कटुवाल अम्रिका आ'छ रे - Sajha Mobile
SAJHA MOBILE
कटुवाल अम्रिका आ'छ रे
Posts 13 · Viewed 22089 · Go to Last Post
lamjung
· Snapshot 0
Like · Likedby · 0
कटुवाल अम्रिका आ'छ रे हो? अभिनन्दन गर्ने कार्यक्रम कहीँ छ कि?
काङ्रेसले पहिले च्यापेजस्तो गरे पनि अहिले ठेङ्गा देखाइदिहाल्यो, अब ज्ञानेको बाउले दरबारमै पालेपोषेको चम्चालाई राजा आउ देश बच्चाउ भन्दै धुप हाल्न जाने कि? स्कोप छ है, पारस र उस्को बाउको फुर्ती निकै बढीरा बेलामा।



PeaceSoul
· Snapshot 97
Like · Liked by · 0
त्यों पाहिले राजा को चमचा, हिजो दी सी माँ थियो रे . अबा काम देश माँ न मान न सान; तेसी बिदेश तीर लागेको होला नि . बदमास लाइ आरब माँ लगेर ५० डिग्री माँ बेलचा चलाऊ न लगाउनु पर्ने ...

चाक बाट धुवा निस्कादा थाहा पौन्थ्यो , बादमॉस ले .

माओबादी र यो बद्नास यौतई सिक्का का दुई पाटा हुन

lovenepalalways
· Snapshot 295
Like · Liked by · 0
If Katwal was not there, everything will have been ruled by bloody maoists. I salute Katwal for his strong guts.
santa
· Snapshot 306
Like · Liked by · 0
Agree with lovenepalalways.........
shantasamundra
· Snapshot 379
Like · Liked by · 0
katuwal has the guts rather than all other tiewals.......@peacesoul and lamjung what has our country gained by supporting your fathers aka maoists we need someone like katuwal to support our nation right now
Ved555
· Snapshot 480
Like · Liked by · 0
Ok.. then let's go and give Kattuwaal some "Pants" as the award.
raju161
· Snapshot 631
Like · Liked by · 0
I salute him
sYaKuuRiolAKU_nchImb
· Snapshot 711
Like · Liked by · 0
prachanda wanted to fire katuwal
katuwal showed what was inside his kattu so pracanda resigned

lol pracanda would never mess with katuwal again

good job katuwal
dyamn
· Snapshot 842
Like · Liked by · 0
katwal is a true Nepali who stood against the terrorists.. i salute him.. 
timer
· Snapshot 844
Like · Liked by · 0
Kattuwal le desh banauchha bhanera sochne haru lai mero salam. Sabai kukur kasi gaye ---, kasle khala bhaneko jasto ho. Kattuwal le desh banayeko bhaye, aja hamro dasa yo hunthiyo, yo pani ho ek jana Birendra ko bamsa nas garen wala ma, kina ki he was also in high power at that time. Nepali lai ladayera khana janeka raja rajuata ra neta haru, hami murkha haru mari mari ladi halchhu, kohi kattuwal ko pachha ma ko anti ma,


Last edited: 08-Jun-10 11:49 AM
shyamBDR
· Snapshot 850
Like · Liked by · 0

His wise, yet stubborn decision on Army integration was not good for maoist so they try to fire him and place their puppet in CoAS.  If Mr Katwal had agreed on integration in terms of Maoist, Prachanda would still be PM and he would have engulfed the country by now. 


We need people to take their stand on right things.  I welcomed Mr. Katwal decision at that time and still think he made a right decision for the country and country men.

grgDai
· Snapshot 999
Like · Liked by · 0






कटवाल कड्किए अमेरिकामा


Jun 8th, 2010 | By admin
| Category: News


ग्लोव नेपाल डट कम प्रतिनिधि

भर्जिनिया,अमेरिका । नेपाली सेनाको इतिहासकै सबैभन्दा बढी विवादास्पद अवकाश
प्राप्त प्रधान सेनापति रुक्माङ्गत कटवालले मुलुकमा जारी संघीयता र राज्य
पुनःसंरचना प्रक्रियाका बारे आफ्नो तीव्र असन्तुष्टी व्यक्त गरेका छन् ।
संघीयताका कारण देश टुक्रन सक्छ भन्दै कटवालले राजनीतिक दलहरुको
भूमिकाप्रति पनि असन्तुष्टी जाहेर गरेका छन् । नीजि भ्रमणका क्रममा
अमेरिकामा रहेका कटवालले यही जुन ६ तारिख आइतवार यहाँ आयोजित एक
कार्यक्रममा यस्तो असन्तुष्टी व्यक्त गरेका हुन् । नेपाल अमेरिका पत्रकार
संघले आयोजना गरेको कार्यक्रममा उनले प्रजातन्त्रको दह्रो पहरेदार भन्दै
सञ्चारकर्मीहरुको भूमिकालाई भने खुलेर प्रशंसा गरेका थिए । आफू नेपाली
सेनाको मनोबल उच्च राख्न सधैं लागिपर्ने स्पष्टोक्ति समेत कटवालले दिएका
थिए । संघका अध्यक्ष नगेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कडा
रुपमा प्रस्तुत भएका कटुवालले आफ्नो भनाईको आरम्भमै आफू स्पष्टीकरण दिन
आएको होइन भनेका थिए । सहभागीहरुले पूर्व प्रधान सेनापति भनी सम्बोधन गर्दा
उनले सेनापति कहिल्यै सेवा निवृत्त हुँदैन ( जनरल नेभर रिटायर्ड) भनी
अंग्रेजीमा जवाफ फर्काएका थिए । कटवालको शारीरिक हाउभाउ भने बहालवाला सेना
प्रमुखले आफू मातहतका निकायलाई दिएको आदेशको शैली जस्तो देखिन्थ्यो ।

 विभिन्न क्षेत्रका नेपालीहरुको बाक्लै सहभागिता रहेको कार्यक्रममा जनरल
कटवालले आफ्नो कार्यकालमा भएका सबै विवादास्पद निर्णयहरुको बचाउ गरेका थिए ।
सेना मात्र मुलुकको एक मात्र संगठित संरचना भएको संस्था भएकोले यसलाई नियम
कानुन मिचेर चलाउन मिल्दैन भनेर आफूले अडान लिएको भन्दै उनले भने ‘सेना
मात्र यस्तो शक्ति हो जसले सिंगो देश जोगाएको छ । ’ उनले अप्रत्यक्ष रुपमा
नेपाली राजनीतिमा सेनाको भूमिकाको आवश्यकतातर्फ संकेत समेत गरेका थिए ।
विभिन्न देशका रिटायर्ड सेना प्रमुखहरु राजनीतिमा सक्रिय भएको र कतिपयले
शासनको बागडोर समेत चलाएको उदाहरण प्रस्तुत गर्दै कटवालले आफू पनि
राजनीतिमा आउन सक्ने सम्भावनालाई भने नकारेनन् । सहभागीहरुले राखेका
जिज्ञासाहरुको घुमाउरो जवाफ दिएर उम्कन खोजेका कटवालले तत्कालीन राजा
ज्ञानेन्द्रले शासन सत्ता हातमा लिई प्रेसमाथि गरेको ज्यादतीको  कार्य गलत
भएको टिप्पणी गरेका थिए । उनले भने ‘मिडियामाथिको त्यो हस्तक्षेप गलत थियो र
यदि त्यो समय म सेना प्रमुख भएको भए त्यसो गर्न दिने थिइँन । ’ कटवालले
सेनाको भरमा २१ औं शताब्दीमा राजतन्त्र टिक्न सक्दैन भन्ने उदाहरण नेपालको
राजतन्त्रको पतनबाट प्रष्ट भएको भन्दै सेनालाई विवादमा नतान्न आग्रह गरेका
थिए ।

 नेपाल अमेरिका पत्रकार संघका महासचिव आङछिरिङ शेर्पाले स्वागत मन्तव्य र
डि.सी. मेट्रो क्षेत्रका उपाध्यक्ष विष्णु शीतलले धन्यवाद ज्ञापन गरेको
अन्तरक्रियात्मक भनिएको कार्यक्रमको सञ्चालन संघकी सचिव सर्मिला उप्रेतीले
गरेकी थिइन् । दुई घण्टा भन्दा लामो कार्यक्रममा पत्रकार योगेश उपाध्यायले
पनि अतिथिको रुपमा आफ्नो भनाई व्यक्त गरेका थिए । कार्यक्रमको ग्लोब नेपाल
डट कम,नेपाल होराइजन्स डट कम,सगरमाथा टिभी र हिमाली स्वरहरु रेडियो ले
प्रत्यक्ष प्रसारण गरेका थिए । कार्यक्रम सम्पन्न भएपछि ग्लोब नेपाल डट
कमसँग कुराकानी गर्दै जनरल कटवालले अमेरिकामा रहेका नेपालीहरुको देशप्रतिको
मायाबाट आफू निकै उत्साहित भएको भन्दै यस्तो भेटघाटको अवसर जुटाइदिएकोमा
आयोजक नेपाल अमेरिका पत्रकार संघलाई धन्यवाद समेत दिएका थिए । तर
प्रश्नोत्तरको क्रममा ग्लोव नेपाल डट कम प्रतिनिधि र अन्य सहभागीहरुको
जिज्ञासाको जवाफ चाँहि कटवालले गोलमटोलरुपमा दिएका थिए ।



crazy_boi
· Snapshot 1022
Like · Liked by · 0
gree with lovenepalalways.........  katwal i salute you as well.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 215
· Posts 1 · Viewed 377
· Posts 1 · Viewed 264
· Posts 1 · Viewed 281
· Posts 1 · Viewed 337
· Posts 1 · Viewed 461
· Posts 1 · Viewed 342
· Posts 1 · Viewed 353
· Posts 1 · Viewed 541 · Likes 1
· Posts 1 · Viewed 555



Travel Partners
Travel House Nepal