[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 रोमान्टिक नेपाली गजल -

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 75325 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 09-10-07 3:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्गको अनुभबको अबसर कस्तो होला ?

रिसाउदा खेरि त फूलै फूलले हिर्काउंछन्
माया जागेको बेला झन् कर कस्तो होला ?

माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरेको शहर कस्तो होला ?



मलाई चढ्न गार्हो छ उनी बस्ने शिखर 
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?





This is a thread for just romantic ghazals...you write the rest....


Last edited: 10-Sep-07 03:16 PM
Last edited: 10-Sep-07 03:16 PM

 
Posted on 09-10-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिउदै छु म जिउदै छु अहिले सम्म
त्यो नशालु आँखाको नसामा डुब्दाको असर कस्तो होला
 
Posted on 09-10-07 5:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माग र आपूर्तिको सिद्दान्तमा माया कसरि चल्छ ?
कारोबारमा लिने दिने दुबै बरा बर कस्तो होला ?
 
Posted on 09-10-07 6:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पिउँदा पिउँदै जून पनि देख्न छोडेछु,
अँध्यारो कालो रात्रीमा उनको आगमन कस्तो होला?
 
Posted on 09-10-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म ट्राइ मारुम है शिरिश दाजु:)

मागको सिद्दान्तमा कर्ता फ्लेक्जबल् भइ राखे
आपूर्तीमा मायालेनै तन्किने रबर कस्तो होला 

Last edited: 10-Sep-07 06:53 PM

 
Posted on 09-10-07 7:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभुहरुको थुलो धाराप्रभाह गैरहेको रहेछ, म चाहि उसको बारेमा लेख्छु है त?


उसको स्वरले मात्र पनि म मा उन्माद छचल्किन्छ,
उसलाइ चुमेर नशा पिउँदा अझ कस्तो मात लाग्ला ?


 
Posted on 09-10-07 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घृणा मै त स्नेह को कुलो बगाउने
उनको मायाको सरोवर कस्तो होला?

क्षितीज पारी देख्दा त मन रमाउने
उनको नगीच चारैप्रहर कस्तो होला?
 
Posted on 09-10-07 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पनि सुरु गरम

तिम्रो एक हेराइले मात्र पनि
मिठा सपना देख्न थालेछु
तिम्रो मधुर मुस्कान ले त झन
गजल पो लेख्न थालेछु
 
Posted on 09-10-07 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले हुन्छ भनेको दिन
कति मात्तिएको थिए म
अब के गर्ने भनेर
सार्है आत्तिएको थिए म

अझै याद बाकि नै छ
कोमल हात ले छोएको दिन
तिमीले बिर्सेर जाँदा
भक्कानो परेर रोएको दिन
 
Posted on 09-10-07 10:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

संशोधन सहित:

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ?


रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन्
झन् उत्कर्षको बेलामा कर कस्तो होला ?


माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरिएको शहर कस्तो होला ?

मलाई चढ्न गार्हो छ उनी दगुर्ने शिखर
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?

धुम्टो भन्छु, होईन रातको अम्बर भन्छन् रे !
सिताराले सजाई राखेको अधर कस्तो होला ?
 
Posted on 09-10-07 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब्बल छ गुरु !

ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ? वाह ! वाह !

यो एक हरफ भित्र नेपे गुरुले भन्नेगरेको जस्तै एउटा सिङ्गै महाकाब्य लुकेको छ।

रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन्
झन् उत्कर्षको बेलामा कर कस्तो होला ?

नतमस्तक !
 
Posted on 09-11-07 1:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रो शिरिष गुरु! निशब्द भएँ!

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ?

रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन्
झन् उत्कर्षको बेलामा कर कस्तो होला ?

वाह! वाह!!
 
Posted on 09-11-07 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गोतामे र भउते! के वाह वाह मात्रै नि? थप्न पर्यो थप्न!!

हाहाह यो गजब लाग्यो आफुलाई चाहिँ -

धुम्टो भन्छु, होईन रातको अम्बर भन्छन् रे !
सिताराले सजाई राखेको अधर कस्तो होला ?


जसको सौन्दर्यले सारा शहर झिलमिल् हुँदैछ
तिमीलाई दिलमा कैद गर्ने रहर कस्तो होला?

 
Posted on 09-11-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I think I will homework to all of you guys...write a complete ghazal with the parts you wrote. I am sure it will bring out your latent talents. 

The addition that I have been thinking:


आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ?

रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन्
झन् उत्कर्षको बेलामा कर कस्तो होला ?

माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरिएको शहर कस्तो होला ?

मलाई चढ्न गार्हो छ उनी दगुर्ने शिखर
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?

धुम्टो भन्छु, होईन रातको अम्बर भन्छन् रे !
सितारा सजाई राखेको अधर कस्तो होला ?


एक्कासी यो एकान्तमा एक्लोपना यकीन भयो
"शिरीष" "शिरीष" भन्दै पुकार्ने स्वर कस्तो होला ?

Last edited: 11-Sep-07 10:04 AM

 
Posted on 09-11-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक् चैन् सबै उद्दयो उन्को कल्पनमा
प्रतक्ष्य दर्शन् नै पाये झन् कस्तो होला?
 
Posted on 09-11-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अप्सरा रे उ भन्छन श्रींगार, घुम्टो अनि ओझेलमा
चित्कार बिना तयारी पर्दाको नजर कस्तो होला?
 
Posted on 09-11-07 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिम्रो एक झल्को पाउन गोरेटोमा कुरी बसे
राजमार्ग नै भोउतारिए झन कस्तो होला?
 
Posted on 09-11-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दिनन भन्छन सबै, उन्ले म गरीबलाई
मेरो नाम् बिल गेट्स भये उन्को सोचाइ कस्तो होला?
 
Posted on 09-11-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमिले दियेको बिशै पनि पियुछु
चुम्बन को अमृत पाये अझै कस्तो होला?
 
Posted on 09-11-07 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाना थरी नामले सम्बोधन गर्छन् सबै तिमीलाई
मेरी पुन्टी भनी बोलाँउदा तिमीलाई कस्तो होला?
 
Posted on 09-11-07 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ गुरुहरुले पनि थप्नु परो
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
Does the 180 day auto extension apply for TPS?
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Facts showing how US is worse than Russia
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters