[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 202522 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-06-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चुनाव सुनवको होइन दर्ता, सुन्तले।
पशुपतिमा म आएं है भोलेनाथ भनेर दर्ता गर्ने  कुरा ग्र्‍या। नत्र त्यो गजेडी शंकर ले के छल पाउनु सुन्तले नि दर्शन गर्न आए छ भनेर।
  
 
Posted on 03-06-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल आज मुड छ, हाजिरी जवाफ खेल्नु पर्‍यो।

१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ?
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ?
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो?
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ?
५) साली र सोल्टिनि को को हुन?

शाही उत्तर मिलाउनुहुनेलाई सस्पेन्स पुरस्कार।


 
Posted on 03-06-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो बुझियो।

लु मैले नि दर्ता गरें।


 
Posted on 03-06-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? --जेठि साशु
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? --भाउजु
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो?
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? -- घिउरि
५) साली र सोल्टिनि को को हुन? -- साली -- श्रीमती को बहिनी, सोल्टिनी - भाउजुको बहिनी


Last edited: 06-Mar-08 11:18 AM

 
Posted on 03-06-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे, जम्मा १ नम्बर अयो।

लु अरु को को छम, टिराइ मारुमा त।


 
Posted on 03-06-08 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-06-08 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सुन्तले, मेरो कती एउटा मिल्यो?
किन १ नम्बर मात्र?, पुनरबिचार गरियोस !



 
Posted on 03-06-08 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो अरेन्जे(सुन्तले)ले नि घरायसी हाजिर जवाफ पो गरेछ, आफूलाइ त आम्दैन यस्तो कुरा! लु टराम चैं मारम ० आए नि!
रिट्ठेको चोर्नु परो अब!

१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? --दिदी
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? --भाउजु
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो? --- खै देख्या नि छैन मैले त
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? -- ठेकी होला
५) साली र सोल्टिनि को को हुन? -- साली -- श्रीमतीकी बहिनी, सोल्टिनी - दाइकी साली


 
Posted on 03-06-08 11:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, जम्मा ० नम्बर अयो।

लु अरु को को छम, टिराइ मारुमा त।


 
Posted on 03-06-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) प्रसिद्ध उपन्यास आमाका लेखक को हुन?
२) ANC को पुरा अर्थ के हो?
३) सेतो हात्तीको देश भनेर कस्लाई चिनिन्छ।
४) सुर्योदयको देश कुन हो?
५) यसपालिको Australian ओपेन को पुरुष तर्फ दोस्रो हुने र महिला तर्फ दोस्रो हुने खेलाडी को को हुन?
 
Posted on 03-06-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बिदेशी प्रश्न। Google गर्न पाइन्न है?
 
Posted on 03-06-08 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याऽऽऽहुऽऽऽ! थ्याङ्क्यू सुन्तले! 
म जासुस मात्र नभएर ज्योतिष पनि रहेछु, मैले अघि नै भन्या हैन ० लम्बर आम्छ भनेर?
देख्यौ त ० भन्दा रत्ति पनि तलमाथि भएन, ठ्याक्क्कै ० नै आयो!
 
Posted on 03-06-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) प्रसिद्ध उपन्यास आमाका लेखक को हुन? बिपी कोइराला (?)
२) ANC को पुरा अर्थ के हो? African National Congress
३) सेतो हात्तीको देश भनेर कस्लाई चिनिन्छ। लाओस्
४) सुर्योदयको देश कुन हो? जापान
५) यसपालिको Australian ओपेन को पुरुष तर्फ दोस्रो हुने र महिला तर्फ दोस्रो हुने खेलाडी को को हुन? राल्फ नाडाल, थाहा भएन
 
गुगल गर्या छैन, गर्या भए त मिलाउने संभावना थियो!


 
Posted on 03-06-08 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? ---जेठी सासु
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? ----भाउजु
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो? -----मदानी
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? ----- आने
५) साली र सोल्टिनि को को हुन?----बुढी कि बहिनी साली-------दाइकी साली/सालो वा दिदीको नन्द/देवर लाई सोल्टीनी/सोल्टी भनिन्छ।
 
Posted on 03-06-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चित्रे पाट। राम्रो छ। नतिजा पछी अरुले पनि उत्तर दिएपछी भनुम्ल।

तर मैले

प्रसिद्ध उपन्यास आमाका लेखक को हुन?

भनेर Mother को कुरा गरेको, जो बिदेशी लेखकले लेखेका हुन।

फेरी टिराइ मर्ने को यो प्रश्नको लागि।


 
Posted on 03-06-08 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हाजिर जवाफ भैराख्या रैछ, अड्डा जाने ट्याम भयो। पछी उत्तर दिम्ला।
मेरो नि एउटा प्रश्न -
पास भन्यो कि फेल हुने जाँच कुन हो ?

 
Posted on 03-06-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते दाई, great

३ नम्बर आयो।

कुनै कुनै उत्तर चाँही स्थानिय भाषामा फरक हुन सक्छ, पछी कुरो गरुम्ला नि।


 
Posted on 03-06-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

५ नम्मर दिनी भा' देउ, नत्र दाँत-साँत झार्दिन्छु।
 
Posted on 03-06-08 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! 'मदर' त लियो टल्सटोयले लेख्या हुन् नि!
 
Posted on 03-06-08 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे ब्रो, भौते दाई को जवाफले केही त भान भयो होला, कुन मिल्यो कुन मिलेन भनेर।
अब एकछिनमा सबै उत्तर दिनेछु।

पास भन्यो कि फेल हुने जाँच कुन हो ?

तेही हारिजी जवाफ। 

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
whats wrong living with your parents ?
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters