Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 राशी

[Please view other pages to see the rest of the postings. Total posts: 51]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 35863 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 03-09-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

राशी

"तिम्रो राशी कुम्भ हो?" आफ्नो सुरमा हिन्दै गरेकी एउटी सुन्दरीलाई झस्किने गरी बाटो छेक्या झैं गरी बाङ्गेले सोध्यो।


सूर्य पस्चिम आकाशको खुड्किलो ओर्लिदै गरेको बेला थ्यो, मन्द बतास चलेको--त्यै बतासका केही लहरहरुमा अल्झिएका उस्का केही कपालहरुलाई आफ्नो अनुहारबाट पन्छाउँदै सुन्दरी टक्क रोकिई।


एक पल त त्यो सुन्दरीलाई भरखर के भयो त्यो बुझ्न पक्कै लाग्यो। घटना मेरो लागि समेत आकस्मिक मात्रै होईन अप्रत्यासित पनि थ्यो भने सुन्दरी नझस्किने त कुरै भएन।


सुन्दरीलाई हेर्दा उ धागोमा आगो लागिसक्या मल्टाबारा जस्ती देखिन्थी -- रन्थनिएकी सुन्दरी कस्तो प्रतिकृया कुन तरीकाले बजाईदिन पाए सोध्नेले प्रस्टै बुझ्थ्यो भन्नेमा निश्चित भैसकेकी थिईन सायद...


शरद ऋतुको बेला थ्यो, हावामा चिसोपन मिसिईसकेको त थ्यो तै पनि जाडो नै हुने बेला चै भैसकेको त थिएन --तर पनि जाडो भए जस्तो भो --त्यसमाथि बौद्ध पुगेर आएको-- जाडोकै महिना भए त जिउ रन्किनु पर्ने---


बाङ्गेले फेरी सोध्यो "हैन राशी त कुम्भै हो कि क्या हो?"


अब सुन्दरीले एक पल पनि खेर नफाली झर्केर "होइन" भनी अनि अघि बढी।


कान थुने पनि उस्ले सुन्ने गरी बाङ्गेले भन्यो "-- ज्योतिषीले कुम्भ राशी सँग बिहे हुँदैन तेरो भन्दया थ्यो -- नहुने काममा लागिने हो कि भन्ने कत्रो पीर आफुलाई --अब बल्ल ढुक्क भो --"।


सुन्दरीले आफु पछी साँढे कुदेर आको हो कि झै गरी एक चोटी तर्सेर हेरी अनि आफ्नो हिँडाई तेज गरी।


"को हो त्यो?" धोबीखोलाको पुलमा बस्दै मैले बाङ्गेलाई सोधें।


"त्यो मेरी हो नी" बाङ्गेले हाँस्दै भन्यो।


"अब यो मेरीको दाई डेभिड छ कि माईकल छ छ त्यस्ले भेट्यो भने तँलाई बिनाभी पनि नभनी त्यो सोर्हखुट्टे ओरालोमा गाडाले च्यात्या टायर धसेर ब्रेक ला जसरी तँलाई धसेर---"


"ल ल भो -- साथीले गरी खाओस भन्नु त कता हो कता अझ--" मैले मेरो कुरा पुरा गर्नै नपाई बाङ्गेले आफ्नो कुरा भन्यो।


अघि त्यो यत्तिकै जाडो भाको जस्तो अनुभव बिस्तारै हराउँदै गयो -- डर अभावको रे छ क्यारे प्राप्तीको सम्भावना छेउछाउ हुँदा बिचलित भएको--तर अब त्यो सम्भावना न्युन हुँदै गए पछि डर आफै ठेगान लागेको हुँदो हो।


"ल ल गरी खा ---" मैले भन्दें। मैले अरु गर्नु पर्ने केही थिएन, त्यै भन्दिनु त थ्यो नी -- त्यसमाथि बौद्ध सम्म पुर्याएर तातो, चिसो र ध्वाँको प्रायोजन उसैले गरेको थ्यो--गुन पनि त देख्दै गर्नु पर्यो नी --


धोबीखोलाको पुलमाथि कालो पुल तिर फर्केर बस्दै मैले भनें "त्यसलाई पैला त देखेको याद छैन---"


"देखेकै छैन नी -- देखेको भए बिर्सिन के सकिन्थ्यो--" बाङ्गेले पनि खल्तीबाट डनहिल लेखेको चुरोट झिक्दै भन्यो।


बाङ्गेले कुरा त ठीक गर्या हो। उस्लाई पैला देख्या भए बिर्सिन नसकिने नै थिई। रातको बेला--लगातारको झरीमा बिजुली चम्किए झैं थिई उ -- साँझको बेला सूर्य-चुम्बनमा मग्न समुद्र जस्ती थिई उ -- बिहानले पुर्बी आकाशमा फाउ खेले झैं थिई उ -- 


"यो धोबीखोला गन्हाएर पनि चुरोटको स्वादै बिगारीसक्यो---" बाङ्गेले झर्किएर बोल्यो -- अघिकी सुन्दरीको मन्दीर बनाउँदै थिएँ म --भत्कायो --
के भन्नु---केई भनम उस्की भनी र छ -- दिक्क लाग्ने --


"खै चुरोट ले -- "मैले पनि झर्किदै भनें। उस्ले उस्कै चै चुरोट दियो -- नयाँ झिक्ला भन्या त -- तान्नै पर्यो ---


"त्यो ठीटीको पछी लागीनस त -- घर कता हो पत्ता लाउनु पर्दैन?" मैले धुवाँलाई एक छिन हेराईले लखेट्दै सोधें।


"अघि नै झस्क्या देखिनस? फेरी पछी लागेर तर्साउन हुन्थ्यो के त? --पछी लाग्ने लगाउने दिन त आईहाल्छन नी --" उस्ले तरुनी गएको त्यो चाबेलको बाटो तिर हेर्दै भन्यो।


साँझ गहिरिदै थ्यो -- रात चिनीने बेला हुँदो थ्यो।


"लस्किने होईन त अब?" पुलबाट ओर्लिदै बाङ्गेले सोध्यो।


म पनि ओर्लिएँ।


"खै त्यो अघिको चुरोट अर्को एउटा झिक न -- अघि आधी तानेको केई धित नै मरेन --" मैले अलि मधुरो स्वरमा भनें--अलि ठुलो स्वरमा भन्दा कैले काईँ "राख्न देको थिस र झिक भन्नलाई" भन्थ्यो -- त्यो पनि सम्झिनै पर्यो --


उस्ले चुरोट झिक्यो -- अलि अलि बतास चल्दै थ्यो -- उस्ले लाईटर पार्यो म छेकेर चुरोट सल्काउँदै थिएँ "ए! के गरीरा हँ? तिमेरु? -- के तान्या त्यो?" एउटाले गर्जेको झै गरी सोध्यो। झसंगै भएँ। चुरोट सुरोट फ्याल्दिन ला थें--हेर्या त अर्जुन दाई रे छ --


"चुरोट तान्या नी दाई अरु के हुनु?" मैले हाँस्दै भनें।


"चुरोटै हो त? खै हेरम?" अर्जुनदाई अलि बढे र चुरोट मेरो हात बाट लिए। धुवाँ सुघेँ अनि यसो चुरोट नियाल्दै "के चुरोट यो? भने। अर्जुनदाई र अर्को झ्याप्ले भन्ने दाई रे छन।


"यो डनहिल हो दाई" बाङ्गेले भन्यो। अर्जुनदाई मान्छे भकुर्नमा ओस्ताज थिए। उन्को संगत फलदाई हुने भएकोले होला बाङ्गेले हत्त न पत्त अर्को खिल्ली उनलाई दिदै भन्यो "दाईहरु कता नी?"


बाङ्गेले उनलाई देको खिल्ली चै उनले झ्याप्लेलाई दिँदै अर्को खिल्लीको लागी हात बाङ्गे तिर बढाउँदै भने "पिस्न हिनेको"। उनले मेरो चुरोट मलाई नै दिए।


"दाईले पिस्न हिनेको भनेर सम्झिएँ -- एउटालाई मेरो पनि पिस्नु पर्ने थ्यो -- म पनि दाई जस्तो भा भे त पिस्दी सक्थेँ---" बाङ्गेले अर्जुनदाईको चुरोट सल्काउन लाईटर पार्दै भन्यो।


"को हो? मैले गरेर हुने भए म ठोक्दिन्छु नी" डनहिल ले आसामी बनाईहाल्यो।


"छ दाई एउटा -- त्यस्को बैनीलाई बिहे नै गर्छु भनेको--उल्टो मलाई दागा धरी रा छ --त्यस्को बैनी सँग बिहे गर्न पाईन भने त म कसै सँग नी बिहे गर्दिन --बरु मर्छु" बाङ्गेले भाबुक भएर भन्यो।


मैले बुझें। बाङ्गेले त्यो अघिकी सुन्दरीको दाईले केई तल माथि गरे त्यस्को बन्दोबस्त अहिले देखिनै गर्यो भनेर। चोर बाङ्गे। आईडिया त लाकै हो --


"त्यस्तो डेडली सेन्टी छ?" झ्याप्लेले सोध्यो।


"नभाको भए कोई यत्तिकै मर्न खोज्छ दाई?" बाङ्गेले सानो स्वरमा भन्यो।


"पर्दैन मर्न सर्न -- म पिस्दीम्ला तेस्को दाईलाई -- पर्यो भने मलाई भन्नु -- " अर्जुनदाई फेरी गर्जिए।


"हस दाई" बाङ्गेले दंग परेर भन्यो। अब उस्लाई त्यो मैले अघि भनेको डेभिड र माईकलको डर भएन।


उस्ले म तिर पुलुक्क हेर्यो। मैले बुझिसक्या थिएँ।
"देखिस, यसरी चलाउनु पर्छ गोटी" उस्को हेराईले मलाई त्यही भन्दै थ्यो।


"अनि दाई चैं कस्लाई पिस्न हिन्या त यो राती?" आफ्नो बन्दोबस्त भए पछी बाङ्गेले सोध्यो।


"यहाँ मेरी फुपुकी छोरीलाई अघि राशी सोध्यो रे कल्ले हो--तेस्को राशी नछेत्र सराद जम्मैको ठेगान लाईदिनु पर्यो ----" अर्जुनदाईले कठोर स्वरमा भने।


"हो हो दाई ठोक्नु पर्छ" मैले पनि थपें।


बाङ्गे चुपचाप थ्यो। म उस्लाई हेरीरा थिएँ। उस्ले म तिर हेर्दै हेरेन।



 


 
Posted on 03-09-10 3:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahah...sahi cah la...joke jasto po bho last ma ta yaar.....baki chito halnu paro bhanna ni namilne...

 
Posted on 03-09-10 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभु धेरै पछि पेस्की आयो , बडो मोज भयो !!!!! लु लु क्रमश देखिएन कतै सकिया त होईन ?? होईन रहेछ भने गुर्लाम गुर्लाम
 
Posted on 03-09-10 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा छोटो र धेरै मिठो छ र सबै "twist" हरु रमाइलो छ | 
 
Posted on 03-09-10 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बाङेले आइडिया त लाएकै हो तर पनि पिसिएला जस्तो भयो त
सटिक छ बिशेषत: चुरोटको बयान
अझै अरुको राशी जुदाउन बाँकी छ भने जाओस है प्रभो !!
 
Posted on 03-09-10 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या बोर भो। मेरो सपोर्टिग रोलले पिसीने भो। ठाउं न कुठाउं राषी सोध्ने हो त?
 
Posted on 03-09-10 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sachchai yasto hasaune ta aru pani गुर्लाम गुर्लाम


 
Posted on 03-09-10 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Back with a bang!!!!!!!!!


lol. daami  specially the ending.


 
Posted on 03-09-10 5:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभु के गरेको एस्तो । 

बार्ह बर्ष पछी आएर पनि १ पेज लेख्ने ?

साझाबासिको धैर्यता एसरी नाप्ने होइन नि प्रभो । 


केही मन परेका हरफहरु उध्रित गर्दै छु है । 

" डर अभावको रे छ क्यारे प्राप्तीको सम्भावना छेउछाउ हुँदा बिचलित भएको"
"मैले धुवाँलाई एक छिन हेराईले लखेट्दै सोधें"
"उस्ले तरुनी गएको त्यो चाबेलको बाटो तिर हेर्दै भन्यो"
" ........ पुरै कथा नै राख्न पर्ने भयो ..........."

ल प्रभु धेरै दिन पछी को आगमनलाई निरन्तर्ता मात्र दिये पुग्छ है । 


प्रभु ले मलाई लेखेको मेसेज को एक बर्षगाँठ पुग्न लागेको रहेछ । अझै रिप्लाई गर्न भ्याएको छैन ।  त्यही बर्षदिन पुगेको मा लेखम्ला है त प्रभु ।

रिसानी माफ होश । 


 
Posted on 03-09-10 5:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाङ्गे को ब्याड लक नै सोलिड खराब रैछ त

जे गरे नि नहुने - दामी दामी
 
Posted on 03-09-10 11:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tyahi ta 12 barsa paachi ko mela aayeko jasto bho ni !


Yati prasad le yo maan bharena prabhu! Aaajhai aru lekh ko parkhaima....

 

-daum

Last edited: 10-Mar-10 03:03 AM

 
Posted on 03-10-10 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep Sir,

Namasakr Namasakr Namasakr Namasakr Namasakr..Ajaa ta mero Din bani Halyo ni.....Dherai pachi aaye pani nikkai khatra liyer aaunu bhayoo....Bange ta aafno pheri favorite character paryo ani ek saans ma nai padhi hale....ani yetro din kata haranu bhayo sir...Anayway, i am happy for your return.

 
Posted on 03-10-10 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 


बाङगे को दर्हो फिर्ती सवारी भएछ........... दीप ब्रो अरू पनि जाओस लौ न  ...


 
Posted on 03-10-10 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ktg,


सही अब प्रभोको मन उदार भएकोले देखिएको नी -- नत्र मेरो यो खेस्राको औकात के नै ---


 


अहिले आएर लास्टाँ जोक जस्तो भाको नी -- त्यो बेलाँ पुलबाट धोबीखोला कति तल त्यो पनि हेरेकै हो -- हुर्याईदिने हुन की भनेर कत्रो पीर ---


 


बैरे,


गुर्लाउन पर्ने हो प्रभो, तर यो नै कच्ची भएन नी है? फेरी ठाँटीमा परीएला भनेर नी ---


 


arahat,


प्रभो--ट्वीस्ट कथा सम्मको स्वीटै हो तर पाखुराको ---- ऐयाउ! बटार्दाको दु: छदै -- भाँचेर मर्ला भन्नेको त्रास पो डरलाग्दो


 


Stat,


जाँतोबाट बरु घुन उम्केला तर घान पिसीने नै भो नी प्रभो--


 


त्यो धोबीखोलाको पुलमा बसेर साँझ साँझ तिर चुरोट तान्दाको मजा ब्यापक हुन्थ्यो -- झन पुलाँ हिन्ने कोई कोई झिल्का छर्दै हिन्थे -- मनको समेत चुरोट सल्काईदिएर बिजोग हुन्थ्यो --- उनीहरु नै मन डडाईदिएर हिन्थे फेरी "मन कालो भएको मान्छे" भनेर सराप्ने पनि उनीहरु नै -- भो की?


 


अब राशी आफ्नै जुदाउनु पर्ने थ्यो


 


दौतरी,


 


हो प्रभो, घोर बोर भो नी -- मेरी यसै थिईन उसै थिईन -- बाङ्गेलाई भाको बोर सम्म ठिकै हो --अर्जुनदाईलाई लाग्या बोरको हिसाब मैले समेत चुक्ता गर्नु पर्ने हो कि भन्ने डरको बोरको चिन्ता नी मेरो चै


 


khushii,


हैन त्यो रातो गोलोमा छडके धर्सो तेर्साएर "नो एन्ट्री" भन्या जस्तो -- फेरी लौ भनेर गुर्लाउँदा ---"प्रबेश निषेध" भन्दा भन्दै मुर्दारले गुर्लाको हेर्नु नी त्याँ ---भन्ने होईन नी है? है? है? है?


 


 


~spring~


 


Back with a bang!!!!!!!!! भन्या रे एक चोटी झसंगै भएँ --


 


पहिलो नलेख्या कुरो कसरी देख्या हो भनेर -- त्यो ब्याङ्ग पछी गोटा नोवेक उँधो मुन्टो लाएर घोरीएका धर्का रेछन --एक धर्काको एक दनक को हिसाबले राख्या हो की जस्तो भो --फसमै -- फेरी ब्याक विथ बाङ्गे भन्या होला जस्तो लाग्यो -- तर लेख्या ब्याक विथ ब्याङ्ग नै रे -- ब्याङ्गको अर्थ अनुभवले लाउने भएर सित्तैमा झस्किएछ नी -- कैले काईँ धेरै जान्ने भो भने यस्तो हुन्छ।


 


तर मौसम बशन्तको नलागे पनि यता ~spring~ आईदिएर बाताबरण चै भो।


 


 


jhilke_1,


 


आँच! ब्रोले अन्त १२ बर्ष पछी आएर पनि हो बाङ्गेको बाङ्गै भन्ने भो भन्दै थिएँ कि अन्त होईन रछ नी --


 


धैर्यता नी डोजु नाप्ने भनेको कि -- आम्म्मामा! त्यो धैर्यता भन्ने मापाकी रछन्त -- खर्साङ्गमा के त्यो बडेमानको टावर मुनी दिनभर सोचीबसें कि अन्त धैर्यता दार्जीलिङ्गबाट घुरे पछी के गरी पो नाप्ने भनेर---भोरे छ्यामा, बोजु, सोल्टी अन्त डिजे बारुला सँगै फिरेछ हो -- तोर्पे बारुलाले नापीसकेछन्त -- डोजुले धैर्यता भन्या त्यै सुकेपोखरीको होइन्त? सुब्बाको छोरी? कि को हउ?


 


आँच! निरन्तरता नी दामी हो -- त्यो चै सुबासेको बुईनी होईन्त? आगमनलाई निरन्तरता दिएर चै बुच्चै हुनु भएन नी


 


आम्मामामा! धेरै खोकें हो! 


 


 


serial,


 


लहरे ब्रो उस्को गुडलक भा बेलाँ आफ्नो ब्याडलक भएर बिजोग हुन्थ्यो फेरी कैले काईं---


 


तर त्यो बिजेस्वरीकी को बिहे भो भनेर अस्ति प्रभोले भनेदेखुन मुन केईमा मान्दैन -- अर्को बर्ख जाम्ला नेपाल भन्दै थिएँ -- अब के गै भो


 


daum,


 


प्रभो -- त्यै १२ बर्षे मेला--त्यसलाई पनि तीनले गुन्ने बेला हुन लाई सक्यो---बिजोग होला जस्तो भो -- अहिले सम्मको सबै प्रसाद प्रसाद मात्रै जम्मा गर्या भए नी खान्की पुग्थ्यो होला --


 


तर प्रसादले मन भर्न पनि हुन्न प्रभो, खान्की त्यो पनि अंगालोमा अटाई नअटाईको बन्दोबस्त गर्नु पर्छ -- खबर गरम है प्रभो मलाई पनि ---


 


राछस,


 


हेर पुरानहरुले ज्यादती गरेको -- कस्तो डरलाग्दो हुलिया बयान गरेका हुन्थे---राछस यस्तो त्यस्तो भनेर--- आखिराँ आफैले देखे पछी थाह् भो---यस्तो राम्रो मन भाको मान्छेलाई सित्तैमा---बिस्वामित्र, बशिस्ठ सबै सिद्धिएर मात्रै नत्र हँ?--- कसो?


 


स्वस्ती गरें है प्रभो----


 


popeye,


 


प्रभो अब "के एफ सी" नेपाल तिर नी खुल्यो रे -- त्यो पो पपुलर होला जस्तो भो -- बिचार गर्ने हो की --


 


बाङ्गेको फिर्ती सवारी मैले गराको नी -- साझा तिर आउँदैन -- बज्यालाई यता ल्याउँदै पछार्दै गर्नु पर्छ।


 


**********


फेरी एक चोटी सबैलाई स्वस्ती गरें।


 


 


 
Posted on 03-10-10 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन त अचेल साझामा मैले धेरै समय बिताउन पाएको छैन तर कुनै कुनै बेला नै किन नहोस साझा आएको बेला नेपाली साहित्य प्रति समर्पित मूर्धन्यहरुलाई भेटेको छु। उनीहरुको लेख लम्बरी नोट त्यो पनि डलर र पाउण्ड दर्जाको पाएको छु भने मेरो यो लेखाई भए सुका मोहर औकातको होला। तै पनि साथीहरुले देखाएको सद्भाव प्रति म सधै झै आभारी छु।


हिंजो यता छीरेको बेला यही साझामा खेस्रा गरेको हो यो राशी। साथीहरुलाई जिम्दै छु सम्म भनेको हुँ, साहित्यको भ्रम नपरोस।


स्वस्ती गरें।


 
Posted on 03-10-10 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप प्रभो,
गजब छ । सदा झै प्रभुको कलम सललल बगेको छ । 

प्रभुले साझा को बाटो बिराउन थालेपछि आफू पनि नैरास्य मानेर हिडिएको थियो । धेरै पछि पढ्न पाउँदा न्यानो भयो । 

एउटा कुरा छ्यास्स नि!
बाङ्गे को गाथमा लाइयो, परेको आफूलाई त हैन होला?

फेरि पढ्न पाउने आशामा 

-somewhereondearth

 
Posted on 03-10-10 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बांगेपुराणको साझामा आफ्नै पहिचान छ...............फेरि महात्म्य शुरू भएछ प्रभो ध्यानमा लिन हुन पाइने भो !!!!!

जय बांगे !!!

 
Posted on 03-10-10 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसरी हराउन पाइएन क्या, प्रभो!! यो पाली अलिक अबेर भो आउन, काँ गा रेछन भन्या त त्याँ पुलाँ पो रेछन। अलिक लामै बस्नी गरी आ भे हुनी। पढेर बबाल मजा आयो, हिजै पढि भ्या थेँ तर कोर्न भ्या थेन, अरु पनि पस्किम, पेट नि भरेन, मन अलिकती चाइं भरियो केरे।

 
Posted on 03-10-10 12:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हो हो दाई ठोक्नु पर्छ" मैले पनि थपें।  -

डनहिल सुर्काइ  सकेपछी एस्तो त भन्न नहुनी हो

 
Posted on 03-10-10 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep jyu ramailo katha padhna pae kina murdar bhanne?
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
nrn citizenship
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters