पहाड भएर जनमनु पिडा रहेछ
गर्वमै अड्किएको शिशु जस्तो,
अब त यही पिडानै जीबन भएको छ
सदीयौ देखि स्थीर उभिएको छु
कसैको लागी वारी भएको छु कसैको लागी पारी
तेसैले त भन्छु पहाड भएर जन्मनु पिडा रहेछ
हुरी हुन्न्री लाई रोक्न क्ठोर मन चाँहीदो रहेछ
रुख लाई जीबन दिन दरिलो छाती चाँहीदो रहेछ
शायद पहाड भएर जन्मनु दुर्दशा रहेछ
अशिक्षा रहेछ पहाड ,थोरै मान्छे सँग नजिक हुन खोज्ने
एक्लासे जीबन रहेछ पहाड,
सुरक्षा गर्नै नसके पनी हर घडी उभिनै पर्ने सीपाही जसतै रहेछ पहाड भएर जन्मनु,
शायद नदी हुन पा'को भए सल्ल बग्थे होला
हिमाल हुन पा'को भए नीस्च्ल हुन्थे होला
तेसैले लाग्छ पहाड भएर जन्मनु पिडा रहेछ
शहर बन्न खोज्ने रहर रहेछ पहाड
लामो यात्रा मा हिंड्नु पर्ने थकान रहेछ पहाड
जरा र जङली काडाहरुको झुन्ड रहेछ पहाड
पहिलाउनै न्स्क्ने मान्छेको सपना भ्नदा पनी घन्-घोर रहेछ,
पहाड भएर जन्मनु साच्चै पिडा रहेछ
उजाड बस्ती रहेछ, टुकी बत्ती रहेछ धीप धीप बल्ने
जुनकिरी रहेछ, अनी सधैं पूर्ण चन्द्रमा को कल्पना गर्ने रात रहेछ पहाड
रोग अनी भोक रहेछ पहाड
म पहाड भएर जन्मनु ठुलो दुर्भाग्य रहेछ,
मान्छे भ्न्लान्"पहाड हुनु गर्ब को कुरा हो पौर्ख को कुरा हो,
निडर अनी बलियो मन हो, सुन्दर्ताको उचाई हो"
मान्छे हरु पहाड बन्न सक्दैन्न तेसैले मिठो कुरा गर्छन्
के तिमी पहाड भएर बाँच्न सक्छौ?
स्थीर्!