[Show all top banners]

newuser
Replies to this thread:

More by newuser
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 Chabi haraeko raat - Sajha Basibiyanlo

[Please view other pages to see the rest of the postings. Total posts: 74]
PAGE: <<  1 2 3 4  
[VIEWED 26430 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 04-26-05 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाबी हराएको रात
न्यूयुजर

अनिमेष ? मेरो मामाको छोरा । म भन्दा एक वर्ष कान्छो छ । गएको फागुनमा चौविस लाग्यो । नेपाल छँदा हामी निकै मिल्ने साथी थियौं, तर उसले मलाई दाई नै भन्छ। औधि विश्वास गर्छ , केहि लुकाउँदैन । दुई वर्ष भन्दा केहि अघि लगभग एकै बेला म अमेरिका आएँ, उ युरोपतिर गयो । लंडनमा छ, एउटा कलेजमा भर्ना भएको छ । दुई दिन कलेज जानुपर्छ, अर्को चार दिन काममा र वाँकि एक दिन हप्ताभरिको थकान मेट्ने, सरसफाई, भेटघाट, मनोरंजन इत्यादिको अवसर हो उसका लागि । '?दाई अहिलेलाई भिसा बढाउने मेसो मात्र हो तर पैसा जम्मा गरिरहेको छु , चाँडैनै युनि भर्ना हुन्छु ।' उसले मलाई टेलिफोनमा
दोहो-याइरहन्छ । वास्तवमा उसले मलाई नियमित रुपमा फोन गरिरहन्छ । 'तपाईंका लागि महिनाको पाँच पाउण्ड मात्र हो' ,मैले धेरै फोन गर्नुपर्दैन भन्दा उसले यहि जवाफ दिने गर्छ ।

पोहोर साल मौका संजोगले म लंडन गएको थिएँ । दुई दिन उसकहाँ नै बसें। उ एउटा अंग्रेजको फ्ल्याटमा विदेशीहरु संग बस्ने गर्छ । 'नेपालीहरुसंग किन नवसेको?' 'खै दाई, भने जस्तो साथीहरु पनि भेटिएन, अनि मलाई त यहिं आनन्द छ। फेरी नेपालीहरु सित बस्दा कानेखुशी सुन्नुपर्छ, पकाउने र सरसफाई गर्ने बेलामा किचकिच हुन्छ, वरु यहाँ नै हाइसन्चो छ।' उसले एकै शासमा वेलिविस्तार लगायो ।

म उसकोमा जाँदा उसले आफ्ना flat mate हरुसंग परिचय गरा?एको थियो । उसको कोठाको तल्लो तल्लामा एकजना ब्रिटिश केटा र उसकी अस्ट्रेलियन गर्लफ्रेण्ड वस्छन्। किचन, वाथरुम सवै तलै छन्। माथीको एउटा ठ्रलो कोठामा जमैकाकी एकजना अधवैंशे आइमाई वस्छिन्, बीचमा एउटा तरुनी केटीको कोठा छ र पल्लो छेउमा अनिमेषको चिटिक्कको सिंगल रुम छ । एकजनालाई हालिमुहाली, दुई जनालाई चाहिं अलि गाह्रो साह्रो । 'घरबेटिले सवै कोठामा चाहिने सरसामान जोडिदिएकाले हाम्रो फ्ल्याटमा लाउन्ज छैन दाई,' उसले मलाई सम्झाएको थियो ।

तलका जोडीहरु क्रिश र रविन खुबै रसिक थिए। जतिवेला पनि संगै हिंड्छन, किचनमा पनि थुतुनो जोडिरहन्छन अनि लाजै नमानी गंजी र कट्टु मात्र लगाएर भित्र वाहिर गरिदिन्छन्। मैले उसैबाट थाह पाएको कुरा हो यो । माथीकी अधवैंशे आइमाई पनि जाति नै छिन्। सवभन्दा बढि सरसफाई उनै गर्छिन्। क्रिशमश, नयाँ वर्षमा सबैका निम्ति उन्लेनै खाना पकाएकी थिइन् रे। एक्लै बसेपनि प्राय आइतवार एकजना क्यारेवियन समवयी आइरहन्छ उनको थलोमा र हप्तामा एक रात उनिहरु संगै विताइदिने गर्छन्। उनको नाम जेनिफर हो तर सवैले छोटकरीमा जेनि भनेर वोलाउने गर्छन्। घरबेटिले त झन बढो मायालु पारामा 'जेइनी' भनेर उनको नाम लिन्छन् रे, यो पनि अनिमेषले नै भनेको मलाई ।


 
Posted on 06-04-05 2:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रतिकृयाका लागि माथीका साथीहरुलाई मुरी मुरी धन्यवाद, चुपचाप पढ्नेलाई नी साधुवाद। तर कुरो यहाँ अलि मोडिएछ है। कुरो र कुलो जता लग्यो त्यतै जान्छ होइन त ? अव कथाका वारेमा आफ्नै दुई चार कुरा राखौं जस्तो लाग्यो।

पहिलो कुरो यो केवल एउटा 'कथा' हो।'सेट' मात्र यथार्थ हो 'प्लट' चैं काल्पनिक हो ।

खासमा कथामा नेपाली चेलीहरुका वारेमा कुनै नकारात्मक कुरा उल्लेख भएको छैन।बरु उनिहरु प्रति अगाध विश्वास प्रकट भएको छ। foreign land मा वस्नेहरुको कुरा चैं Hancy Guyजीले निकाल्नुभयो दादागिरीजीले घुमाउरो जवाफ दिनुभयो तर म भन्छु त्यसमा supply and demand को असमानता प्रमूख कारण हुनसक्छ। जहाँसम्म जुठो र चोखो भन्ने कुरा छ त्यो कथाको एक पात्रले अर्को पात्रको विगतलाई देखेको हिसाबले आएको हो। फेरी त्यसमा पनि नेपाली परिप्रेक्षलाई किंचित जोडिएको छैन। जेहोस ठट्यौली चाहिं असान्दर्भिक नहोला भन्न सकिन्न।

त्यसैले साझावासी दिदीवहिनी, महिला मित्रहरुले चित्त नदुखाउनुहोला :)

जतिसुकै फुर्तिफार्ती भे'नी अधिकांश नेपाली युवाहरु यौनको मामिलामा सम्वेदनशील छन, जिम्मेवारी वोध छ, मौकाको फाइदा उठाइहाल्न सक्दैनन तर संगसंगै उनिहरुमा व्यापक यौन कुण्ठा पनि विद्यमान छ जसको भरपर्दो उपचारका रुपमा विवाह नै रोजिन्छ भन्ने मेरो वुझाइ हो जुन कुरालाइ माथीका एकाध टिप्पणीले नी पुष्टि गरेको पाइयो।

अव एकैछिन एउटा वहश गर्ने कि: तपाईंहरु अनिमेष भैदेको भा के गर्नुहुन्थ्यो ?
अनि साझाका चेलीहरुलाई अनिमेषको भूमिका कस्तो लाग्यो ?

लौ त अहिलेलाई तारेमाम ।
 
Posted on 11-04-05 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाबी हराएको रात - भाग दुई

''हेलो दाई म भोली नेपाल जाँदै छु नि!'' महिनौंपछि एक्कासी अनिमेषको फोन आयो।

''ओहो अनिमेष,किन हराएको यतिका दिनसम्म?''

''साह्रै विजी भएँ नि त। फेरी घर जाने तयारी पनि गर्दैथिएँ।''

''अँ घर जान पनि महिनौंदेखि तयारी गर्नुपर्ने तिमीलाई। बरु दाईसंग रिस उठेको थियो भनन।'' मैले निहुँ खोज्ने प्रयाश गरें। ''साँचै मंसिर पारेरै घर जान आटेको?''

''हो त बिर्सनुभयो ? मैले पहिलेनै भनेको थिएँनि यो मंसिरमा गएर डाङडुङ झ्याईं पार्नी हो भनेर''

''ए त्यसो पो ? हो त नि! चाबी हराएको रातपछि गरेको निर्णय होइन त त्यो?''

''हाहाहा दाई पनि'' मेरो घुमाउरो कुराले शायद भुतुक्क हुँदै अनिमेष एकछिन खित्का छोडेर हाँस्यो।

''सबै ठिक्क भैसक्यो क्याहो घरमा?''

''लगभग। खाली कोसंग भन्ने कुरा मात्रै बाँकि छ। त्यो पनि नेपाल जाने वित्तिकै टुंगो लाग्छ। घरमा प्रस्ताव आएका दुईचार जना हुने खालका छन् रे, मैले गएर जो मन पर्छ उसैलाई रोज्ने रे।''

''अनि कोही पनि मन परेन भने के गर्छौ। तिमलाई उसले मन पराइन भनेनी ?''

''हुया दाई पनि। एउटा न एउटा त मन परिहाल्छ नि। दुनियाको मिल्छ भने मेरो किन नमिल्ला र हौ?''

''ल ल बधाई छ लगनगाँठो वाँध्न लागेकोमा।''

''साँच्ची मेरो विहेमा दाई नआउने?''

उसको विहेमा जाने इच्छा नहुँदोहो मलाई? सानै देखि मिल्ने साथी, उमेर पनि एकैएकै अनि त्यसमाथी आफ्नो मामाको एक्लो छोरो। अझ आफ्नो पनि बेलाबेलाँ बाजा बजाउने रहरले मन भरिएर आउँछ। तर के गर्नु? टेबल अगाडि असरल्ल छरिएका किताप कापी र फाइलहरु,एक तिहाइ पनि लेखेर नसिद्दिएको सोधपत्र, ओभरड्राफ्ट लिएर माइनस भएको ब्याङ्क स्टेटमेन्ट, जता हे-यो त्यतै हरिविजोग देखेपछि सारा जोश र उमंगहरु पसिना बनेर चिटचिट बगिदिन्छन।

''खै के भनौं तिमीलाई। आफ्नो त यहाँ विजोग छ हेर बाह्र सत्ताइस टन्टाले। हरिकेन केट्रिनाले बगाइदेको भा बरु आनन्दै हुन्थ्यो यार।'' अनिमेषलाई आफ्नो विवशता खुलश्त पारिदिएँ मैले।

''ल त दाई मैले त एकपल्ट गर्नैपर्ने काम हो आँटेपछि जे होगा मकैको घोगा। अब हजुरलाई सँधै एक्लै बस्न रमाइलो लाग्छ भने ठिकै छ।केटी पक्का भएपछि, विहे छिनेपछि नेपालबाट फोन गर्छु है।'' अनिमेषले एकै शासमा कुरा सिध्याएर झ्याप्प फोन राखिदियो। मैले ट्वाल्ल परेर भित्तामा टाँसिराखेको जेनिफर लोपेजको तश्विर हेरिरहें।

क्रमश:
 
Posted on 11-04-05 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey,

yo katha ta malai lekhya jasto po chha. Kasle mero baare ma thaha paaye chha huh?
ali ali kam ali ali badhi tara almost like what happened to me.
Mr. newuser, where are you from?
 
Posted on 11-04-05 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Gajab lagyo... London ra New Orleans, daju-bhai ko kura... Ma pani london tira basta testai thiyo... ek jodi chinese, ek jodi nepali, euti nigerian... tyo keti ko katha ustai ustai... pharak afno chai ke bhane.. nepal phone garnu naparne bha'thyo... sangai thiin ke uni...

ani khera uk chhodera usa pani aaiyo sangai... lucky bhaiyecahh kyara newuser ji... rinai lagera bhaye pani sangai basna paiyo.. rin ta testai ho sodhpatra bujhaye pachhi kam garera tiraunla bhanne aant chain chha. baru buda budhi bha'ka bau amalai nabheteko chain 6 barsha bho... kahile paisa pugena bolauna.
 
Posted on 11-04-05 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nicely written. Nepalipan Jhalkaune khalko. Worth of publication !
 
Posted on 11-04-05 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"यहाँ फेरी चाबी हराएछ। मँसिर आएछ। उमेर पुगेछ। रहर लाग्न थालेछ। सोचाईहरु घुम्न थालेछन्। एक्लोपनले पिरोलेछ। कसैको माया पाउन मन आतुर भएछ। यौनकुण्ठा सल्बलाउन थालेछन्। ओछ्यान् चिसो लाग्न थालेछ। रात्रीहरु कल्पनामै बित्न थालेछन्। हुनसम्म भएछ। घाँटीघाँटी पुगेछ। अब पोखिन मात्र बाँकी छ।"


न्युयुजरजी, नमस्कार आफ्टर अ लङ ग्याप। के हुँदैछ हो? "अनिमेष?" नेपाल जान नै लागको हो र? हो भने, न्युयुजरलाई मेरो अग्रिम शुभकामना, भावी जीवनको लागि।
---
ओके
 
Posted on 11-04-05 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गरेँ....:)
 
Posted on 11-04-05 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


डुब्?लिकेट चाबि बनो कि बनेन त?


 
Posted on 11-04-05 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिलै भए पनि हाजिर गरे । नीकै बासि कथा पढे पनि सारै रमाइलो छ, डिप फ्रिजमा राखे जस्तो ।
मिल्ने भए अनिमेषलाइ एक्सट्रा ल्याउनि भनम न केटि पनि । एउटा चाइयो के, यता पाइदैन ।मेड इन नेपाल केटि, उतैबाट इम्पोर्ट नगरि हुदै भएन ।
 
Posted on 11-04-05 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिर गर्न शुरु गरें है मैले पनि यो धागोमा नव-प्रयोगीजी। कथा पढ्न थालेको छु।
 
Posted on 11-05-05 8:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-05-05 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मैले पनि शुरु गरेँ कथा पढ्न
"थुक्क पाजी, यतिका दिनसम्म बेचैनीका साथ पर्खेपछि आएको मौका त्यसै खेर फालिस हैन। अर्को मनले भन्यो - भोक लाग्यो भन्दैमा अरुले जुठो पारेको, दश ठाउँमा कोपरेको फल खानुहुन्छ त? यतिका वर्ष त भोकै वसें अव यस्ता दर्जनौले जुठ्याएको फल खानुभन्दा अलिखेर भोकै बसेको राम्रो नी। ह्या आज त मैले हिम्मत गरेको भा'नी हुने। हैन जे भयो ठिकै भयो भो"
न्यु युजर,
तर अनिमेशले देखेको सपना, सपना नभएर साँच्चिकै त हैन ?

मेरो पनि एकचोटि त ठ्याक्कै त्यहि बिचार भाथ्यो।।
तर केटि चैँ खैरि थि
मेरो मनको कुरा त लेख्या हैन है, डर त तेस्को boyfriend को हैन, आफ्नै मनको भयो।
हा हा


लु लु अरु पनि जाओस्

 
Posted on 11-06-05 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै साथीहरूलाई जदौ।

आकेजी नेपाल जानी अनिमेष, न्युयुजरलाई के को शुभकामना नी ? खैर धन्यवाद तपैंको शुभकामना लागोस र न्युयुजरको पनि भलो होस ढिलो चाँडो ;)
दुखको कुरो छनकछन्द केहि दख्दिन म त।

कथा अघि बढ्छ अवश्य, अनिमेषको फोन आएपछि। वज्जियाले बेहुली पाएर दाईलाई भूलेजस्तो छ;)
 
Posted on 08-21-06 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How did I miss this thread before??

Really nice!!

Newuser, Did you get call from your cousin yet??
 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
whats wrong living with your parents ?
TPS EAD auto extended to June 2025 or just TPS?
Now Trump is a convicted criminal .
Does the 180 day auto extension apply for TPS?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters