थुपारिन्छ । एउटा चालकको गल्तीले गाडी दुर्घटना हुन्छ, तर दोषचाहिँ महिलालाई लगाइन्छ । प्राविधिक गल्तीले भएका दुर्घटनामा पनि महिलामाथि दोष थुपार्न समाज अग्रसर रहन्छ ।

समाजमा सामन्ती सोचले गर्दा महिलामाथि हिंसा बढिरहेको छ । भाषणमा आदर्शवादी र क्रान्तिकारी कुरा गर्नेहरूकै घर परिवारभित्र महिलामाथि भएका हिंसाका धेरै उदाहरण बाहिर आएका छन् । त्यसकारण सामन्तवादी सोच नेपालका सबैजसो राजनीतिक वृत्त, आर्थिक तथा सामाजिक क्षेत्रमा व्याप्त छ । जसले सामन्ती सोचलाई तोड्ने भाषण गर्छ, उसले पहिले आफ्नो बानी व्यहोरा सच्याउनुपर्छ । त्यसपछि आफ्नो घरपरिवारमा भइरहेका विभेदपूर्ण हिंसालाई हटाउनुपर्छ । अनि मात्र परिवर्तन सुरु हुन्छ । अर्ति र उपदेश दिन जति सजिलो छ, त्यही कुरा आफूमा लागू गर्न निकै कठिन हुन्छ । बाटोमा चुरोट तान्दै आएर कक्षामा विद्यार्थीलाई धूमपान गर्ने शिक्षकले 'म जे भन्छु त्यो गर तर म जे गर्छु त्यो नगर' भनेजस्तै गर्छ हाम्रो समाज ।

प्रकाशित मिति: २०७१ माघ १० ०७:२४ 


 
Posted on 01-24-15 11:15 AM     [Snapshot: 59]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धर्के ज्यू, साझा सवालको नेपाली आमाबाट पनि नागरिकता पाउने Talk मा बाल कृष्ण न्यौपाने जस्ता शिक्षित भनाउदाहरु र उनका पक्षमा बोल्ने समुदायहरु नै येस्ता भेद्भाद का मुख्य कारण हुन् जस्तो मलाई लाग्छ । तपाइको बाल कृष्ण न्यौपाने प्रतिको धारणा सुन्न चाहन्छु ।
 
Posted on 01-24-15 11:38 AM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wish this amazing piece of article is read by Parmananda Jha, C K Raut, Surya Bahadur Thapa, Prakash Thapa and many more other politicians who are vulnerable to bias in their socio-political thoughts. I named these politicians especially because of their proximity in being influenced by their immediate family and close circles. I don't want to make it a political message because the superstitious mentality of people that the writer face and perceived in her daily life, is something that is spread 'all over' in our society. The hope for changed perspective and progressive thoughts lie in the brains of our current youths and future generations. The demographics of young Nepal (34.6% is younger than 14 years)* is something we need to work on. We are a young country; why can't this piece of article be part of a chapter 3 of a "Nepali" language and social discourse class in Grade 7. How exciting it would be to see Prachanda, while delivering his speech, pauses for 3 seconds and asks everyone in the audience to read this article once they reach home. And says, comrade - it's food for thought. What a reverence it would be to see Parmanda Jha say, "Many years back, my mother wanted to burn her daughter-in-law alive, because my wife's parents were unable to give dowry. Use to give me sleepless nights, then I became busy in my career and did pretty well. Mom passed away and the dowry issue wasn't a big deal . I loved my wife. Many years passed. We are lucky to have our current son-in-law; our daughter is so happy, he is a top notch Doctor. I wonder, if we hadn't given the gift of Rs 75 Lakhs to our daughter in her marriage, would my son-in-law love her the same?" Then Parmanda Jha calls Hrideyesh Tripathi and C K Raut and says, "Brothers and comrades, I found the holy grail. This article is it. Our ailment lies in our thinking. In our superstitious thoughts, in how we treat our mothers, sisters and daughters - so let's go hand-in-hand to schools and chowks and Bisrantis and Temples and Mosques and Churches and spread this gospel. Let everyone read this article and tell them that we bleed for thee." The holy grail of our progress is in revolutionizing how we think about our women, how we think about our customs and religion. But it's not an easy thought. It's just a start. Thank you Nirmala Adhikari for sharing your pain with us, but more importantly for an opportunity that we can reflect on ourselves.
___________
* Wikipedia
Last edited: 24-Jan-15 11:41 AM

 
Posted on 01-24-15 12:04 PM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good thought! Many of sajhaites deny that the problem even exist. I suggest you to watch sajha sawal episode where Bal Krishna Neupane outlandishly gives all the blame to ONLY WOMEN. You can clearly see that most of women don't agree with his sentiment. Then I read the comments on sajha by educated nepali men and they (for whatever reason) think that Bal Krishna Neupane was being rational and agrees with him.
 
Posted on 01-24-15 1:09 PM     [Snapshot: 243]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त metta, मान्छेहरुलाई यहाँ नागरिकको आधारभूत अधिकार (नेपालीको छोरो/छोरि भएर जन्मे पछिनेपाली नागरिक हुने अधिकार) निषेध गरेरै भएपनि उग्ररास्त्रबादी बन्ने लहर चलेको छ \

तपैले भन्नु भएको साझाको लिंक यहाँ छ :

http://sajha.com/sajha/html/index.cfm?ThreadID=111380

 
Posted on 01-24-15 1:22 PM     [Snapshot: 266]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि न्यौपाने वोकिलको कुरा गर्नु भयो, यी त कमल थापाको पार्टीको केन्द्रिय सदस्य नै हुन् क्यारे \ यिनको बिसुद्द कानुनी सुझ बुझ भन्दा पनि अलि अलि राजनीतिक एजेन्डाको लाभ-हानि त विचार गरेकै होलान \ आखिर कमल थापाले पनि हिन्दु धर्म र राजा भनेको अरु कुनै टिक्ने एजेन्डा नभेटेर नै हो , नत्र संबिधानमा नै 'हिन्दु धर्म' लेखौचु भन्ने मान्छेले ब्यबहारिक रुपमा पनि एउटा उपनयन गरेको क्षेत्रीले त्यो धागो भिर्नु पर्ने होइन ---त्यो त भित्र बाट नै विश्वास नभएर हो \
 
Posted on 01-24-15 1:54 PM     [Snapshot: 324]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

We always do not hesitate to blame politician but look at our society first. They are also doing far more crimes than politicians. This is what I am saying to everyone. Politician are no different than society. They come from same society and what do you expect? Yes they may be the best of the best who are elected but may be that "best of the best" is not good enough to be "good" politician for our country.
 
Posted on 01-24-15 3:58 PM     [Snapshot: 493]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There is no doubt politicians come from our society, and the next generation of so-called pseudo-educated ones could be more corrupted than the old generations. In a thread of cast-discrimination, many were saying education and poverty as the main reasons for such, totally denying the evidence of discrimination done by educated and rich ones. If we've a poll here on Kamal Thapa, I'm afraid many may vote for him as a leader, only to reclaim Nepal as Hindu State or revive monarchy. I will think Sajha has more educated crowd living in western society, but we'll vote him denying his corrupt and failed past, his selling of CA members, and making his most corrupted brother Ganesh Thapa as CA member to save him from corruption scandal. But we'll still make him our leader and yes, he has many followers from our society, including sajha.
 
Posted on 01-24-15 4:16 PM     [Snapshot: 392]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मेट्टा जि कनुन बनएर अन्धबिश्वास हट्छ र?

ल तपाईं ले भनेकै एक छिन् मानम, नेपालले बिना कुनै प्रश्न आमा को नाम बाट नागरिकता बनाउने कानुन बनायो रे, तेस्पछी निर्मला  अधिकारि ले भोग्न परेको जस्तो र तेस्ताइ अन्य अन्धविश्वाश हट्ला त?

अन्धविश्वाश  हटाउन त पहिला आँफै परिवर्तन हुन पर्छ, आफु बसेको देश को कानुन (प्रजातान्त्रिक देश हो भने) मान्न पर्छ, अधिकार को साथै जिम्मेबारी पनि बहन गर्न सिक्न पर्छ।

मान्छे को जिबन जवानी म योबन को आनन्द र बच्चा जन्माउन मात्र होइन,योबन को आनन्द लिने बच्चा त जानबार ले पनि हुर्कएको हुन्छ नि  

जब कनुनी कुरा आउछ मौखिक बिना प्रमाण मौखिक कुर कसैले मन्दैन ,नेपाल म मात्र होइन कुनै पनि बिकसित्  देश मा मान्दैनन, मौखिक कुरा को भेरीफिकेसन चाहिन्छ 

नागरिकता भन्ने कुरा प्रतेक देश ले आफ्नो आफ्नो पारीद्थिती को आधार मा रहेर बनाएको हुन्छ। भरत, बेलायता र अमेरिका को कानुन हेर्नुस् नागरिकता को सम्बन्ध मा, तिनै देश प्रजातान्त्रिक तर तिनै देश मा कती फरक छ नागरिकता सम्बन्धी कानुन 

अमेरिका मा 

Birth within the United States

Section 1 of the Fourteenth Amendment to the United States Constitution provides that "All persons born or naturalized in the United States, and subject to the jurisdiction thereof, are citizens of the United States and of the State wherein they reside."

In the case of United States v. Wong Kim Ark, 169 U.S. (1898), the Supreme Court ruled that a person becomes a citizen of the United States at the time of birth, by virtue of the first clause of the 14th Amendment, if that person:

  • Is born in the United States
  • Has parents that are subjects of a foreign power, but not in any diplomatic or official capacity of that foreign power
  • Has parents that have permanent domicile and residence in the United States
  • Has parents that are in the United States for business

The Supreme Court has never explicitly ruled on whether children born in the United States to illegal immigrant parents are entitled to birthright citizenship via the 14th Amendment, but it has generally been assumed that they are.

भारत मा

Citizenship by birth

Any person born in India on or after 26 January 1950, but prior to the commencement of the 1986 Act on 1 July 1987, is a citizen of India by birth. A person born in India on or after 1 July 1987 is a citizen of India if either parent was a citizen of India at the time of the birth. Those born in India on or after 3 December 2004 are considered citizens of India only if both of their parents are citizens of India or if one parent is a citizen of India and the other is not an illegal migrant at  the time of their birth. In September 2013, Bombay High Court gave a judgement that a birth certificate, passport or even an Aadhaar card alone may not be enough to prove Indian citizenship,unless the parents are not Indian citizens.


फरक देख्न भो? भरत मा पनी दिदैनन आमा को नाम बाट मात्र, अझ नेपालको भन्दा कडा छ् भरत मा  

UK मा

British citizenship by birth in the United Kingdom[edit]

From 1 January 1983, a child born in the UK to a parent who is a British citizen or 'settled' in the UK is automatically a British citizen by birth.

  • Only one parent needs to meet this requirement.
  • "Settled" status usually means the parent is resident in the UK and has the right of abode, or holds Indefinite Leave to Remain (ILR), or is the citizen of an EU/EEA country and has permanent residence, or otherwise unrestricted by immigration laws to remain in the UK. Irish citizens in the UK are deemed settled for this purpose.
  • Special rules exist for cases where a parent of a child is a citizen of a European Union or European Economic Area member state, or Switzerland. The law in this respect was changed on 2 October 2000 and 30 April 2006. See below for details.
  • For children born before 1 July 2006, if only the father meets this requirement the parents must be married. Marriage subsequent to the birth is normally enough to confer British citizenship from that point.
  • Where the father is not married to the mother, the Home Office usually registers the child as British provided an application is made and the child would have been British otherwise. The child must be under 18 on the date of application.
  • Where a parent subsequently acquires British citizenship or "settled" status, the child can be registered as British provided he or she is aged under 18.
  • If the child lives in the UK until age 10 there is a lifetime entitlement to register as a British citizen. The immigration status of the child and his/her parents is irrelevant.
  • Special provisions may apply for the child to acquire British citizenship if a parent is a British Overseas citizen or British subject, or if the child is stateless.

Even if a child born in the UK on or after 1 January 1983 does not acquire British citizenship, he/she does not require a visa (leave to enter or remain) to live in the UK.However, he/she is subject to immigration control and needs to obtain leave to enter if he/she leaves the UK and seeks re-admission, or leave to remain where permission is sought for the child to be allowed to stay in the UK.

Before 1983, birth in the UK was sufficient in itself to confer British nationality irrespective of the status of parents, with an exception only for children of diplomats and enemy aliens. This exception did not apply to most visiting forces, so, in general, children born in the UK before 1983 to visiting military personnel (e.g. US forces stationed in the UK) are British citizens.

बेलाइत मा पनि विवाह दर्ता हुन पर्ने रहेछ यदि, विवाह नभैकन बच्चा भएको रेछ भने १८ बर्ष भन्दा अघी बच्चा दर्ता गर्न अप्र्ने रहेछ  

अब नेपाल मा चाँही विवाह दर्ता गर्न पनि नपर्ने, जन्म दर्ता गर्न पनि नपर्ने अब बच्चा १६ बर्ष पुगेपछी  नागरिकता चहियो भन्नु कत्तिको प्रजातान्त्रिक हुन्छ ? कुनै प्रमाण बिना जस्ले जे भन्यो तेही मान्दै हिद्द प्रजातन्त्र हुन्छ कि अराजकता 

हो ४० -५० बर्ष को कुरा अर्कै समाज तेत्ती जान्ने थिएन, केटी हरुको पहुछ शिक्षा संचार मा थिएन। त्यो बेला मैले एस्तो कुरा भनेको भये गलत हुन्थ्यो। तर साझा सवाल हेर्दा बच्चा हरु २०५० तिरे जन्मे का देखिन्छन जुन बेला नेपाल मा एफ एम हरु टन्न थिए, एन जि ओ हरु टन्न थिए,सामाजिक जगरण सुरु भाई सकेको थियो. अब शिक्षामा नभये संचारमा पहुच छ, टन्न एन जि ओ हरु छन, विवाह दर्ता जन्मा दर्ता गर्न पर्ने  कुरा एफ एम ले भनिरहेका हुन्छन अब त्यो नगरि प्रमाण नपुराइ खाली राज्ये ले कानुन पर्बर्तन गर भनेर त हुँदैन नि.

अनी आफ्नो त्यो एकोहोरो जिद्दी ले गर्दा देश ले के सम्स्या भोग्न पर्छ  भबिश्ये मा भनेर सोच्ने कि  नसोच्ने हामीले, देश ले भोग्ने सम्स्या भनेको हामीले नै भोग्ने हो क्यारे  

सम्स्या दुबै  तर्फ नागरिकता लिएर अर्थिक लाभ लिना खोज्ने  ले गर्दा हो, भनौ ५ लाख सिमा पारीका  ले नेपाली नागरिकता लिये किन लिये ? ब्रिध्ह भत्ता को लोभ मा , ति ५ लाख लाई अहिलेको हिसाब मा ब्रिध्ह भत्ता दिदा पनि वार्षिक छ् अरब हुन आउछ, त्यो पैसा त नेपाली ले कर तिर्ने हो होइन र ? तेसैले नागरिकता पाउन पर्ने ले नागरिकता नपाएको सम्स्या समाधान गर्ने धेरै उपाये छन र त्यो गर्न पनि पर्छ तर खाली कुनै प्रमाण बिना, आमा ले मुख ले भनेको भर मा नागरिकता दिने हो भने कुनै प्रजातान्त्रिक देश ले तेसो गर्दैन र भोली हामी आँफै सम्स्या मा पर्छौ 

शिक्षा निसुल्क गर्दा त  धेरै झोले बिढ्ह्यालये  छन, मास्टर  भएर काम नागरिकन तलब खान लाई, येदि सबै जन्म दर्ता एलेक्त्रोनिक् भेरीफिकेसन गर्न सम्भब भये आमा को नाम बाट मात्र नागरिकता दिये केही फरक पर्दैन किन भने हामी verify गर्न सक्छौ 

तेस्कारन कानुन ले  अन्धबिश्वास बढेको नभै हामी आँफै परिवर्तन हुन नसकेर अन्धविश्वाश भएको हो, आफ्नो जीम्मेवारि पुरा गर्न गाह्रो मानेर सम्साय भएको हो, 

त्यो साझा सबाल मा त एक जना केटा  ले सजिलै सँग भारतीय नागरिकता पाउने देखिन्छ, किन नलेको होला? खाली भारतीय राज्दुताबास वा कन्सुलट मा जन्म दर्ता गराउन पर्ने भनेको छ, शायद त्यो पनि गरायेको छैन कि? अब तेस्को जिम्मा पनि हामीले लिने हो र? उनिहरुले नेपाल को नागरिकता लिन खोजे त्यो राम्रो हो. 

तर  नागरिकता नै नहुनु भन्दा त भारतीय नागरिकता राम्रो हो नि। होइन? भारत मा धेरै सम्भाबना पनि छन नेपाल को भन्दा 






 
Posted on 01-24-15 4:47 PM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कानून बनाउनु भनेको राष्ट्रले समस्यालाई सम्बोधन गर्नु हो । कसैले नेपालमा बेलायत र अमेरिकाको नागरिकता जस्तै कानून ल्याउनु भनेका छैनन् । यो त केवल पढेलेखेका पितृसत्तात्मक व्यवस्थालाई कायम गर्न चाहने पढेलेखेका बर्गले चाहे येस्तै असबंधित उदाहरण दिएर होस् या उग्र राष्ट्रबादको नाममा होस् महिलालाई दबाएर नै राख्न गरेका तर्क मात्रै हुन् जस्तो लाग्छ । केटा मान्छेले यो मेरो बच्चा हो भन्दा नागरिकता पाउने तर जन्म दिने आमालाई नानाभाती कारणहरुले नागरिकता नदिलाउने कस्तो नियत हो यो?
 
Posted on 01-24-15 5:05 PM     [Snapshot: 607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Metta....not sure why you are so gung ho on this topic of citizenship through Mother. Many of these exceptional cases are heart touching and you have a valid point but we still cannot open the constitution with something that can have immense impact to the country.

All of a sudden all these sad stories related to asking for a nagarakta flood gate opened is just popping up lately. Each of those issues should be addressed individually and provided citizenship but we should not fall for these little tactics on these Nepal evaders.
 
Posted on 01-24-15 6:18 PM     [Snapshot: 678]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't think Nepal's integrity or nationality will be threatened by giving to citizenship to people through their mothers. If people're afraid of Indians claiming it, mao has already given to most of them, what I hear was about 3-4 million people. Bal Krishna Neupane was probably hiding somewhere then, and Nepali Congress and UML supported that citizenship bill. Noone worried about Nepal's nationality then, but all are worried about giving rights to mothers. In sajha sawal, someone mentioned the figure of total figure of 700-800K in total so far. So, how much impact it will have on our nationality? If people are afraid, can't you include simple conditions, such as person should have lived in country for this many years and been studying in the country for certain number of years or marriage certificate should have been registered inside Nepal, etc.. UML and everyone come consensus on providing citizenship by simply providing three witnesses. I think it is total discrimination against women. The tone of Bal Krishna Neupane was all against women. I'm sad to see people supporting the sexist like him.
 
Posted on 01-24-15 7:27 PM     [Snapshot: 762]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Metta.....that 700k-800k number probably includes people who are delayed due to missing paperwork. But even if there are no delay cases, may be an immigration overhaul is needed to provide them paper other than changing the existing law.

Nepali people are fully aware how much foreign $$$ is pouring in the name of women, jesus, and janajati for the purpose of creating new citizens, new religion and destroying the existing ruling class.

It would be stupid to fall for that trap. Some politicians are against it because they dont nepal to be someonelse's biatch. They want Nepal to be their own biaatch (sadly speaking)
 
Posted on 01-24-15 8:00 PM     [Snapshot: 785]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You're right, all the problems of nepalese exist because of foreigners. Is that the best you could come up with by accusing the people asking for citizenship through women?

Nepalese don't discriminate against women, janjatis, and low-castes. All these people are fool and doing it for money only. In fact, I received a cheque today to write here on sajha.
 
Posted on 01-24-15 8:14 PM     [Snapshot: 812]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Metta...problems do not exist because of Foreigners, problems become foreign extremists ideology because foreigners are just looking to exploit our weakness to achieving their goal and they fund to exploit our weaknesses. Just because we have a problem we should not open the door to our enemies. We need to resolve our problems ourselves.

I personally am worried about legit Nepalese not getting citizenship as well. That is why we need to do an overhaul for everyone who have fallen in the crack.

BTW, what worries you more? Not having the papers on hand or the language of "only men" in the citizenship right? But i think eventually they will pass the bill you are voicing for as the power of $$$ is huge and they will get where they need to get. It is just a small resistance of a small country with no money. It will be overcome soon.
 
Posted on 01-24-15 8:47 PM     [Snapshot: 860]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

what do these countries get by empowering poor women in Nepal?
What do you expect to be the outcome if there's ever a poll about giving citizenship status through mother? (let's exclude the conspiracy theory of foreigners' influence on voting) I will think the majority of women will vote yes. I won't think that to be happening because of western influence.

It will be a small step to the path of empowering women.
 
Posted on 01-24-15 9:18 PM     [Snapshot: 903]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

They get a legal way to hand out citizenship to foreigners like Indians and Chinese/Tibetans in masses.The natives of Nepal will be ruled by foreigners. Thats the fear and thats what they are working for.

We need to prioritize education, dowry, inheritance, and violence issue before addressing the citizenship issue. Bigger priorities are ahead of us than an western agenda. Empowering through citizenship will not be sold to Nepali people. However, they can buy out few politicians and get it done though.
 
Posted on 01-25-15 8:22 AM     [Snapshot: 1116]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कानून बनाउनु भनेको राष्ट्रले समस्यालाई सम्बोधन गर्नु हो

म सहमत छु, तर खाली एउतै मात्र समाधान किन ? अरु पनि हुन सक्छन समाधान, जुब समाधान ले देश लै ( र अतए मा नेपाली लै ) अप्ठ्यारो मा पार्छ त्यो मात्रै समाधान किन ? के अरु प्रकार को समधान क्जसले देश लै अप्ठेरो मा पर्दैन , खोज्न सकिदैन. खाली एय्तई मात्र समाधान जसले देश लै अप्ठ्यारो मा पर्छ मा जोड दिनु लै बाल हठ भन्न सकिन्छ कि सकिदैन.
समस्या को समाधान गर्न पर्दैन त कसैले भनेको छैन , समस्या छैन भनेर पनि भनेको छैन, फरक खाली समाधान क उपाए  मा मात्रै हो .

यो त केवल पढेलेखेका पितृसत्तात्मक व्यवस्थालाई कायम गर्न चाहने पढेलेखेका बर्गले चाहे येस्तै असबंधित उदाहरण दिएर होस् या उग्र राष्ट्रबादको नाममा होस् महिलालाई दबाएर नै राख्न गरेका तर्क मात्रै हुन् जस्तो लाग्छ

यो तपाई को भ्रम मात्र हो , पहिला यो भ्रम फाल्नुस र समाधान को उपाए हरु मा ध्यान दिनुस, प्रमाण को सट्टा भावनात्मक तर्क गरेर समाधान निक्लदैन 

केटा मान्छेले यो मेरो बच्चा हो भन्दा नागरिकता पाउने तर जन्म दिने आमालाई नानाभाती कारणहरुले नागरिकता नदिलाउने कस्तो नियत हो यो

यो कुरा साचो होइन, तपाई भ्रम मा हुनु हुन्छ,
केटा मान्छे ले आफ्नो बच्चा   भनेर मात्र पुग्दैन, आफ्नो नागरिकता पनि देखौन पर्छ, जन्म दर्ता देखौन पर्छ,जसमा बाबु को नाम उल्लेख भएको हुन पर्छ, अझ कहिँ कहिँ त स्कुल को प्रमाण पत्र जसमा बाबु को नाम उल्लेख छ त्यो पनि माग्छन.

आमा र बाबु को मा फरक यत्ति छ कि , आमा को नागरिकता ले पुग्दैन बाबु को पनि चाहिन्छ 
यो पनि महिला संग भेद भाब गर्ने नियेत ले राखिए कोम होइन , न यो कुनै छिमेकी देश वा कुनै जाति लै लक्षित गरेर राखिएको हो यो त नेपाल सानो र गरिब भएको ले नेपाल लै आर्थिक र सामाजिक भार बढी हुन बाट बचौना को लागि गरिएको हो 

सिमा परि बिबाह गरेर गएको छोरी क सन्तान हरुले पनि नागरिकता पाउदा तेस्ले नेपाल लै आर्थिक भर बढ्ने , जसले गर्दा जनता ले बढी कर तिर्न पर्ने , र अन्य  देश मा नागरिकता पाउने अधिकार भएका ले पनि आर्थिक लाभ का लागि नेपाल को नागरिकता लिने स्थिति पैदा हुन ले तेसो गरिएको हो.

वास्तविक  एस्तो हुदै हुदै पनि  येही चैन्छा भन्नु त बच्चा को जस्तो जिद्दी भएन 

In sajha sawal, someone mentioned the figure of total figure of 700-800K in total so फर

That was the number of kids living with single mother. This does not mean that all of them have problem getting citizenship. Many of them may have their father with nepali citizenship so they wont face any problem getting nepali citizenship.
father of some of those kids may have died thats why  singlr mothr, they  theirs father's citizenship is intact and they will get citizenship when they applied. They just have to produce death certificate of their father and his citizenship.

many couple may have divorced  but kids living with mother, they too wont have any problem getting citizenship if their father have citizensip. they just have to prodece their fathers citizenship, thats all.

So, real problem may be for say 100K kids ( my guess only, I came to this conclusion after deducting many possibilities outlined above)

So, to give citizenship easily to 100K kids we need to pass a law which opens citizenship possibility of another 500K kids, which can easily be abused for economic reason. are we that lame? We ran out of all other possibilities? 

........what I hear was about 3-4 million people.....

Yeah approximately 4 million got citizenship  at that time. but all thiose was not in Terai. In Terai approximately 2 .5 million (this is not official data, but publishe in different newspaper at that time )

We have to accept that there was problem of citizenship in Terai legit Nepalis not getting citizenship, So among thos 2.5 million many may me legit to get nepali citizenship.yeas out of that 2.5 million,  may be 1.5 were not legit. But guess what ? those non nepalis who managed to get citiship that way is illigal and when we have enough evidence those citizenship will be cancelled. Governement is doing that such news are appearing in newspapers.

BUT if we signed a blank check saying kids of nepali women can get nepali citizenship without any restriction many of those will be legal. and many more will tkae nepali citizenshipin due course. This will create a big mess in future.

have you herd about writing own future? 
by agreeing for citizenship to kids of nepali women without any restriction we will be writing a bad futuerefor nepal,us and our kids.

By the way do you know when the guy from other side of the border agrees to marry Nepali gal what they ask in dowry ? you won't imagine, they ask for Nepali citizenship for their son as a part of the dowry.

Many Indians living in indian border towns consider Nepal as wonderfull place for business where everything is possible.


If people are afraid, can't you include simple conditions, such as person should have lived in country for this many years and been studying in the country for certain number of years or marriage certificate should have been registered inside Nepal, etc,,,

Dear Metta ,

You made my day by saying what is in above paragraph. Yes, I am not in favour of writing a blank check  but in favour of putting such restriction.
Have you realised that many women in sajha sawal don't have their marriage registed, birth of kids not registered? 

Compulsary marriage registration and birth regietration is in place in Nepal for last 35 years. but mothers failed to do that.

Empowering women also means women understanding legal their responsibilites once they get Married and give birth, and at the time of marriage. Empowering woman  means that they should know whom they are getting married, and from whom they are getting pregenant. ( know means legally, healthwise etc).

Once you empower women they wont marry or get pregenant from someone whose legal status they are unware of and act responsibly. There are good people, there are bad people if  they failed to differentiate between good and bad people ( to get married and to make kids) they are not empowered.

 


 
Posted on 01-25-15 10:16 AM     [Snapshot: 1211]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Most of the Sajhaiites seem to agree that Citizenship issues should be handled based on piecemeal applications (case-by-case) and keeping in mind the prevailing geo-political externalities. Many believe, a lopsided or liberal citizenship policy will weaken our country's sovereignty and their beliefs are not unfounded.

Coming back to Nirmala Adhikari - the moot point, amongst others, is our preposterous group-think. We all know that the way we are, our heritage, our thought process are all ingrained through our culture, our history etc. It's not easy to change. But we are taking right steps. We are encouraging many people to read this article, we are sharing this in our blogs and social networks, we are starting a discourse about why my Madhesi sisters are left behind. We have tried to nudge politicians representing wide spectrum of beliefs from Surya Bahadur to Hrideyesh, from CK Rauts, Ang Kajis to Prachandees and Madhabes. I am sure they won't read this and I am sure they will not understand what Nirmala is going through. On a similar note, I am highly doubtful if CK Raut understands that the plague of Madhesh is our culture founded on jamindari, feudal-patriarchal system where 50% of our population (women) are grossly marginalized. And we all can move toward a better standard of living, in pursuit of happiness, only when we address this issue, along with litany of others.
 
Posted on 01-25-15 10:32 AM     [Snapshot: 1225]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

If you want nepalese society to evolve and modernise, men and women need to have equal rights. Period.
If a nepali father can provide citizenship to this kids, a nepali mother should be able to do the same.
I do not see how providing equal rights to women will lead to foreign invasion.
 



PAGE:   1 2 3 4 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
emergency donation needed
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters