[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -चौतारी ७७-

[Please view other pages to see the rest of the postings. Total posts: 615]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 152746 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 09-22-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 






नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत


--चौतारी - भाग ७७ --






चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।







Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 77 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँदाइकोब्लग





लाखौं दर्शकहरूको माया पाउदै बहुचर्चित साङितिक् कार्यक्रम "इन्डियन आइडल" को फाईनलमा पुग्न सफल सुमधुर स्वरका धनी प्रशान्त तामाङ्लाई बिजयको लागि हामी सबै को
शुभ-कामना




 
Posted on 09-24-07 7:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रउसी विथ भउते launa yo bhaute daa ko buddi ke bhaako. रउसी विथ भउते re bho ta aba
 
Posted on 09-24-07 7:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदरणिय स्रोता महानुभावहरु नमस्ते! आज हामी धेरै दिनपछि कफि विद कुम्लेको एउटा भाग लिएर आएका छौँ। यहाँहरुको मागलाई ध्यानमा राख्दै हामीले त्यस्ता चौतारी सदस्यहरुलाई निम्ता गरेका छौँ जस्ले केहि समय यता निकै ठुलो काम गरेर हामीहरुलाई गौरवान्वित पार्नुभएको छ। हजुर! जब जब हामी उहाँहरुले दिनुभएको योगदानको कुरा गर्छौँ हाम्रो छाती गर्वले फुल्ने गर्दछ। उहाँहरुको योगदान यस साझा गाउँमा मात्र सिमित रहेन बिदेशमापनि उहाँहरु प्रख्यात हुनुभयो। हजुर! दिल थामेर बस्नुहोस! आज हामीले निम्त्याएका पाहुना सङ भएका कफि गफको सम्पुर्ण अंश यहाँहरुलाई पस्किने छौँ यो सानो कमर्सियल ब्रेक पछि।



*******************************************************************

तितौरी: हजुर्बा हजुर्बा! म पुस्टकारी खाने नि! :D
जिम्माल बा: क्यार्न खान परो गुलियो पुस्टआरी? चाइन्जो सानै उमेराँ तिउँरा दात किराले खान्छन्।
तितौरी: राहुल दा राहुल दा हम्लाई पुस्टकारी नि नदिने रे हजुर्बाले दात किराले खान्छ भनेर :'O
राहुलदाई: ब्राइटरले दाँत माझौँ पुस्टकारी खाँदै खित खित :D हाँसौँ, तारेमाम्।


**********************************************************************


 
Posted on 09-24-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले, लौ छिटो गर्नुपरो... धेरै कुर्न सकिएला जस्तो छैन!

सान्नानी र ठुल्नानी, के छ हालखबर... लु यता बसुम एकछिनाँ कुम्लेले कफि लेर आउछ रे!!
 
Posted on 09-24-07 7:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL kumle atti hasauchhau. chhito garana ali, chhoto break raakha ke.
 
Posted on 09-24-07 7:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Taaremaam gaamle haru
I got InTERNET EXplorer problem. lau kehi upaaya chha ki? kunai site kholyo ki error bhanera jhyappa banda hunchha.
 
Posted on 09-24-07 8:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आदर्णिय स्रोता महानुभावहरु, स्वागत छ यो सानो कमर्सियल ब्रेक पछि। यहाँहरुलाई मैले अघि भने अनुसार आज हाम्रो अगाडी हामीले दुईजना चौतारीका सदस्यहरुलाई कफी विद कुम्लेमा निमन्त्रणा गरेका छौ। वहाँहरु को को हुनुहुन्छ भन्नु भन्दा पहिले यहाँहरुलाई एउटा कुरा निवेदन गर्न चाहन्छु।

बिगत ४-५ महिना देखि हामीहरु सबैजना एउटा कुरामा निकै युनाइटेड थियौँ र त्यो हो इन्डियन आइडलमा प्रशान्त तामाङलाई जिताउन। यहाँहरुले देखिहाल्नु भयो प्रशान्त तामाङले हिजो कत्ति धेरै भोट प्राप्त गरेर इन्डियन आइडल जिते। प्रशान्तलाई जिताउन धेरै जनाले आ-आफ्नो तर्फबाट निकै सहयोग गरे। धेरैजना चौतारीबासीहरुले पैसा चन्दा दिएर अप्रत्यक्ष रुपमा भोट हालेर सहयोग गर्नुभयो। तर आज हामी त्यस्ता दुईजना चौतारी सदस्यहरुलाई यहाँ कफि पिउन निम्ताएका छौँ जस्ले प्रशान्त तामाङलाई जिताउन निकै मेहेनत गर्नुभयो। उहाँहरुको योगदान सगरमाथा भन्दा अग्लो र हिमालय रेन्ज भन्दा चौडा रहेको कुरा यहाँहरुलाई मैले भनिरहन पर्दैन।

हजुर! स्वागत गरौँ चौतारीका सदस्यहरु श्री चना तरकारी (चना ब्रो) र श्री झिल्के कुमार जी (Amazing) लाई।



संवाददाता: सर्वप्रथम त यहाँहरुलाई स्वागत छ यो कफि विद कुम्लेमा! मेरो पहिलो प्रश्न छ हाम्रो चना ब्रोलाई, चना ब्रो कस्तो महसुस भइरहेको छ आज प्रशान्तले इन्डियन आइडल जित्दा?

चना ब्रो: ओ कुम्ले पाट कत्ता उता झिल्के तिर हेरेर चना ब्रो भनिराको?

संवाददाता: ओह! माफ गर्नुहोला चना ब्रो! स्रोताबिन्द यहाँहरुलाई भनिहालुम्, दुबैजना अबिरले रात्तै भएर आउनुभएको छ त्यहि भएर को चना ब्रो हो र को झिल्के हो थाहा पाउन गार्हो परिरहेको छ मलाई। ल चना ब्रो! भन्नुस् न त कस्तो अनुभव भा छ?

चना ब्रो: एकदम खुसी लागेको छ कुम्ले ब्रो! आजको जित भनेको नेपालीहरुको जित हो। जस्ले आफ्नो भाषालाई माया गर्दछ तिनीहरुको जीत हो। एउटा सरल ब्यक्तित्व को जीत हो, एउटा साँच्चो सिपाहीको जीत हो!

संवाददाता: निकै राम्रो कुरा भन्नु भयो चना ब्रो! अब म एकछिन यहि प्रश्न हाम्रो झिल्केलाई सोध्न चाहन्छु। त झिल्के पाट! कस्तो अनुभव भइरहेको छ आज?

झिल्के: (केहि नबोली प्रशान्तको फोटो भएका प्लेकार्डहरु एउटा एउटा गर्दै संवाददातालाई देखाउछन्)

संवाददाता: अँ! मैले कुरो बुझिन झिल्के ब्रो! किन यो केहि नबोली प्रशान्तको फोटो मात्र देखाको?

चना ब्रो: ल कुम्ले ब्रोले थाहा नै पाएन कि के हो? झिल्के ब्रो को एउटै मन्त्र छ अचेल, "प्रशान्त तामाङ- अन्ली पिक्चर्स नो कमेन्ट्स", अर्को थ्रेड हेर्यो होला नि कुम्ले ब्रो ले! त्यो बिचमा स्विट्जरल्यान्डको पनि पिक देखिएको चाँहि अलि कन्फ्युज भएर हो, अर्को ठाउँमा त्यत्ता तिरको पिक नि राख्दै थियो आज हत्तारमा उत्त तिरको नि ल्याएछ!

संवाददाता: ए! हो त नी! निकै राम्रा राम्रा चित्रहरु टाँस्नु भएको थियो झिल्के ब्रो ले। तर अब प्रशान्तले जितिसकेको हुदा केहि बोल्ने हो कि?

झिल्के: यदा यदा हि धर्मस्व ग्लानिर भवती भारत...

संवाददाता: लौ यो गीताको स्लोक किन नि?

चना ब्रो: लौ! उस्को "गीता: वान स्लोक अ डे" भन्ने थ्रेड हेरेन? आज धेरै दिन पछि बोल्न लागेको भएर स्लोक बाट सुरु गर्या हो।

संवाददाता: ए ल ल! राम्रो राम्रो! ल अब मेरो प्रश्न को उत्तर दिने हो कि?

झिल्के: सर्वप्रथम त म सबैलाई धन्यवाद दिन चाहन्छु मैले राखेका पिकहरु हेरिदिनु भएकोमा। कुम्ले ब्रो कफि दामी छ!

संवाददाता: अब यहाँहरुले त उता बिदेशी गाउँतिर नि निकै बबाल गर्नु भएको थियो भन्ने हल्ला छ नि। कस्तो रह्यो?

चना ब्रो: दामी भयो ब्रो! दामी! यस्तो थर्काइयो तिनीहरुलाई! के भन्ने!

झिल्के: हा हा हा! कुम्ले पाट त्यहाँ त निक्कै हल्लाइयो नि। म नि चार पाँच वटा आइडीमा जानी चना ब्रो पनि अनि एक दुइजना हाम्रो साथीहरुपनि गएको! सब newbie हरु मात्रै के प्रशान्त बक अप गर्ने! ब्लाक बेल्ट हरु त सब Amit तिर! तर बल्ल बल्ल हामीले सबलाई थर्काको नि।

संवाददाता: हा हा हा! निकै राम्रो क्याम्पेन गर्नु भयो यहाँहरुले। आज सबैजना यस्तो खुसी छन्! यहाँहरु कोहि बिशेषलाई धन्यवाद दिन चाहनुहुन्छ?

चना ब्रो: म मेरी श्रीमतिलाई धन्यवाद दिन चाहन्छु। हरेक बिहान ४ वटा रोटी, चनाको तरकारी, प्याज र नुन खोर्सानी टिफिनमा राखेर मलाई सधै "बिजयी हुनु" भनेर बिदा गर्थिन्। आज बिजयी भएर आइयो! उनलाई धेरै धेरै धन्यवाद!

झिल्के: मलाई स्विट्जरल्यान्डमा "हाई" भन्ने खैरिनी केटीलाई धेरै धेरै धन्यवाद! कस्तो मज्जाले "हाई" भनेकी मोरीले! हे हे हे!

संवाददाता: स्रोता महानुभावहरु आज हामीले यहाँहरुको सामुन्ने ल्याएका पाहुनाहरुले गर्नु भएको कामको सबैले सरहाना गरेको यहाँहरुलाई थाहा नै छ। त्यहि भएर आज चौतारीका हाम्रा अग्रज श्री जिम्माल बाले उहाँहरुलाई दोशल्ला ओढाएर सम्मान गर्नुहुनेछ।

जिम्माल बा: चाइन्जो सार्है राउँरो काम अरेउ तिमेरुले! तो पर्शान्ते निकै राउँरो गाउँदो र'च। चाइन्जो त्यस्ले गाउने बित्तिकै हाउँरी ओछ्यानाँ थला परेकी जिम्माल्नी उठेर रोधीआँ नाचेओ अस्तो गरेर नाँच्छे! चाइन्जो उस्ले मेरो घराँ नि उज्यालो बनाओ। ल ल तो दोशल्ला यता ल्याओ म ओढाम्छु यिनेरुलाई!

संवाददाता: हवस त स्रोता महानुभावहरु! यस्का साथै आजको कार्यक्रम यहि समाप्त हुन्छ धन्यवाद!




(In Chautari spirit)
 
Posted on 09-24-07 8:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्लेssssssssssssssss अब दिनदिनै बिहान कफि ल्याउ है? मीठो छ। You Rock!!!
 
Posted on 09-24-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, गाम्लेहरु!
के छ ताअाअाअाअाअाअाअाअाअाअाअाअाअ?
मेरो कम्पुटरमा समस्या उत्पन्न भएकोले मर्मत गर्दै समय खर्चिनु परेकोले ढिला हुन गएको जानकारी गराउंदै, छद्के मारेको भए, हाजिर कापिमा रातो चिन्हो लगाएको भए, तु हाजिर जनाई दिनु होला। अन्यथा अन्यथा
गयल जनाई दिनु होला।
तारेमाम्।
 
Posted on 09-24-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोम्बारे जदौ सबै गाउले साथी हरुलाई
कुम्ले को कफी को लागि धन्यवाद
धेरै दिन पछी खान पायियो राम्रो लाग्यो
ठुल्दाइ Firefox download गर्नुस् न
 
Posted on 09-24-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

e riththe thank you for the new chautari!!!
 
Posted on 09-24-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यु आर मोस्ट वेलकम सान्नानी
अनी हामी सञ्चै?
 
Posted on 09-24-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-24-07 9:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी सन्चै अनि हामी नि?

हो हो ठुल्दाई firefox चलाउनु।
 
Posted on 09-24-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदि मुस्काउन मात्र नपाई, अरुलाई लामो लेख भन्नेले।
 
Posted on 09-24-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल कुम्ले...

चनादाइ र झिल्के ब्रो लाई नि बिशेष बधाई... अब त अल्लि फुर्सत भो होला क्यारे, यतातिर दर्शन पाईएला नि!

अनि एउटा कुरो नि, हाम्रो मामाले दोसल्ला ओडाउने नि निलै अक्षरले!!

ठुल्दाइ, मास्टर्नी दिदी, रिठ्ठे लाई नमस्कार!! कम्पुटर बनो ठुल्दाइ?? यता कम्पूटर बन्ने उता किरकेट सकिने एकैचोटी होला नि फेरी
Last edited: 24-Sep-07 09:25 AM

 
Posted on 09-24-07 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदि मुस्काउन मात्र नपाई, अरुलाई लामो लेख भन्नेले।
 
Posted on 09-24-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ हरी हाम्लाई नमस्ते खै?
 
Posted on 09-24-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(मनमनै मुस्काउन पनि नदिने )
 
Posted on 09-24-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब्यान ब्यानै हालखबर सोध्दा चै हाम्लाई देखे नि नदेख्या जस्तो गर्ने, अईले चै नमस्कार चाईनी?

के जमाना आ हो पर्भो!!

तेई नि मुखै खोलेर मागेसी त दिनै परो नि, नमस्कार सान्नानी!!

अरु नि कोई छुट्या छ भने नमस्कार है। नभए दिनभरी नमस्ते गर्दै जाला जस्तो छ
 
Posted on 09-24-07 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरितालिके लु मैले नि सलाम अरेकुम
कुरा चाइन्जो सोर्है आना ठीक , जमाना निक्कै फेरिएछ गाठे । मिस दिदी आज मन मन
गुन-गुनाउने मौन ब्रत छ कि क्या हो?

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters