Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नयाँ नेपालको यात्रा (जात्रा )।

[Please view other pages to see the rest of the postings. Total posts: 125]
PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
[VIEWED 81984 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 7 pages, View Last 20 replies.
Posted on 05-11-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नयाँ नेपालको यात्रा (जात्रा )। 



(हालै मात्र  नेपालबाट फर्केको हुँ, नयाँ नेपालमा जे जती जात्रा देखें भोंगें तिनलाई लिपिबद्ध गर्ने प्रयास गरेको छु । नितान्त ब्यक्तिगत यात्रा संस्मरण को रुपमा यसलाई लिन हुन अनुरोध छ ।)


भाग १ 


झन्डै चार बर्षको मुग्लान बसाइ पछी घर फर्किने सोच बनाएको थिएं ३ महिना अगावै । उद्देश्य केही ब्यक्तिगत थिए, केही रहरहरु । त्यो भन्दा पनि जन्म दिन श्रद्धयी आमाको ६ महिने पुण्य तिथीको कर्ममा संलग्न हुने उद्देश्यले ९ अप्रिलको साँझ जे एफ के बाट नयाँ नेपाल को यात्रा सुरु गरियो ।


मनमा अनेक तर्कनाहरु उठे, धेरै को मुखबाट सुनेको काठमाडौको  बेहाल हाल, साच्ची कस्तो भयो होला मेरो काठमाडौ ? बत्ती बिनाको जिन्दगी कस्तो होला, इन्टर्नेट बिनाको दिन कस्तो हुन्छ होला, पानी बिनाको माछा कसरी जिउदो होला  ? आदी इत्यादी यक्ष प्रश्नहरुको उत्तर खोज्दै एतिहाड एअर को कुर्चीमा केही बेर निदाएं । केही बेर अर्ध निद्रामा बर्बराएं । आमा जिउंदै हुँदा जान नपाएको पीडा दुखिरहेको थियो। अस्तब्यस्त घर परिवारको ब्यथा बल्झिरहेको थियो । देश र शहर बारे त दिन दिनै अखबार पढेकोले अपडेटेड भए छु जस्तो लाग्थ्यो । तै पनि साँच्ची कस्तो भयो होला है हाम्रो गणतन्त्र नेपाल ?


अबुधाबी पुगियो साढे १२ घण्टाको उडान पछी । ट्रान्जिट लामै भए नि बस्न होटल र खानाको राम्रो प्रबन्ध भएकोले समय कटियो सजिलै सँग। साझा पनि हेरियो, चौतारीका मित्रहरु सँग भलाकुसारी गरियो ।



अबुधाबिबाट कथामाडौ जान गेट नम्बर ७ मा जानु थियो, गैयो । गेट ७ को लामो सुरुङ देखी नै नयाँ नेपाल को झझल्को देख्न थालें । यस्तै त होला नि नयाँ नेपाल- अराजक, अनुशासनहीन। नेपाल जाने प्लेनमा नेपाली न भे को हुन्थ्यो र ? ९० प्रतिशत नेपाली र बाँकी बिदेशी। सेकुरिटी चेक् देखी नै लाइन थिएन। बलमिच्याइ र भिडमभिड । अझ त्यसमा बिदेशीहरु समेत जैसा देश वैसा भेष गर्दै ठेलमठेलमा रमाइ रहेका थिए । खाडी मुलुकमा नेपालीद्वारा बेचिएका नेपालीहरु भन्छु म-  त्यो भीडलाई ।   हुन सक्छ, कत्ती बर्ष पछी मरुभूमिमा पसिना चुहाइ, दलालको खर्च कटाइ आफन्तजनको केही इच्छा साकार पार्न पहिलो पल्ट् आफ्नो घर  फर्कन हतार गर्दै थिए मदनवाहरु, धनीयाहरु । नेपालीमा कुरा गर्दै गरेकोले केही ले कुरा गर्न आए । देशमा काम पाएन, ऋण लिएर साउदी आएको र बडो दु:ख पाएको किस्सा सुनाउदै थिए अधबैसे च्याङ्बा । हामी सबैको कथा ब्यथा उस्तै थियो । ललितपुर सिद्धिपुरका मचाकाजी त नेवारीमा कुरा गर्न पाएकोमा खुशी थिए। ३ बर्ष भो रे नेवारीमा कसै सँग कुरा गर्न न पाएको ।
 
त्यो टर्मिनलको अराजक स्थिती कारण आधा हाम्रो मानसिकता र आधा ब्यबस्थापन( एअर्पोर्ट अथोरिटी) को कमजोरी जस्तो लाग्छ । सिक्युरिटी अफिसर बाहेक जम्मै कामदार नेपाली हुनु पनि अराजक  आगोमा घिउ जस्तो लाग्यो । प्लेन उड्यो , करिब चार घण्टाको उडान थियो ।


प्लेन भित्र दिइने खाना खाँदै एउटा सिनेमा हेर्दैमा प्लेन उपत्यका छिरेको उदघोष गरे क्याबिन क्रिउले । झ्याल निर कै सिट भाकोले तलतिर नियालें। साँझको साढे सात हुंदो थियो । तल केही न देखिने चुकघोप्टे अन्धकार थियो। लाग्यो म एउटा टाइम मेशिनमा बसेर एकाइसौं शताब्दिबाट आदिमा युग तिर फर्की रहेछु। प्लेन जती तल तल झर्थ्यो , त्यति टुकी युगको धमिलो आकार देखिन्थ्यो । प्लेनले धावन मार्ग छोयो । एअर्पोर्ट को हाल बेहाल थियो नै ।
गुन्टा टिपी बाहिर के निस्केको थिएं , अन्धकार बीच ठुलो फ्लोरोसेण्ट  होर्डिङ बोर्डमा " बधाई छ आज आउनु भयो - भोलिको नेपाल बन्दमा स्वाग्त छ " भनी लेखिएको जस्तो देखियो । मात्रीभूमीको टेकेको पहिलो पाइला मै नेपाल बन्दको स्वागत ।
 
क्रमश:
 


 
Posted on 05-11-10 10:37 AM     [Snapshot: 52]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ
बडो राम्रो सँग उतार्नु भएको छ् नयाँ नेपाल को जात्रा, थोरै शब्दहरुमा धेरै बखान छन,
"लाग्यो म एउटा टाइम मेशिनमा बसेर एकाइसौं शताब्दिबाट आदिमा युग तिर फर्की रहेछु" ..सही कुरा,हुन पनि तेस्तइ भान हुन्छ,नेपाल खाल्डो झर्न लाग्दा।
लौ दाई अरु भाग हरु को प्रतिक्ष्यामा।


धन्यवाद आफ्नो अनुभब बाड्नु भाकोमा


तारेमाम.


 
Posted on 05-11-10 11:27 AM     [Snapshot: 109]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पढें मैले पनि, कस्तो बिदम्बना, देश फर्केको खुशी हुनु कि पीर गर्नु थाहै भएन, ल न दाई अर्को भाग नि छिट्टो राखुम, हत्तार भै स्कयो सुन्न

 
Posted on 05-11-10 11:55 AM     [Snapshot: 92]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, बल्ल पढ्न पाइयो नेपाल यात्राको बिवरण। आफ्नै यात्राका सम्झनाहरु पनि आए त्यसलाई पढ्दा। पोहोर नेपाल जाँदा पहिलो पटक खाडी क्षेत्रबाट गएको हो। घटस्थापनाको दिन ह्युस्टन छोडेको थिएँ। दोहामा नि:शुल्क होटेलको ब्यवस्था थियो। दोहा बिमानस्थलमा प्रशस्तै नेपाली कर्मचारीहरु पनि थिए। जताततै नेपाली बोलेको सुनिन्थ्यो। होटेलमा पनि प्राय: चितवनका मान्छेहरु रहेछन् काम गर्ने। रिसेप्सनिस्टले दशैं मनाउन जान लाग्नु भएको हो भनेर सोधेको प्रश्नलाई प्रसन्न मुद्रामा हो त भने तर एक्कासी उसको अनुहार मलिन भयो। "म पनि सत्र बर्ष पछि पहिलो चोटी जान लागेको हो" भनेपछि चाँही केही परिवर्तन देखियो।


यसो बाहिर डुल्न पनि निस्किएँ। एक जोडी बाहेक बाटोमा सबै पुरुषहरु मात्रै देखिए। नेपाली बोलेको पनि प्रशस्तै सुनियो। कुन ठाउँका होलान्, के काम गर्दा हुन्, घरको अवस्था कस्तो होला, दलाललाई कती पैसा बुझाए, कसरी पैसा मिलाए आदि जस्ता धेरै कुराहरु खेले। होटेल र बिमान्स्थलमा त एअर कन्डिसन भएर शारीरिक रुपमा त्यती गार्हो नहुँदो हो, बाहिर काम गर्नुपर्नेलाई अरबको गर्मीमा कती गार्हो हुँदो हो जस्तो लाग्यो। होटेल कर्मचारीको सल्लाह अनुसारको क्षेत्रमा आधा घण्टा जति डुलेर फर्किएँ। भोलिपल्ट एअरपोर्ट छोड्न जाने चालक पाल्पाका रहेछन्।


काठमाडौंको उडान खचाखच थियो र अधिकांश यात्रु नेपाली नै थिए। अरु उडानमा भन्दा हल्ला अली बढी नै थियो। एक नेपाली यात्रुले लेदरको ज्याकेट लगाएका थिए। घर जाने खुसीयालीमा गर्मीको परवाह नगरी बाहिर देखि नै लगाए वा बिमान चढेपछि लगाए त्यो भने थाहा भएन। बिमान कर्मचारीको भेदभावपूर्ण ब्यवहार पनि देखियो। बिदेशी तथा गैरश्रमिक जस्ता देखिने नेपालीसँग अलि नम्र भएर बोलेको पाइयो। काठमाडौं अवतरण गरेपछिको त के कुरा गराइ भो र, अस्तब्यस्तता देखेर ढुंगे युगमै फर्किए जस्तो। फर्किंदा साँझको उडान थियो, एअरपोर्टको बत्ती मधुरो, उड्दा पनि काठमाडौं मधुरो नै देखिन्थ्यो। उपत्यका छोडेपछी त निस्पट्टै अँधेरो। बिमान चढ्न अघिको साँघुरो प्रतिक्षालयमा एक नेपालीसँग कुरा बएको थियो। नवलपरासी बर्दघाटका रहेछन्, भरखर एस.एल.सी सक्काएको, घरको आर्थिक अवस्था कमजोर भएर कतार जान लागेको, दाई पर्नेले बोलाएको तर गएर के काम गर्ने हो थाहा नभएको ब्रितान्त सुनाए।


अघिल्ला यात्राहरु प्राय थाइ ऐर्वेजमा परेका थिए। मलेसिया जानेहरुका लागि छुट्टै चेक इन काउन्टरको ब्यवस्था थियो। एक चोटि बाग्लुङ भीमगिट्ठेका युवक सँगैको सिमा परेका थिए। कक्षा ८ सम्म पढेको अनि गाउँमा सुरक्षित नभएकोले बिदेशिएको कुरा गर्दै थिए। देशको अवस्था ठीक हुँदो हो त यसतो देख्नु सुन्नु अनि अहिले लेख्नु पर्दैनथ्ययो। धेरै लामो पो लेखिएछ लौ ठुल्दै अब तपाईंंकै अरु पढ्न कुर्छु र अलि छोटो प्रतिकृया गरुँला।                


 
Posted on 05-11-10 4:16 PM     [Snapshot: 288]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ भाग १ पढेर आँफै पुग्या जस्तै भयो ! बिदा धेरै छैन अब अर्को भाग राखेर चाडै फर्काइ पनि दिनु होला अम्रिका !


चिप्ले ब्रो शर्ट्कट यात्रा संस्मरन मज्जाको छ !


 
Posted on 05-11-10 4:32 PM     [Snapshot: 295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा लामो खडेरी पछी बल्ल पठन योग्य लेख हेर्ने मौका पाइयो। धन्यवाद, राहुल भाई। 
 
Posted on 05-12-10 10:17 AM     [Snapshot: 511]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद, बिस्टे, पुरे , चिप्ले,रिट्ठे अनी मालपानी ।


भाग २


नेपाल बन्दले भए नि स्वागत गर्‍यो भन्दै दङग पर्दै, ट्याक्सी वालाहरुको तानातानबाट डलरे शर्ट बचाउंदै बासस्थान तिर लागियो । शहर अन्धकार भित्र पिलपिले बत्तिमा गुल्जार थियो । ६५० रुपैयाको यात्रा २० मिनेट मै टुंगियो । घरमा स्वागत गर्न परिवारजनहरु इमर्जेन्सी लाइटमा उज्यालिंदै थिए। पुग्ने बित्तिकै भाईले खुश खबरी सुनायो - नेपाल बन्द फिर्ता रे ।
राहुलभाइ को आगमन को खबर पुगेछ क्या रे बन्द आयोजकमा, फिर्ता लियो- एक छिन ठट्टामा माहौल रंगिन बनाएं । भोक र थकाई संगै चिन्ता पनि बढ्दै थियो । समय थोरै काम धेरै । आफ्नो काम संबिधान बनाउने जस्तो अनिश्चितकालिन एजेण्डा भित्र परेन   ।



रात को खाना खाइ अन्धकार मै सुतियो । समयान्तर र स्थानान्तर दुबैको योगले एकाब्यानै ब्यूंझें । काग र चराहरुको मिश्रित तर अनौठो संगितले पनि होला, निद्रा छिटो भङग भएको, राजनैतिक पार्टीहरुको वार्ता जस्तै ।



एम्बेसी जाने काम थियो । ट्याक्सी चढियो । मिटर पनि पाङ्राकै गती मा घुम्दो रहेछ । १७५ रुपैयामा रोकियो । एम्बेसी को काम सकियो , फर्केर उही रूट १८५ चढ्यो । चानचुन १० को हिसाब हुंदैन रे काठमाडौ मा । युगले फन्को मारेको हेक्का रहेन । ७ पढ्दा १० पैसे टिफिन खर्च , १० पढ्दा १ रुपैया , १२ पढ्दा २ रुपैया र बि एस्सी पढ्दा ३ रुपैया टिफिन खर्च सम्झेर बुढ्यौलिको अनूभुत गरें ।



मेरो मह्त्वपूर्ण काम भनेको जागिर छोड्नु थियो । अचम्म कुरा गर्‍यौ भन्लाऔ यो राहुलेले । मान्छेलाई जागिर खानु पो महत्वपूर्ण काम हुन्छ, छोड्ने काम पनि ??



हो हजुर , जागिर छोड्न काठमाडौ धाएको हुँ हजुर । बेतलबी अध्ययन बिदामा पढ्न अमेरिका आएको । ३ बर्ष स्वीक्रित बिदा सकेको थियो । निजामती सेवा नियमावली अनुसार एक पटकमा ३ बर्ष भन्दा बढीको बिदा स्वीक्रित गर्न न मिल्ने । बिदा थपको लागि युनिभरसिटीको आबश्यक  कागजात सहित् निबेदन दिंदा स्विक्रित भएन । अझै डेढ बर्ष बिदा दिन लिन मिल्थ्यो । अझ हाम्रो देश मा न मिल्ने कती काम मिल्ने हुन्थ्यो । एकदम सिधा हिसाबमा पनि मज्जाले मिल्थ्यो । हाम्रो देशको चलन, मिलेन । बिदा थप भएन । सँगइ अमेरिका आएको अर्को मित्रले तलबी बिदा मज्जाले हसुरी राख्या छन। आफुले नियमा अनुसार बेतलबी बिदा मात्र मागेको । त्यो पनि मिलेन ।  हाजिर हुन आउने सूचना निकाल्यो गोर्खापत्रमा । स्पष्टिकरण पठाउदा नि स्पष्ट भएन भन्दै खारेज गरियो । पुन: सूचना निस्कियो । लाग्यो सरकारले केही न गरी दिए पनि " इन्जिनियर राहुल भाई " बिदेश गा छ भनी प्रचार प्रसार गरी दियो । समबेदना छाप्न त पैसा नभै नहुने बेला फोकट मा छपियो । दङ्ग हुने एक बहना मिले जस्तो ।



जब सरकार ( हाकिमा को नियत नै जागिरबाट बर्खास्त गर्नु देखिए पछी सगर्ब रजिनामाको दर्खास्त दिनु राम्रो देखें । आफ्नो इच्छा र योग्यताले जागिर खाएको थिएं । आफ्नै इच्छाले रजिनामा दिने बिचारले सोही दिन मन्त्रालय पुगें ।



सिंह दरबार छिर्ने पो कसरी ? फोन गरें मन्त्रालयमा कार्यरत एक सहकर्मिलाइ । पासको लागि गेटमा सूचना पठायो । नागरिकता वा ड्राभिङ लाइसेन्स धरौटी माग्यो । म सँग दुबै थिएन । विश्व बिद्यालयको परिचय पत्रले मानेन । स्टेट आइ डि ले मान्ने कुरै भएन । केही सीप न लागे पछी पुन: फोन गरी लिन आउन भनें मित्रलाई । उनले आफ्नै परिचयपत्र धरौटी राखी सिंह दरबार छिराए ।


 


 मन्त्रालय पुग्ने बित्तिकै दुइलाइनको रजिनामा लेखेर बुझाएं । रजिनामा दिंदा कुनै आत्म ग्लानी थिएन । मनौ एउटा भारी बिसाएछु । चाकडी चुपलुसिबाट् मुक्ती मिलेको छ । एक दुई दिन मै रजिनामा सम्बन्धी कार्यबाही टुंगिने अश्वासन पाएकोले त्यहाँबाट निस्कें र सिधै प्रख्यात महेन्द्र बौचा को म: म: पसल भित्र छिरें ।


क्रमश :
 
 
 


 
Posted on 05-12-10 1:12 PM     [Snapshot: 617]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलभाइ को नेपाल यात्रा मजा सँग जादै रेछ, पढि सकियो, काम चोरेर भये पनि, तर मैले एउटा नबुह्जे को कुरा क्या, अब बदमाश हरुले बिदा नमिलएर जबर्जस्ती दिन परेको पनि कही राजीनमा हुन्छ? त्यो त जबर्जस्तिनामा भैइहाल्यो नि, होइन ra?

 
Posted on 05-12-10 2:10 PM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दा को लेख पढि आँफै लाई नि नेपा देश पुगे जस्ताइ भयो. ३ र ५ सम्मा को खज खर्छ त मैलएे नि बिर्सेंछैन, दाई लएे त मलाई नि बुधेस्काल को आभस गरैदिनु भयो। उहिलएे को "घन घस्या को उकालो च्द्दा' को लेख म सम्तिएको गरीबई र अज्ञानत अहिलएे सम्मा पनि यथवत नै छ। म एस्मा देश चलाऊने नेता बाहेक अरु कसै लाई दोश दिन्न। नै नै एउता कुर। आश छ ठुल्दै को यात्रा सफल र रमाइलो नै भयो होल। अतोमिक, दाई को अरु लेख को प्रतिच्यामा नै हुनेछु।
 
Posted on 05-12-10 2:59 PM     [Snapshot: 681]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यही २०१० को अपृलमा म पनि नेपाल गएको थिएँ। त्यस्को छोटो सम्समरण मलाई पनि राख्न मन लाग्यो, ठुल्दाईको गफ सुने पछी।


समयले साँझलाई बिदा दिएर रातको स्वागत गर्दो थियो, म पूर्बोत्तर अमेरीकाको एउटा शहरबाट अलि दक्षिण तिरको अर्को ठुलो शहर तर्फ उडदै थिएँ। नेपाल जाने रहर कैले देखिको थ्यो--एक ताका त झन्नै धर्मेको घराँ भाको आँपको रुख जस्तै भै सक्या थ्यो मेरो रहर। बोट मात्रै थ्यो, आँप चै फल्दैनथ्यो।


दखिन तिरको त्यो बडेमानको शहरबाट बडेमानको बिमान चढेर लागियो घर तिर आकाश मार्गबाट। मनमा अनेक तर्कना आए -- साथी भाईहरु कस्ता भए होलान, कत्ति उ बेलाका साना नातेदारहरुलाई त अब चिन्न पनि सकिन्न होला।आफुलाई नचिन्ने पनि धेरै भए होलान। आसपास खेल्ने पाटीमा रेस्टुरेन्ट होला, रोपाईको खेत जस्तो हुने हाडीगाउको सडक अचेल कस्तो भयो होला। जाडोमा गर्मी, गर्मीमा लगलग पार्ने सुन्दरीहरु कता कता पुगेर भुसुक्कै बुढी भए होलान। यस्तै यस्तै अरु नी तर्कना आए, सबै त लेख्न पनि नमिल्ने साझामा।


उडान आफ्नो भारत भएर जाने थ्यो, दिल्लीमा साँझ तिर पुगीयो। भोली पल्ट नभै नेपालको उडान थिएन। बाहीर शहर घुम्न जाम अनि उतै बास बसेर बिहान तिर आउनु पर्यो क्या रे हवाईअड्डा फिर्ता भनेर सुर कसेको फेरी चाईने भन्दा धेरै घुमाईमा परीने हो कि बल्ल बल्ल घर जान ला बेलाँ भनेर मन मारें। एउटा कोठामा लगेर जाक्यो देशीले।


पासपोर्ट लगेको बल्ल जहाज उडने बेलाँ ल्याएर दियो। ल्याएन भने? भुत जस्तो भएर त्यो प्रश्नले कम्ती तर्साएन।


जेट एअरवेज ६:३० बिहानै लाग्यो बाटो। अब जति जति नेपाली आकाश नजिक आयो, त्यति त्यति मन ब्यग्र हुन थाल्यो। पहाड, अनि बादललाई घाँटी दुख्ने गरी हेरीयो झ्यालबाट। उपत्यका भित्र पुग्यो बिमान। आम्म्मामा! के बिघ्न घर। पहिलो कुरा यही आयो मनमा।


जहाज हुईँकेर धावन मार्गबाट बौध तिर लाग्यो। बौधनै असन जस्तो पो भए छ। घरै घर। जि पि एस चाहिएला जस्तो देखियो। जहाज मोडिएर धाबनमार्गमा अलि वर आएर रोकीयो।


भर्याङ्गबाट ओर्लिने बित्तिकै एउटा बस देखियो। मगमग धुपको बास्ना थ्यो त्यो बसमा। धुवाँमा रङमङगीएका महादेबको फोटो पनि देखियो।


बिमानस्थल आफ्नै तालमा थ्यो। चिनजान भएकाहरुको एउटा लाईन, नभएका हरुको अर्को लाईन। त्यस्तै रेछ।


भन्सारमा के ल्या छ? भन्यो। केई न केई भन्दें। त्यो स्क्यानर भन्ने बाट सुटकेश छिराउन लाग्या, "के गर्न ला?" भनेर सोध्यो एउटाले। "यो च्यानल बाट जाने भन्सार तिर्ने केई छैन भने भन्या हैन?" भनेर सोधेको। "त्यो त हो तर यो बिग्रेको मेसीनमा किन छीराउनला होला भनेर नी" भन्यो।


बाहीर निस्कीने बित्तिकै एक ताका बौधमा सिनेमा हेर्न गा जस्तो भो। ताना तान। यता यता काँ जाने? भन्छ एउटा ले --ट्याक्सी यता छ भन्छ अर्को -- अर्कोले आफ्नो सुटकेश गुडाउन थाली सक्यो। दुईटा केटा चै डलर दिनु न दाई भन्न थाले।


क्रमश:


(ए, अर्काको धागोमा आएर म फेरी के को क्रमश: नी -- अहिले ठुल्दाईले हान्छन कुईनाले अनि--ए! साँच्ची भन्नै बिर्सेको -- म चै यही अपृल ३१ तारीकको दिन गाको के नेपाल--यतै बाट लेख्न सकिन्छ जस्तो छ सम्समरण जस्तो लागेर आँटेको नी मैले )


 
Posted on 05-12-10 3:47 PM     [Snapshot: 747]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जागिर छोड्न नि जागिर पाउन भन्दा बढी महँगो परेछ हाम्रो ठुल्दाइलाई !


त्यस्तो गाह्रो गरी छोडेको जागिर को ट्रिट त चाहियो नि हाम्लाई दाई ! तेस्सै पन्छिन पाइन्न है !


दीप ब्रो कता हराये अचेल भनेको त नेपाल तिरै सवारि भा' रैछ र पो ! हुन त अस्ती मार्चमा म नि हुइक्या थे नेपाल तिरै ! तर अब संसमरन चाँही नराखौ होला उता फेरी ठुल्दाइले "मेरो धागोमा तिमार्को मनपर्दी?" भनेर लखेट्न बेर छैन !


 
Posted on 05-12-10 3:47 PM     [Snapshot: 750]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु दुइतै अवतारिको पढियो, साझाका हर्ता-कर्ता दुबैको एउटै धागोमा भेछी त के चाइयो र, ल हुँइकाउम् हुँइकाउम्, बडो मज्जा आयो ल।
 
Posted on 05-12-10 4:04 PM     [Snapshot: 771]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ट्याक्सी को मिटर,बन्द नेपाल,अड्डा धवाइ,महगाँई सप्पै छर्लङ देखियो दाई को सम्स्मरनमा.
लौ पेलम दाई पेलम
दिप ज्यु ले नि नेपालको ट्याक्सी को मिटर घुम्या जस्तो कस्तो हुइक्या भन्या,बरु अर्को धागो खोलेर अली बिस्तार हाकम  पर्भो।
 
Posted on 05-12-10 4:29 PM     [Snapshot: 784]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ साझा किन सुन्य भन्या त सबै जना नेपाल गाका रहेछन | राहुल दाइ,
चिप्लेढुंगा र दीप ब्रोको सस्मरण पढेर आफु पनि भाबुक भइयो | राहुल दाइ को
कुरा एकदम ठिक हो, चिन्ने को सबै हुन्छ न चिन्नेको केहि हुन्न नेपालमा |
मेरा एकजना साथी 5 वर्ष भै सक्यो यता ढुक्कले बस्या, भरे लौ कसरि भन्या त
सचिब आफ्नै काका रहेछन सबै कुरा मिलाई दिने | आफु भने सुरु मै खुब भाबुक
बनेर राजिनामा ठोकेर पसिया थिइयो अमेरिका | लौ थपम अरु पनि सस्मरण साथीहरु |

 
Posted on 05-12-10 4:37 PM     [Snapshot: 785]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अँ त नि, बडो स्वाद लिएर पढीयो - १ महारथि उपस्थित हुँदा नै मख्ख फुलेल हुनेहरु हामी, २-३ महारथिहरुले धागो घचेटेपछि त भँइमा खुट्टै छैन हौ । तन्काम तन्काम यो धागो ।

पढ्दा पढ्दै आफै उतै पुगे झै भयो गाँठे । मनभरी आफ्नै यात्राको संस्मरण नि ठेलमठेल गर्दै आए, अम्लाको टुप्पोसम्म नि आए, तर अहिलेलाइ पोखिन रोकियो । चिप्ले गुरु र दीप प्रभो ले चै रोक्नै सकेनछन गाँठे, हा हा हा, पोखिइहाले । मज्जा आयो ।

साँच्चि दीप प्रभो, लोडशेडिंङसित छापामार युद्ध चल्दै छ कि के छ? त्यताहुँदि सुकिला-मुकिलासित एक एक हिसाबकिताब चुक्ता गर्नी कसम खाका मान्छेहरु छन अरे । बच्नै परो । अलि मैला-धैला बनेर हिनम, बनेर हिन्दा' बखतका अनुभवहरु नि सुनाम के रे ।
 
Posted on 05-13-10 9:24 AM     [Snapshot: 890]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टि एम एस्,
अब देखी रजिनामाको ठाममा जबरजस्तीनामा हुने छ, सुझाव मनन योग्य छ ।


एटोमिक,
दोष हामी सबै को छ, नेता पनि हाम्रै समाजको हो ।


दीप,


झन्डै सँगै हाँडीगाउं को भट्टिमा ठोकिएको । १-२ दिन चाँडो पुगेछु । ठेलुम दीप ब्रो ठेलुम । एकै समयको यात्रा संस्मरण भिन्न भिन्न आँखाबाट कस्तो देखिन्छ छर्लङ हुन्छ । यो धागोको महत्व अझ बढ्ने छ ।


पुरे,
चिप्ले सर, दीप ब्रो सँग सँगै ठेलुम भन्छु म पनि ।


रिट्ठे,


दीप ब्रो, चिप्ले सर ले थप्दा झन सुन माथि सुगन्ध हुन्छ, थपुम मात्र होइन, जोडले हुइक्याउ। मखुला ??


बिस्टे,
यसै धागोलाई रंगिन बनाए पनि हुन्छ नि > हुंदैन र ??


फत्ते,
नेपाल गाको होइन, नयाँ नेपाल। औतारीहरुको नयाँ नेपाल भ्रमण शिर्षक राख्नु हुन्थ्यो। दीप ब्रो उतै छन भन्ने थाहा भएन ।


चना दाइ,


सुकिला मुकिला, सामन्ती शोषक पुंजिपतिका दलाल र दलित शोषित पीडित जनको कथा आउन बाँकी नै छ। प्रतिक्षा गर्नु होला।



 


 
Posted on 05-13-10 10:41 AM     [Snapshot: 938]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ नेपालको यात्रा भाग ३


टी एम एस् ले सुझाए अनुसार राजिनामालाई आइन्दा प्रसङमा जबर्जस्तिनामा लेखिने छ। अब एकै छिन कथामाडौको अस्तब्यस्त हाल को बर्णन गर्ने अनुमती चाहन्छु ।


जेटल्यागको परवाह नगरी एम्बेसी धाउने काम देखी जबर्जस्तिनामा प्रकरणको लागि ४-५ घण्टाको सुताइ पछी नै निक्लेको थिएं । मान्छे नै मान्छे । सड्क सवारि गुड्न लाई हो कि पार्किङ गर्नलाई हो छुट्याउन सकिन । टन्टलापुर घाम अनि हिंड्ने बानी छुटेकोले ट्याक्सी बाहेक उपयुक्त साधन देखिन ।


ट्याक्सी त के पाङ्ग्रा गुडाउने ठाउँ थिएन । जता ततै जाम र लाम। हर्नको कर्कश आवाज । ठेलमठेल। सानो ठाउँ पाएको हुन्न, २-४ बाइकको पायक पर्ने ठाउँ हुन्थ्यो। टेकुपुल देखी थापाथली पुल सम्म छिचोल्न ठ्यामै एक घण्टा लाग्यो।



एक मन त लाग्यो, बाइक भयो भने सजिलो हुन्छ। ट्याक्सीमा गुड्दा गुड्दै त्यो रहर पनि हरायो । जता ततैबाट हुइक्याउने हुने, जो बलियो उसैको सडक र नियम। ट्राफिक पुलिस कींकर्तब्यबिमूढ बुँख्याचा जस्तो । सिटीलाई कुनै ठिटीले टेरेको थिएन । कसैलाई कसैको वास्ता थिएन । जसलाई नि छिटो पुग्ने हतार । २ इन्च को क्लियरेन्स मा समेत गाडी छिराउने । हरपल जिउ सिरिङ्ग हुने ।



ट्याक्सीबाट जावलाखेल जादै थियौं । झन्डै एक बालक (स्कूलबाट फर्कदै ) ट्याक्सीको कोपभोजन भाकोथियो । ब्रेक चाँही कमालको हुने रहेछ। घ्याच्च रोकियो , ६ इन्छ जती ले ज्यान जोगियो ।


ड्राइभरको अनुहारमा कुनै चिन्ता वा हतासको रेखा थिएन । मानौ उ यसरी नै गाडीबाट दिन दिनै कुल्चेर जीवन हाक्दै छ। जीवन मरण को कुनै चिन्ता थिएन।



"हैन ड्राइभर साहेब, अली बिस्तारइ हाँक्न मिल्दैन?"


 अगाडिको सीट मा भाकोले भन्दीहाले ।



"मिल्न त मिल्छ, तर मैले पनि स्लो गरेर हुंदैन। यस्ता मर्न नसकेकाहरु त दिन दिनै भेटिन्छन । मतलब गरेर हुँदैन । "



"तै पनि मरी हाल्यो भने तपाईंलाई नि अप्ठेरो, तिनको परिवारमा बिपत्ती हुन्छ । बिस्तारै गए सप लाई फाईदा नि , होइन र ?? "



होइन भन्न चाँही सकेन, तर मेरो कुरा तिनलाई नपचेको स्पष्ट भाव देखिन्थ्यो ।



अनी बिस्तारै आफ्नो असली रुप देखाउन थालिहाल्यो ।



"नियमा कानून भाको देश भए पो, डराउनु । डराए भने पेट पाल्नु पर्दैन। बालबच्चा छ , पाल्नै पर्‍यो ।"


 उ भन्दैथियो, मानौ हामीले पेट पाल्नै पर्दैन, हाम्रा बाल बच्चा हुँदै हुँदैन ।


"कर तिरेको छु, दिनको ५०, तिनैले बचाउछन्  निर्धक्क सँग चलाऊछु ।"


 बुझ्नेलाई ईशारा काफी। तिनले तिर्ने कर संकलनकर्ता को हो भन्ने बुझ्न गाह्रो भएन ।



"सरकार नै गैरकानूनी भए पछी नियम कानून चल्छ यो देशमा ?? "


उ अब अली बुज्रुक र बुद्धिजिवी देखिन थाल्यो ।


"चुनाव जितेकालाई सडकमा राखेर २ ठाउँमा हारेकाले देश चलाएर हुन्छ ? देशको हाल यस्तै हुन्छ ।"



टेकु देखी जावलाखेल यात्रा बीच मैले देशको राजनीतिको समेत शिक्षा लिए।
हस त धन्यवाद भन्दै २४० मिटर चढाइ को शुल्क तिरें । २५० मा रु १० फिर्ता आएन।


अर्थात अर्को १० मैले नि कर तिरें ।


क्रमश:


 
Posted on 05-13-10 11:15 AM     [Snapshot: 932]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, बिद्याबारिधी गर्ने ३ बर्षले पुग्दैन भन्ने थाहा हुँदा हुँदै पनि अनि बाँकी बेतलबी माग्दा पनि नदिने। अजीवकै नियम छ हाम्रो देशमा पनि। महँगीको त झन् के कुरा, अझ त्यो पनि ट्याक्सी भाडाको। सकेसम्म त माईक्रोबुस, टेम्पो आदि नै चढ्थें तापनि बेलाबेलामा ट्याक्सी नै चढ्नु पर्ने अवस्था आउँथ्यो। ठुल्दाइले भन्नु भए जस्तै पांग्राकै गतिमा मिटर घुम्ने भए त हुन्थ्यो नि। त्यो जाम भैरहने बाटोमा बिस्तारै मात्रै पैसा चढ्थ्यो तर पांग्रा भन्दा दशौं वा अझ बीसौं गुणा मिटर छिटो घुमेर पो बितायो त। एक चोटि बिशालनगरबाट साँझको समयमा घर (सानेपा) फर्किनु पर्‍यो। ४०० (त्यसको ३ दिन अघि मात्रै लोकल भन्दा केही महँगो पर्ने पर्यटक बसमा ४०० नै तिरी पोखराबाट काठमाडौं आएको थिएँ) माग्दै थियो तर मैले मिटर चलाउन जोड गरें। राती ९ बजे पछी डेढी लाग्ने र जस्तै सिल तोड्या भए पनि ३५० जतिमा पुग्ने अनुमान थियो तर भाडा लाग्यो ३९०। यसो हर्न बजाए पनि पैसा चढेको छ, ब्रेक लगाए पनि, स्टेरिङ्ग अलिकति मोडे पनि। अर्थिङ गर्या, छुस हान्ने के के भन्दा रहेछन्। अझ हामी जस्तो बिदेश बसेर आएकाहरुलाई अनुहारले नै चिन्ने अनि ठग्ने रहेछन्।


खसीको मासुको भाउ ५०० थियो किलोको। अमेरिका बसेर किलोको ८-९०० बराबर पर्ने खसी खान आँट आउँदैन त्यहाँ कसरी खान सक्दा हुन्। अनि  ७ पढ्दा १० पैसा टिफिन खर्च रे? के आउँथ्यो दाइ त्यसले? मैले चाँही दुई रुपैंयाबाट शुरु गरेको हो।   


दीप पर्भोको पनि गजबको स्‍मृति गएछ।
(म पूर्बोत्तर अमेरीकाको एउटा शहरबाट अलि दक्षिण तिरको अर्को ठुलो शहर तर्फ उडदै थिएँ। )
बसाइ बस्टनतिर अनि न्यू योर्क हुँदै उडिएको जस्तो छ, कसो?
गौचर झर्ने अघिको केही क्षण भने सार्है नै रोमान्चक हुने। जब पहाडहरु देखिन थाल्छन् अनि बिमानले पनि उचाइ छोड्न थाल्छ, तब Cat Stevens को गीत Kathmandu I will soon be touching you I will soon be seeing you गुन्जिरहे जस्तो हुन्छ तर जब एअरपोर्ट टर्मिनल भित्र छिरिन्छ अनि अस्तब्यस्तता देखेर सबै जोश मर्छ।


रिट्ठे सरले पनि आफ्नो स्म्रिती कोरिदिए हुन्थ्यो, दीप पर्भोले पनि अर्को भाग थपिदिए हुन्थ्यो। ठुल्दाइबाट अर्को भागको प्रतीक्षामा रहेको कुरा त भन्नै नपर्ला। लामो प्रतिकृया गर्दिन भनेको थिएँ फेरी लामै भएछ  


 
Posted on 05-13-10 11:30 AM     [Snapshot: 974]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आएछ तेस्रो भाग पनि। अफिस टाईमतिर त हिंडी नसक्नु पो हुन्छ त बाटो। सवारी चढूँ जामले अघि बढ्ने होइन हिंडौ भने पेटिबाटै मोटरसाईकल चलाइदिन्छन्। एक चोटि आफ्नै नाता पर्नेले चलाएको मोटरसाइकल चढ्दाको कुरा: साँझको समय नयाँ सडकबाट खिचापोखरी हुँदै लागियो। आफ्नो पुग्नु पर्ने ललितपुर। मेरो अनुमान थियो कि शायद भोटेबहालतिरको गल्लिबाट त्रिपुरेश्वर वा टेकु निकालेर जाने होला भनेर, किनकी सुन्धाराबाट त्रिपुरेश्वरतर्फ दाँया मोड्न पाइन्नथ्यो र टुँडिखेल एक चक्कर घुम्न पर्थ्यो।  तर उसले हेडलाइट निभाएर दाँया मोडिदियो। असंख्य गाडीहरुको हर्न र ट्राफिक प्रहरीको सिट्ठी त बज्यो तर मोडिसकेपछी हेड लाईट बालेर मोटरसाइकल अघि बढ्यो। धन्न कतै ठोक्किएन।   
 
Posted on 05-13-10 12:03 PM     [Snapshot: 1009]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हालसाल ट्याक्सी चड्दाको एक सन्ष्मरण:


नयाँ सडकमा ट्याक्सी रोकेर गुरु ग्राहकको प्रतिक्ष्यामा बस्या जस्तो देखिन्थ्यो| म भर्खर भर्खर नेपाल पुगेको थिए केही बर्ष पछी|
म: गुरु, चाबेल जानुहुन्छ?
गुरु: (स्टीरिङ्ग बाट नजर नहटाइ) जान्न|
म: अनी गुरु नजाने भए किन गाडी यसरी रोकेर बसेको त|
गुरु: (ट्याक्सी बाट निस्किन खोज्दै) तेरो बाउको बाटो हो र तलाई सोधेर रोक्नु पर्ने|
म: सरी गुरु| नेपालमा सचिकै प्रजातन्त्र आएकै रइछ|


यो घट्ना साथीलाई सुनाए त्यही साँझ| साथीले भन्नुभो "यस्ता सँग मुख लाएर हुन्छ? यि गुरुहरु सब वाइ सि एल हुन|"



 


 



PAGE:   1 2 3 4 5 6 7 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters