Neal H
Replies to this thread:
More by Neal H
What people are reading
Subscribers
Please log in to subscribe to Neal H's postings.
:: Subscribe
|
[VIEWED 1683
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
Neal H
Please log in to subscribe to Neal H's postings.
Posted on 03-04-10 11:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोलुखुम्बु, फाल्गुन २१ - सरर्र मोटरमा हुइँकिने रहर कसलाई हुँदैन ? वर्षौंदेखि सोलुवासीले साँचेको सपना बल्ल साकार भएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा पहिलो पटक बिहीबार मोटर आइपुगेको छ । स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले सल्लेरी-ओखलढुंगा सडकको उद्घाटन गरे । मन्त्री ओखलढुंगा सदरमुकामबाट सल्लेरीसम्म गाडी चढेर आएका थिए । उनलाई लिन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललगायत कार्यालय प्रमुखहरूको टोली बुधबारै ओखलढुंगाको रमाइलो डाँडा पुगेको थियो । ओखलढुंगा हुँदै पहिलो पटक दुईवटा मिनीबस र दस जिप मन्त्रीसँगै सल्लेरी भित्रिएका हुन् । जिल्लावासीले मन्त्री मात्रै होइन, गाडीलाई समेत अबिर र खादा लगाएर भव्य स्वागत गरे । '०६७/६८ मै कालोपत्रसमेत गर्ने र शाखा सडक विस्तारका लागि पहल गरिने आश्वासन पनि मन्त्रीले दिए । मोटर आएकाले स्थानीयवासी हषिर्त छन् । 'अब ४५ सय रुपैयाँ खर्चेर महँगो जहाजमा उड्नुपर्ने छैन', यातायात सञ्चालक समिति सोलुखुम्बुका सदस्य नारायण खडकाले भने, 'खाद्यान्न ढुवानी गर्न र बिरामीलाई अस्पताल लैजान पनि सजिलो हुनेछ ।' सोलु- ओखलढुंगा सडक ३७ किलोमिटर छ ।
|
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 03-09-10 8:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँ गुडेन मोटर त्यो सोध्नु पर्ने भएको छ ? तर गूड्ने मोटर् कस्ता छन ?तुमिङ्टार बाट अक्करको बाटो हेर्दै जानु पर्यो भनी जिप मा चढियो, छोटो अनी Adventure सम्झी चढियो । १ माईल गुडेको थिएन , फ्यान बेल्ट टुट्यो , फेर्न त फेर्यो तर धेरै कसेकोले अलिकती अगाडि जाना साथ तुत्यो , आर्को चोटि पनि तेही गर्यो, जेन तेन् गरी केही माईल गुडेको थियो , कथा तेही दोहोरियो। 'अबत बेल्ट पनि नभए पछी डोरिले कस्न थाल्यो , starter काम नगर्ने भएकोले जती पल्ट बिग्रियो तेतिनै पल्ट धकेल्ने मा पारीयो । आर्कोले बेल्ट दियो अनी ग्रीज पनि हालिदिए पछी गाडी राम्रै सँग गूड्यो । हिले चड्ने उकालोमा ११ बर्से खलासी लाई पानी थप्न लागायो। बिचरा ड्राइभर हुने भविस्यको कल्पना गरी खलासी हुन आएको तेस्लाई के थाहा कती कसेर बिर्को बन्द गर्नु पर्छ भनी। पानी भरेर १०० -२०० फिट पुग्न नपाउदै ड्यङ्-दुङ्को आवाज आयो , मोटर रोकी हेर्दा त Radiator फ्यान पनि चैट अनी Radiator पनि व्हाको- फ्याङ भएछ । ४ घण्टा पर्खाइ पछी रातिको नौ बजे हिले पुगियो, रहल पहल भात र ठुस ठुस्ती गन्हाउने ओछ्यानमा सुतियो। अर्को गाडी को पनि तेही हाल थियो , flat tire, tire भने पुरै चिन्डे (Bald) थियो , तर पनि गुडाउदै थिए । खुशी एही कुरामा छ , भित्तामा लिप्सेर हिंडेको अक्करको बाटो मा मोटर चढि हिडन पाउनु। त्यो फन फन्ति घुम्ने पानीको ठाउमा माटोले पुरिएछ। अब सोध्नु पर्ने कुरा चाँही कहाँ पुगेन मोटर ?
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 90 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
nrn citizenship |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
Send Parcels from USA to Nepal & Worldwide. |
Travelling to Nepal - TPS AP- PASSPORT |
TPS Work Permit/How long your took? |
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc? |
कल्लाई मुर्ख भन्या ? |
Travelling on TPS advance travel document to different country... |
Morning dharahara |
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने |
Why Americans reverse park? |
मन भित्र को पत्रै पत्र! |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
Informatica consultancy share |
whats wrong living with your parents ? |
TPS Renewal Reregistration |
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now. |
हेर अमेरिकामा नेपालीहरुको बेज्जत |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|