fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म भित्रका महरु

[Please view other pages to see the rest of the postings. Total posts: 37]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 15170 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-25-08 11:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्वप्रथम त "जगटाधारी "जि नविन सोचको लागि धन्यवाद , साझावासि साथीहरु यो कलम मेरो ,लेखाई मेरो तर शुरुको फुराई "जगटाधारी "जिको हो । "जगटाधारी "जिले दिनुभएको क्यान्भासमाँ सकेसम्म राम्रो रङ पोत्ने प्रयास गर्ने छु ।

 

"यो सिट मेरो हो शायद"

झ्यालमाँ बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो ।

"होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।"

आवाज मधुरो थियो ,  मेरो फर्की फर्की केटीको अनुहार हेर्ने बानि छैन त्यसमाथि 'पल्पसा क्याफे' बाट ध्यान हटाएर मैले उस्को अनुहार हेर्न खोजेँ भने त्यो आवाज मधुरो हुनै पर्छ ।

" स्पेस कम भयो ब्याग छिर्दै छिरेन !" म सँग सहायता माग्दै थिई शायद । उस्को अनुहार दुई हातले छेकिएको थियो ब्याग मिलाउन खोज्दा ,अनि कपाल लामो रेशमी सिटसम्म झर्ने, म उठेको मात्र थिएँ , कन्डक्टर आएर त्यो मौका म बाट खोस्यो ।अनि बसे पछि उ मुस्कुराई मानौ म उठेको मात्रलाई पनि उ धन्यवाद दिन चाहन्छे ।पल्पसा क्याफे चरमोत्कर्षमाँ भएर होला मेरो उ तिर ध्यान कम नै थियो ।बाटोको गोलघुम्तिसँग रिस पनि उठ्दै थियो मन नलागि नलागि भएपनि उ र म ठोक्किरहेका थियौ ।बिस्तारै बिस्तारै अँध्यारो आफ्नो साम्राज्य फैलाउने होडमा थियो । मोबायल को एयरफोन कानैमाँ मिठो धुन गुन्गुनाईरहेको थियो ।एक्कासी उ मेरो अगाडि आएर कानको एयरफोन हटाउन ईशारा गरी ।

"लामो यात्रामाँ परिचय जत्ति चाँडो भयो त्यत्ति राम्रो होइन र ?"

म फगत मुस्कुराएँ  , केटीहरु सँग खुलेर गफ गर्न सक्दिन भनेर भन्छन् साथिहरु ,शायद साँचो बोल्छन् ।

"तपाइँको भोलि एक्जाम छ हो ?"

" किन ?" यसपाली मेरो उत्सुकता बढ्यो ।

"you seem so much  into this book !" उ हाँसी।

"राम्रो छ नि त ।" मैले पाना पल्टाउँदै भने ।

" एउटा कुरा भनौँ ?"

" के कुरा भन्नुहोस न !"

" यसमाँ पल्पसा मर्छे नि !"

मलाई एकचोटी झनक्क रिस उठ्यो । उ कसरि यस्तो गर्न सक्छे । एकै चोटि त्यो किताब रस निचोरिएर खोस्टा मात्र बाँकि भए झैँ लाग्यो । उ भने पेट मिची मिची हाँसिरहेकि थिई । पहिलो भेट ,how dare she ......?

"सरि , मैले यत्ति नभनेको भए तपाइँ किताब छोड्नु नै हुने थिएन ।हाम्रो परिचय अधुरै रहन्थ्यो । "

"मेरो नाम प्रतिक , प्रतिक रेग्मी ।"

"मेरो पल्पसा" उ फेरि हाँस्न थाली । "सरि सरि मेरो नाम निशा "

"बिराटनगर कुनै खास कारणले हो ?"

"ट्रेनिङ छ ।तपाइँ नि ?" प्रश्न सोध्नु जरुरि थियो ।

" रिसर्च हो ! i m doing masters in criminal psychology , किड्न्यापिङ केसहरु सँग रिलेटेड रिसर्च हो ।"

"Really ? need guts !!!!!!!!! ,तर नेपालमाँ त criminal psychology पढाइ हुन्न नि , होइन र ?"

"म भख्खर हो आएको , सरे युनिभर्सिटि बाट ,its in UK , चिप्स? " उसले आफुले भख्खर खोलेको चिप्स म तिर तेर्स्याई । मैले उस्को अनुहार हेर्दै अफ्ठ्यारो मान्दै दुई वटा चिप्स उठाएँ । she was too young to do the research !
" i have to show something to you "

"के हो ?" म उत्सुक भएँ ।

 मोबायल उठाएर उस्ले पर्तिरको सिटको माथि देखाई । ७ र ८ नम्बर भन्दा माथी "अपरिचित ब्यक्तिले दिएको कुनै पनि बस्तु सेवन नगर्नुहोला" भनेर लेखिएको थियो ।

"Now........ you are in danger !"

"stop" म हाँसे ।उ हरेक भेटमाँ जिउन खोज्छे एउटा जीवन जस्तो लाग्यो मलाई ।

" May i call u तिमी" मलाई थाहा छैन मैले किन यस्तो भनेँ । मैले यत्ति धेरै अपरिचित केटिहरु सँग बोलेको छुइन अहिले सम्म ।

"sure .........गफ गर्न सजिलो हुन्छ , तर म पनि तिमी नै भन्छु नि !"

" तिमी फ्लाइटबाट किन नआएको ?"

" मलाई बसको यात्रा एकदम मन पर्छ । नयाँ नयाँ सहयात्रि पाइन्छ । तिमीसँग भेट हुन जुरेको रहेछ ,त्यसैले होला "

 

"तिमी असाध्यै कम बोल्छौ ।" एक छिनको मौनता चिरेर उ फेरि शुरु भई । मलाई उङ लाग्न थालिसकेको थियो ।

"अनी तिमी असाध्यै धेरै ।" मैले आँखा चिम्लीचिम्ली जवाफ फर्काएँ ।

"तिमी अरु भन्दा भिन्न छौ ।" उसको इशारा शायद मेरो एप्पियरेन्सतिर थियो ।

" भिन्न भन्नाले ?"

" भिन्न भन्नाले भिन्न , असाधारण , भिँडमाँ बेग्लै ।"

"राम्रो मा कि नराम्रो मा ?" मैले हाँस्दै भने ।

"राम्रो मा नि यार ।केटाहरुमा यस्तो लजालुपन धेरै कममाँ हुन्छ ।"

"मलाइ थाहा छ म कति राम्रो छु ।"

"मान्छेले आफुलाई अरुको आँखाबाट पनि हेर्न सक्नुपर्छ ।"

। म धेरै बेर  आशय बुझ्न ती शब्दहरु खेलाइरहेँ ।बिहान बस बाट ओर्लिँदै गर्दा उस्ले मलाई हेरेर हाँसी ।

"always think that you are a gem.............तिमी सँग यात्रा रमाइलो रह्यो ।" यो अन्तिम वाक्य थियो उस्को । ऊसको टि-शर्टको पछि "dont stare at me" लेखिएको थियो तर किन किन मैले उबाट नजर हटाउन सकिन ।

क्रमश:


 
Posted on 01-26-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Flawless writing, Enjoyed reading through the end. Thanks for posting

 
Posted on 01-26-08 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

soooooooooooooooooothe... कति बगेको हो यार।। अनि यस्तो लेखाईको बहाव लाई कसरि रोक्न सकेको होला, निष्ठुरि!!
अरु भाग टाँस यार

 
Posted on 01-26-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भन्या यो क्रमस भन्ने शब्द ले हैरान पार्यो, पढ्दै जादा बिचमा प्वाक्क आइदिएर। प्रस्तुती राम्रो छ। बाकी भाग पनि चाडै टासुम। 
 
Posted on 01-26-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-08 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठेजि- धन्यवाद ,

somewhereondearth- dai thanks ,for the support n love u have given to me.....तपाइँकै कमेन्ट पढेर हो यत्ति चाँडो second part post गरेको , नत्र लोड सेडिङले त धुरुक्कै पारेको छ ।

नेपालको छोराजि-so sorry !second माँ पनि क्रमश: छ ।

maverikjee -thanks


 
Posted on 01-27-08 6:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-२ 

काठमाण्डौ ,बानेश्वर

बिहानको -९:३०

मोबायल भाईब्रेट हुँदापनि मैले गोजिसम्म हात पुर्याउन सकिन ।त्यति भिड थियो नेपाल यातायात ,कल पक्कै पनि सुमनको नै हुनुपर्छ बल्ल आइपुगेछ ,म भने त्यत्रो बेर पर्खे ,कल लागेन अनि आज नआउने होला भनेर न हिँडेको हुँ । जोशका साथ कन्डक्टर भिँड चिर्न खोज्दै थियो । "उसको पेटमाँ माड छिराउने" भीड ।

"ए भाइ त्यो दुईवटै खुट्टा मेरो हो ।" मेरा दुई खुट्टाको बिचबाट उसले बाटो बनाउन खोजेपछि म आत्तिदैँ कराएँ ।

"चप्पल खस्यो क्या" मैले सोचे जस्तो होइन रहेछ ।

 

"कल उठाउँदा पनि नउठाउने हाम्रो त यार ,बिराटनगर माँ ट्रेनिङमा कोहि भेटिस् कि क्या हो?"

"नेपाल यातायतको भीँड देखेको भए भन्दिनथिस्"

"प्रतिकले को भेटेको अरे ?" शर्मिला पनि मेरै टेबल अगाडी आइ ।

"के मतलब जो भेटे पनि ,यस्ले गफ गर्ने होइन क्यारे "

मलाई झल्याँस्स निशा अनि ऊसले "तिमी असाध्यै कम बोल्छौ ।"भनेको याद आयो ।यसपालि बिराटनगरबाट धेरै याद बोकेर आएँ म ।यस्ती केटि भेट्टाएँ जस्ले बिजुलीको गतिमाँ मनमा छाप छोडी । के निशासँग फेरि भेट होला ? थाहा छैन , सन्सार सानो छ भन्छन् ।

"होइन यो त टोलायो त !"सुमनले मेरो तन्द्रा भङ्ग गर्यो ।

"काम गर न गएर ,खालि मेरो टेबल अगाडी गफ चुटेर बसिरहन्छ ।"

मेरा शब्दहरुले दुवैलाई काम गरे ।दुवै आ-आफ्ना टेबलमाँ ब्यस्त भए।

 फेरि उठेर शर्मिला सँग गफ गर्दै थियो सुमन ,एकछिन मात्रै हो सुमन एक ठाउँमा बस्न सक्ने , धैर्यता बाँड्ने बेलामा अलिकति कन्जुसि गरेछन् भगवानले ,साथि भनेपछि मरिमेट्छ । तिनजनाको च्याम्बर टाँसिएको छ , उ साधारणत: कुहिनो स्पेसिङको माथि राखेर बोलीराखेको हुन्छ ।हामी तिनै जना "IOE" माँ सँगै पढ्यौँ ,शर्मिला भने फ्र्याङ्क मलाई दुवैजना कम बोल्छस् भन्छन ।

"थाहा पाइस  बन्द भएछ ?"

"हो र ? तेरो बाइक छँदै छ नि !"

म शर्मिलालाई पुर्याएर आउँछु तँ कृष्णमन्दिर अगाडि बस ल ।

"ल ल जा"

आजको यो अचानकको काठमाण्डौ बन्दले म कृष्णमन्दिर तिर लागेँ ।

 

कृष्णमन्दिर ,सँधै जस्तै भिँड थियो । बन्द बाट अनभिग्य थियो । अचानक पर मैले चिनेको आकृति देखेँ । "निशा"

के म नजिक गएर बोलौँ ?यो भन्दा अगाडी एकचोटि त हो भेट भएको , तर हरेक भेट कुनै न कुनै बेला त पहिलोपटक नै हुन्छ ।"Is this the frequency or depth in the talk that matters?"

 

"अरे प्रतिक तिमी ?come on lets have some spice there "उसको ईशारा छेवैको पसलको पानीपुरि तिर थियो । उस्को बोलिमा परिवर्तन थिएन ,मानौ हामीले जहाँ बाट यात्रा टुंग्याएका थियौँ उ त्यहिँबाट शुरु गर्न चाहन्थी ।उस्ले यसपाली पनि मलाइ रिएक्ट गर्ने मौका दिइन ।

"सरि , मलाइ कोल्डको एलर्जि छ ।"

"केटी सँग हिड्न डराएको ?"

"होइन ।"

"I am masters in psychology ,बिर्सेको त छैनौ नि?" उ हाँसी ।

"साँच्चै , मलाइ कोल्डको एलर्जि छ ।"

"come on ,एक चोटी पानीपुरि खाएर तिम्रो जात भ्रष्ट हुँदैन के " उस्ले अझै जिद्दी गरी । त्यस्पालि भने  मैले त्यो आग्रह टार्न सकिन ।

"अनि तिमी कसरि नि यहाँ " मैले प्रश्न गरे ।

"बिराटनगरको काम सिद्दियो ,  so back to home .तिमी नि?"

"अफिस बाट फर्केको ,बन्दले गर्दा यता बाट हिँडेको ।"

"बन्द ,for good reasons."

"किन?"

"नत्र तिम्रो र मेरो भेट हुन्थ्यो त ? See , I have added spice in your tongue ,त्यसको बदला तिमीले मलाई खाजा खुवाउनु पर्छ ।"

म आज बिहानको सोच , काठमाण्डौ बन्द , कृष्णमन्दिर र  मेरो भाग्य सम्झेर हैरान भइरहेको थिएँ । हात कमाउँदै , कमाउँदै मैले मोबायलको स्वीच अफ गरेँ ,नत्र सुमन फर्केर नभेटेपछि त कल गरि हाल्थ्यो ।तर मैले किन त्यस्तो गरेँ  आफैलाई थाहा हुन सकेन । अनि हामी दुवैजना खाजा खाने ठाउँको खोजिमाँ लाग्यौँ ।

क्रमश:

 

 

 

 

 

 


 
Posted on 01-27-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेकेटो जी,

खाजा खान क्रिश्नमन्दिरको पछाडीको त्यो नेवारी होटेलमा जानुस्। त्याँ क्या मिठो बारा, छोयेला, कचिला, आलु तामा चिउरा के के पांउछ। मुखमा पानी आयो बिहानै।

I am sure Nisha will definitely like all newari dishes.

कथा त राम्रो जाँदैछ, कतै 'पल्पसा क्याफे' जस्तो त हुने होइन भन्ने डर लाग्यो मलाइ चाहि तेसै।


 
Posted on 01-27-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो,
नाम मात्रै फुच्चे हो रे'छ :) हउरको लेखाइ मलाई त निकै मनपर्न थाल्यो
 "ए भाइ त्यो दुईवटै खुट्टा मेरो हो ।" हसाँउने होला भन्ठानेकि थिए  तर पुरै पढिसक्दा सम्म  कथा  हसाउने मात्रै होइन रहेछ जस्तो लाग्यो  र निकै मनपर्यो ।
साच्चि अस्तिको '-----चिठी --' किन सकाउनु भएको नि? अझै अरु भाग  पनि पढ्न मन थियो मलाई त तर कथाले विश्राम लिन चाहेको मोड चै त्यहि नै थियो क्यारे :)
 अर्को भागको प्रतिक्षामा  बसे है म पनि ---

 (CL) सि एल सिस आरामै ? हउरको चै त्यो के जाती '---कमजोर छौ 'भन्ने पनि सक्यो छ है



 
Posted on 01-27-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-27-08 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy-love : hahahah thanks for the comment ,there r some twists ........sure ..........Actually I am vegeterian ,तर यो त कथा  हो , केटालाई non veg बनाउन त मिल्छ है ?

miss-me- thanks for such sweet comments.........previous one was the letter .......त्यसैले त्यसमाँ अरु केहि थपेँ भने राम्रो नहोला कि जस्तो लाग्यो !तर धेरैले कथा अपुरो छ भने ,त्यसको लागि चाहिँ सोच्नु पर्ला ।

pjna007-thanks.........

 

 


 
Posted on 01-27-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेवारी खानामा साकाहारी पनि हुन्छ नि फुच्चेकेटो जि,

प्रतिकले बारा, आलु तामा, गेडागुडी, चिउरा खान भै हाल्छ नि। बरु ऐला नखाउ भन्नु। फेरि निशा दुइटा देख्ला र आपत।


 
Posted on 01-28-08 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


gOOD WORK.

fELT AS IF I WERE IN NEPAL YATAYAT.

eXPECT MUCH MORE FROM YOU.

nEED TO COMMENT ON SOMETHING BUT VIA EMAIL.

 
Posted on 01-29-08 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

good going... ramro lagyo.. the daily life stuffs of ktm..and the  "केटा मान्छे को " phone off garne reaons.. well quoted.. waiting for more...
and त्यो कृष्ण मन्दिर पश्चिम को नेवारि खाजा घर ,  त्यो छतमा मुढा मा बसेर पिरो पिरो आलु तामा, बारा।।। हमममम।।।
पानी आयो ।।।



 
Posted on 01-29-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूच्चे जी, 
तपाइको लेखाइमा गजबको जादु छ, साह्रै मार्मिक र प्राकृतिक लेखाइ!

अनि कृष्ण मन्दिरतिर आउनु भा'को? म नेपालमै भएको भए देख्थें होला तपाइहरूलाइ। अब कहाँ जाने खाजा खान?
कृष्ण मन्दिर पछाडिको बारा, आलु अचार खाने कि, थर्ड वर्ल्ड रेस्टुरेन्ट, तलेजु रेस्टुरेन्ट या महापालतिरको रेस्टुरेन्ट (मैले
 त नाम नि भुलिसकें) जाने?
 
Posted on 01-29-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनोरंजक! सुन्दर! हलुका!


 
Posted on 01-29-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"ए भाइ त्यो दुईवटै खुट्टा मेरो हो ।" ----

fucheketo jyu, हजुरको लेखाइको तारिफ त मैले हरेक धागोमा गर्दै आएको छु। यो पनि एकदम राम्रो लाग्यो। अर्को भागको प्रतिक्ष्या मा छु। छोटो र मिठो ढंगले लेख्नु हुदो रहिछ। लेख्न चै नछोड्नुस है।


 
Posted on 02-02-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


crazy love-thanks for the dishes u have sugested

prabhat pokherel-thanks yaar

somewhere ond earth-दाई मलाई थाहा छ ,मंगलबजार र पुल्चोकेको सम्बन्ध , hope u r enjoying it.

worldmap-प्रतिक्रियाको लागि धन्यवाद , खोइ कहाँ जाउँ कहाँ जाउँ भो हेर्नु न !

birkhe maila-thanks

dipika02-thanks ,will try my best to meet the sajha baasiz expectations.

 
Posted on 02-02-08 11:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


crazy love-thanks for the dishes u have sugested

prabhat pokherel-thanks yaar

somewhere ond earth-दाई मलाई थाहा छ ,मंगलबजार र पुल्चोकेको सम्बन्ध , hope u r enjoying it.

worldmap-प्रतिक्रियाको लागि धन्यवाद , खोइ कहाँ जाउँ कहाँ जाउँ भो हेर्नु न !

birkhe maila-thanks

dipika02-thanks ,will try my best to meet the sajha baasiz expectations.

 
Posted on 02-04-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भाग-३
बानेश्वरतिर आकाश कालो थियो ,धूवाँको मुस्लोमा । टायरकै हुनुपर्छ ।
"यो देशको ज्वरो पनि कहिले निको हुने हो खोइ ?"
उसले सुस्केराका साथ आकाश नियाल्दै भनी । सुमनले भने जस्तै केटीहरु रहस्यमयी हुन्छन् ।
अहिले सम्म मैले यो केटीलाई यस्तो गफ गरेको सुनेको थिएन ,यसपालि सुनेँ , मैले पुलुक्क उ तिर नियाँले ।
उ यसपालि गम्भिर थिई मेरो नियालाई प्रति अनभिग्य ।
"बाहिर बसेको मान्छेलाइ पनि नेपालको कति माया लागेको ?"
"क गर्नु मन न पर्यो ,माया को कुरामा वशमैँ रहदैँन।"
"तिम्रो काठमाण्डौमाँ कोहि साथि छैन ?"
"तिमी छौ नि के त?"
"छन त छु ।"
"यो शहर मेरो निम्ति तिमी जस्तै नयाँ छ । पहिलेका साथि छैनन् , नयाँ साथि हरु बनाउने प्रयासमाँ छु ।"
पुलुक्क उठेका ठुला  आँखाहरुको मेरो तर्फ नै इशारा थियो शायद ।
उसले शब्दहरु लाई गोल घुम्ति घुमाई ।म सँग शब्द हरु थिएनन उ सँग प्रतिस्पर्धा गर्न , थोरै समय  हामि मौन नै रह्यौँ ।
साँझको बेलामा भित्रको पहेँलो प्रकाश मौनताको पर्यायवाचि बन्यो।

"तिम्रो रिसर्च कहाँ पुग्यो त ?" मैले मौनता चिर्दै प्रश्न राखेँ ।
"भइ राखेको छ , टपिक्स कम्प्लेक्स छ सजिलै कहाँ सिद्दिन्छ र?"म तिर हेरेर मुसुक्क हाँस्दै भनी।
"रिसर्च भने पछि मैले सम्झे ,I have to go now."रिसर्चको टपिक्स मेरो लागि खासै फलदायी रहेन ।
ऊसको त्यहि सिलसिलामा एउटा वकिल भेट्न जानु रहेछ ।
"ठिकै छ नि त ,अरु दिन पनि यसरि नै भेट होला नि त ।"
"यसरि किन ?अब त फिक्स गरेर हुन्छ , अचानक त एक चोटि हुन्छ दुई चोटि हुन्छ तेस्रो चोटि पनि खोजेर हुन्छ ? म विश्वास गर्दिन यस्तो सम्योगमाँ !"
"संसार सानो छ ।"
"मोबायल नम्बर देउ त , एउटी राम्री केटीले मोबायल नम्बर माँग्दैछे ,सोच तिमी कति ह्यान्सम छौ ,"
उसले आफ्नो वा मेरो तारिफ गरेको मलाई छुट्याउन गारो भयो ।
"ओके ,बाई । " मोबायलमाँ आँखा भए पनि ध्यान म तिरै रहेछ ,बिल पे गरे पछि  हामी दुवै बाहिर निस्कियौँ अनि उ बिस्तारै भिँडमाँ हराई ।

 

"ओइ ,हिजो तँ कहाँ हराएको?"भोलिपल्ट अफिस पुग्नासाथ सुमनले खाउँला झै गर्दै सोध्यो।तर यो प्रश्न यस्तो थीयो जस्को लागि म हिजै देखि तयार थियेँ।
अनि धेरै वटा बहानाहरु बाट सर्ट सेलेक्सन गरेर मैले अन्तिम बहाना निकालेको थियेँ ।
"मम्मी क्रिष्ण मन्दिर आउनु भएको रहेछ ,मम्मी सँगै आएँ ।"
"मोबायल स्विच अफ गरेर मम्मी सँग ! तँ त त्यस्तो छैनस् भनेको तँ पनि?"मैले रात भरि सोचेर निकालेको बहाना उसलाई विश्वासिलो लागेन ।म झुट बोल्न माँ साँचै कमजोर छु ।
कतै यस्ले मलाई देख्न त देखेन?मनमाँ उब्जिएको पहिलो शंका नै त्यहि थियो तर मैले आफुलाई दरो बनाउनै पर्ने थियो ।

"मेरो मोबायल स्विच अफ थिएन "म थोरै झर्किएँ ,झुट लुकाउन मैले झर्किनै पर्ने थियो ।
"किन रिसाको त ? यो एन टि सि ले पनि धुरुक्कै पार्छ कहिले काहिँ "
मैले मनमनै एन टि सिलाई धन्यवाद दिएँ ।मेरो कमजोरि को एक मात्र साथि !
"अनि एउटा खबर पाइस ?"
"के?" मेरो प्रश्नमाँ कौतुहलता भन्दा बढी औपचारिकता थियो ।
"तैंले बिराटनगर फेरि जानुपर्ला जस्तो छ ।एम्नेसटि को ह्युमन राइट सँग रिलेटेड सेमिनार छ रे ।मोज गर"
के मोज गर्नु ?यस्पालि यात्रा कटाउन निशा हुन्न ।


निशा धेरै बाँच्छे होला ,मैले सम्झिदा सम्झिदै ऊसको फोन आयो । हुन त मैले ऊ सँग भेटे पछि उसलाई बिर्सेको नै कहाँ छु र !
"खाजा खायौ?" यो यस्तो प्रश्न हो जस्माँ आत्मियता हुन्छ ।निशा बाहेक मलाई फोनमाँ "खाजा खाइस "भनेर मात्र मेरो आमाले भन्नुहुन्छ।
"खाइसकेँ"मैले यता उता नजर डुलाउँदै जवाफ फर्काएँ ।सुमन नजिक थिएन ।
"मलाई दुई चार दिन भ्यालि बाहिर जानु छ ,तिमी सँग भेट्न मन थियो त्यहि भएर फोन गरेको ।"
"कहाँ जाने हो र?"
"एम्नेसटि को ह्युमन राइट सँग रिलेटेड सेमिनार छ रे बिराटनगरमाँ ,फेरि बिराटनगर जानुपर्ने भयो ।किड्न्यापिंग इस्युको बारेमा धेरै कुरा इन्टरिएक्ट गर्न पाउँछु भनेर मैले त्यहाँ जाने प्रोग्राम मिलाएँ ।"
मलाइ मेरो कानमाँ बिश्वास भएन ,उसले फोन नगरेको भए हाम्रो तेस्रो भेट पनि एउटा सम्योग हुने थियो ।
खोइ किन हो बारम्बार ठोक्किरहेका थियौँ उ र म?

क्रमश:

 

 

 

 

 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters