लेख्न नसक्ने कवि !
म त लेख्न नसक्ने भएछु,
शब्दहरुले कहिले छोडे?
सुकेका अर्थहरू,
भित्तामा धुलोको डोव बनाएर बसेछन्,
मृत्युवरण पछिको, मृत्यु-उत्सब कुरेर,
कलम सुकेछ.....भाँचिएछन् निवहरु
त्यही निवले घोंचिएर , चिथोरीएर
स-शंकित हुँदै लेख्न खोजे औंलाहरु पनि
हाड, छाला, मासुको गुट उपगुटमा बाँडिदा,
म त लेख्न नसक्ने भएछु ।
मेरा श्रोता !
खै कां' छन्
छन् कि छैनन??
म त एकोहोरिरहंछु..
घोरिरहंछु,
केही सम्झे जस्तो लाग्छ...
केही देखे जस्तो लाग्छ...
लागिरहन्छ...
छोप्न आँउछअर्ध निन्द्रामा , चुक अमिलोजस्तो अंध्यारो...
तै पनि शब्दहरु नांच्छन्,
म सकी न सकी बटुल्छु,
बीँउझन्छु र बिर्सन्छु....साँचै...बिर्सन्छु.
.खै...मैले कविता लेख्न बिर्सेछु ।
म कस्तो कवि ??
जो लेख्न बिर्सन्छ।
शब्दसंग जसको रिसइवी छ
वाक्यहरु जो पासो बनेर बसेका छन्
अर्थहरु गिधॆ भएर कुर्छन ...
......मेरो कविको अवसान हुने दिन...
मेरो कथा, मेरो कविता को अवसान हुने दिन
केही लेख्नू न भन्दा,..
शब्द हाँस्छ : "तँ लेख्न नसक्ने कवि होस्" !