[Show all top banners]

harikancha
Replies to this thread:

More by harikancha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपालमा नयाँ आर्किमिडिज

[Please view other pages to see the rest of the postings. Total posts: 81]
PAGE: <<  1 2 3 4 5  
[VIEWED 49235 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-26-09 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


What do you say about this news and his theory? I don't fully know the arkimidis theory. If any physicist are here in sajha they can clear the issue here. But as far as i understand (limited physics), to float, object wil displace water equivalent to the mass of that object that is floating. part of it may be submerged.

Source: नयाँ पत्रिका


काठमाडौं, ८ कात्तिक


२३ सय
वर्षअघि आविष्कार भएको आर्किमिडिज सिद्धान्तलाई गलत भन्दै एक नेपाली
विद्यार्थीले नयाँ तथ्य प्रस्तुत गरेका छन् । नेपाली विद्यार्थीको यो
दाबीले अन्तर्राष्ट्रिय मान्यता पाए भौतिकशास्त्रका संसारभरिका पाठ्यक्रम
नै परिवर्तन गर्नुपर्नेछ ।


इशापूर्व
२८७ मा जन्मिएका गि्रक वैज्ञानिक आर्किमिडिजले सामथ्र्यको सिद्धान्त
प्रतिपादन गरेका थिए । आर्किमिडिजको सिद्धान्तअनुसार तरल पदार्थमा उत्रने
वस्तुको तौल र सो वस्तुले त्यतिवेला विस्थापन गरेको तरल पदार्थको तौल
बराबर हुन्छ ।


तर,
नेपाली विद्यार्थी भविन्द्र कुँवरले उत्रने वस्तुले अनुभव गरेको उध्र्वबल
र त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल बराबर हुन्छ भन्ने
आर्किमिडिजको सिद्धान्त बनावटी र त्रुटिपूर्ण भएको दाबी गरेका छन् । उनले
नेपालका तीनवटा कलेजका प्रयोगशालामा आफ्नो दाबी पुष्टि गरेर 'पेटेन्ट
राइट'का लागि उद्योग विभागमा निवेदन पनि दिएका छन् ।


'कुनै
वस्तु तरल पदार्थमा उत्रँदा वा डुब्दा त्यस वस्तुले आफ्नो तौलभन्दा घटी वा
बढी जति पनि तौलको तरल पदार्थ विस्थापित गर्छ,' गणित विषयमा स्नातकोत्तर
पढ्दै गरेका कुँवरले नयाँ पत्रिकासित भने ।


उनले
काठमाडौं मेडिकल कलेज, युनिभर्सल कलेज र हेराल्ड इन्टरनेसनल कलेजमा आफ्नो
दाबीलाई प्रयोग गरेर देखाएका छन् । आफ्नो नयाँ प्रयोगले सतहमा रहेको
पानीबाट धेरै विद्युतीय ऊर्जा निकाल्न सहयोगी हुने दाबी गरेका छन् । उनको
सिद्धान्त अन्तर्राष्ट्रिय प्रयोगशालाबाट पुष्टि भए नेपालका नदीनालाबाट ८३
खर्ब मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्न बाटो खुल्नेछ ।


उनले
आफ्नो प्रयोगबारे भने, '२० ग्राम पानी भएको भाँडोमा तीन सय ग्रामको गिलास
राखियो भने सजिलै उत्रन्छ । विस्थापित पानी २० ग्रामभन्दा कम छ भने
गिलासको तौल ३०० ग्राम छ । त्यसैले विस्थापित पानी र उत्रने वस्तुको तौल
बराबर हुनै सक्दैन ।'


कुनै
वस्तु तरल पदार्थमा उत्रँदा वा डुब्दा त्यस वस्तुले आफ्नो तौलभन्दा घटी वा
बढी पानी विस्थापित गर्छ, त्यसमा दूरी प्रमुख कारण हुन्छ भन्ने कुँवरको
दाबी छ । उनले भने, 'भर्टिकलमा प्रयोग गर्दा दूरी कम हुन्छ र बढी तरल
पदार्थ विस्थापित हुन्छ । तर, दूरी धेरै भयो भने कम तरल पदार्थ विस्थापित
हुन्छ ।'


उनले
आफ्नो प्रयोगले कम तरल पदार्थमा धेरै ऊर्जा उत्पादन हुने दाबी गरे । उनका
अनुसार कम तरल पदार्थ विस्थापित गराएर धेरै ऊर्जा उत्पादन गर्न सकिन्छ ।
यही आधारमा उनले नेपालमा ८३ खर्ब मेगावाट विद्युत् उत्पादन गर्न सकिने
दाबी गरेका हुन् ।


हेराल्ड
इन्टरनेसनल कलेजका फिजिक्स टिचर बालविक्रम खत्रीले कुँवरको प्रयोग हेर्दा
आर्किमिडिजको सिद्धान्त त्रुटिपूर्ण देखिएको बताए । 'हाम्रोमा उपलब्ध
सामग्रीबाट प्रयोग गर्दा आर्किमिडिजको सिद्धान्त फेल देखियो,' खत्रीले
भने, 'यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन थप प्रयोग गर्नुपर्छ ।'


कुवरले
उद्योग विभागमा 'सामथ्र्यको सिद्धान्त र त्यससँग सम्बन्धित उध्र्वचापमा
आधारित ऊर्जा प्रविधि'को पेटेन्ट दर्ताका लागि आवेदन दिएका छन् । १६ माघ
०६५ मा द.नं. ७३९ मा आवेदन दर्ता गराएपछि उद्योग विभागले सम्बन्धित विषयका
विज्ञसँग छलफलसमेत गरेको छ ।


के हो आर्किमिडिजको सिद्धान्त ?


कुनै वस्तु तरल पदार्थमा डुब्दा त्यस वस्तुले अनुभव गरेको ऊध्र्वचाप -upthrust_ वा घटेको ताैल त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको ताैलसँग बराबर हुन्छ । (स्रोतः अक्र्सफोर्ड डिस्क्टनेरी अफ फिजिस्क)


उदाहरण :
तरल पदार्थले भरिएको कुनै भाँडोमा कुनै एउटा वस्तु डुबाउँदा त्यसको घटेको
तौल १०० ग्राम छ भने त्यसले विस्थापित गरेको तरल पदार्थको तौल पनि १००
ग्राम नै अर्थात् बराबर हुन्छ ।


कुँवरले दाबी गरेको सामथ्र्यको सिद्धान्त:


कुनै वस्तु तरल पदार्थमा डुब्दा त्यस वस्तुले अनुभव गरेको उध्र्वचाप -upthrust_ वा घटेको तौलसँग त्यस वस्तुद्वारा विस्थापित हुने तरल पदार्थको तौल -weight of the liquid displaced_ घटी वा बढी जे पनि हुन्छ ।


उदाहरण:
दुईवटा पेपरगिलास लिऊँ । एउटा पेपरगिलासमा १०० ग्राम पानी छ । तर, १००
ग्राम पानी भएको गिलास २५ ग्राम पानी भएको अर्का गिलासमा राख्यो भने सजिलै
उत्रन्छ । यसबाट तैरिने वस्तुको १०० ग्राम तौल नै घटेको हुन्छ । तर
विस्थापित तरल पदार्थ २५ ग्रामभन्दा कम हुन्छ ।


नयाँ सिद्धान्तबाट लिन सकिने फाइदा:


यो
सिद्धान्त अन्तर्राष्ट्रिय प्रयोगशालाबाट समेत पुष्टि भई मान्यता पाए २३
सय वर्षअघिको सिद्धान्तका कमजोरी पत्ता लागी भौतिकशास्त्रमा नयाँ सत्यको
उद्घाटन हुनेछ । यसले ऊर्जाका क्षेत्रमा नयाँ अध्यायको थालनी गर्छ ।
जस्तो : नेपालको कुल विद्युत् उत्पादनक्षमता ८३ हजार मेगावाट भनिएकोमा यो
सिद्धान्तअनुसार ८३ खर्ब मेगावाटभन्दा बढी हुन्छ । विद्युत् उत्पादनका
लागि बेलायतबाट आरम्भ भएको टर्वाइन प्रणालीबाट अहिलेसम्म बिजुली उत्पादन
भइरहेकोमा यो सिद्धान्तअनुसार त्योभन्दा कम खर्चमा बढी ऊर्जा उत्पादन गर्न
सकिनेछ ।



 
The postings in this thread span 5 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 10-30-09 8:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pokhari,


I think,everywhere there is politics. If you know editor very well, probably you can publish easily, if you have good connection to the funding agency, you can get funding easily. There are always hidden things we never care.


Yes I can send you some papers in your email (please send your email address in the inbox).


 


 
Posted on 10-30-09 8:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maya,


Yahi link pani rakhe bhaena ra? Those of us who have access can open it anyway...


The problem with your statement is this, however: you are looking at one or two exceptions and pretending as if they are rule. Even though there is favoritism everywhere --including in Nobel prize award in natural sciences-- it doesn't justify the weird claims of having proven Newton, Einstein and Archimedes wrong within the span of two years in Nepal. Who next? Tim Berners Lee's Internet being proven fake?


 
Posted on 10-30-09 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I dont have any comment on your words Pire. You are free for your word choice and your attacking style. I am just sharing my understanding, and experiances. Yes, I am giving some examples in my field of research . You can talk to other people in other research areas.


I did not put link here because it is a journal article, you can only access it from library website if your university sponsors it. If you want to read , and analyse it  I can give you Author name, Journal name, issue and page numbers. I think you have some problems, you should fix them first.

Last edited: 31-Oct-09 08:27 AM

 
Posted on 10-30-09 9:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maya,


I can access Nature. Just give it to me.


 


 


 
Posted on 10-30-09 9:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire,

I do not have link. I usually get the papers from sincedirect.com  or some other sponsored link. If you have google scholar you can have access from there.

I am putting the reference here again for your information:

Dillon et al. Nature, 1997.

Chambers et al. J. Phys.Chem. B 1998, 102

I know both of them are peer reviewed as Pokhari said.The results published in these papers have not been reproduced in more than a decade despite the effort of hundreds of research groups around the world and expenditure of millions of dollar. If any body can reproduce these results, may be next nobel prize goes to him/her, and if some body can reproduce this, he will earn millions of dollar in very short time.

Sorry Pire, you have to do little bit work to find these papers from your library website. If you can not find, please let me know your email adress and I will send you there.

 
 
Last edited: 31-Oct-09 06:09 PM

 
Posted on 10-30-09 9:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 




Most of the Nepali Journalist writes for money. If you want
to defame someone, pay journalist a handsome amount of money per issue they
will do it. Lots of big business houses in Nepal
change government policy by asking journalist to write about it, next day a
flood of article will start to appear in different news paper. If some powerful
country don't like some Nepali politician they pay a huge some to some
journalist and from next day onward their will be flood of article against that
politician.





Apart from that there are many  national dailies and weeklies, it has
become business ( it is good in some sense) they need to make money so from
time to time they have to come up with some exciting news to keep their
circulation up. So they come up with different idea. Sometime I feel that most
of this journalist doesn’t follow minimum professional ethics.

Below is the article which tries to describe the reality of Nepali Journalism.



Regarding the fake claim

there are lots of evidence major are

1. Fake claim of cold fusion in 1989 by Dr. Pons and Dr. Fleischmann.

2. Fake claim by a Chinese designed digital signal processor (DSP), they were able
to get lots of state funding, later on ppl found that he was importing DSP from
Motorola and labeling it as made in china.

3. Fake claim by Korean scientist that he had successfully cloned many dogs. He
was sentenced few days back all those claim were published in one or other news
paper.



It is good that we comment on fake claim. I know that those claims will not go
beyond the Nepalese ear even then it is not a bad idea to discourage this
type of things.

I remember few yrs back while I was in Nepal one guy working in a now defunct
mechanical company claimed that using the principle of hydraulic machine he can
produce unlimited quantity of energy without interruption, he wanted some
funding for this. Someone asked me to check whether it is possible or not. My
answer was no. thanks god at that time there were not that many news papers in Nepal
otherwise...you guys know what I mean.





सौरभ
२०६६ कार्तिक ९ - बनारसमा एउटा गोष्ठी गत वर्ष आयोजना भयो । पटनापछिको यो
गोष्ठीमा पहिलाको जस्तै विदेशी मूलका नेपालविरोधीहरू जम्मा भए । नेपालको
भाग्यमाथि उनीहरूले राखेका इच्छा र चाहनाहरूलाई व्यक्त गरे । सधैंजस्तै
नेपालबारेको महत्त्वाकांक्षी 'श्यामशरण मत' को तीव्रतर परोक्ष आलोचना भयो
। तर विडम्बना नै भन्नुपर्छ- नेपालबाट सहभागी हुन पुगेका पत्रकारहरूले
त्यस अनधिकृत विवादका चुरोहरूमाथि नेपाल फर्किएर आमपाठकलाई कुनै जानकारी
दिएनन् ।


'सूचनाको हक' को नाउँमा बेलाबखत घटनाकै एक पात्रसमेत हुन खोजेको आरोप
लागेका पत्रकारहरू -सम्झनुहोस् ज्ञानेन्द्र कालमा सेनासँग पटकपटकका विवाद
र पछिल्लोपटक वीर अस्पतालका सुपरिवेक्षकको पत्रकारमाथिको टिप्पणी) स्वयम्
सूचनालाई लुकाउने वर्गको एक हिस्सा हुँदै आएका छन्- माथिको हरफ टड्कारो
उदाहरण मात्र हो ।


पत्रकारलाई जासुस नबनाऊ भनेर नेपाल पत्रकार महासंघले सरकारसँग गरेको
आग्रहलाई पंक्तिकारले जानाजान ढिलो गरेर अहिले उठाउनुपरेको कारण हो सरकार
र पत्रकार संघबीच भएको त्यो 'घिउ बेचुवा र तरबार बेचुवा' बीचको अभिनय
चलेका बेला दसैं-तिहार चम्किरहेको थियो- कुनै बेलाको 'इन्द्रजात्रा' सरह ।
एउटा गम्भीर मुद्दालाई दुई व्यापारीले चाडको पहिरोले पुरेर बेपत्ता
पारिदिए ।


कुनै व्यक्तिले विदेशीलाई नेपालको सैनिक स्थिति, सामरिक व्यवस्था, वा
आन्तरिक सुरक्षाका बारेमा सूचना दिएमा वा पाउन सक्ने वातावरण सिर्जना हुने
गरी कार्य गरेमा -दफा ३ -१) जासुसी ऐन, २०१८) वा सरकारबाट गोप्य राखिएको
कुनै कूटनीतिक लेखोट वा अन्य कुनै गोप्य सरकारी कागजात विदेशी राष्ट्रलाई
दिएमा वा पाउन सक्ने वातावरण सिर्जना गरेमा-


-दफा ३) -२), जासुसी ऐन २०१८) लागू गरिने हो यतिबेला नेपालमा भने सम्भवतः
७५ प्रतिशत सक्रियहरूको प्रमाणपत्र सूचना विभागले खोस्नुपर्ने हुनेछ । यो
भयावह स्थितिको सरकारलाई पक्कै हेक्का होला नै । तर पत्रकार महासंघ
स्वयम्ले थाहा नभएको अभिनय गर्नु अक्षम्य नै हो र त्यही अक्षम्य स्थिति
देखेर नै प्रतिष्ठा आर्जन गरेका


कैंयन् पत्रकारहरू पत्रकार महासंघमा संलग्न हुन हिचकिचाएका होलान् ।


विदेशी स्वार्थको व्यापक घुसपैठले गर्दा नेपालका सामरिक रहस्य र गोप्यताहरू बजारमा छताछुल्ल हुन कुनै बाँकी रहेन । तर सैनिक मुख्यालयमा पृतनापतिहरू बैठकका निम्ति भेला भइरहेको कुरा
संसारको कुन मुलुकको कुनचाहिँ अखबारमा छाप्न पाइन्छ ? नेपालमा बाहेक ?
हिमाली भेकका १८ जिल्लामा विदेशीहरूलाई जान नेपाल सरकारले प्रतिबन्ध लाउँछ
भने त्यो कानुन वा त्यो प्रतिबन्धको समय 'महेन्द्र काल' सँग जोडिँदैमा
आपत्ति के भयो ? आज जो त्यो प्रतिबन्धलाई महेन्द्रसँग जोडेर छापामा आपत्ति
उठाइँदै छ । आखिर बसुन्धराले १९६३ मा व्यक्तिगत शक्ति लगाएर लोमान्थाङसम्म
जान दिँदा माइकल पिसेलबाट नतिजा के आयो 'मुस्ताङ' भन्ने किताब ? होइन
मुस्ताङसँगै जोडिएर त्यस तल अर्को उपशीर्षक पनि आयो 'द लस्ट टिवेटन किङडम
।' टोनी हेगनलाई नेपालमा रहन दिएर के भयो, खम्पाहरूलाई हतियार वितरण गर्ने
स्युचाटारमा हेलिप्याडबाहेक ? भारतले नागाल्यान्ड र मिजोरममा हामीलाई जान
दिइरहेको छ ? वा अरूणाचल प्रदेशका भूभागहरूमा, कारगिलका छेउछाउ
विदेशीहरूलाई जान दिइरहेको छ ? यी र यस्ता नगन्यतम उदाहरणहरू किनभने
'कमनसेन्स' ले काम गर्नुपर्ने यति सामान्य कुरामा पनि नेपाली सञ्चार
संवेदना शून्य छ सूचनाको हकको ढाल पसारेर तर विदेशी हितको पक्षधर हुनका
लागि ।


त्यसो त 'विद्यार्थीले आफूले दिएको परीक्षा पत्र' हेर्न पाउनुपर्छ भनेर
मिडिया आयोगले भनाइ राखेको लगत्तै तल्लो कर्मचारीले माथिको अधिकारीबाट
आफूले पाएको अंक हेर्न पाउनुपर्छ भनेर हालसालै कुनै संस्थानबाट मुद्दा
परेको छ । अब त्यसमाथि थपिने बुँदाहरू के हुनेछन् भने विद्यार्थीले १५ का
सट्टा १४ किन पाएको हो र १६ किन नपाएको हो ? भनेर मुद्दा लड्न पाउनेछ र
तल्लो कर्मचारीले आफूले ५ का सट्टा ६ किन नपाएको भनेर प्रश्न गर्न पाउनेछ
। तर बाराक ओबामाले भाषण गर्दा आफूतिर आँखा किन नफर्काएको हो भनेर अमेरिकी
श्रोताले प्रश्न गर्न थाल्यो सूचनाको हकको नाममा भने त्यो कति व्यावहारिक
हुन्छ ? कुन हदसम्म व्यावहारिक हुन्छ ? मिडिया आयोगले व्याख्यान पनि गर्न
सक्नुपर्छ । अन्यथा सूचनाका हकका नाममा अस्तव्यस्तताको वकालत, सम्पूर्ण
राज्य संयन्त्र अस्तव्यस्त गरेर अरूलाई सजिलो पारिदिने कदम हो र सञ्चारलाई
जासुसीको उपकरण बनाउँदै लाने तीन दशकदेखिको विदेशी कदमलाई लठ्ठी दिएर अरू
वेग हासिल गर्न सघाउनेमात्र हो ।


यतिबेला 'नछापिने/छापिन नपर्ने' समाचार रिपोर्ट, समाचार संकलन,
'डेस्प्याच' -जानीजानी डेस्प्याच शब्द प्रयोग गरिएको हो) हप्तैपिच्छे पेस
गरेर पनि यहाँ धेरै अंग्रेजीवाजहरूको जीविका चलिरहेको छ । कक्टेलमा
उपस्थितिका निम्ति आरएसभीपीसहितको निमन्त्रणा पनि आइरहेको छ । नेपाली सेना
होस् वा माओवादीसँग होस् कति र कस्ता हतियार छन् भन्ने पनि छापामा 'अजासु'
लेखोट र टिप्पणीहरू आइरहेका छन् ।  माथिको दफा -३) को प्रसंगको त कुरै
नगरौं, यही हरफमा भएका सन्दर्भहरू हुनसम्म सामान्य भइसक्दा पनि नेपाल
पत्रकार महासंघ र कथित क्रान्तिकारी पत्रकार संघ पत्रकारलाई जासुस नबनाऊ
भनेर विरोध गर्छन् । भएकोलाई हो भनेर सरकारले भन्दा आपत्ति किन तिनको ? कुन कुराले आपत्ति ?


मदनमणि दीक्षित, गोविन्द वियोगी, गोपालदास श्रेष्ठ, मणिराज उपाध्याय,
मणिन्द्रराज श्रेष्ठ, बरुणशमशेर राणा, मनरञ्जन जोशी आदि आदि १०/१५ जना
छोडिदिने हो भने नेपाली पत्रकारिताको ०४६ अघिको युग 'ब्लाक मेलिङ' को युग
हो र ०४६ पछिको २५ प्रतिशतलाई छोडिदिने हो भने 'जासुसीको युग' हो । यही हो
नेपाली सञ्चारको 'पाराडिम सिफ्ट ।'


 दसैं-तिहारको रन्कोमै पंक्तिकारसँग तीनवटा घटना घटे । आशा छ पत्रकार संघलाई नभए पनि आमपाठकलाई रुचिपूर्ण नै हुनेछ-


पंक्तिकारले कमलादीको कुनै सभामा ५ मिनेट बोलेका सबै वाक्य र भनाइहरू
फलानो दूतावास पुगेको छ भनेर फोन आयो । त्यसमा चल्ती फिर्तीका पसल खोलेर
बसेका पत्रकारहरूकै नाम आयो । जुन अपरिचित सूत्रले फोन गर्‍यो । त्यसले
प्रमाणसहित बयान दिएपछि अविश्वास गर्ने कुरा भएन ।


दोस्रो थियो कुनै जर्नेलले एकान्तका निम्ति फोन गरे । तर दिइएको ठाउँ रहस्यमय लागेपछि पात्र गलत पनि हुन सक्छ भन्ने शंका


उठ्यो । फोन नम्बर सही हो/होइन पत्ता लगाउन कुनै सञ्चारसम्बद्ध सूत्रलाई सम्पर्क गरियो- उनको नम्बर कति हो ? भनेर थाहा पाउन मात्र । जर्नेल स्वयम्ले फोन गरेका हुन् थाहा नपाएको यो पात्रले 'एकान्त'
गराउन चाहेको र त्यो एकान्तमा आफू पनि बस्न चाहेको बतायो । त्यसपछि
सूत्रलाई भन्नुपर्‍यो- आफ्नै सुरक्षाका निम्ति फोन नम्बर 'भेरिफाई' गरिएको
मात्र हो । एकान्त गर्ने इच्छा छैन ।


माओवादी नेताका सहायकले फोन गरे- नेताज्यू भोलि कुरा गर्न चाहनुहुन्छ ।
स्वाभाविक थियो, पंक्तिकारले सोध्यो- अरू कोको छन् ?  ती सहायकले पहिलो
नाम नै यस्तो लिए जसलाई सञ्चारमा 'भुस्याहा' भनिन्छ । पंक्तिकारले भन्यो-
आउने रुचि भएन । फोन सम्पर्क टुट्यो ।


समाजको एउटा साधारण सदस्यले बेहोर्नुपरेका सञ्चारसम्बद्ध जासुसीका
हैरानीको फेहरिस्त त वर्षमा यसरी हजारौं बन्छ भने देशका नेता र जिम्मेवार
ओहदामा बसेका कर्मचारीदेखि बैंकर्स, व्यापारीदेखि नीति निर्माता,
योजनाकारदेखि एउटा शस्त्रागारको गार्डसम्मले कुनै हैरानी बेहोर्नुपरेको
होला जो कोहीले अनुमान गर्न सक्छ । 'सूचनाको हक' को नाममा जानकारीको
एकोहोरो बहिर्गमन र आफ्ना देशमा फेल भएका वा आफूले उपद्रो गराउन चाहेका
नीतिहरूको अन्तर्गमन र घुसपैठका निम्ति नेपालको सञ्चार सहायक भएको छ- यो
सूर्यलाई कसैले हत्केलाले छेकेर छेकिन्न ।


'देशको विभिन्न जातजातिको सुमधुर सम्बन्धका लागि जातीय हिंसा वा द्वेष,
घृणा उत्पन्न गर्ने, चरित्र हत्या गर्ने तथा जनताको नैतिक मूल्य र
मान्यताको प्रतिकूल हुने सूचनाहरू गोप्य हुन्छन् भन्ने सर्वोच्चको आदेश
-२०६०/३/१२) का आधारमा हेर्ने हो भने नेपाली छापाका ९५ प्रतिशत
सम्पादकहरूले पदबाट राजीनामा गरे हुन्छ । जातीय संघका बाटो समातेका सबै
वामपन्थी सम्पादकहरू बाहिरिए हुन्छ- कीर्तिपुर केन्द्र बनाएर चल्नेहरूले
समेत ।


त्यसमा परेका ६ वटा बुँदामध्येका राष्ट्रिय सुरक्षा, हातहतियार तथा सेना र
प्रहरीसम्बन्धी सामरिक महत्त्वको विषयवस्तु आदि २ वटा बुँदामा जाने हो भने
आफूलाई नेपालका सुरक्षा विज्ञ र चीन विशेषज्ञ भनेर दाबी गर्दै हिँड्ने
केही प्राध्यापकहरूसमेतले पढाउन छाड्नुपर्ने हुन्छ ।


त्यसका अरू तीन बुँदा यहाँ दिइएन- लेख लामो हुने भएकाले । तर 'देशको कानुन
र व्यवस्था' भन्ने बुँदामा जाने हो भने प्रताप मल्ललाई सम्झनुपर्ने हुन्छ
। राज्यमा बोक्सी बढेपछि उनले सबै बोक्सी वाग्मती तर्ने मन्त्रणा गर्न
लगाएछन् । तर भोलिपल्ट दिउँसो हनुमानढोकाको कौशीबाट हेर्दा सबै भारदारका
पत्नीहरू लावालस्कर वाग्मती तर्न लागेको देखेछन् । दरबार नै अस्तव्यस्त
हुने भएपछि उनले भैगो भनेर फर्काए रे । त्यो बेलाको हनुमानढोका र अहिलेको
देशमा के फरक छ ?


उच्च हिमाली भेकको पदयात्रामा जाँदा प्रशस्त युवा इजरायली पर्यटकहरू भेटिए
। इजरायलमा सैनिक तालिम अनिवार्य हुनु, ती अत्यन्तै मितव्ययी हुनु, तर
उच्च हिमाली भेकमा भेटिनुको अर्थ के कदाचित तिब्बतसम्बन्धी भिडन्तमा
नेपाली ल्यान्डस्केपको उपयोगितासँग परिचित हुन आएका हुन् ? प्रश्न उठ्छ नै
। आज किन नेपाली सेनाको मात्रै होइन माओवादीको पनि हातहतियारको प्रकार,
संख्या, क्षमतालाई लिपिबद्ध गरे, उचालेर परख गरेर कसैले वषौर्ंदेखि
हेरिरहेको छ ? र त्यसमा टीकाटिप्पणी गर्ने र हस्तक्षेप गर्ने हैसियत
राखिरहेको छ ? त्यो त भारत-अमेरिका एक्सिसभित्रको भाग हो भनेर स्पष्ट नै छ



अनि त्यहाँनेर- मानिसहरू असम्भव भएको अवस्थामा सञ्चार माध्यमबाट र सम्भव
भएको अवस्थामा गैरसरकारी संस्थाको पसल थापेर नेपाली कानुन र त्यससँग
सम्बद्ध राज्य व्यवस्थालाई सक्दो कमजोर बनाउने गरी 'सूचनाको जुन
आदानप्रदान' र दबाबको सिर्जना गरिरहेछन् त्यो विदेशी पोषणका निम्ति भएको
एक किसिमको 'सावोटाज' नै हो ।


यतिपछि कथित सञ्चारकर्मीहरूको विशाल हूल रिसाउने छ, कराउने छ र बुर्लुक्क
उपि|mने छ भनेर पंक्तिकार जान्दछ । त्यो यो लेख छाप्ने सम्पादकमण्डलप्रति
खनिने छ र यो 'छाप्न हुँदैनथ्यो' भनेर उपदेश दिनेछ, भुस्याहा वर्गले
धोद्रो स्वर निकालेर सम्भवतः आदेश पनि दिनेछ । तर यथार्थ हमेसाको यथार्थ
हो- पाठकले पनि जानोस् ।


गएको महिना 'प्रतिजासुसीको खाँचो' माथि टिप्पणी गरेपछि केही सञ्चारकर्मी
उपि|mए । स्वाभाविक थियो तिनले चोरको खुट्टा काट् भन्दा आफ्नो खुट्टा ताने
। पत्रकार संघसँग एउटा हिम्मत त हुनै पर्‍यो- सबैभन्दा पहिला सूचना
विभागले लाइसेन्स दिएकाहरू योग्य छन् कि छैनन् भनेर परीक्षण आफंैले
गर्नुपर्‍यो र जसको योग्यता पुग्दैन वा जुन व्यापारी/अपराधी/ठग प्रजातिका
नाङ्लो पसलेहरूले यो लाइसेन्स लिएका छन् त्यसलाई रद्द गराउन सक्नुपर्‍यो ।
त्यसपछि प्रतिजासुसी इकाई आफैंले खोल्नुपर्‍यो र तिनलाई सञ्चारको
क्षेत्रबाट हटाउनुपर्‍यो । होइन भने सरकारसँग दसैं-तिहारताकाको घुर्की
दिइरहनुको अर्थ हुँदैन । मन्त्रालयको के दोष हो लाई हो भन्नुमा ? सूचनाको
हक जो सुराकीलाई दिव्यदेव पन्तको चारठाडाजस्तो ग्यारेन्टी दाउ भएको छ ।




 
Posted on 10-30-09 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No, Maya, I didn't get it. Further, I did request you to put the link here, not to send me..Let these be matter of public record.
 
Posted on 10-31-09 3:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I wonder what kind of journal Maya is talking about but respectable scientific journals have very strict peer review policy and editorial word. And any person in academic field know how hard it is and how long does it take with all those revisions, editing and correspondences. Anyway can you post the author name, article, year of publication and journal name that you think was fake or par below the standard, I am so curious.

 
Posted on 10-31-09 4:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइन्स्टाइन र न्युटनलाई चुनौती दिन अमेरिका उडे नेपाली विद्यार्थी
(news is below at the end)

This was an open session program for general public (http://www.isdc2009.org/node/60) where anybody can pay and register, yet the news says he was invited by NASA through NSS; and this conference is being organized for educational purpose for General public as mentioned in the title (http://www.isdc2009.org/pr1-Overview) )

I think he participated under this program for school students (http://www.nss.org/settlement/nasa/Contest/Results/2009/index.html). In the news it is mentioned he is from Budhanilkantha secondary school, Morang and in NASA website in the name of the the teacher who helped Students to prepare as Mani Raj Bhattrai and Sushil Adhikari, Budhanilakantha Secondary English School, Morang, Nepal.

So basically Mr. Karki made a headline in Nepal and did not win anything not even honorable mention, but there is another Nepali who did not get any headline but did get respectable honorable mention - Ashish Bam Mahakali Zone, Nepal. 10-12 Individual. (tie).

Bolne ko pitho pani bickchha nabolneko chamal pani bickdaina

------------------------------------------------------
Credit goes BKMailo for following news, found posted inside another thread

आइन्स्टाइन र न्युटनलाई चुनौती दिन अमेरिका उडे नेपाली विद्यार्थी

रिजन कार्की नेपाली किशोर हुन् । रिजनको 'रिजन' -गर्न खोजेको काम)
प्रमाणित भए उनको मात्र होइन, नेपालकै प्रतिष्ठा उच्च हुनेछ ।
वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो दाबी पुष्टि गर्न उनी
सोमबार अमेरिका उडेका छन् । उनको दाबी हो, 'विश्वले मान्दै आएको आइज्याक
न्युटनको गुरुत्वाकर्षण सम्बन्धी नियम र अल्बर्ट आइन्स्टाइनको स्पेस टाइम
कर्भेचर सिद्धान्त गलत छ ।'
यसै वर्ष विराटनगरको बुढानीलकण्ठ सेकेन्डरी स्कुलबाट एसएलसी दिएका रिजन
कार्की विश्वस्वीकार्य वैज्ञानिकलाई चुनौती दिन अमेरिका उडेका हुन् । १६
वषर्ीय कार्कीले न्युटनको गुरुत्वाकर्षणसम्बन्धी नियम र आइन्स्टाइनको
स्पेस टाइम कर्भेचर सिद्धान्त गलत भएको प्रमाणित गर्ने दाबी गर्न नासामा
नाम दर्ता गराएका हुन् । आफन्तहरूको आर्थिक सहयोगमा नाम दर्ता गराउन सफल
रिजन नासाको लगानीमा सम्मेलनमा भाग लिँदै छन् ।

नासाको आयोजनामा वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय अन्तरिक्ष सम्मेलन
-आइएसडिसी) अमेरिकाको फ्लोरिडाको आलान्डोमा मे २८ देखि ३१ सम्म हुँदै छ ।
अमेरिकी वैज्ञानिकहरूको संस्था नासाले नेसनल स्पेस सोसाइटीमार्फत नेपाली
किशोर रिजनलाई सम्मेलनमा भाग लिन बोलाएको हो । सो सम्मेलनमा रिजनले पावर
प्वाइन्टबाट आफ्ना डकुमेन्ट प्रस्तुत गर्ने तयारी गरेका छन् ।
रिजनको 'रिजन' साँच्चिकै प्रमाणित भयो भने उनको मात्र होइन, देशकै ठूलो
प्रतिष्ठाको विषय हो । तर, दुःखको कुरा उनी उड्नु एक दिनअघिसम्म उनलाई
आफ्नो भ्रमणबारे यकिन थिएन । कारण थियो- पैसा । आर्थिक सहयोगका लागि उनले
धेरै सरकारी तथा गैरसरकारी संस्थालाई गुहारे, तर धेरैले उनलाई पत्याएनन् ।
उनले आशा मारिसकेका थिए तर सहयोग गर्‍यो नोबल एकेडेमीले । जहाजमा लाग्ने
भाडादेखि पकेट खर्चसमेत नोबल एकेडेमीले दिएको छ उनलाई ।



'केही गर्न खोजेको मान्छेलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो,' रिजनलाई
आर्थिक सहयोग गरेका नोबल एकेडेमीका अध्यक्ष सुरेन्द्र श्रेष्ठले भने,
'उनको सिद्धान्त प्रमाणित भयो भने राष्ट्रकै इज्जतको कुरा हो ।' तर,
रिजनसँगै अमेरिका जाने तरखर गरेका शिक्षक पनि आर्थिक स्रोत जुटाउन नसकेर
रोकिएका छन् ।
सम्मेलन अवधिभर नोबल एकेडेमी र अमेरिकामा रहेको दावाली मिलन केन्द्रले
खाने, बस्नेदेखि कार्यक्रमस्थलसम्म आवतजावतको व्यवस्था मिलाएका छन् ।
आर्थिक स्थितिका कारण उनले अमेरिका उड्ने आवश्यक तयारी गरेका थिएनन् । तर,
जब आइतबार भ्रमण निश्चित भयो तयारीका लागि उनले धपेडी गर्नुपर्‍यो ।



सोमबार दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुपर्ने रिजन एक
बजेसम्म नयाँ पाइन्ट किन्न बजारमा भौंतारिरहेका थिए । रिजनसँग कुराकानी
गर्न १२ बजे नयाँ पत्रिकाकर्मी नोबल एकेडेमीमा पुग्दा उनी करिब एक
घन्टापछि मात्र सो ठाउँमा आइपुगेका थिए ।
तर, उनी आफ्नो दाबीप्रति ढुक्क छन् । 'मैले नयाँ सिद्धान्त लेखेको छु,
यसले पुराना सिद्धान्तलाई बाइपास गरेको छ,' रिजनले अमेरिका जानुअघि नयाँ
पत्रिकासँग भने, 'डार्क इनर्जी र डार्क म्याटर हल भएको थिएन, तर मैले
गरेको छु । गुरुत्वाकर्षणको नयाँ प्रतिवादी सिद्धान्तमार्फत यो समस्या
मैले हल गरेको हुँ ।' उनले आफ्नो दाबीले अहिले नपाए भविष्यमा सिद्धान्तको
मान्यता पाउने विश्वास पनि व्यक्त गरे ।



न्युटनको 'कुनै दुई आकाशीय पिण्डहरूको गुरुत्वाकर्षण बल ती दुई पिण्डबीचको
गुणनफलसँग अनुक्रमानुपातिक र ती दुई पिण्डबीचको दूरीको बलसँग
व्युत्क्रमानुपातिक हुन्छ' भन्ने नियम पूर्ण नभएको दाबी रिजनको छ ।
त्यसैगरी आइन्स्टाइनको स्पेस टाइम कर्भेचर सिद्धान्त पनि
गुरुत्वाकर्षणसम्बन्धी शक्तिले फैलिइरहेकोे ब्रह्माण्डबारे कुनै व्याख्या
नगरेकोले त्यो सिद्धान्त अपूर्ण भएको उनको दाबी छ । रिजनले कक्षा ६ सम्म
पूर्वी पडाडी जिल्ला भोजपुरको सरस्वती निम्नमाध्यमिक विद्यालयमा पढेका
हुन् । बुबा पेसाले शिक्षक भएका कारण बुबाको सरुवासँगै उनी पनि विराटनगर
झरेका थिए । सरस्वती निमाविमा ६ कक्षा पढेका रिजनलाई विराटनगरको
बुढानीलकण्ठ स्कुलमा दुई कक्षा घटाएर चारमा भर्ना गरिएको थियो ।

SOURCE:  http://www.nayapatrika.com/newsdetail.php?id=905250201353582&n_id=23

Last edited: 31-Oct-09 04:30 AM

 
Posted on 10-31-09 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire, I posted references in one of my earlier posts.


Now, I want to talk littlebit regarding your "it doesn't justify the weird claims of having proven Newton, Einstein and Archimedes wrong within the span of two years in Nepal. Who next?"


I am not saying Newton, Einstien, or  Archemidies are wrong. But what I think is the theories might be incomplete, and some bright people in future may add some thing or may modify them. I do not have sound knowledge in physics, but if you read Neils Bohr Biography, you can see that how  Boldly he said that Newtonian Mechanics was incomplete and it can not deal with every thing.(He was just a grad student at that time in Denmark). When he was proposing the theory of atom, all the physicists around the world (including the Giant of the time) were saying " if this theory comes to be true , we will leave the physics for ever".


Finally, Bohr's theory was accepted. I do not know how many left the physics though. Now a days most of the thing- from tube light to computer work based on this theory. You can not say that Newton is perfect for everything or Einstien or Archemidies is perfect. We just say on the basis of knowledge till the human being have these are the accepted theories. They may be incomplete to explain certain things, and future generation will work on that. There is no dead end. There are always some people who can think out of the boundry that has been set in the text books. Probaly you  and me think within certain boundary, but smart people always are trying to think out of the boundary. A person in decades comes with a breakthrough that revolutionizes the world.

"Pathi ma halnu parne kura pathi ma nai halnu parchha, manu ma halera ataudaina"
 
Last edited: 31-Oct-09 09:29 AM

 
Posted on 10-31-09 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया , हाम्रो देशमा धर्म भनेको मन्दिर र पूजा पाठ मात्रै हो, आर्थिक सहयोग भनेको ब्यापारि बर्गले गर्ने कुरा हो भन्ने सोचाइ छ जस्तो लाग्छ ।
पोखरी  :
सानो तिनो काम गर्दैमा भत्ता ( आर्थिक )  माग गर्न पाईदैन् भन्छन , उनको सिद्दान्त प्रमाणित नभै कन सरकार सँग पैसा माग्ने ( अर्थिक सहयोग ) ? यो  
मैले छड्के ( Satire ) हान्न खोजेको हैन तर यो सानो मस्तिस्कमा न घुसेको कुरा चाँही " घुस खाएर अलिशान भवन् र सम्पत्ति जोडदा हामीलाई स्विकार्य छ, जबर जस्ती पैसा उठाउदा डरले चुप छौ , तर सरकार सँग पैसा माग्न चाँही ठीक हैन, हो सरकारी खजाना कागजी रुपमा दिन मिल्ने मात्रै दिन मिल्छ , १२ लाख घर भाडा मिले झै ?
  Every one are shouting against , this poor fellow,  can not ask money from government ? 
Last edited: 02-Nov-09 06:17 PM

 
Posted on 10-31-09 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maya,


Are you trying to tell me that this paper by AC Dillon "Storage of hydrogen in single-walled carbon nanotubes" in Nature is unfounded, and yet it has more than 1700 citation? And to say it is "controversial" doesn't mean it is wrong. I would like to see which other famous professor cast doubt on its veracity?See, Science is all about challenging others. It is a normal process. But to say that this paper was malevolently written and the whole thing is fake requires a bit of stretching of our imagination. If what you claim is true, then Dillon lost our respect and must have been fired or ostracized by the community. Even when one can make a claim, one can't get away with the consequences.


As for Bohr's claim, which is not my field, did he also ask that govt give him some support for making that "claim"? See Bohr was a pedigree, he was in a university, and he didn't say Newtonian Mechanics was wrong--just proposed its extension in some field. It is permissible even in the fields such as economics, finance to claim another giant have erred, but to do so, first you have to be steeped in the literature, and understand why they said what they said. At graduate level, you are allowed to "say" or "think loudly" among your peers that you think some of the established results might be incomplete, but that's when you work on it and prove it in front of your peers, not in front of 10 class pass journalists who know nothing.


It is okey to encourage people to be skeptic--but to take it to such an enormous level requires stupidity of highest proportion.


 
Posted on 10-31-09 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire ,


What I am trying to say is people (researchers ) may not be aware of the source of errors in their thinkings, or measurment. May be they are trying honestly. They get certain results based on their thinking  and their measurment style. But they may not be aware of the source of error, either in thinking process or in measurement process.


When they get couple of good  results , they send for publication. This is the procedure for publication. May be you get 2 good result in 10 experiments. You just hide the bad results and show the good results. This how the system works.


 
Posted on 10-31-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pire,


Just replying to your stupidity   thing,


The maximum capacity calculated by the thories known is :3-6%.


And the  researcher are  claiming that it is 10%, or 70%.


So you ask yourself  that the believer are stupid, you are stupid, I am stupid, author are stupid or reviewer are stupid. The citation is there does not mean that  that is always true.


 
Posted on 10-28-11 6:44 PM     [Snapshot: 6741]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 This new archimedes is back with new idea:

Imagine a huge transparent cylinder (say A) so that 1,002,000 litter of fluid can be put. Suppose in the temperature of 15 C some (or 1000 litter) of fluid having the density 1000 kg/m^3 has been put in the cylinder. And, again suppose that 1,000,000 diesel fuel oil (fluid) of the density 900 kg/m^3 has been put in the cylinder after the fluid of the density 1000 kg/m^3. 

Suppose, someone has watched carefully and marked the upper level of the fluid of the density 1000 kg/m^3 where the lower of bottom level of the diesel fuel oil has also been seemed. 

Now, in supposing, immerse a body of 1000 kg (say B) of the density slightly greater than the fluid of the density 1000 kg/m^3 (suppose the density of the body is 1010 kg/m^3). Let the body has reached to nearly the bottom of the cylinder but hasn't touched the bottom.

Then the the total diesel in the cylinder will easily be seemed to be displaced to upward from the point marked by the observer. 

Then, clearly we have,

1. Volume of the body immersed in the fluid (v) is less than 1 m^3, 
or, v < 1m^3.

2. Volume of the displaced diesel fuel oil by the body (V) is equal to 1000 m^3,
or, V = 1000 m^3.

3. In this case, the volume of the body immersed in the fluid (v) is highly greater than the volume of the displaced diesel by the body (V) because 1 m^3 < 1000 m^3. And the fluid of the density 1000 kg/m^3 below the diesel fuel is also displaced by the body. 

4. In this case, the up thrust experienced by the body or apparent loss in weight of the body or the weight of fluid contained in the volume of the body immersed in the fluid (U) is highly less than the weight of the fluid displaced by the body (W).
or, U < W.

Source: https://www.facebook.com/pages/Physics-Reformation-Campaign-by-Bhabindra-Kunwar/272573899430296


 
Posted on 10-28-11 7:46 PM     [Snapshot: 6768]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Why is this person not citing a real experiment and hypothesizing an experiment? The problem lacks detail like whether the heaviest object is fully submerged or is sinking. Why is this dude switching from litre to kg? Why is he not consistent? To me, he sounds like a charlatan. In his website he has refuted all the formulas without any counterpoint. What a moron? Is he working in a laboratory or he got all this from god through dreams? 
Read his statements carefully, they are wrong. I have to say statements because they are not observations. 
Last edited: 28-Oct-11 08:01 PM

 
Posted on 10-28-11 8:26 PM     [Snapshot: 6832]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 I've been hearing about this "challenge" from a friend since a while. In Mr. Kunwar's experiment what I pointed out is he is immersing one glass to another. May be two glasses have same capacity. He can check the reproducibility of his experiment by taking, say, 1000 mL of water in a bowl (make the bowl full) and then place glass having 100mL of water. Exactly 100 mL of water will displace from the bowl. He just can't fail archemedes theory with just one 2-glass experiment.

For his experiment, when he immerses 100 mL glass in glass containing  25 mL water, water may not overflow, but the level must rise. If he measures the change in level (say x cm), will not this length if turned into volume by multiplying with circular area of glass give the volume of water corresponging to almost 100 mL of water? Think about it guys !



 
Posted on 12-11-11 9:11 AM     [Snapshot: 7780]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो प्रयोगबारे भने, '२० ग्राम पानी भएको भाँडोमा तीन सय ग्रामको गिलास
राखियो भने सजिलै उत्रन्छ । विस्थापित पानी २० ग्रामभन्दा कम छ भने
गिलासको तौल ३०० ग्राम छ । त्यसैले विस्थापित पानी र उत्रने वस्तुको तौल
बराबर हुनै सक्दैन ।'

हांसो उथ्ने कुरा ..
गिलास लाई पानीमा पुरा नडुबाएपछी त वजन फरक हुन्छ नि त..
गिलासलाई पानीमा उत्रने होइन पानीमा पुरा डुबाउनु पर्छ
अब हेर्नु नि. तौल फरक हुँदैन। आठ क्लासको बिज्ञान पाठ ..
यस्तो लाटो हिसाबले नोबेल पुरस्कार पाउने हो भने त ..
 
Posted on 12-11-11 12:00 PM     [Snapshot: 7942]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Bhavindra has misunderstood the concept of "displaced volume of water" as mentioned in the Archimedes Principle. It is not necessarily physically present water in the container.

If 300 gm object floats in 20 gm water, it does not mean that the floating object has to physically displace 300 gm of water from the glass.

The upthrust is equal to the weight of the water that would fit in the geometrical space occupied by object.

That geometrical space occupie by the submerged portion of the floating object does not need to have water to start with.

So, 300 gm object floating over 20 gm of fluid is not a violation of Archimedes Principle.

[p.s. I used gram loosely as a measurement of weight.]


 
Posted on 12-11-11 1:11 PM     [Snapshot: 8026]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 "Little Knowledge is Dangerous"

It is embaressing to see this thread again.

 



PAGE: <<  1 2 3 4 5  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters