world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ^^^ चौतारी ७९ ^^^

[Please view other pages to see the rest of the postings. Total posts: 691]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 242595 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 10-04-07 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७९ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 
 




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 79 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग






कुम्लेको चौतारी बयान
 नेपे दाजीले उहिले खुब कथा लेखेर सुनाउने हाम्लाई, अचेल के भो कुन्नि, अलि अलि आउने गजलपनि ठ्याप्पै भओ घाँठे, तर धन्न जिम्माल बा ले धान्नु भा'छ, यसो उसो गरेर भए नि केहि न केहि त पस्किनुहुन्छ हाम्रा लागी भनेर, तर अचेल खोइ यो गर्मी महिना भएर तुषारो पर्न छडेर हो कि, कविता सुन्न पा'होइन बरु दादा बुरो कत्ता लाग्नु भओ कुन्नि? त्यो साहिंला नि मुग्लान पसो भन्थे उहिले नै चिट्ठी खबर केहि अत्तो पत्तो छैन, काका सअँ भेट हुन्छ कि उस्को, सङ्गै छन् भन्ने सिरेले सुनाओ थियो। तो पनि एउपल्ट आएर सबैलाई बुर्का दिएर गओ मान्छे फेरि फर्केन। जे छन् हाम्रै पून्टे दाई छन्, फुर्सद नभा बेलापनि म:म: को अचार बनाम्न भ्याउछन् तर अरु तिर लेख्न भ्याउने हाम्रा गोताएँ दाईले चौतारी माया मारेको देखेर मन खिन्न छ बा! उहाँ सिको गर्दैछ हाउँरो भउते काजीले पनि त्यो नमे, हाउँरो अभियन्ता, खाली जिउदो छु भन्नलाई आउछ त्यत्ति हो! बरु हाम्रो झिल्केले ट्याम पाउन थालेछ, बेलुका हुँदि आएर दिनभरीको कुरो अर्न भ्याउछ नारन! हैन ती लाहुरे जेठा कत्त लाए अचेल? हाउँरी मास्टर्नी दिदी लाई पो केहि थाहा छ कि? खोइ अचेल त स्कूलको हरिबिजोग भओ जस्तो लाउछ, स्कूलाँ पढ्नेमा अहिले सान्नानीठूलीमात्र छन्, तितौरी नि हराइन्, यी तिनजना त कहिले नि नछुट्टिने हुन हुनलाई त तर के भओ तितौरीलाई, किन चित्त दुखाइन चौतारी सअँ! तो निरेले मास्टर अन्खेरुन् रूइनाले पिएचडी अर्दैछुम् भनेओ पनि जुग भओ कहिले सकिने हो तिनेरुको? पुष्पपुरी, मुन्द्रे, लाले, बेंसीथाने नेपाली, सान्कान्छा, ईश्वर, फुलौरे कत्ता हराए कत्ता! न खबर छ न खोजी निती गर्छन् हाउँरा गाम्लेहरु,  चित्रेले धर्म छोड्या छैन, गुड मोर्न्लिङ, गुड नाइट मात्र भन्नलाई भए नि आउन त आउछ! बरु धने,  डल्ली फुपू हराए! शुभ दिदी नि आउनुहुन्न अचेल! चिप्लेले फोटो सबै राखिसको कि कसो? अचेल राख्दैन नया फोटोहरु, मिस्टे ब्यापारमा लागेओ छ रे! टन्न कमायो होला क्यारे! अनि किन आउथो गाममा? उतै सहराँ महल बनायो भन्थे हाउँरा गाम्लेले! ग्वाँचेको कथाको मुल नि सुको कि के हो? आम्छन् टुलु टुलु हेर्छन् र जान्छन्, साहुले पेलो कि? सन्जु, भट्टे कत्ता छन्? गालेले खुब कथा लेख्थो उहिले अचेल उ नि रिसा छ लुतेले नि लेख्या हो आउरेजीमा, तर हाम्ले पो बुझेनम्! शेर्पिनी, चमेली, रामकिस्ने, नेप्चे, सेरू, यामे, काहिंला, चरिनंग्रे, बबे दाई ले माया मारीहाले! धन्न दीप ज्योले ब्यान ब्यानै स्वास्ती गर्नुहुन्छ र धानेओ छ चौतारी! ईन्द्रेणी,मानेले खोइ के जाने जाने, आउदैनन्, कैले आ'थ्यो अस्तिन, हल्ला गरो अन्खेरुन् कत्ता गओ कत्ता? तो हरितालिकेले बाहना पा'छ अफिसाँ इन्टरनेट छैन भन्ने, हरेक दिन आउँछ र त्यहि भन्छ, उस्ले रिकुटेलाई नि जितो गफ हाँक्न, जग्गेले एमेसी गरो भनेर कत्रो हल्ला चौतारीमा! सब खुसी भा थे, खोइ नाक मुख देखाएन त्यसपछि, ती मरन्च्याँसे, राते, किन्जेले त मया मारेकै हो! निसब्रोले बबाल खोक्स दिन्थ्यो, उ पनि प्रशान्त सङ्गै कन्सर्टमा बाउन्सर बन्नु गयो कि? ज्योत्स्ना खोइ? राहुलदाइले रि-सोच गरेरै दिन बिताउने भए! तिनको सबिता र भिबेको कविता नसुन्या नि धेरै भयो, सुनिमा डाँउडर्नी नानीले प्रसान्तेलाई जिताउन लागिपरेको खबर त आ'थ्यो, त्यसपछि कत्ता हराइन? नेप्ची भाउजुले चटक्कै बिर्सिनु भयो, हाई नानु दाई हराको त पल्लो गाममा नि निकै हल्ला चलेको थियो, उहाँ सङ्गै दिले, हरिश, चने, भेडे, निले, चिन्डे,  पांडेओअनि हराए! बरु सुरुमा फ्यान्टे भनेको त हाम्री उफ्री नानी रैछिन्, अचेल तिनले रमाइलो गर्छिन्, त्यो नेप्लेपनि बोर्डिङ स्कूलाँ मस्त भओ, फेरि थाप्ले, रेस्सम, रामचन्द्रे  ज्वाइ, फरे, इरे, गुन्द्रुके, खैरेको कुरो गरो कुरै कै दुख, न नमस्ते भन्छन्, न बाँचेओ मरेओ खबर केहि आउँछ।  मुन्नी आउथिन्, भेना सङ्ग मात्रै बोलेर जान्थिन्, तिनीपनि हराइन अचेल, हैन भुन्टेदाइ कत्ता गएछन्? हाउँरी दुर्गे भाउजुले गीत गाओ सार्है राम्रो! कत्ति मिठो स्वर रैछ भने! चना दाई साह्रै भाग्यमानी! यो बिरालेपनि मुसाको दुलो भित्र छिरो कि के हो? धन्न एउटा मदनवा छ, उसैले नाक राखेओ छ, लरकि पाएपछि उ पनि हराउने हो कि? धनियाले खुब माया गर्ने हाम्रो हरितालिकेलाई! दानेपनि एक दुई दिन को पाहुना रहेछ, बरु सब्बुले सोबर केटा नभेटेर हैरान भयो। कोहि नि सोब्बर छैनन् भनेर रिसाकी थिन्, त्यसपछि अत्तोपत्तो छैन,  रिठ्ठेको चाँहि तारिफ गर्नैपर्छ, उस्ले निकै रमाइलो पारेको छ चौतारीलाई, घरी घरी न्याउरो अनुहार लाउछ पछि खोइ किन हो, खुसीले फुरुक्क हुन्छ, उस्को कुरा बुझ्न नि गार्है छ, अन्तरेदाईको त झन के कुरा गराई भयो र, सबैलाई चिन्छन्, उनलाई चिन्न आँफुलाई गाह्रो भयो, साँची पर्वते कता गएछ? सुन्तलेको गाना चाँहि खास्साको हो!आकासि मैंयाँ को के कुरा गर्नु? लौ लौ माकुरेले पनि चटक्कै बिर्सेछ!
 
 
 
Posted on 10-05-07 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>उफ्रि खोइ आज ... ?<<<
 

 
Posted on 10-05-07 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन कती छक्क परेको हौ सुन्तले? छक्क पर्नु !

 
Posted on 10-05-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सुन्तले यो गीत गाउने ओरिजिनल् गायक को होला?
ठुल्दाईको प्रश्न, उत्तर दिनेलाई म:म: को निम्तो।

 
Posted on 10-05-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kun git dai

lu barbaad, meeting raichha, guruba sanga

bye bye.


 
Posted on 10-05-07 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


याsssहु...... यस्पाली त लङ वीकेन्ड पो हो त है, कस्तो बिर्सिरा छ्या

 
Posted on 10-05-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुमार बस्नेतको लोकगितहरु तत्कालिन हाम्रो गाउँ ठाउँमा घच्चिको र रमाइलो सुनिन्थ्यो, ता पनि कतिपय वाक्यहरु एक किसिमले हेर्दा कसै कसैलाई आपत्तिजनक र नारी-पुरुषमा भेदभावपूर्ण नि लाग्छ भन्छन्!

जस्तै यो माथि सुन्तलेले गाएको गित-

धनकुटा हिले दिलचित्त मिले

ए माया जाउँ हिँड पाख्रिबास

दुइदिने चोला जे जे हुन्छ होला

ए माया तिम्रो नै लाग्छ आश

भन्ने गितमा नि बिच बिचमा यस्तै हरफहरु छन्!

यहि गितको मध्यमा कतै यस्तो छ-

....

माइतघर बसि छोरो पाउने भैछौ

ए माया नलाउनु मलाई दोश  ....रे अब भयो??


 
Posted on 10-05-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिट्ठे के को लङ्ग विकेन्ड हो यो पालि???
 
Posted on 10-05-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो गित कुमार बस्नेत र उषाकिरण अधिकारी हो ठुल्दाई???
 
Posted on 10-05-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजकलको जोवान हेर्दा
आजकलको जोवान हेर्दा

सुन्तली मै कस्तो पो होला घरबार
मार्यो नि मायाले मार्यो।"


यो गीत भनेको।
सिन्धुलगढी घुमेर हेर्दा................

 
Posted on 10-05-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त लालबहादुर खाती हैन र?

बिचरा उपचार नपाएर बितेर गए!!


 
Posted on 10-05-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे "देवानन्द"को कुरो फेरि अर्कै नि।
भारतको देवानन्द हिड्दा त फुतु फुतु केटिहरु कौसिबाट हाम्फल्ने भनेको त सुन्या हुँ मैले पनि। तर हाम्रो बिर्खे जि हिड्दा चाहि त्यो भुइँचालोमा पनि कालो ढाडे बिरालोहरु फुतुफुतु झ्यालबाट हाम्फाल्थे र जिमाल बाको हनुमान कट्टुको ठुलो ठुलो खल्तिमा पुग्थे।
टोलभरिका बिरालाहरु येसरि पालै पालो डाइव दिएर हाम्फाल्दा लु के रैछ कारण भनेर एक दिन "देवानन्द" इस्टाइलका बिर्खे जि को खल्तिमा हेरेको त। ए आम्मै उनि त मुसाहरु बोकेर हिड्दा रैछन है तरुनिको अघि फाल्ने र केटिहरु आतिएर रुँदै भागेको हेरेर " कस्टो दर्याको?" भन्दै टाउको हल्लाउदै हास्ने।
 
Posted on 10-05-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'कृष्ण बिक्रम थापा' हो ठुल्दाइ?
 
Posted on 10-05-07 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए रिट्ठे के को लङ्ग विकेन्ड हो यो पालि???- Canada ma hola yaar. Yaha hoina.
 
Posted on 10-05-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'कृष्ण बिक्रम थापा' हो ठुल्दाइ?
हो भाइ हो।
बिचरा यस्तो पपुलर गाना गाएर पनि माग्दै हिड्छ, सिन्धुली बजार तिर्। जाँडले न राम्रो संग बिगार्‍यो। हरिबिजोग छ तिअन्को जिन्तखी पनि।

 
Posted on 10-05-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कोलम्बस डे रे नि त सोमबार
उफ्री बल्ल सवारि भएछ, नमस्ते है ! अनी हामी सञ्चै?

 
Posted on 10-05-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हरु,

लु आज पक्का कुरो गर्नु पर्यो। मेरो नाम बिना क-कसको खाना पच्दैन यो चौतारीमा।

आफु येहा जोन इब्राहिमको कस्तो राम्रो सपना देखिराको बेला पनि "उफ्रि" "उफ्रि" भन्याछन्।

गित गाँउदै साइड दिदैथ्यो जोन ले। बिचैमा ब्युँझनु पर्यो गाठे।

होइन, मैले कसको रिन खाइद्याछु भन्या नि?


 
Posted on 10-05-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे केन्डाडा मा हो कि भन्छु र।

जिम्माल बा उता क्रेजि को गाममा हजुर लाई मैले बिर्खे जि भनेर सम्बोधन् गर्या छ है "जिम्माल बा" भन्दा क्रेजिले था पाउली बुढा मान्छे पो रेछ भनेर।


 
Posted on 10-05-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaagyamani bhayes riTThe,

timeelaai sanchai cha ba?


 
Posted on 10-05-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sannani , how r u?

ko crazy ni feri?


 
Posted on 10-05-07 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो लोक गीतले सम्झायो -- हाम्रो टोलाँ चै दिउँसै सिबदाईहरु पर्खालाँ ट्वाँट लार चुरोटको ध्वाँ उडाउँदै कोई ठीटी हिन्यो कि --

पानी त खाने खोलाको ---पानी त खाने
फुस्केला तुना चोलाको ---- फुस्केला तुना --

भन्दै झुल्थे ---हामी भुरा पनि तेसैमा भुल्थिम -- कसै कसैले चै सराप्थे अनि त बाताबरण अरु जिवन्त हुन्थ्यो --

सबनम त गै गै अब उफ्री पनि यसरी अनिमियत भएसी हाम्ले के गर्ने?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters