These days Im havin fun goin through tabloid newspaper Naya Patrkia, here is one piece I just read.
एकान्तको खोजीमा ५१ दिन
सन्तोष रिमाल
2008-11-29,Saturday
घर होस् या सिनेमाघर । छायांकनस्थल होस् या अन्य सार्वजनिक स्थल । आफ्नो
भेउ पाउनेबित्तिकै घेरा हाल्ने दर्शकबाट केही दिन हराउन चाहन्थे राजेश
हमाल । नयाँ दिनसँगै पुरानो क्यामेराअगाडि उभिएर सुरु हुने दैनिकी केही
दिनका लागि ँब्रेक’ गर्न चाहन्थे उनी । एकै खालको दिनचर्याबाट ँमोनोटोनस’
उत्पन्न भएको थियो उनमा । ँवरदान’ हो या ँश्राप’ दुई दशकदेखि उनको
व्यावसायिक जीवनले विश्राम पाएन । आफूलाई पर्खिरहेका सिनेमालाई यिनले
लत्याउन सकेनन् । व्यवसायप्रति इमान्दार रहँदा निजी चाहना कुण्ठित भयो ।
यी नायकका लागि 'शनिबार’ नआएको कत्ति भयो कत्ति । चाडबाड पनि चटारोमै
बित्छ । सँगै अभिनय गर्ने कलाकार बिरामी हुँदा र क्यामेरा बिगि्रँदा
झुक्किएर छुट्टी पाएको सम्झना पनि साह्रै थोरै छ । यिनलाई 'खिचेको’
चलचित्रले सजिलै सावा उठाउने विश्वास गर्छन् निर्माताहरू । त्यसैले
सिनेमामा भर्खर पाइलो टेकेकादेखि पाका निर्मातासमेत राजेशलाई पर्खिएर
बस्छन् । उनी एक दिन बेखबर बस्दासमेत ठूलो हलचल मच्चिन्छ । यस्तो अवस्थाका
बीच लामो यात्रामा निस्किउन् कसरी ? यतिका वर्ष उनले त्यो हिम्मत गर्न
सकेका थिएनन् । तर, गएको दसैंदेखि तिहारसम्मको समय भने यात्रा गरेर
बिताउने निर्णय गरे उनले । व्यस्तताको घेराबाट उनी केही समय फुक्का हुन
चाहन्थे । उनी त्यस्तो एकान्त ठाउँको खोजीमा थिए, जहाँ 'राजेश हमाल’को
परिचय नफैलिएको होस् ।
एकान्तमा रमाउने लामो समयदेखिको चाहना पूरा गर्ने योजना बनाएअनुरूप
आउँदा चलचित्रको छायांकन-तालिका पर धकेल्न अनुरोध गरे । र, निस्किए
'मोनोटोनस ब्रेक’ गर्न । आफ्नो योजनाअनुरूप उनलाई स्वदेश यात्रा उपयुक्त
लागेन । एकान्तवासको भरपुर उपयोग गर्ने गन्तव्यका रूपमा उनको छनोटभित्र
पर्योे छिमेकी देश भारतको प्रसिद्ध पर्यटकीयस्थल गोवा । उनी फूलपातीको
अघिल्लो दिन सो गन्तव्यतर्फ निस्किए । मुम्बई हुँदै गोवा जाँदै गर्दा उनले
कल्पना गरेका थिए, 'स्वच्छन्द रूपमा समुद्री किनारमा पल्टिएर नितान्त निजी
जीवन बिताउने । जहाँ नेपालका नायक राजेश हमाल हुनुले जोडिएका बन्धनहरू
रहने छैनन् । त्यो अपरिचित ठाउँमा न अरूसँग मतलब हुनेछ, न त आफ्नो बारेमा
चासो राख्ने नै कोही हुनेछन् ।’ तर, हमालको उक्त सोच सार्थक बनेन । 'म
गोवा पुगेको कुरा दुई घन्टामै धेरैतिर फैलिसकेछ,’ उनको चाहना पहिलो
गन्तव्यबाट पूरा भएन । एकान्त खोज्दै गोवा पुगेका हमाल अतिथि पो बन्न पुगे
। त्यहाँ बसुन्जेल प्रत्येक दिन भेटघाट, चियापान र फिल्मी जिज्ञासाको
समाधान गराउँदै समय बित्यो भन्छन् उनी ।
गोवाको यात्रा आफूले खोजेजस्तो नभएपछि उनी मुम्बई नै फर्किए । त्यहाँ
उनले केही दिन छुट्टीको अनुभूति गर्न त पाए । तर, आफूले चाहेजस्तो
'एकान्त’ भेटेनछन् । बरु त्यहाँ रहेका नेपाली समुदायका अगुवाबाट प्रस्ताव
आएछ- सांस्कृतिक कार्यक्रममा सहभागी हुने । 'तिहारको टाइम, मुलुकबाहिर
रहेका नेपाली दर्शकको आग्रह टार्न सकिनँ । त्यसैले चारवटा कार्यक्रममा
सहभागिता जनाएँ,’ राजेशले भने । मुम्बईका स्थानीय कलाकार र नेपालबाट गएका
दोहोरी गायक-गायिकाको साथमा खुब जम्यो भन्छन् सांस्कृतिक कार्यक्रम । उनले
नयाँ अनुभूति गरेछन्, 'मुख्य मिसन पूरा नभए पनि नौलो तरिकाले तिहार मनाउन
पाएँ । विदेसिएका दर्शकको साथ रमाएर ।’ एकान्तको खोजीमा निस्किएका हमाल
झन् भीडमा पो फस्न पुगेछन् ।
निजी यात्रामा निस्किएका हमाललाई न सिनेमाको बजार बुझ्नु थियो न त
दर्शक प्रतिक्रिया नै । तथापि मुम्बई सहरमा नेपाली सिनेमा चलेको देख्दा
चासो लाग्ने नै भयो । 'मुम्बईको एउटा हलमा साप्ताहिक रूपमा नेपाली सिनेमा
चल्दो रहेछ,’ उनले भने, 'त्यहाँका दर्शकलाई नेपाली चलचित्रको बारेमा अपडेट
पाउँदा चकित परें ।’
मुम्बईका चलचित्रप्रेमीसँग केही दिन रमाए राजेश । तर, उनलाई पुनः
झक्झक्याउन थाल्यो आफ्नो मुख्य मिसनले । त्यसपछि उनी लागे थाइल्यान्डतर्फ
। उक्त गन्तव्य नपुगुन्जेल उनी विश्वस्त थिए- त्यहाँ आफूलाई चिन्ने कोही
भेटिनेछैनन् । तर, होटलबाट बाहिरिएको १५ मिनेट बित्न नपाउँदै 'राजेश दाइ’
भन्दै घेरा हाल्ने जमात देख्दा सोच्न पुगेछन्, 'यहाँको बसाइ पनि सोचेजस्तो
नहुने भयो ।’ काठमाडौंमा भन्दा फरक लागेन उनलाई थाइल्यान्डमा बसाइ । उनी
त्यहाँका दर्शकबारे बताउन थाले, 'बर्माबाट गएका नेपाली धेरै भेटिए
थाइल्यान्डमा । गजबको कुरा के भने, उनीहरूले नेपाल टेकेका रहेनछन् । तर,
नेपाली चलचित्रसँग भने एकदमै परिचित रहेछन् ।’ एकान्तको खोजीमा थाइल्यान्ड
पुगेका यी नायकको समय चलचित्र चर्चामै बित्न थाल्यो । आफूले बिर्सिसकेको
भूमिकाबारे दर्शकले चर्चा गरेको सुन्दा यिनले बुझेछन् चलचित्र माध्यमको
महत्त्व । 'चलचित्रको छाप कति गहिरो हुँदो रहेछ भन्ने कुरा मैले त्यति
वेला थाहा पाएँ । कतिपयले त १५ वर्षअगाडि मैले निर्वाह गरेको भूमिका र
संवादसमेत सुनाए,’ यो उनका लागि आश्चर्यको विषय थियो । थाइल्यान्ड बसाइ
पनि दर्शकको जिज्ञासा मेटाउँदैमा बित्यो भन्छन् हमाल ।
थाइल्यान्डमा एकान्तको आभास नभएपछि उनी लागेछन् हङकङतर्फ । तर, त्योभन्दा
अगाडि नै चलचित्र विषको युनिट त्यहाँ पुगिसकेछ । चलचित्रको पहिलो प्रदर्शन
हङकङमा । अनि चलचित्रका मुख्य नायक पनि त्यहीँ । अनि त निर्माण पक्षलाई के
चाहियो, राजेशकै सहभागितामा भयो चलचित्रको पहिलो प्रदर्शन । निर्माण
पक्षका लागि यो नसोचेको 'बोनस’ थियो । राजेश सो समारोहको आकर्षण थिए ।
चलचित्रको व्यापारिक सफलतामा उनको उपस्थितिले निकै महत्त्व राख्यो । तर,
राजेशको चाहना भने हङकङमा पनि पूरा हुन सकेन ।
चार चौरास भौंतारिँदा पनि 'आफ्नै किसिमले बस्न नपाएको’ तिर्सना बोकेर उनी
५१ दिनपछि स्वदेश फर्किए । क्यामेराबाट टाढा रहे पनि दर्शकबाट टाढिन
नसकेको निष्कर्ष निकाल्दै ।
http://nayapatrika.com/newsdetail.php?id=811281148537812&n_id=72