[Show all top banners]

pagalpan
Replies to this thread:

More by pagalpan
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

pagalpan
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 डियर जाडो......................बट आई हेट यु ........
[VIEWED 4167 TIMES]
SAVE! for ease of future access.
Posted on 12-30-14 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डियर जाडो......................बट आई हेट यु ...........................
तिमीसँग प्रेम गरेर बिहे गर्नुभन्दा म आजीवन ब्रह्मचारी बस्न तयार छु । तिमीविरुद्ध युद्ध गर्न तयार छु । चाइनिज हिटर एक थान । बि्रकेट ३ थान । थर्मस १ थान । खोकीको औषधिको झोल १ सिसी । खुकुरी रमको झोल २ सिसी, इलेक्टि्रक केटल, हट ब्याग के के हुन् के के । कोठाभरि लड्नका लागि आधुनिक हातहतियार तयार पारेको थिएँ ।
विडम्बना यस बेला तिम्रो गुड टाइम चलेको छ, मेरो ब्याड टाइम । मोरो हिटर, बिजुली आएपछि मात्र चल्छ । बिजुली म सुतेपछि मात्र आउँछ । उठ्नुअघि नै जान्छ । १२ घन्टे दैनिक लोडसेडिङ नभएको भए लाग्छ म बसेको टोलै तात्ने गरी हिटर बाल्थें । वल्लो घर पल्लो घरकालाई हिटर ताप्न बोलाउँथें । ककटेल खुवाउँथें र पैसा चुहाउँथें । तर 'यी त सब भन्ने कुरा न हुन्' मात्र भएको छ ।
ठीकै छ, बत्ती नभएको बेलामा बि्रकेट बाल्छु भन्यो, सास फेर्न गाह्रो हुँदो रैछ । झ्याल खोलेर बि्रकेट बाल्नुको अर्थ छैन, झ्याल ढोका लगाएर बाल्यो निसासिएपछि आफू नै अर्थ न बर्थको बनिने डर भो । खोकीको औषधिको चुस्की लियो निद्रा मात्र लाग्छ । थर्मसको तातो पानीले एकछिन ज्यान तताउँछ, सेलाइहाल्छ । खुकुरी रमले धेरै बेर तताउँथ्यो होला, खायो कि भोमिट भैहाल्छ । सारा हतियार खिया लागेझैं भाछ । खुब मज्जा आयो होला है मेरो बेहाल सुन्दा तिमीलाई ? थाहा छ, तिम्रो आगमनले मेरो नाकबाट अविरल धारा बग्न थालेको छ । तर, यो नसोच्नु कि तिम्रो मायामा म पग्लिरहेको छु । म त तिम्रो चिसोपनमा साँच्चि, जम्न थालेको छु । मायामा न्यानोपन हुन्छ, तिम्रो चिसोपनसँग मलाई कुनै प्रेम गर्नु छैन । डियर जाडो, आई हेट यु ।
पच्छ्याउनुको पनि सीमा हुन्छ । हदभन्दा बढी छौ तिमी । तिमीले पच्छ्याउन थालेपछि घामले पच्छ्याउन छाडेको छ । बिनाबिजुली चल्ने पि|mजजस्तो यो काठमाडौंका सडक अनि गल्ली गल्लीमा बिहानैदेखि हुस्सुका हुलहरूले परेड खेल्न थालेका छन् । हिमालका मान्छे मात्र हैन भेडीगोठ अनि भेडाच्याङ्ग्रा पनि तल बेसी र्झन थाले रे । तराईतिर लहरै चलेको शीतलहरले बूढाबूढी र केटाकेटी ठहरै पार्‍यो भन्ने सुनेको छु । के मलाई पनि ठहरै पार्ने रहर छ तिम्रो ? के यही हो तिम्रो प्रेम ? लाग्छ, यदि तिमीबाट सधैंका लागि छुट्कारा मिल्थ्यो भने म मेरो घरै जलाएर आगो ताप्थें ।
मेरो ताप छिन्ने तिमीलाई पाप लाग्न सक्छ, डियर जाडो । एकाबिहानै कलेज पढ्न अनि पढाउन जानेहरूले तिमीलाई यति धेरै सरापेका छन् कि ती सबै पाप घाम तापेर निक्लेको पसिनाले मात्र तिमी पखाल्न सक्छौ । के हिम्मत छ तिम्रो ? तिम्रो आगमनले गर्दा कपडै कपडाले बेरिएको यो ज्यान बन्दा, प्याजजस्तै पत्रैपत्र बनेको छ । लुगा लगाउन आधा घन्टा । फेर्न आधा घन्टा । के मेरो जिन्दगी लुगा लगाउँदै फेर्दै बिताइदिने विचारमा छौ तिमी ?
हेर म कति बोलक्कड भाको छु । चिसो बढ्दै जाँदा दिमागले पनि अनेक कुरा सोच्न थालेको छ । कहिलेकाहीं त ज्यानमै चार्जेबल हिटर फिट गर्न मिले हुन्थ्यो भन्ने सोच्छु । यस्तो होस् कि, मोबाइल सेटमा बडी टेम्प्रेचर कन्ट्रोल गर्ने रिमोट होस् । चस्मामा ज्यानको बेट्री लेभल
हेर्न मिलोस् । इन्भटरमै भए पनि हरेक दिन बेट्री चार्ज गर्न मिलोस् । जाडोमा शरीर यति धेरै तातो होस् कि यसो बाटोमा हिँड्दा भेटिनेहरू अँगालिन आउन् । अनि छुट्टनि नमानुन् । यस्तै सोच्न थालेको
छु आजकल ।
सोचाइ र वास्तविकतामा फरक छ । हो मैले पनि बुझेको छु, तिम्रो आगमनले धेरैको लुगाधुने, नुहाउने समय कटौतीमा परेको छ । तिमी आएपछि हरेक वर्ष साउन र फागुनमा मात्र नुहाउने मान्छे बढेका छन् । लुगामा खाटा नबसिन्जेल र ज्यानमा मयलका टाटा नबसिन्जेल थोरै माइकलाल मात्र जांगे लगाएर जग र बाल्टी बोकेर बाथरुम पस्छन् । सोलार नभएपछि, मैले पनि बाल्टीको पानीमा रड हालेर, बिजुली आउँला र पानी तताउँला भन्दै धेरै दिन काटेको छु । बाथरुममा पानी नआउने र बाल्टीमा पानी ओसारेर नुहाउनेले त ग्यास गिजर ल्याएर गिजा देखाउँदै नुहाउँछु भन्ने पनि सपनै रैछ । हेर हाँसेकी । हाँस, जति हाँस्नु छ यही पुसमा हाँस । माघ लागेपछि र आकाश बिस्तारै घमाएपछि मेरो पनि हाँस्ने दिन आउला ।
 
Posted on 12-30-14 3:21 PM     [Snapshot: 36]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदेश घर हुनले मधेस छिरेरै नुहाऊला भनि बिदा / छुट्टी पर्खेर बसेका होलान ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters