[Show all top banners]

instagram
Replies to this thread:

More by instagram
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

NepaliBudho

365
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अमेरिकामा ठूलो संख्यामा मानव तस्करी हुन् लागेको खुलासा
[VIEWED 6022 TIMES]
SAVE! for ease of future access.
Posted on 08-15-16 5:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौं । सपनाको शहर अमेरिकामा विभिन्न जोखिमयुक्त तस्करी मार्गबाट पनि पचासौं लाख खर्च गरेर जान चाहनेहरुको लर्को नेपालमा छ । यहि कम्जोरीको फाइदा उठाउँदै एक गिरोहले पछिल्लो समय ६ सय नेपालीलाई अमेरिकाको भिषा लगाइदिने मास्टर प्लान नै तयार गरेको बताइएको छ ।

नेपालमा प्रसस्त रोजगारीको अवसर नहुनु र अर्कोतिर राजनीतिक अस्थिरताले व्यावसाय धारासायी हुनुले गर्दा कतिपय योग्य र व्यवसायी नेपालीहरु नै अवसरको खोजीमा विदेशतिर अकर्षित हुने गरेका छन् । यही अवस्थाको फाइदा उठाउँदै मानव तस्करीमा संलग्न गिरोहहरुले आकर्षित मुलुकहरुमा मोटो रकम अशुलेर तस्करी गर्ने गरेका छन् । यसैको एउटा उदाहरण हो, अमेरिकामा विभिन्न इभेण्टका नाममा बर्षौदेखि मानव तस्करी गर्दै आएको वल्र्ड विजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्यान्ट र यसका संचालक हुन् बुद्धी प्रसाद रेग्मी ।

“नेपाल एक्जिविसन एण्ड ट्रेड सो” नामाकरण दिई ई।स। सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म अमेरिकाको न्युर्योकमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा सहभागीताका लागि भन्दै सो समूहले ६ सय जनाको आवेदन माग गरि मोटो रकम अशुली रहेको फेला परेको छ । उक्त मितिमा गर्ने भनिएको कार्यक्रम सम्बन्धि बुकलेट नै प्रकाशन गरि स्टल बुकिंङको नाममा न्यूनतम सात हजार चार सय उन्नान्सय देखि अधिकतम १४ हजार उन्नासय डलरका दरले रकम उठाउने भनिएतापनि सहभागी हुन चाहने प्रत्येक व्यक्तिहरुलाई भिषा लागेमा न्यूनतम २० लाखसम्म तिर्नुपर्ने भन्दै बार्गेनिङ गर्ने गरेको बताइएको छ ।

उक्त व्यापारिक मेलामा सहभागी हुनका लागि आवेदन साथ न्यूनतम पाँच लाखदेखि १० लाखसम्म रकम अशुली रहेको सो समूहले नेपाली व्यापारीहरुको विश्वसनियताको लागि नेपालका प्रतिष्ठित औद्योगिक संस्थाहरुको नाम समेत दुरुपयोग गरेको खुलेको छ । उसले आयोजना गर्ने व्यापारिक मेला सम्बन्धी बुकलेटमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल पर्यटन बोर्ड, घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बर अफ कमर्श लगायतको लोगो समेत समावेश गरेको छ, तर नेपाल उद्योग वाणिज्य महासंघले भने आफ्नो संस्थासंग कुनै सरसल्लाह नगरि अवैधानिक रुपमा नाम र लोगो प्रयोग गरिएको प्रति आपत्ति जनाउँदै आयोजक संस्थालाई चेतावनी सहित पत्र पठाएको बुझिएको छ । महासंघले आफ्नो अधिकारिक वेभसाइटमा पनि उक्त कुरा उल्लेख गरेको छ ।

महासंघ मात्र होइन्, आयोजकले उल्लेख गरेका अन्य प्रतिष्ठित व्यापारीक संस्थाहरुको पनि केवल कार्यक्रम आयोजनाको प्रतिष्ठाको लागि मात्र लोगो दुरुपयोग गरिएको हुनसक्ने स्रोतको दावी छ । कार्यक्रमसंग सम्बन्धित एक असन्तुष्ट सदस्यले अरोप लगाउँदै भने आयोजकले उल्लेख गरेका अन्य संस्थाहरुको संलग्नतापनि फर्जि हो । साथै उनीहरुले कलाकारको फर्जि कागजात तयारपारि यसअघि पनि तस्करी गररेको आरोप लागेको छ ।

इभेन्टका नाममा मानव तस्करी, चर्चित कलाकारको प्रयोग

पछिल्लो समय कलाकारिताको आड्मा विभिन्न म’लकमा मानव तस्करी धन्दामा चर्चित कलाकारहरुको संलग्नतामा तस्करी धन्दा मौलाएको कति छ रु कलाकारहरुलाई संलग्न गराई तस्करी धन्दा गर्ने गिरोहका नाइके पनि ब’द्धिप्रसाद रेग्मी भएको फेला परेको छ ।

जिनु नेपाल, बद्री पंगेनीका साथमा एक इभेन्टमा जान लाग्दा एअरपोर्टमा सारदा रेग्मी उर्फ सानु शर्मा ।
जिनु नेपाल, बद्री पंगेनीका साथमा एक इभेन्टमा जान लाग्दा एअरपोर्टमा सारदा रेग्मी उर्फ सानु शर्मा ।
जितु नेपाल, प्रमोद खरेल, कोमल वली, बद्री पंगेनीदेखि विभिन्न चर्चित कलाकारहरुसमेतलाई प्रयोग गरि यस अघि पनि वल्र्ड विजनेश म्यानेजमेण्ट एण्ड कन्सल्ट्यान्ट विभिन्न मुलुकमा मानत तस्करी गर्ने गरेको आचार्यका निकत स्रोतले तीव्रखबरलाई बताएको छ । यसरी तस्करी धन्दामा रेग्मीका श्रीमती सारदा रेग्मीले नेपालमा सबै व्यवस्था मिलाउने गरेकी छिन् । भने अमेरिका बसेर विभिन्न इभेन्टको व्यवस्था मिलाउने काम बुद्धि रेग्मीले गर्ने गरेको बताइएको छ । यसै विषयमा ब’द्धि रेग्मीले तीव्रखबरको फेसबुक म्यासेजमा समाचार नलेख्न चेतावनी दिएका छन् । प्रतिकृया दिँदै रेग्मीले भनेका छन्- समाचार लेख्ने भए, उनको पछि लाग्न र उनले धन्दा गर्ने कार्यालयदेखि उनका आसेपासेलाई पछ्याउन समेत उनले सुझाएका छन् । त्यसैगरि उक्त कार्यक्रम नजिकिँदै गर्दा उनकी श्रीमती सारदा रेग्मी उर्फ सानु शर्माले आफुले सम्बन्धित ठाउँमा चार महिनापछि समाचारको वास्तविकता खोल्ने बताएकी छिन् । जसजसलाई भेटन् पर्ने हो र भन्नु पर्ने हो त्यो सबै चार महिनापछि गर्छु उनले भनिन् । तीव्रखबरले यस विषमा थप खोजी जारी राखेको छ ।
Source : http://tibrakhabar.com/?p=27060

तेइ त म पनि सोची रा थे जाबो एउटा नेपाल डे को आयोजना त राम्ररी गर्न नसक्ने आयोजकहरु ( केहि महिना अगड़ी न्यू योर्क मा आयोजित नेपाल डे र यस कार्येक्रम का आयोजक एकै हुन) ले कसरी एत्रो कार्येक्रम मा हात हाले भनेर । असली कुरो त अरु नै पो रहेछ । Glad it came before it happened !!
 
Posted on 08-15-16 10:36 AM     [Snapshot: 302]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Our fellow Nepali is ready to pay 50-60 lakh and not sure they will cross the US boarder or not  Have you read a story of a lady who crossed the boarder.? She was raped . Feel bad but you should have known that before choosing that path.
With 50-60 Lakh money you can have a small business and grow with it. But we wanted to be rich and famous in short period. 
Last edited: 15-Aug-16 01:58 PM

 
Posted on 08-21-16 10:33 AM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेतो पाटि मा सफाई छापेछन , मैले कमेन्ट हानेको डिलिट गर्देछन ! पत्रुकारिता
http://global.setopati.com/america/2042/

 
Posted on 08-21-16 1:57 PM     [Snapshot: 753]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

50 lakh tirera gas station ma kaam garna jane lai ram ram matrai bhanna sakinchha.....
 
Posted on 08-21-16 6:39 PM     [Snapshot: 882]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिका बाबू अमेरिका ।
 
Posted on 08-23-16 1:05 PM     [Snapshot: 1174]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

American dream is already a dream for the vast majority of Americans, and yet many Nepalese like to sell the same dream when they post fancy pics in their Facebook wall.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters