somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 रिक्सा नंम्बर ३३७ ।

[Please view other pages to see the rest of the postings. Total posts: 29]
PAGE:   1 2 NEXT PAGE
[VIEWED 12411 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 02-15-08 12:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अचेल Key Ring बोक्दिन, किन किन त्यसै गाह्यो लागेर आउंछ । त्यसैले आज कोठाबाट निस्केर ताला लगाए अनि चाबी wallet मा राखें ।

मेरी घर धनि कि छोरी एक्लै बाहिर थिंइन। कपालमा तेल लगाउदै । काधंसम्म आउने उनको कपाल मलाई राम्रो लाग्छ। म बिस्तारै हांसे, उनि पनि ।
शायद हामी दुवै जना शिष्टाचार निभाउदै थियौं । कुरा गरेको भए दिन कतिखेर सकिन्थ्यो पत्तो हुदैन थियो। लजाएर हास्नु बाहेक अरु केही बोल्न सकिएन । म दलिन तिर हेर्दै बाहिर निस्के । एक चोटि पछाडि हेर्न मन थियो, सकिन । मेरो पाइन्ट loose थियो, माथि सारे अनि छाता बोकेर हिडे ।

डेराबाट अफिस १० मिनेट को हिडाइमा होला । त्यसैले म रिक्सा चढदिन अफिस जांदा । तर डेराबाट अलिक अगाडि बढेपछि दुइवटा रिक्सा बिस्तारै आउंदै थिए । मैले राम्रै संग हेरे, दुवैलाई । एक जना बुढा, अर्का मेरै उमेरका । रिक्सा चढदा म अलिक जवान मान्छेकोमा चढन रुचाउछु। छिटो त कुदाउंछ । अनि म पनि लोभी मानिस त हुं ।

तर मैले हिजो त्यो रिक्सावाला बुढाको आंखामा धेरै आश देखें, ' चढि दिन्छ कि यो मान्छे' भन्ने भाव ले मलाई रोक्यो। म रिक्शा कटेर हिड्न सकिन । बुढासंग आंखा जुधे । मैले उनलाई हेरि रहें । नेपाल को सानो झण्डा भएको कट्टु लगाएको रहेछ । मेरो पनि एउटा छ जुन म आक्कल झुक्कल बिहान फुटबल खेल्दा लगाउछु ( लाज मानि मानि )। उहि नेपाली हात्तीछाप चप्पल अनि छाति मा Britney Spears बोकेका थिए ति बुढाले । धेरै आश गरेछन, मुख फोरेरै सोधें 'कथई जाबे?' । मलाई हतार पनि थिएन, आवश्यक पनि थिएन, अनि त्यो रिक्शाको मजदुर मेरो रोजाईको पनि थिएन । तर पनि समयको त्यो बिन्दुमा मेरो भावुकताले मेरो स्वार्थलाई सम्पूर्ण रुपमा जीत्यो । मैले केहि सोचिन र सोच्न पनि चाहिन । टेलिफोन अफिस जांउ भन्दै छाता काखीमा च्याप्दै म रिक्सा चढें ।

म चढेपछि उनि रिक्साबाट और्लिए । एउटा हातले ह्ययण्डल र अर्को हातले रिक्साको फ्रेमको रड समातेर ताने । म engineering को विधार्थी , High Starting Torque को कुरो सम्झे । Series Field Winding भएको DC Motor ठिक हुन्छ यस्तो CASE  मा, मेरो ज्ञानले त्यहि भन्यो । तर कहां मेरो अध्ययन कहां यी बुढाको जीवनको वास्तविकता । फेरी सोचें भाषा र प्रस्तुति त फरक हो, बुझाई त एउटै हो । मेरो अध्ययनले भनेको Series DC Motor For High Starting Torque उनको जीवनको अनुभव- 'मालिक' चढेपछि रिक्सा गहौ् हुन्छ, अलिकति तानेर मात्र कुदाउनु पर्छ । हैन र? रिक्सा कुदयो । म उपर खुट्टि लगाएर बसें ।

बाटोमा स्कुल जाने केटा केटी थिए, उनलाई हेरे । त्यो पुरानो बेला सम्झे । मन हर्षित भयो । अफिस जादै गरेका मान्छे थिए, उनलाई हेरे, फेरि आफुलाई। भविष्य वर्तमान हुनलागेको भान भयो । मन कस्तो कस्तो भयो । निलो कुर्ता सलवारमा सजिएकि नारी देखें, सपना सम्झें । सपना मै भुलें । मैले रिक्सा पनि बिर्से, बाटो पनि।।।

'
यहिं पे मालिक?'
अफिस आएछ । बुढाले रिक्सा रोके । अब भाडा दिनु छ, के गरौं के ! भाडा कति दिनु? सोध्न सकिन । मैले आफै जानेर दिनु पर्ने, कस्तो गार्हो (१० रुपैया थियो भाडा)। मैले जति दिनु थियो लेनदेनको नियम नबिगारि दिनु थियो । मैले बिस रुपैयाको नोट दिए(खल्तीमा १० रुपैया हुदा हुंदै)।
उनले "खुल्ला देउ 'मालिक'? भने ।

 

मैले "छैन म संग, भै गयो अहिले राख्नुहोस, अर्को चोटि मिलाउंला" भने
उनले एकछिन भने, अनि सिट भित्र राखेको पोको झिकेर १/२ रुपैयाको नोट गरेर मलाई १० रुपैया फर्काए । मैले गाह्रो मानेर लिए । मन खल्लो खल्लो भयो । ति बुढा त्यही बसे रिक्सा फर्काएर । मैले फर्केर हेरे,

"
बैजनाथपुर गा वि स, रिक्सा नं ३३७ ।"

हिजो अफिसमा उदास मनको साथ काम सकाए । डेरा फर्के, कुन बेला चिया सकियो, कुन बेला निदाए केहि थाहा भएन ।


आफैलाई टटोल्दै छु । All of us are, by born, emotional. हामी सबैमा भावुकता छ । हामी सबैमा स्वार्थ छ । कसैमा थोरै त कसैमा धेरै । किन समय को कुनै कुनै बिन्दुमा मात्र हाम्रो भावुकताले जित्दछ हाम्रो स्वार्थलाई!! म उत्तर खोजी नै रहे।


meaninglessthinkings@somewhereondearth


 
Posted on 02-15-08 12:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेत्तिकै छाढिदिए अतिनै साना तिना हुन सक्छन यि घटनाहरु। तर भाईको ब्रिहत मन, दक्ष्य आँखा र निक्खर शब्दहरुले सुन्दर भव हरु पोखिदिए। उत्तम।
 
Posted on 02-15-08 1:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाई,
यि नै साना साना कुरा, साना साना लोभ, केहि मुस्कान , थोरै रिस अनि धेरै माया । यस्तै यस्तै ले त हामी लाई हामी बनाएको होला नि है ।
अनि दाई,  यि साना तिना घटना का पछाडि बाट मीठो आभास निकाल्न, हजुरकै बाटो हिडेको हुं ।
त्रुटि हरु केलाईदिनु होला ।



 
Posted on 02-15-08 2:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफैलाई टटोल्दै छु । All of us are, by born, emotional. हामी सबैमा भावुकता छ । हामी सबैमा स्वार्थ छ । कसैमा थोरै त कसैमा धेरै । किन समय को कुनै कुनै बिन्दुमा मात्र हाम्रो भावुकताले जित्दछ हाम्रो स्वार्थलाई!! म उत्तर खोजी नै रहे।

Aha.. yo line ati man paryo..Auta riksah chadeko sano kura lai ati ramro sanga emotional banyera lekhnu bhako....Again happy reading,enjoyed !


 
Posted on 02-15-08 7:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Light-2 ji,
मन पराईदिनु भएकोमा धन्यबाद ।

 
Posted on 02-15-08 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामि लेख्यौ सोमे बुरो!
अनि बिहेको कुरा फिक्स भो त?


 
Posted on 02-15-08 8:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितरे बोरो,
धानको भात (धन्यबाद)

कसैले बुझेनन् मेरो बिहेको कुरो लाई ।।

हेहहे , नगर्ने अहिले । मास्टर्स सकेसि मातर ।


 अनि सुष्मा जि को के छ नि??
Last edited: 15-Feb-08 08:45 AM
Last edited: 15-Feb-08 09:31 AM

 
Posted on 02-15-08 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरल बिषयबस्तुलाई आफ्नो मनको भावनाहरुले सजाउनमा सफल हुनुभएको छ। यो प्रस्तुती पनि राम्रो लाग्यो।
Last edited: 15-Feb-08 09:30 AM

 
Posted on 02-15-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सललल बगेको निक्कै भाबुक लेखाइ, रमाइलो लाग्यो पढेर
भनेपछी त्यो टेलिफोन अफिसमा 'सुनिल जी' ईन्टरनेट डिपार्टमेन्टमा अझै छन त?


 
Posted on 02-15-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बजार मा पाइने बिभिन्न थरिका धूप जस्तै जिन्दगीका अनेक रुप भेटिन्छन् वरिपरि । तपाईं आँखाले हेर्नु हुन्छ कि मनले, फरक त्यती हो। मनले देखेको कुरा सुन्दर शब्दहरुमा उतार्दा यस्तो जीवन्त रचना बन्छ।
 
Posted on 02-15-08 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम दाई, हजुरको लेखै ले मलाई भाबूक बनायो। अती उत्तम लेखै । सब्धरूको चएन अती रार्मो। यस्तै लेख हरू पढ्न पाइयोस। कस्तो हुनु हुन्छ तपाईं?
 
Posted on 02-15-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भावुकता छल्किएछ, यहाँ अक्षरमा पोख्नुभएछ।

मलाई चाहिँ "छातिमा ब्रिट्ने स्पेयर्स टाँसेको..." भन्ने र यो हरफ बढि मन पर्यो, लेखाईको कुरा गर्दा-

"बाटोमा स्कुल जाने केटा केटी थिए, उनलाई हेरे । त्यो पुरानो बेला सम्झे । मन हर्षित भयो । अफिस जादै गरेका मान्छे थिए, उनलाई हेरे, फेरि आफुलाई। भविष्य वर्तमान हुनलागेको भान भयो । मन कस्तो कस्तो भयो । निलो कुर्ता सलवारमा सजिएकि नारी देखें, सपना सम्झें । सपना मै भुलें । मैले रिक्सा पनि बिर्से, बाटो पनि।।। "

अब कहिले एड्मिसन लिने होला, कहिले सकिने होला पढाई अनि कहिले बिहे गर्ने होला प्रभु, सामान्य केटिको लागि संघर्ष गर्न थाल्या पनि ४ बर्षे अनुभव होला जस्तो छ!



 
Posted on 02-15-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipika02 जि,
पढिदिनु भएको मा धन्यबाद । म अहिले हजुरका पुराना( मैले नपढेका लेखहरु पढ्दै छु । ) कस्तो लाग्यो भनेर भन्ने छु ।  मन पराईदिनु भएको मा धन्यबाद ।

रिठ्ठे दाई ,
सुनिल जि, अचेल internet होइन CDMA का System engineer हुनुहुन्छ  । कता बाट चिनियो ? ।

rahul दाई,
पढिदिनु भयो , धन्यबाद। दाई हजुरले पहिल्याएको बाटो नै हो हिडेको । केहि सुझाव को आसमा छु ।
अनि मेरो कुरो चाहि अलि फुर्सदमा भन्छु है ।

fewatal भाई,
खोई कहिले आउने झापा?? म पर्खेर बसेको छु । हाम्रा कुराहरु गन्थन हरु छन्। बसेर साट्न पर्छ ।

पढेर कमेन्ट गरिदिनु भएको मा धन्यबाद ।

 
Posted on 02-15-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खै दाई ,
धन्याबाद,
हजुरले नपढेसम्म र कमेन्ट नगरे सम्म मेरा sajha ka सबै postings  अधुरा हुन्छन् । समय को लागि धन्याबाद ।

क्या गार्ने क्या । bihe le dubaula jasto cha.. ehheheh
 
Posted on 02-15-08 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth जि छोटो तर निकै भावष्पर्शि कथा भनौँ या संसमरण कोर्नुभयकोरहेछ,मलाइ कुनै कुनै लाइनमा पुग्दा रोइदिँउकि भन्नेसम्मको भावुकतामा पुर्याउनुभयो ! मलाइ धेरैपल्ट यस्तो परेको छ जहाँ मेरा स्वार्थहरुलाइ मेरा भावुकताले जितेका छन !
एकपटक को घटना म स्मरण गर्न रुचाँउछु यो सन्दर्भमा- म भैरहवा रुपन्देहि कलेजमा बिधार्थि हुँदाबखतको हो- म मामाकोमा बस्थेँ अनि एकबिहान एक्सरसाइज जानेबेलामा बिहान पाँच बजेतिर साजमार्ग छेउमा एउटा सानो बच्चा रोइरहेको देखेँ ! उसको मौन रुवाइ थियो तर मेरो उपस्थितिमा उसले आफ्नो रुवाइ बन्द गर्ने असफल प्रयास गरेको थियो ! उसलाइ काम गर्ने घरायसि मजदुरको रुपमा दाङजिल्लाबाट ल्याइयको रहेछ मामाको छिमेकि नापिको हाकिमकोमा ! उ एउटा थारु बच्चा थियो,हुँदो हो यस्तै नौ बर्षको ! एकहप्ता काम गरेपछि उसको बालसुलभ मनले त्यहाँ बस्न मानेनछ तर जाने कहाँ र कसरि  मलिकको घरबाट राति दुइ बजे निस्कियको बच्चा बिहानसम्म त्यँहि किकर्त्यब्यबिमुढ अवस्थामा रहेछ ! प्रारम्भमा उ त्रसित भयो मलाइ नजिक पायर,सायद उसले म मा आफ्ना मालिकहरुको modified verson देख्यो होला भन्छु म ! फाट्टफुट्ट मान्छेहरु मर्निङ वाक गरिरहेका थिय तर कसैले खासै notice नै गरिहाल्ने बेला भयको थियन !

मेरो दाजुको छोरा उजत्रै थियो ! मलाइ उसको यति माया लाग्थ्यो के भन्ने यार !दाजु भाउजुलाइ kidnap गरेर छोरा सधैभरि आफैसँग राखौँजस्तो लाग्थ्यो !मैले त्यो थारुबालकमा उसैको प्रतिविम्व देखेँ ! दाङको घोराइसम्म पुराइदिये उ घर जानसक्छु भन्यो ! म उसलाइ त्यहिँ छाडेर घरमा फर्केँ,पर्समा तिनसय रुपैया रहेछ ! एउटा पुरानो RX मोटरसाइकल थियो त्य्सैमा पछाडि हालेर म बसपार्क पुगेर बसका चालक र सहायकसँग दुख पोखेँ ! अचम्म त के भयो भने चालक निकै भावुक भयो,मलाइ धन्यवाद दिँदै उसले बच्चाको निशुल्क यात्राको बचन दियो ! बाटोमा खाना खुवाउनेसहितको बचन दियपछि मैले उसका अपरिचित बाबुआमाका नाममा एउटा सामान्यपत्र लेखेँ-कुनैपनि हालतमा आफ्नो बच्चालाइ कसैकोमा बन्धक बनाउन नपठाउन अनुरोध गर्दै ! बच्चालाइ नाम सोधेँ,उ आइतवार जन्मेकोले उसको नाम थारुबाहुनले 'आइते थारु' राखिदियका रहेछन !बस चालककोनाम अझै संझन्छु म 'तुल्सिराम अधिकारि थियो ! म बच्चलाइ हातमा दुइसय रुपैय़ा रखिदियर उसग बिदा भयँ ...कम्सेकम सरकारि स्कुल भयपनि जान अनुरोध गर्दै !

चारदिनपछि बससमितिमा गयर तुल्सिरामलाइ भेटेपछि उसले बच्चलाइ घरमै पुर्याइदियको रहेछ र confirmation को लागि सम्पर्क नंवरपनि लियर आयको रहेछ ! पछि फोन गरेर उ पुगेको निश्चितता गरेँ ! तुल्सिरामले उसको बाबुलाइ बेस्सरि हकारेको रहेछ भेटमा- छोरालाइ स्कुल नपठाय पुलिस लगाइदिने धम्किसमेत दियको थाहा पायपछि उ स्कुल जानेछ भन्ने कुराले मलाइ सार्है खुसि लागेको थियो !
त्यो बच्चासँग फेरि भेट त कहिल्यै भयन तर म त्यो चिसो बिहानि अझै संझन्छु अनि सोँच्छु त्यो 'आइते' अहिले कतिमा पुगेहोला !

नापिकि हाकिम कि बुढि निकै क्रुद्द भइन आफैसँग त्यो बच्चा हरायकोमा कारण उनका किशोर छोराछोरिहरुसबै कलेज जाने भैसकेका थिय ! घरमा भाँडा धस्ने 'आइते' अब थियन ! धेरैदिनसम्म यो कुरा गोप्य रहन सकेन,कताकताबाट कस्ले देखेको रहेछ अन्तिमपटक बिहानिमा म उसँग कुरा गरेको !
पछि अलिअलि केसपनि भयो ! शुरुमा त मामा माइजुलेसमेत शंका गरेर आपत !पछि प्रहरिलेसमेत धन्यवाद दियपछि त्यो आगो निभेको थियो !

भावुकता भन्ने कुरापनि अनौठो हुँदो रहेछ ! कहिलेकाहिँ अरुले थाहा पाय कातर भन्ने तुच्छ बिषयहरुमा मैले मौन आँशु झारेको छु ब्रो ! सबैलाइ कुनै मोडमा यस्तो पक्कै हुन्छ, कारणहरु फरक हुनसक्छन !

निकै मिठो कथा पस्किनुभयकोमा धन्यवाद !


 
Posted on 02-15-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

another masterpiece loved it

thanks for sharing


 
Posted on 02-15-08 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

another masterpiece loved it

thanks for sharing


 
Posted on 02-15-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

satelite जि,
धन्यबाद, कस्तो मार्मिक अनुभव साट्नु भयो । किन हाम्रो यो भावुकता सधै सबै मा रहन पाउँदैन् । किन हामी 'सामाजीक' ओड्ने ओडि हाल्छौ । किन किन ।

मन सबैको कोमल हुन्छ तर के को लेप लाग्छ के को । त्यसै कठोर भएर जाने । के होला के ।

कति खुसि लाग्यो ब्रो को यो मन छुने अनुभव सुनेर । यि यस्ता कुरा हुन्, जसको कुनै मोल हुदैन । खालि what u feel, afterwards भन्ने मात्र । अहिले ब्रो लाई त्यो घट्ना सम्झदा, मन गह्रौं भए पनि मन मा सन्तोक हुन्छ । तर हामी संग दुर्भाग्यवस यस्ता घटना हरु पनि हुन्छन्, जुन बेला मन को नसुन्दा जिवन भरि नै मन पोल्छ । सबैसंग होला जीवनको त्यो तितो बाध्यता ।

thanks for sharing...

 
Posted on 02-15-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunima_sh जि,
धन्यबाद। पढिदिनु भएको र समय निकालेर कमेन्ट गरिदिनु भएकोमा ।

 
Posted on 02-15-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>सुनिल जि, अचेल internet होइन CDMA का System engineer हुनुहुन्छ  । कता बाट चिनियो ? । <<<

सुनिल जी CDMA तिर आजकल ये....

सुनिल जी सँग अनौपचारिक  परिचय भा' थ्यो एकफेर
अनी ९ नम्बरमा बस्ने, हाम्रो प्रदिपदाई इमु दिदी पनि हुनुन्छ त अचेल?



 



PAGE:   1 2 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
Travelling to Nepal - TPS AP- PASSPORT
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
जाडो, बा र म……
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters